भाग्य र म - Sajha Mobile
SAJHA MOBILE
भाग्य र म
Posts 14 · Viewed 7239 · Go to Last Post
SurNaTal
· Snapshot
Like · Likedby · 0
 

भाग्य र म

म मेरो भाग्य बेचिरहेछु, आलुको भाउमा
भाग्यले आज आलु सस्तो रहेछ
मानौ मेरो सरोकार भाउ हो, आलु हैन
आलु जस्तो होस्, मलाइ सस्तो चाहिन्छ।

मेरो भाग्य द्रुत गतिमा अवमुल्यन भइरहेछ
मानौ यो नब्बे दशकको रुवल हो
र बजार भाउ पाउण्ड स्टर्लिङ
एक छाक जाउलोले सम्पुर्ण भाग्य किनिदिन सक्छ।

चाहन्छु कम्तिमा सापोनाफो वरावर होस्
तर मेरो भाग्यको फसल संधै घाटामा रोपिन्छ
घाटामै उम्रन्छ, बढ्छ र पाक्छ
मेरा जोडघटाउहरुमा हातलागि सधै सुन्य भैदिन्छ।

मेरो भाग्य सधै निर्धो बनिरहेछ
संधै पिंधमा, आवस्यकताहरुको, अभिलाशाहरुको
पर भिरालोमा लौरो टेक्दै उक्लन खोजिरहेछ
लाग्छ यो एउटा भरिया हो, उमेरमै चाउरि परेको।

नमस्कारहरुमा टाउको ननिहुर्याएपछि
भाग्य पुरिंदो रहेछ, रासमा प्रमाणपत्रहरुको
त्यसैले म मात्र नियाल्न सक्छु, काँध हाल्न सक्दिन
मानौ यो सिन्दुरे गोरु हो, पारि भिरवाट झरिरहेको।

सबै चाहन्छन् भाग्य बदलियोस
म अपवाद बन्न सक्दिन
तर भाग्य वदल्न खोज्नु
केटाकेटि छंदा खेलेको चोर-पुलिस रहेछ
भाग्यका कठोर सांग्लाहरुले बांधिएको
म एउटा निर्दोस् कैदि रहेछु।

crazy_love
· Snapshot
Like · Liked by · 0

SurNaTal Jyu,

Ur poem touched me deeply. I am pondering on ur last stanza as u said....

सबै चाहन्छन् भाग्य बदलियोस
म अपवाद बन्न सक्दिन
तर भाग्य वदल्न खोज्नु
केटाकेटि छंदा खेलेको चोर-पुलिस रहेछ
भाग्यका कठोर सांग्लाहरुले बांधिएको
म एउटा निर्दोस् कैदि रहेछु।


Magnificent writing!

dipika02
· Snapshot
Like · Liked by · 0

सुन्तले ज्यु
हजुर को कबिता ले त मेरो मनै छोयो।

कस्तो राम्रो

SupareThulo
· Snapshot
Like · Liked by · 0
अती राम्रो छ तर साह्रै बैरगी ताल को रहे छ
आफ्नो भाग्य आँफै कोर्ने हो
साह्रै तनाब भये जस्तो छ सुर् न तल् ज्यु रेस्ट लिनु पर्‍यो

आज् मेरो जोगि को चाल् भयो नरोउ मायालु
Nepal ko chora
· Snapshot
Like · Liked by · 0

सुन्दर अनि मन छुने लेखाइ छ। तर किन हो त्यसरी भाग्यलाइ धिक्कार्नु भको?

अरु पनि जाओस प्रभो।

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

राम्रो छ सुन्तलेजी! तपाइँबाट पहिलो पटक कविता पढ्न पाइयो खुसि लाग्यो।

अरु पनि लेखौँ!

wow.nepal
· Snapshot
Like · Liked by · 0

SurNaTaal ji, very touching!

"सबै चाहन्छन् भाग्य बदलियोस
म अपवाद बन्न सक्दिन
तर भाग्य वदल्न खोज्नु
केटाकेटि छंदा खेलेको चोर-पुलिस रहेछ
भाग्यका कठोर सांग्लाहरुले बांधिएको
म एउटा निर्दोस् कैदि रहेछु।"

what a great expression!

Good one !! please keep writting.

wow.nepal

fewatal
· Snapshot
Like · Liked by · 0

SurNaTaal jyu, it is a very great poem.  I like it very much....it is a great  work. I look forward to reading this kind of  literature all the time. All  the best.

 

pjna007
· Snapshot
Like · Liked by · 0
ashadhe ramro poem surnatal ji --bhagya ko barema- tapailai sasto alu jasto lagdo raicha, malai  bhane kuieko alu jasto lagcha yo bhagya mero
SurNaTal
· Snapshot
Like · Liked by · 0

सम्पुर्ण पाठकहरु र बिसेस गरि पढेर, मन पराएर, प्रतिक्रिया दिन समेत योग्य ठानिदिनु हुने CL, दिपिका, सुपारिठुलो, नेप्चे, बिर्खे दाइ, wow.nepal, fewatal र pjna लाइ धन्यवाद तथा हर्दिक क्रितग्यता ब्यक्त गर्दछु।

सुर् न ताल्

Solitude
· Snapshot
Like · Liked by · 0
Yeti ramro kabita lekhni manchae ko bhagye pani naramro huna sakcha ra?? Surnatal ji move on with your ethics and dignity and keep faith on ur dreams, you will be definitely paid one day. God is a sure paymaster.
Rahuldai
· Snapshot
Like · Liked by · 0

जगजित सिंहको गजल याद आयो-

रेखाओं का खेल है मुक्कदर,
रेखाओं से मात खा रहे हो
क्या गम है जिसे छुपा रहे हो,
तुम इतना जो मुस्कुरा रहे हो।

सुन्तले ब्रो, बडा असली कबिता पस्किनु भयो।

भाग्य खोज्दै हिडे,

भाग्य रोज्दै हिडें।


तर भाग्य न आफै आयो न कसैसंग पठायो,
बस एक हुल दुर्भाग्य दैलोमा आएर बस्यो।

world_map
· Snapshot
Like · Liked by · 0

सुन्तले ज्यू, 
बडा गज्जबको कविता लाग्यो, तपाइको कविता पढ्दा पढ्दै मलाइ भूपि शेरचनको याद आयो। 
अरू पनि लेख्दै गर्नुस्।

SurNaTal
· Snapshot
Like · Liked by · 0

solitude,

  सुभकामनाको लागि धेरै धेरै धन्यवाद्। कर्म गरौं, भाग्य आफै आउछ भन्ने उक्ति त छ दै छ नि, background मा।

राहुल दाइ, यति मिठो उक्ति बाट मेरो कबिता को सान बढाइ दिनु भएको मा हार्दिक धन्यवाद्।

चित्रे जि,
 मन पराइदिनु भएकोमा म आभरि भए।
धन्यवाद।

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12730 · Likes 1
· Posts 7 · Viewed 4209 · Likes 1
· Posts 1 · Viewed 1156
· Posts 1 · Viewed 1176
· Posts 1 · Viewed 1070
· Posts 1 · Viewed 1153
· Posts 1 · Viewed 1116
· Posts 21 · Viewed 10422 · Likes 1
· Posts 3 · Viewed 2739
· Posts 5 · Viewed 7942 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal