बिदा - Sajha Mobile
SAJHA MOBILE
बिदा
Posts 31 · Viewed 15218 · Go to Last Post
Deep
· Snapshot
Like · Likedby · 0

 

बिदा

 

आज तिन दिन भो क्यारे अस्पताल बाट घर आको --- पन्डितले पुजा पाठ सके जस्तो --- अभिषेकका छिटाहरु गाला निधारमा अनुभव गरेँ तर आँखाहरु भने मेरा बन्दै रहे --- परेलीहरुले घोप्टे अग्ल्याएक थिए तै पनि आँशु का केही थोपाहरु पोखिए---कोलाहाल भो --- त्यो कोलाहाललाई चिरेर उठ्दो बिह्वल मेरी आमाको क्रन्दनलाइ मैले सजिलै चिनेँ --- आँखा छिनमै खहरे बने। बगेँ।

 

 

पशुपति लाने तयारी हुँदै तुलसिको मठ छेउ अचेत् झैँ छु --- अलि अघि आँखा खोल्दा भीड देखे थेँ -- पण्डीत पुजा पाठमा भुलेका --साथिहरु उदासीमा डुबेकानातेदारहरु चिन्तामा देखेँ-- अनि देखेँ बा असाहय अनि आमा भन्दा पनि धेरै मरेकी --- अग्ल्याएको थिएँ मैले मेरा परेलीहरुलाइ अनि --- जुन जिन्दगीलाई मैले सबै भन्दा बढी माया गरेँ उसैले मलाई धोका दिंदो थियो।

 

 

पशुपति जाने दिनचर्या नै थ्यो कुनै बेला --- शनिबार आठ बज्दा नबज्दा साथिहरु सङ पशुपति पुगि सक्थेँ। आज तिनै साथीहरु सङै छन --- तर मलाइ पशुपति जान मन छैन --- आज मलाई घरमै बस्न मन ---

 

 

मलाइ उठाएर सायद बाहनमा राख्न लागे क्यारेरुवा बासीको आँधि चल्यो --- “मेरो छोरालाई काहीँ नलैजाओ ---“ आमाले रुँदै चिच्याएको सुनेँबाबु!”

 

 

 कराएर भन्न मन लागेको थ्यो घरमै बस्छु आमातर शब्दले मेरो साथ छोडेको सायद आज दोस्रो दिन थ्यो।

 

 

भुतेस्वर वरी परी खेल्दै बर्षौँ बितेको थ्योतेही सम्झनामा होलाआज अन्तिम पटक भुतेस्वर घुमाएर लिएर जाँउ" साथिहरुले भनेको सुनेँ। आँखा खोलेर फेरी एक पटक सरसोतिथान हेर्न मन लाग्यो --- सत्तेनारनथान जाने ओरालोमा को ओर्लिदै होला जस्तो लाग्यो --- किस्नमन्दीर पछाडी पाँया खेल्न मन लाग्योह्वाक्र्याङ भल्न मन लाग्यो --- अन्तिम पटक भैरबलाई हेरुँ जस्तो लाग्यो तर आँखा मैले बन्दै राखेँ --- पुराना सम्झना नै मीठो लाग्यो।

 

 

बाहन सायद् ढुङ्गे धार तिर ओर्लियो क्यारे --- अब दाइने मोडिन्छ मनमा कुरा आयो --- हजारौँ चोटी हिनेको बाटोको धेरै माया लाग्यो।

 

 

झुल च्यातेर असला माछा मारेका ती दिनहरु --- सिङ्गेले हानेर हात सुन्याएको ती क्षणहरु --- भत्क्या पुल मा साथिभाई सँग गफ गर्दै अनि फाँटहरुमा फुटबल खेल्दै बिताएका ति बेला --- चुरोट र रक्सीमा उडाएका ति पलहरु सबैले रुँदै बिदा गरे झैँ लाग्यो – धोबीखोला आइपुगेछ क्यारे।

 

 

जिन्दगी र म घिस्रीदैं थिईम।

 

 

घन्टी बज्यो ---चाबेल गणेश हुनु पर्छ --- आज पनि त मङलबार हो – जे होस अन्तिम मङलबार पनि पुरानै रीत कायम भो – गणेशलाई आज चाँदी लगाई देको छ कि छैन होला मनमा लाग्यो।

 

 

बाहीर कती भीड होला – तेही भीडमा मैले आफुलाइ पनि राखेँ एक छिन – साँझ पर्न लाग्यो होला – घर फर्किने बेला भो – मेरो मन त घर फर्कियो तर म सायद जयबागेस्वोरी पुगेँ --- जयबागेस्वोरी त म म हावाले नै चिन्छु --- जिन्दगी जो सङ्ग बिताउँला भन्ने थ्यो  उस्को टोलको माया के मार्न सक्थेँ? ---

 

 

पशुपति छेउ पुग्दा मन एक तमासको भो --- पुराना  ति दिनहरु एक एक गरेर आँखा वरी परी आए ---म छटपटीएँ। नारायण –नारायण --- हे महादेव –शम्भो! गुन्जियो ---बागमती सङ्गै बहेको सुन्थेँ -- ब्रह्मनाल हुनु पर्छ----- म सङ्गै आउनेहरु अब सबै फर्किन्छन --- मलाइ पनि घर जान मन लाग्यो ---"नारायण भन्नुस्" भनेको सुनेँ --- जिन्दगीको झन माया लागेर आयो --- घरमा गएर आमाले पकएको मीठो भात खान मन लाग्यो --- छोरोलाइ जाडो हुन्छ रे भनेर सिरकले छोपेर राख्देको ओछयानमा गुटुमुटु सुत्ने रहरमा म तडपिएँ--- नारायण फेरि गुन्जियो --- म बिरामी छु आमा --- मैले आमाको अलौकिक हात मेरो निधारमा खोजेँ --- अनि आँशुका अन्तिम केहि थोपाहरुलाइ बिदा गरेँ --- नारायणका ध्वनीहरु पृस्ठभुमीमा कतै बिस्तारै हराउँदै गए ---

 

**************************

Load Previous
SadhanaSharma
· Snapshot
Like · Liked by · 0
दीपजी,
"तपाईंको कृति पढ्न त समय लागेन, पढेपछि निदाउन निकै समय लाग्यो " कर्ण शाक्यको "सोच" पढेपछि एकजनाले भनेका थिए रे! मेरो हालत आज त्यस्तै होला जस्तो छ । तपाईंको कथामा भएकी आमामा मैले आफ्नी आमा देखें, कथाका साथीहरुको बारे पढ्दा आफ्ना साथीहरुको मुहार सम्झिएँ , मैले माया गर्ने आनि मलाई माया गर्ने सबै सबैलाई सम्झिएँ , अनि सोचें, म अहिले जे अनुभूत गरिरहेकी छु, त्यो कहिले कसैले अनुभूत गर्नु नपरोस्। " मृत्यु पछिको अभिव्यन्जन " शीर्षकको एउटा कवितामा पनि कविले यस्तै भावना पस्केका थिए । कविताले पनि मेरा परेलाहरु भिजाएको थियो, आज यो कथाले पनि आँशु रोक्न सकेन!
Last edited: 20-Dec-07 03:34 PM
aman
· Snapshot
Like · Liked by · 0

Lala yo katha lai sapana banaunu paryo
visitor
· Snapshot
Like · Liked by · 0
दीप जी,
साह्रै नै मार्मिक अनी हृदय छुने लेखाइ पाए तपाईंको | माथि अरु साथी हरु ले भने झै मैले पनि आँफै लाई अनुभव गरे | तपाईं को अरु लेख हरु को बारेमा सुने र पढ्न मन लाग्यो कता पढ्न पाईन्छ होला बरु|
prem chopda
· Snapshot
Like · Liked by · 0
दीप ज्यु तपाईं को यो प्रस्तुती पहिलको भन्दा धेरै प्रिथक छ। सैली अनी प्रिस्थभुमि, दीप ज्यु तपाईं को यो प्रस्तुती पहिलको भन्दा धेरै प्रिथक छ। सैली अनी प्रिस्थभुमि पनि। तर तपाईं को हरेक प्रस्तुती उच्च कोती को छ। म त तपाईं को ठुलो प्रशन्शक हू। तपाईं को पुरनो सैली न धेरै राम्रो लाग्छ।
SadhanaSharma
· Snapshot
Like · Liked by · 0
Auta kun chahi po ho, nepali film ko ticket bechda, rumal pani bechya thyo re, runuparne film bhako bhayera, Deep jyu le pani testai byabastha milaunu bhaye kaso hola??

yasto gahan, tragic kathama aafnu light comment pathayeko ma maafi chahanhhu hai, but sabai jana ali badhi nai serious bhaye jasto lagyo......
saru_bhakta
· Snapshot
Like · Liked by · 0
Realness Deepji. ...Yehi nai ho Jindagi ko Saatwik tathye.....Aakhir marera laanu k nai chha ra?? Tesaile jaba samma baachinchha haasau khusi hou ani sabaiko bhalo chitau.  Very very nice and lovely piece....Really touching.
bhakunde bhut
· Snapshot
Like · Liked by · 0
मैले त बाकास पो देखिरहेको छु ।
सबैजना स्वर्ग को कामना गर्छन् तर मर्न कोही तयार छ र ?
Poonte
· Snapshot
Like · Liked by · 0
धत्! बैराग नै छायो। In a positive way, though.
pjna007
· Snapshot
Like · Liked by · 0

Mrityu नसोचिएको त हुदैन, तर यो शास्वत सत्य आखा अगाडि, जिउदै मा महसुस भयो ....साच्चै सासै रोकियो ... आफन्त आमा बाबा र आफ्नै माया ले रोए .... आफु खेले को माटो सम्झिएर रोए .....आफु मरेको देखेर रोए।

सधै दीप का कथा हरु दोहोराएर पढ्थिए आज तर हिम्मत आएन।
  
दीप प्लीज यस्तो कथा पढ्न नपाइयोस फेरि

waiyat
· Snapshot
Like · Liked by · 0
Sometimes it's good to read off track story . It makes you think abt your loved ones and makes you realize how hard will it be to handle these things. Sometimes we dream such stories and while we open our eyes we say" thanks, it's just a dream" and we feel such a great relief.
Deep
· Snapshot
Like · Liked by · 0
बाँच्दाका हाँसोहरुलाई आँशुले बिदाई गर्दा को त्यो दिनको सम्झना पनि जिउँदै गरेर हेरेको हुँ। असर त गर्यो होला अरुहरुलाई पनि। क्षमा चाहन्छु तर खुसीको खबर म जिउँदै छु। खबर खुसी कै त होला नी? भन्न लाई त भन्दें ---
uptowngal
· Snapshot
Like · Liked by · 0

deep jyu ma ni khusi chu hajurlai jimdai dekhera :D.
popeye
· Snapshot
Like · Liked by · 0
lau ta deep jyu.. aba chhitai baange ko aroo chartikala haru sunna payeeyosh..
miss_ me
· Snapshot
Like · Liked by · 0

:)

दिपदा,

यति चाँडै मर्ने कल्पना गर्न थालेको ?!!!  

कथा ले बेग्लै तर सन्देसमुलक मोड लिन थाल्यो नि त  बधाइ छ । यो त  मसान घाट मै पुगिसकेको रे'छ  ल अर्को पनि छिट्टै पढ्न पाम

 दिपदा,के भन्छ भनेको कुरोलाई गरि पुराउन अलिक गाह्रो त हुन्छ नै  -- जे होस , मलाई यो कथा(पुर्णरुपमा काल्पनिक)  किन किन राम्रो लाग्यो :)

 

crazy_love
· Snapshot
Like · Liked by · 0

लौ कस्तो डर लाग्यो मलाइ त यो दीपको कथा पढेर? एकदिन सबैजना मर्नु पर्छ है? लौ न अब के गर्ने भन्या????????
daum
· Snapshot
Like · Liked by · 0

DEEP jyu,

namaskar! tapaiko prasamsa ko lagi mera akshyar haru ta uhile dekhi nai daudauna maan thiyo...ye aaula haru le...keyboard ma. lekhne kura haru dherai thiye....tara tapai ko hazarau prasamshak haru ko maaz mero lekhai tyatikai bilai jane ta ho ni.....hazarau ma 1 ko kami khasai mahasoos hune pani bhayena ni..

 

tara..aaja yo BIDA padhera ye pareli bata aasnshu barara~ jhare......maan thamna sakina....tyasai le AAJA LEKHERAI CHADCHU bhanne athot gare.....

dhanyawad bahek kehi dina sakdina yaha bata ma.....swikaridinu hola...

 

-daum

Last edited: 02-Mar-08 12:57 AM
kya_naam_disturb
· Snapshot
Like · Liked by · 0
Deep bro,

Quality wise this is the one of the best literature posted in sajha. But all ur previous post on sajha were charming and funny, so I start this one with thinking about Bagne and Twake and similar character, but  after finishing this one I am really depressed, it is not with the quality of post but with bitter reality of life. I read this post after just getting up on Sunday morning and now I am feeling depressed
Hats off to the creativity but like Pjna says प्लीज यस्तो कथा पढ्न नपाइयोस फेरि
Andhikhole
· Snapshot
Like · Liked by · 0
Very nice but tragic story. Great writing skill.
This song might suit to the story: http://youtube.com/watch?v=j5tr8u09e3Y
Sorry! I could not find the orginal one.
gunyucholi
· Snapshot
Like · Liked by · 0

Readers should sue you for the sleepless nights you give them after reading this piece. ‘Bida’ is absolutely a masterpiece. This is my personal favorite as well. You do justice to all your writings. Kudos.

nepalean
· Snapshot
Like · Liked by · 0

दिपको ग्रहौं लेख गएछ। हुन त सबै राम्रा छन तर यसमा शब्द निकै तौलेर आएछन। १-२-३ जोख्दै गए, एक रती कम छैनन।मिलेका शब्द लश्करै छन, क्रम टुटेको छैन, बित्ता,उमल बराबर। हास्ने रमाउने औठ यस पटक आशुमा डुबेछ तर खुशी कत्ती कम छैन किन कि लेखाइ झन अपार छ।

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12644 · Likes 1
· Posts 7 · Viewed 4080 · Likes 1
· Posts 1 · Viewed 1113
· Posts 1 · Viewed 1122
· Posts 1 · Viewed 1017
· Posts 1 · Viewed 1105
· Posts 1 · Viewed 1074
· Posts 21 · Viewed 10191 · Likes 1
· Posts 3 · Viewed 2654
· Posts 5 · Viewed 7843 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal