रेखामा नभएकी रेखा - Sajha Mobile
SAJHA MOBILE
रेखामा नभएकी रेखा
Posts 67 · Viewed 26845 · Likes 1 · Go to Last Post
Deep
· Snapshot
Like · Likedby · 0


HAPPY NEW YEAR 2008 TO YOU ALL
---------------------------------------------------------------------------------------

रेखामा नभएकी रेखा


"के भो ए बाङ्गे? आज त निक्कै बाङ्ग्या छस् नि? बाउले भाँच्दे कि के हो तेरो सुकेनास लाग्या खुट्टो?" देब्रे खुट्टो खोच्याउँदै आउँदो खर्ल्याङ्खुट्टे बाङ्गेलाई हेर्दै मैले भनें।

बाङ्गेले भन्न त केही भनेन तर मेरो कौसीमा राख्या एउटा अचारको सिसीलाई दाइने सट हानेर बारीतिर हुर्याइदियो अनि डरलाग्दो घृणा दियो मलाई। मैले बुझें । केटोले जे शंका गर्या तेही गरेछ हिंजो। ----

- आज सक्रान्ति, सत्तेनारानथान जान आइपुग्यो बाङ्गे ब्यानै ।

न्यल्माटोलबाट पूर्ब लाग्दै डबलीमा पुगेसि बाङ्गेलाई सरसोतीथान पनि नघुमी भएन। मन्दिर पछाडि मान्छेले पेट खालि गर्या सबुत छ्यास्छ्यास्ति। सास् रोकेर अगाडि आइयो। बाङ्गेले एक मोहोर चढायो सरसोतीलाई। टिका लायो, फूल राख्यो टाउकामा र अघि चढाको मोहोर फिर्ता खल्तीमा राख्यो।

"चढाको पैसा फेरि किन फिर्ता लेको ए बाङ्गे?" भन्दा  "अघि चढाको भेटी, अहिले टिपेको प्रसाद। बुझिनस? पर्साद त लिनै पर्यो नि; मैले नलिए अर्कोले लिन्छ के गर्ने?" भन्यो।

सत्तेनारानथान जान रोगी जस्ता चालीस पचास वटा सिँढी ओर्लेर ढुङ्गे धारा मात्रै के पुग्याथिम् बाङ्गे अड्कियो।
"के भो?" मैले सोधें।
"रेखा हेर्न त्याँ" बाङ्गेले ढुङ्गे धारामा मयल माड्दै गरेकी एउटी केटी देखायो।
हो त रेखा त रेखै हो। के गर्ने समाजको डर, धीत मरुन्जेल् हेर्न पाइएन मयल मड्या पनि। मन नलागी-नलागी सत्तेनारानथानतिर लागियो। छोटकरी दर्शन गरेर आउन खोज्या, किरन र पर्मोद बोकाहरु भेट भो, एकछिन अलमल भैहाल्यो। पछि आउँदा रेखा बाटो लागिसकिछे।

बाङ्गेले भन्यो "क्या ट्र्याजिडी पर्यो आज पनि।"
मैले हो मा टाउको हल्लाएँ। यहाँ सन्दर्भ पर्या बेलाँ भनिराखम्, रेखाको असली नाम त लक्ष्मी रे। तर बाङ्गेले त्यो सिनेमाकी हेरोनी रेखा जस्ती छ भनेदेखि मैले पनि लक्ष्मीमा रेखै देख्न थालें। त्यसरी ऊ हाम्री रेखा त भै तर हाम्रा हत्केलामा भने ऊ अझै कोरिइसकेकी थिइन। हामी निरन्तर कोसिसमा थिम् तर।

बिज्ञापन सेवा सकिया तर बाल कार्यक्रम आउन बाँकी भाको समय थ्यो। बाङ्गे एउटा झोला च्यापेर आइपुग्यो म कहाँ।

"झोला बोकेर कता नि? अब चोर्न छोडेर माँग्न थालिस् कि के हो?" मैले हाँस्दै सोधें।
बाङ्गेले जवाफ दिनु सट्टा झोला यसो खोलेर देखायो। हेर्छु त हर्लिक्सको सिसी छ बा!
"किन ल्या यो?" मेरो प्रश्न खस्न नपाई "तन्काउन नि अरु किन?" भन्छ बाङ्गे त।
"खाँदिन हर्लिक्स् सर्लिक्स्" मलाई नि रिस उठ्यो, "तँ मलाई हर्लिक्स् ख्वाउन आ ह्याँ?" मैले थपें।

"काँ हर्लिक्स्?" बाङ्गेले फत्फताउदै सिसी झोलाबाट झिक्यो। भित्र त झोल पो छचल्किन्छ।
"के यो?" मेरो सोधाइलाई आँखामा चमक ल्याउदै बाङ्गेले गर्वसाथ जवाफ दियो, "ट्वाँट् नि, अरु के हुन्छ? बाउले ल्याको नयाँ माल यो। बिदेसी हो यो बिदेसी।"
मेरा नि आँखा चम्के । घुटुक्क थुक् निल्दै भनेँ "ल हिँड्"।
अस्ति भिनाजु आउँदा राख्या दुइटा लालीगुराँसका खिल्ली पनि च्यापेँ मैले। घरमै ट्वाँट् लाउँदा रिस्क् अलि बढी हुने। झन् बाङ्गे म कहाँ आएसि त हाम्रो निगरानी निकै कडा हुन्थ्यो। बाङ्गे अघि लाग्यो म पछि। अघि हर्लिक्सको सिसी हेर्दा किताब कापी पनि देख्या थिएँ झोलामा। त्यसैले सोधेँ "किताब कापी नि बोक्या छस् नि त?"
"तँ काँ पढ्न हिन्या भनेर आमालाई देखाउँदै हाल्या नि त झोलामा।" उसले भन्यो। हामी बाहिर निस्केम।
चोकमा झोला बोक्या बाङ्गेलाई हेर्दै काकीले सोधिन् "काँ हिन्या हँ झोला बोकेर?", बाङ्गेले काकीको अनुहारै नहेरी जवाफ दियो "ट्युसन्"।

त्याँ पोखरी पस्चिमको भगवती मन्दिर पछडि गएर चुरोटको सर्कोसँगै ट्वाँट् लाउँदै थिएम्, बेला न कुबेला एउटी आइमाईलाई मन्दिर घुम्न पर्यो फेरि।

"हेर यी केटाहरु बिग्रेका" भन्दै मन्दिर घुम्दै थिईन् बाङ्गेले "एउटै कुरो सधै भनिरहन दिक्क लाग्दैन? एक्-दुई चोटि भनेसि नि हाम्ले बाल् नटेरेसि त वास्ता नगर्नू नि।" भनेर झर्कियो।

घिन् लाग्दो दृष्टि फ्यालेर भक्तालु हिनिन्। बाङ्गेले एउटा पट्ट्याको कागज निकाल्यो र भन्यो "यो मैले लेख्या लव् लेटर रेखालाई"। पछि के पर्छ पर्छ भनेर टाइप गरेर ल्याएछ छोटो हावादारी लव् लेटर्।

....


Load Previous
visitor
· Snapshot
Like · Liked by · 0
दिप ब्रदर,
तपाईं को बिदा पढे पछी साह्रै आकर्सित भए तपाईं को लेख हरु तिर अनी खोतल खातल पारेर भएभर का सबै कृति हरु भ्याएे| साह्रै उत्कृष्ट लेखाइ छ् तपाईं को, आफ्नो पालाको पर्नु भर हो कि किन हो,ती पुराना दिन हरु झल झली आँखा अगाडि अाउछन् ,आफुलाई दिप र आफ्नु मिल्ने साथी लाई बाङ्गे भएर कल्पिन्छु तपाईं को कथाहरुमा
हे हे :-)
भर्खरै रेखा भित्र को रेखा पढी सकेर मुन्तिर का क्या बाट हरु हेर्दे जाने क्रम मा तपाईं ३ सर काठमाडौं को बारे मा काफी ज्ञाता हुन्हुन्छ अनी झनै पूर्व चाबहिल चुचीपार्टी तिर को कुरा गरेपसी झनै रमाइलो लाग्यो, उहेले कता तिर मैजुबाल तिर को नि कुरा निकल्नु भाथ्यो, चिने चिने जस्तो लाग्छ हो तपाईं लाई त | जे होस् चाबे ल्  चुचेय्पर्टी सान्ती गोरेटो मैजुबहल् गौरी घाट मित्र पार्क बुल् बुले तिरको याद हरु एस्सो ताजा पारम न त पर्भु
तपाईं र छ्याक को एट्लस ride ले मेरो एुटा तेस्ताइ कुरा सम्जे, कुरा तेतिनै बेला तिर को हो, दसैं को बेला थियो, रसिआ बाट मेरो बाङे साथी बिदा मा घर फर्क्या थ्यो, दुए जाना गौरिघाट नजिकै कान्छी को भ ट्टी मा रातो मग को ३ मग छ्याङ र स्टोभ माथि सुकाको सुकुटी हानेर ,कालो पुल निर को साथी लाई भेट्न् हिड्या>>> फोएनिक्स् सैकला, कालो पुल नपुग्दै पिचा बालुआ रच, साइकल सटक को एक छेउ मा साथी ढल तिर म अर्को छेउ मा।।।बल्ल टल उठेर तेस्को नजिकै गा त, म् मेरो हासो रोक्न सकिन>>> तेस्को नाक को टुप्पा हेर्छु त सेतो
छ बिचओ को नाक को छाला गएर बोसो देख्या रछ, मेरो नि पेन्ट त पछाडि नच्यात्या हैन तर पनि।।। तेस्को मुख देखेर साह्रै गाह्रो भा थ्यो मलाए, तेस्को आमा ले म बोलाउन जाद।।।भर्खर आको छोरो लाए का का न लान लाग्यो भनेर फथ फथाउदै थिन्।।।।पछी कती सरापिन होला>>>>>
urfrenrites
· Snapshot
Like · Liked by · 0
बाङेको आइडिआ चाँही दामी लाग्यो मलाइ। लोप लेटर टाइप पो गरेर दिनु पर्दो रहेछ त। बल्ल बुझें मैले त।
Deep
· Snapshot
Like · Liked by · 0

visitor,

मैजुबाल तिरका हावामा निक्कै सास फेरीया छ। लेखम्ला नी कुनै बेला। बरु त्यो चाबेल चोकबाट रिंगरोडको ओरालो ओर्लिदै धोबिखोलाको पुल तिर लाग्दा आधा ओरालो ओर्ले पछि दायाँ लागेर त्यो ढिस्काँ चढे पछिका गफहरु पनि छन। मैजुबाल तिर बाट उता गौरीघाट तिर पुगेका कुराहरु छन। आरुबारी तिर पुगेका पनि छन। बरालिनु बरालिईन्थ्यो नी उ बेलाँ के गर्नु?

हो त्यो सडकाँ बालुबा भएसी साईकलले धर्म छाड्थ्यो। झन तिन तिन मग लाए पछि त त्यो जोस थाम्न साईकललाई यसै पनि मुस्किल पर्ने। बिचरा साथिको नाकले नराम्रो घात पाएछ। त्यसरी छुट्टीमा आको अर्काको छोरा -- ल त्यो भैगो भने पनि आफ्नो साथि --त्यसरी जोतिदिनु हुन्थ्यो के त?

urfrenrites ,

हो त नी बाङ्गेले लउ लेटर टाईप हानेर भिडाम्थ्यो -- ठीटी मस्किए लेटर उस्को भन्थ्यो भडकिए अर्कैको भन्दिन्थ्यो।

दिने बिचार छ कि के हो उफ्रीको पनि एउटालाई? आफुले नी लउ लेटर नपढ्या धेरै भो। यसो कुरा उठ्या बेला भनेर नी नत्र त नभने नी हुने हो ---

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
हाम्ले त नपढ्या हैन लउलेटरको औतार नदेख्या नि भयो गोडा दस बारेक बर्ख! जल्ले दीपलाई लेखे नि लौन पर्भु च्यातेर दुइटा बना'र एउटा यो बुडो तिर मिल्काइदे धर्म हुन्तो!
Deep
· Snapshot
Like · Liked by · 0
हन ए जिम्माल, माथि त्याँ लैनचौर सेरोफेरोका दाईहरुलाई चिन्या छ भन्दा चै मोतिलाल बा (कान पनि सुन्दैन थे राम्रो आँखा नी मोतिया चढ्या छ रे भन्थे -- तर उनलाई मनलाग्या भन्या ढुङ्गेधारामा नुहाउन पानी भर्न आका आईमाई तरुनी चै घुरी घुरी हेर्थे)जस्तो गर्नी --अहिले लउ लेटरको कुरा उठेसी आफैले त पाउनी नपाउने ठेगान छैन अझ च्यातेर आधी मलाई भन्दै --- खुरुक्क त्यो कुरियागाउँ तिरबाट आएर थापाथली मिस्सीने ठामको बससट्प तिर नगएर --
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

हत्तेरी, अस्ति त्यो पोस्ट देखेसी लेख्छु भन्दै थेँ अड्डाँ आफ्नु फुट्या कर्म दिनभरि चौतारीआँ गनगन अर्दा केइ हुन्न एसो कसैले सोध्या कुरा लेखम भन्दा आँखिभौँ खुम्च्याउँदै आइपुउछ हाकिमका काल!

ती माथिका धुरन्धरहरु सबै परिचीत नाम हुन्, तर आफु परियो त्यतिबेला सानो, कालो दुब्लो केटो,तेइ लइनचौरहुँदि तिनी दाइका चर्तिकला भा' बेला भागेर कबर्ड हलबाट आदर्शको पर्खाल चढेर, उतापट्टी "खस्न हैन बस्न माथि जाऊ" लेख्या जुङ्गे सरको इस्कुल (त्यतिबेला आफ्नै इस्कुल, अब ब्याच स्याचको के कुरो गराइ भो र, नि.मा.बि. नै थियो)जान पनि हम्मे हम्मे पर्थ्यो। अनि उता खुकुरि डान्स हुँदा डरले थर थर काँप्दै त्यइँ होस्टल भित्र लुकिन्थो पर्भु!
म लैनचौर तिरैको जिम्दार त हैन,त्यो बन्दा अलि पछ्छिम भनौ पकनाजोल तिरको परेँ। तर उइ त हो,तेतिबेला हिलाँ फुटबल खेल्न जाने चउर भने नि जे भने नि तेइ शान्तीबिध्या र कन्या अगाडिको चउर! आइसकिरिम खाने तेइ डेरि हो,कन्यापछाडिको तो ओरालो त १०-१२ बर्ख पछि नि उस्तै!अरु त अरु अझ तेतिबेला आफू फुच्चे टिचिङमा भर्खर भर्खर लिफ्ट राख्या, के थियो र, त्यो सबै बाटो हिँड्दै,माथि माधव घिमिरेको घरलाई दाहिने पार्दै जङ्गलै जङ्गल होटल काठमान्डु (तेइ क्या दीपको टोल तिर छिर्ने दोबाटो, उता पवित्र वर्कशप तिर जाने बाटो निरको,पछि त खन्डहर बनेछ)हुँदै टिचिङ गएर ५-७ पटक लिफ्टम्यानको आँखा छलेर लिफ्ट चढेर,त्यतैबाट ओरालो लागेर, उता बसुन्धरा निस्केर, रिङरोडै रिङरोड सामाखुसि हुँदै, फेरि गल्कोपाखाको उकालो उक्लेर फर्केपछि बल्ल शान्ती हुन्थ्यो। कठै क्या दिन थिए पर्भु!!

Deep
· Snapshot
Like · Liked by · 0
जिम्माल् प्रभो पकनाजोल तिर को रे? भनेसी कालधारा तिर हाम्ले चक्कर लाउँदा घुरानमा परिया थ्यो कि जस्तो लाग्यो।  त्यो सरसोती क्याम्पसबाट ओर्लेर सोर्हखुट्टे तिर नलागी अलिकति अगाडी आएर पकनाजोल तिर पनि नलागि देब्रे तिरको बाटो छिरेर ठमेल -- अनि त्यतैबाट सातघुम्ति तिर बरालिंदा कि ति दिनहरु -- अनि पकनाजोल हुँदै छेत्र पाटी सम्म बिनसित्ति ओहोरदोहोर गर्दाको बेला--नब युबक बिद्यालय --- उता फेरी जे-पि को थोत्रो स्कुल -- के के सम्झिईयो सम्झिईयो गाँठे। जिम्माल लाई फ्याट्टै चिनिएला भन्ने डर पो भो त।
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

हाहाहाहा ल काल्धारा तिर बरालिया हो भने, सातघुम्ती तिर लड्खडा हो भने, उता साउनेपाटि, युबक इस्कुल, ठमेल, जेपि इस्कुल, पकनाजोल त्रिरत्न साउको पसल, पर छेत्रपाटी,ढल्को देखि, धोबिचौर पब्लिक युथ क्याम्पस, त्यो ठाउँमा बरालिया हो भने घुरानमा मात्रै हैन, चिनाइमा मात्रै हैन, बेला बेलाँ हुने पटके धुलाईमा नि पर्ने पराउने कार्जे भा हुन पर्छ! अझ सानै छँदा नि तेता हुँदि डुलिन्थ्यो भने त झन तल सोह्रखुट्टेबाट पछ्छिम सबै खालि फाँट हुदाको बेलाको कुरा गर्ने हो भने तेतिबेला रोपवेको टावरहरु थिए टन्न। कट्टु कगा'र सिँगान तान्दै घरका मान्छेको आँखा छलेर त्यो टावर संगै उक्लया नि हुन सक्छ पर्भु! क्यार्ने होला!

visitor
· Snapshot
Like · Liked by · 0
ए तेसो भए मैजुबाल तिर को नि निकै हावा खान अौनु भा रछ, कतै बाङ्गे ले लिएर आको त हैन बैस का पोखरी हेर्न। मैजुबहाल तिर नि पोखरी हरु त निकै थिए । अनी ए त्यो रिङ्ग रोड को डाडो, बान्कोट को डाडो भन्छ्न क्य्रार तेस्लाई त्यहा नि निकै गैन्थ्यो बरालिन, अनी २ ४ फेर त स्कुल भागेर कपन को डाँडा नि गैयाथ्यो, वाइ वाइ ३-४ प्याकेट अनी ८-१० वोटा सिखर लिएर, दिन भर डाँडा मा बस्यो तीन साथी भाई अनी स्कुल छुट्ने बेला भछी घडी हेरेर घर फर्क्यो
अनी जिम्माल साथी ले टिचिङ को लिफ्ट को कुरा गरदा याद आयो म पनि निकै पल्ट लिफ्ट्म्यान को आँखा छलेर २-४ फेर तल माथि गर्थी, तर खाली त्यो चट्न भनेर चै त्या सम्म पुग्या हैन । अनी बि माइला लाई जिम्माल भन्नु पछाडि चै के छ नि
Deep
· Snapshot
Like · Liked by · 0

जिम्माल प्रभो,

त्यो बालाजु जाने बाटोमा बायाँ तिर सादा बरफका स्ल्याबहरु नजर हुन चप्पल लतार्दै पनि पुगिन्थ्यो होला नी? हाम्ले नी चाख्या छ ति सादा बरफ।

भिजिटर ब्रो,

हेरी त्यो बान्कोट डाँडाको रुखाँ बत्ति बाल्थे नी है -- क्या रमाईलो लाग्थ्यो। त्यो चाबेलबाट चुच्चेपाटी जाँदा बिनायक स्टुडियो थियो नी देब्रे पट्टी-- त्यो स्टुडियोको कथा पनि रमाईलै छ।

पुराना दिनहरुमा धेरै घुमियो गाँठे!

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

दीप, नयाँबजारको नेपाल बरफ फ्याउटरीको कुरो गरेको? किन नजानु साँच्चै चप्पल प्याट प्याट पार्दै गइन्थ्यो नि!

भिजिटर, यो मलाई जिम्माल भन्या चाहिँ चौतारी तिर हो। हेरि आफू परियो गोडा तिन बिसेक उमेरको पठ्ठो (आच्या बुढो भन्छन क्यार), यसो चौतारी छिर्या "ए रात्ते कल्ले ठम्मयाउला र म बुढो भनेर" भन्दै, एउटो बजियाले चिनिहाल्यो। अनि त फुकि हाल्यो नि जताजतै यि जिम्माल बुढा हुन् भनेर। गोडा आठेक तरुनी त त्यसपछि तर्केर हिन्याछन गाँठे म देखि। कम्ता दुख पा मान्छे हैन म! हरिशरणम!!

बरु त्यो कपनको गुम्बा चाइई मलाई नि खुब याद आउँछ, अलि अलि भुलि बिसरी यादेँ छ क्या त्यतातिरको!

तिका:
· Snapshot
Like · Liked by · 0

एऽऽऽ लौ ठिटाहरु तेइ नेपाल बरफाँ चप्पल पड्का'र बरफ किन्न आउने फुच्चेहरु र'छन । मेरो साथिको हो त्यो । बरफ त सँधै फिरि, गर्मीआँ त ठिकै हुन्थो, जाडो बेलाँ नि बरफ भिडाउन खोज्थो सोमले । तो बासी पाउरोटीको धुलो टुप्पातिर हाल्या बरफलाइ खुवा बरफ भन्दै खान्थे फुच्चेहरु । एक सुकाँ ३ टा दिएसिन दङ्ग पर्थे हाताभरी तपतप चुइने बरफ सुर्लुप्प सुर्लुप्प पार्दै हिन्थे । तो बेलाँ देख्या काले काले फिस्टे जिम्माले होला, अलि मोटे पुड्के चै दीप होला जस्तो लायो,  

visitor
· Snapshot
Like · Liked by · 0

ए तेही  त त्यो बिनायक स्टुडियो अझै पनि छ् कयार, अस्ती जाँदा याद गरिन| अ त्यो बाकोट को डाडो रमाइलो हुन्थ्यो बत्ती बाल्दा,
अनी जिम्माल पर्भु हामी त दौतरी नै त रएछो नि, के को बुढा हुनु मन अझै जवान छन्दै छ क्यार

Deep
· Snapshot
Like · Liked by · 0
अनि त्यो रातो रंग हाल्या तितो तितो बरफ सोस्दै गर्दा कुहीना सम्म धुलो पखाल्दै तर्किदै पुगेका ति थोपाहरु सुकेर पाखुरामा बसेका थुप्रै खहरेहरु देखाउँदै नयाँ बजाराँ कच्ची भल्दा हुँदी सिंगान र पाईँस एकै साथ तान्दै एउटा खुट्टा उचालेर गुच्चालाई बल पर्याउन मुख छोडेर "गुर्ली" को हुकुम दिने प्रभो चै तिका: ब्रो त होला नी ---
तिका:
· Snapshot
Like · Liked by · 0

"..... दिने प्रभो चै तिका: ब्रो त होला नी "

हैन हैन ब्रो, गुच्चा चै खेलिएन ।

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

दीप प्रभो कता सवारी भैबक्स्या हो कुन्नि आज? न गाथमा आराम भएन कि? न तात्तो न छारो के साझा जानु भनेर आफैँ आरामगरि टोपल्नुभा हो, मर्जी होस! प्रभो! प्रभुको अनुपस्थितीले बाङ्गे महात्म्यको व्रत बस्ने र कथा श्रवण गर्न आतुर भक्तजनहरुमा ठुलो भुइँचालो चलेको छ। त्यो भन्दा पनि विभत्स रस त प्रभोको अनुपस्थितीमा वियोग भोगिरहेका साझाका षोडसीहरुको त्राहिमाम् त्राहिमाम् क्रन्दनले यो जगत कँपाउँदा उत्पन्न भएको छ। हे बाङ्गेसखा, हे सुपारीसखा, हे बर्मुसखा, हे ट्वाकसखा, हे हाँडिगाउँका अधीपती, हे टुकुचा पूर्व बागमती पश्चिमको पावन भुमिमा बिराजमान तरुणिप्रिय, तरुणीभक्त दीप प्रभो, यस्ता तपाइँलाई कोटि कोटि हैन पाए अशर्फी घोटी घोटी प्रणाम टक्रयाउन साझापुरका भक्तजनहरु लालायित छन्! महात्म्यको अर्को अध्यायको दीप बालि बक्स्योस प्रभू, स्वस्ती गर्न ठिक्क पारेको मोहोर पनि कास लागेर जान थाल्यो नत्र सिलावरको सुकिमा परिएला!

pjna007
· Snapshot
Like · Liked by · 0
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

नमस्कार!

बाङ्गेपुराणका लेखक श्री दीपज्यूको अनुपस्थितीले साझापुरको जनजीवन आज पनि प्रभावित रह्यो। चोक चोक र गल्ली गल्लीका थ्रेडहरुमा फाट्ट फुट्ट रुपमा पोस्ट खुलेका थिए भने साझा रिङरोड बाहिरको चौतारीमा भने पहिले जस्तै भिडभाड देखिन्थ्यो। कयौँ पाठकहरु, बाङ्गे पुराण पढ्ने मनसायले शैक्षीक बिदामा रहेको परिस्थीतीमा लेखक दीपको ऐच्छिक बिदाले उनिहरु निकै अलमलमा परेको समाचार प्राप्त भएको छ। लजालु, कोमल, संवेदनशील, सुन्दर तथा फक्रेको गुलाब जस्ता षोडसी फ्यानहरुमा दीपको अनुपस्थितीले अन्यौलको वातावरण सृजना गरेको कुरा हाम्रा सम्वाददाता बताउँछन्।  उनिहरु, बाङ्गे पुराण पाठनको आसमा , मेकअप, फेसियल, वैक्सिङ, थ्रेडिङ देखि लिएर महिनौँ देखि कायम रहेको डाइटिङलाई समेत बिर्सन पुगेका छन जसले गर्दा  जर्खरिएका, रुखो, स्थुल र बोके प्रवृतीका ठिटा तथा बुढाहरुलाई दिउँसै पनि औँशीको रात अनुभव हुन थालेको कुरा पनि हाम्रा सम्वाददाता बताउँछन्। बाङ्गे तथा सुपारीलाई आफ्नो आइडल मान्ने र त्यस्तै संवाद तथा हाउभाउ कपि गर्न खोज्ने स्कुले बिद्ध्यार्थीहरु नयाँ बाङ्गे पुराणको हालको अभावले गर्दा पुन: पहिलेकै एक्स बक्स र प्लेस्टेसनमा फर्कन बाध्य भएका छन्। बाँकि समाचार एकैछिनको बिश्राम पछि-

visitor
· Snapshot
Like · Liked by · 0

दिप पर्भो को अनुपास्थिती ले बाङ्गे पुरान सुन्न नपाका इे कान हरु बिर्खे पर्भो को सम्चार ले न्यानो गर्‍यो, साह्रै रमाइलो साह्रै रमाइलो

"बाङ्गे तथा सुपारीलाई आफ्नो आइडल मान्ने र त्यस्तै संवाद तथा हाउभाउ कपि गर्न खोज्ने स्कुले बिद्ध्यार्थीहरु ........" सोर्है आना सैही

अब एक बज्या सम्चार कैले त पर्भो

 

Last edited: 10-Jan-08 12:17 PM
Deep
· Snapshot
Like · Liked by · 0

स्वऐच्छिक दुई दिने भुमीगत अबस्थाको पालनामा थिएं, प्रभोहरु। 

जिम्मालको आहवान वा स्तुती, अथबा समाचारै मात्रैले त के हुन्थ्यो र तर षोडषीहरुको पनि कुरा मिसाएको पक्षले भने मन आल्हादित भयो।

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 56
· Posts 1 · Viewed 61
· Posts 4 · Viewed 373
· Posts 1 · Viewed 92
· Posts 1 · Viewed 84
· Posts 15 · Viewed 2172 · Likes 3
· Posts 1 · Viewed 194
· Posts 6 · Viewed 800
· Posts 1 · Viewed 183
· Posts 1 · Viewed 358



Your Banner Here
Travel Partners
Travel House Nepal