++चौतारी - भेला विशेषांक++ - Sajha Mobile
SAJHA MOBILE
++चौतारी - भेला विशेषांक++
Posts 609 · Viewed 169823 · Go to Last Post
world_map
· Snapshot
Like · Likedby · 0
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - भेला विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 91 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क

शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे
समापन:- डिसेम्बर २५, दिनको १२ बजे
प्रमुख अतिथि:- भउत भाइ भण्डारी

Load Previous
parbatya
· Snapshot
Like · Liked by · 0
भौतेकाजी त सिरिअस भको छ नि त केहो?
जिम्माल् बा, खालि अरुको कथा राम्रो मात्र भन्ने, आफ्नो खै? स्टाइल् चहिदैन के
आज चित्र बादुर को छुट्टी? गीत अप्लोड गर्ने फुर्सद मिलेको छ त
हैन झिल्के ब्रो उता त्यत्रो काहानी लेख्नै बाँकी छ यता किन? we want more in that thread which is dedicated to yr..................

Amazing
· Snapshot
Like · Liked by · 0
Jimmal Baa k chha bhanya? Long time no see? hamro direct kura nabhayko pani kati bhayo hai Aanthe

Im so glad that U commented on my crappy piece
world_map
· Snapshot
Like · Liked by · 0

पर्वते, मेरो छुट्टी हैन, आज नि घरबाटै काम गरेको। काम खासै छैन, त्यसैले सुत्नुभन्दा बरू चौतारीको काम गरूँ कि
भनेर लागिपरेको, गाम्लेहरूले नि गीत सुन्न पाउने, रमाइलो नि हुने भनेर!

अब एकछिनमा नयाँ चौतारी - २००८ बनाउने तरखरमा छु, ६०० पोस्ट नि हुन लाग्यो!

Amazing
· Snapshot
Like · Liked by · 0
चीत्रे बुरो के छ हालखबर? होइन आजकाल त हजार सम्म धान्छ क्यारे, की यही बुढो चौतारीमै ओत लाग्ने हो अझै दुइ चार दीन्
-----Just my two cents
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

हैन पर्वते मैले कथा लेख्या थिएँ जमानामा यहिँ साझा ब्लगमा तर अहिले आफ्नै बल्ग नि खोल्न जानिएन यार! सानदाजुले अलि चेन्ज गरेका छन ब्लग त्यो आइडिया नै आएन कसरि खोल्ने भनेर!

हो भन्या झिल्के, त्यो स्टाइल त गजब कै लाग्यो भन्या मलाई! के गर्नु झिल्के बर्षदिन जति भयो होला कुरा नभएको।कुनै दिन मिलाउनु पर्ला!

world_map
· Snapshot
Like · Liked by · 0

लु म्याड्डू भैयाको यो टुक्रा नि सुनिहालम् न त!

Amazing
· Snapshot
Like · Liked by · 0
जीम्माल बा
Its easy to access your old blog just follow your Jhilke bro

Just click last 10 years below RECENT BLOGGERS
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

हो भयो भयो। झिल्केले सिकाए अनुसार गर्दा भयो। म त पोस्टिङको शिर्षक र डेट अनुसार आउँछ भन्ठानिरा युजरनेम अनुसार आउने रेछ। धन्यवाद् झिल्के।

 

Rahuldai
· Snapshot
Like · Liked by · 0
चित्रे। मेरो गजल नि छ होला भेडेओ मा, त्यो पनि मिलाएर टासुम्।
झिल्के ब्रो तारेमाम्।
Amazing
· Snapshot
Like · Liked by · 0
राहुलदा छु ख? तारेमाम के छ त नया बर्शको प्लान?
Nepe
· Snapshot
Like · Liked by · 0

चौतारीका सम्पूर्ण औतारीहरु र मौन पाठकहेरु समेतलाई मेरो तर्फबाट सुखद नयाँ वर्षको मंगलकामना छ है ।

 

अनि दानेलाई जन्मदिवसको उपलक्षमा अनगिन्ती शुभेच्छाहरु !

 

दानेसंग अरु कुरा संगसंगै एउटै प्राज्ञिक पूर्व पृष्ठभूमि समेत भएको कारण एउटा अलग्गै मितेरी अनुभव गर्छु म ।

 

अनि हिजोको बेसीथाने भेला एक छोटोमीठो जमघटको रुपमा रह्यो । शिरीषको कुशल पथप्रदर्शन र आतिथ्य, नेप्चेको संक्षिप्त सूचनामै उत्साही र सुखद सहभागिता र दिवाभोजनको अवसरमा सानसाहुको धैर्यको सुझाव सुनुवाई र खास गरेर गजलकार-त्रय म, शिरीष र भउतेको गजल रिसाइटल पछि सानले गजललाई एउटा नयाँ गहिराईमा देख्न पुगेको टिप्पणी अनि संयोगले भेट भएका एक साझा पाठक-जोडीको बडो उत्साहको सहभागिता आदि विशेष संस्मरणिय रहे ।

 

गजल रिसाईटलको बेला रेष्टुरेन्टका नेपाली मालिकको अप्रत्याशित चाख पनि उत्तिकै सुखद आश्चर्य रह्यो । रमाईलो त के भयो भने मैले गजल रिसाईट गर्दै गर्दा उहाँले स्वरलाई अलि उ गर्नुस् न भन्नुभयो । ‍मैले ठानें उहाँ अन्य ग्राहकलाई वाधा नपुगोस् भनेर स्वरलाई सानो गर्न आग्रह गर्दै हुनुहुन्छ । र त्यसै गर्दै के जो थिएँ उहाँले होईन होईन म पनि सुन्न चाहन्छु के भन्नुभयो र बडो चाख मानेर सुन्नुभयो ।

 

त्यस्तै त्यहीं तत्काल परिचय पछि सहभागी हुनु भएका पाठक मित्रको टिप्पणी पनि कम सुखद थिएन । ‍उहाँ भन्दै हुनुहुन्थ्यो उहाँले यस्तो कुरा (कविता-वाचन) मा सहभागी हुन नपाउनु भएको वर्षौं (६-८ वर्षै ?) भएको थियो र आज उहाँलाई अत्यन्त आनन्द आईरहेछ ।

 

साझाको प्रगति र सुधारका लागि सुझावहरु त्यो जमघटको अर्को महत्वपूर्ण पक्ष थियो । बढी शक्तिशाली search engine, अझ बढी व्यवस्थित archive खास गरेर साझाका लोकप्रिय लेखकका रचनाहरुका लागि र गम्भिर पोस्टरहरु (सानको शब्दमा पाका उमेर समुह ) लाई विकर्षित हुन नदिन साझामा गालीगलौजको रोजगारी गरेर बसेका पोस्टरहरु लाई कुनै प्रकारको दुरुत्साहन गर्नुपर्ने आवश्यकतामा थोरबहुत एकमत थियो ।

 

मेरो व्यक्तिगत विचारमा पनि साझा अहिलेको भन्दा दशदेखि सय गुना बढी उपभोक्ता आकर्षित गर्न सक्ने potential भएको वेबसाईट हो र त्यो potential को बाधक भनेकै साझालाई माया नगर्ने र यसलाई पाईखाना सरह व्यवहार गर्ने फोहरी थुतुनोवाल

नियमित अनियमित पोस्टरहरु (सानको हिसाबमा कम उमेर समुह का धैर्यन्यून पोस्टरहरु) हुन् । सानको एउटा चाखलाग्दो र मेरा लागि शिक्षाप्रद टिप्पणी के थियो भने यस्ता फोहरी पोस्टरहरुको पनि आफ्नै फ्यान समुह हुने रहेछ ।

 

Putting all together, मलाई के लाग्छ भने सानको अगाडि अब दूई छनोटहरु छन् : एक, साझालाई यत्तिकै यस्तै राखिरहने (जोखिम कम, तर प्रगतिको सम्भावना पनि कम नै भएको) । दूई, जोखिमपूर्ण नै भए पनि साझाको फोहोर व्यवस्थापनका केही उपायहरु अपनाएर यसलाई सबै समुहका उपभोक्ताहरुको लागि आकर्षक साईट बनाई मैले भने झै अहिलेको भन्दा सयगुना बढी सम्मको भिजिटरहरु आकर्षित गर्ने ।

 

सोझो व्यापारिक हिसाबले दुवै छनोट ठीकै छन् । सोझो सैद्धान्तिक हिसाबले (सबैलाई अकुण्ठीत स्वतन्त्रता प्रदान गर्ने ) पहिलो छनोठ ठीक हो । तर महत्वाकांक्षा, साहस (दुस्साहस पनि हुन सक्छ ) र कुनै भिजनदार वक्र हिसाबकितावमा दोश्रो छनोट ठीक हुनसक्छ । यो कुरा सानलाई यहीबाट सुनाउने दुस्साहस गर्दछु ।

 

ल कुरो कहाँबाट कहाँ पुग्यो ।

 

जे भए पनि यो २००८ मा साझाको लोकप्रियता बढोस्, उन्नति होस् र यहाँका नागरिकहरुले आफूलाई साझावासी भएकोमा गर्व गर्ने कारणहरुको अभिवृद्धि होस् । यस कामनाका साथ यस सालको अन्तिम दिनको संकिर्तन गर्दैछु ।

 

Nepe

 

 

A dim picture, but the brightest face of what Sajha should be all about. From NY gathering...

 


Nepe
· Snapshot
Like · Liked by · 0

 

Last edited: 31-Dec-07 02:43 PM

world_map
· Snapshot
Like · Liked by · 0

राहुलदाइ, मैले रेकर्ड गरेको भिडियो , अडियोमा त छैन तपाइको गजल। नेपे दाजीले गर्नुभएको मध्ये मैले जम्मा ८ वटा
मात्र सिडीमा बर्न गर्न पाएँ, त्यस मध्येमा नि छैन।

झिल्के बुरो, अब नयाँ बर्ष आउन लागेकोले फ्रेश चौतारी शुरू गर्ने मूड भाको के मलाइ! यस्तो मूड बारम्बार कहाँ आम्छ र?

Amazing
· Snapshot
Like · Liked by · 0
नेपे दाजुलाइ नया सालको शुभकामना, अनी चीत्रे बुरो तिमिले भनेको कुरा एक्दम मुनासीब हो यार, यस्तो मौका फेरि फेरी त कहा आऊछ र, गो ्फर इट बुरो
parbatya
· Snapshot
Like · Liked by · 0
जिम्माल बा, मैले पुरानो कथा पढे राम्रो छ त किन लेख्न छोडेको? अब उता को हैन यतैका बेरोजगारका कथा पनि लेख्नुस् त 'हिट' हुन्छ
Amazing
· Snapshot
Like · Liked by · 0
हो पर्बते जीम्माल बा को लेखाइ दामि छ मलाइ त अझै पनी येउट कवीता झल्झली याद आऊछ, त्यहि  क्या नेपाल गयर २० दीनमा बीहा गरेको, अनी पर्बते के छ खबर? ब्रोको घर कुश्मामा हो र?

parbatya
· Snapshot
Like · Liked by · 0

सबै ठिकै भन्नु पर्‍यो। त्यती उत्साह्जनक छैन
कुस्मा बाट अलिकती पूर्व पर्छ
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

२००७ साललाई फर्केर हेर्नु पर्ने कुरा पर्वतेले गरेको थियो। सबैका कुराहरु केलाउन र खोज्न अत्याधिक समय लाग्ला जस्तो लागेर मैले २००७ सालमा बेला बेलामा टाँसेका उटपट्याङ कुराहरु यहाँ सम्झनाको लागि राख्दै छु। प्रस्तुत छ २००७ सालको चौतारीका कट्याककुटुकहरु - J

 

 

एक्युट भाउते डन्डिफोर सिन्ड्रोम-

 

एक्युट भाउते डन्डिफोर सिन्ड्रोम (ABS)  एक डरलाग्दो महिलाघातक रोग हो। यो रोग पुरुषहरुलाई मात्र लाग्छ तर यसको शिकार भने महिलाहरु मात्र हुन्छन्। छैन त अचम्म?

आउनुहोस यो रोग को उत्पत्ति, लक्षण, कारण र निवारणको बारेमा केहिबेर चर्चा गरौँ।

 

उत्पत्ति-

यसको उत्पत्तिको इतिहास त्यति थाहा नपाइएता पनि यो रोग केनडाँडाबाट उत्पत्ति भएको बिश्वास गरिन्छ। सर्वप्रथम यो रोग केनडाँडामा बस्ने भाउत भाइ भन्डारि नामका एक युवकमा देखिएको हुनाले यसको नाम एक्युट भाउते डन्डिफोर सिन्ड्रोम रहन गएको हो।

 

लक्षण-

रो रोगले सुरुमा कुनै बिशेष लक्षण नदेखाउने भएकोले रोगले च्यापिसकेपछि मात्र रोग पत्ता लाग्छ। तै पनि निम्न लक्षणहरु यो रोगका बिशेषताहरु हुन्।

१)        २४ घन्टामा कयौँ पटक बिना कुनै कारण फ्यास्स हाँस्न मन लाग्ने, ठुस्स रिसाइदिन मन लाग्ने र प्याच्च दायाँ बायाँ नसोचि बोल्न मन लाग्ने।

२)      आफ्नो वरिपरि ५ मिटरको अर्धव्यासमा कुनै केटि देखिएमा लागेको निद्रा हराउने, पेट कता कता त्यसै कराउने र त्यत्तिकै बर्बराउने हुन थाल्छ।

३)      एक ठाउँमा बसेपछि कतै जान मन नलाग्ने तर पनि कतै जानु पर्ने कुरा मनमनै आफैँसंग र अनलाइन वा फोन मा भएको साथि संग भने बारम्बार दोहोर्याइरहन मन लाग्छ।

४)      खाना धेरै रुच्ने तर पकाउन पटक्कै रुचि नहुने।

५)      कि त अरुको सालि मन पर्ने के त आफैँले सालि बनाउन मन लाग्ने।

६)       सालि संग दोहोरि खेल्न मन लाग्ने, जिस्कन मन लाग्ने र भुत लागेको जस्तो हुने।

७)      रोगले धेरै च्यापे पछि बिस्तारै शरिरको बिभिन्न अंगहरुमा डन्डिफोरहरु देखा पर्न थाल्छन। जस्तै- अनुहार, ढाड, पाखुरा, हात, हत्केला र भन्न नहुने अरु ठाउँहरु।

८)      डन्डिफोर शरिर भरि फैलिएर काप कापमा आउन थालेको अवश्थालाई नै वास्तवमा एक्युट भाउते डन्डिफोर सिन्ड्रोम भनिन्छ।

९)       समयमा उपचार हुन नसकेको खन्डमा यसले रोगिको वरिपरि भएका र परिचित महिलाहरुमा नराम्रो असर पार्छ।

 

कारण-

१)        कुनै स्पस्ट कारण पत्ता नलागेता पनि तथ्याङ्क अनुसार यो रोगलाई एक किसिमको सामाजिक बन्धन विवाह संग जोडिएको छ।

 

निवारण-

१)        उमेर पुग्ने बित्तिकै विवाह भ्याक्सिन लगायो भने यो रोग लाग्दैन।

२)      रोग लागिसकेको खन्डमा एउटै मात्र उपचार विवाह हो।

 

 

 

यो समय मुना चियाको हो

टुँ टुँ टुँsssssssssssssss

 

नमस्कार,

 

ध्रुव थापाबाट समाचार सुन्नुहोस। सबभन्दा पहिले प्रमुख समाचार।

 

कुमलवा भन्ने कुम्लेको एक हप्ते गुप्तवास समाप्त।

हरितालिकेलाई अझै पनि दिनमा फुर्सत मिल्न गाह्रो।

पुन्टेदाईको चुनाव अभियान तिव्र।

सान्नानिको थाङ्गना सुकाउने क्रममा छिमेकिलाई लागेको पुरानो पिनास निको।

तितौरीको खोजखबर अभियान तिब्र, अझै नफर्केकोले चौतारिबासि चिन्तित्!

ठुलिको ठुला ठुला कुराले चौतारिमा रौनक।

यसका साथै हामि ठुल्दाईको हालैको नायाग्रा फल्स भ्रमणको बारेमा वहाँ संग हाम्रा सहकर्मिले लिनुभएको अन्तरवार्ता पनि प्रस्तुत गर्ने छौ!

 

अब सुन्नुहोस पुरा समाचार।

चौतारीको मरमत सम्हार ईन्चार्ज कुम्लेको करिब एक हप्ते गुप्तवासको दौरान चौतारिमा मिश्रित प्रतिकृयाहरु आएको एक हप्ता पनि बित्न नपाउँदै कुम्लेको पुन: चौतारिमा आगमन भएको छ। कुम्ले केहि दिन बेपत्ता हुन पुग्दा चौतारिलाई माया मारेको, केहि समयको लागि शायद चौतारि बारेको, बुढाबुढि कतै घुम्न गएर मायाप्रिती सारेको वा मुसुमुसु हाँस्दै चौतारि दिनदिनै खोलेर पनि चौतारिबासिलाई ऊ यहाँ छैन भन्ने पारेको; जे भएता पनि कुम्लेको आगमनमा सम्पूर्ण चौतारीबासिहरु प्रफूल्लित भएका छन्।

 

चौतारिका मेन इन्जिनियर तथा गित संगित टाँसटुस शाखाका महाप्रबन्धक हरितालिकेको व्यस्तताले आज दोश्रो हप्ता पनि प्रभावित रह्यो। कहिले बाँस जति अग्लो पंखा ठिक पार्ने र कहिले हप्ताभरिको काम सप्ताहन्तमा सार्ने उनको परिपाटिले गर्दा यो हप्ता पनि खासै फुर्सद नमिल्ने कुरा वहाँले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो। जति बेफुर्सदि भएता पनि परेको खण्डमा नयाँ चौतारि निर्माण गर्ने तथा लुकि लुकि चौतारि चिहाउन भने वहाँले नछोड्ने बताउनुभयो।

 

चौतारिका बयोबृद्ध चिल्ला नेता पुन्टे दाईको मनको राजनितीमा पोलिटिक्स घुसेकोले वहाँ आजकला चुनावि चहलपहलमा हुनुहुन्छ। चुनाव अभियानमा लागेका पुन्टेदाईलाई हामिले अमेरिखर्कको नयाँओक्रे गाउँमा फेला पारेका थियौँ।

 

 

 

 

उट्पट्याङ चौतारी मुख्य समाचार-

 

पुन्टेदाई पोलिस्टरको पैन्ट लगाएर पहिलो पटक पटना बाट प्लेन चढेर पर्वतारोहण गर्ने पाइला चान्नेहरुमा पनि पहिलो नै पर्नुभएको कुरा प्रेस ले पर्सि बताउने छ।

 

भउतभाइ भन्डारीको भरमा पर्दा भिरको भर्याङ चढ्ने कयौँ भरियाहरुले भविश्य सोच्दा सोच्दै भुत भएको भयंकर भ्रान्ती भुल्न सकेका छैनन्।

 

ठुल्दाईले ठमेल भनि ठान्नुभएको ठहिँटीमा ठेला गुडाउने ठुला ठुला ठाकुरहरुले ठन्डिको कारणले ठोकर लाग्दा ठेला नै ठटाउनु पर्ने ठहर गरेका छन्।

 

कुम्लेको कोमल कोमल कुराहरुले कयौँलाई करेला काटेर काँक्रोको कथा कथेको जस्तो काल्पनिक क्रिडामा कुर्लन कस्सिएर कसरत गरेको कुरा कैफियतबाट केरिने छ।

 

समाचार समाप्त!

 

 

भगवतीको उत्पत्तिले सम्पुर्ण देश अचम्ममा!

 

भर्खरै प्राप्त समाचार अनुसार, जुन कुरा हामिले केवल पौणारिक कथामा मात्र सुन्दै आएका थियौँ उक्त कुरा सत्य साबित भएको छ। चौतारी देशको एक गाउँमा साक्षात भगवति उत्पन्न भएको समाचार प्राप्त हुना साथ हाम्रा सम्वाददाता उक्त स्थलमा पुगेका थिए। असंख्या भक्तजन हरुको अपार भिड लागेको उक्त पावन भुमिमा भुइँमा खुट्टा राख्ने स्थान सम्म पाउन निकै मुश्किल परेको थियो हाम्रा सम्वाददातालाई। मानिसहरु भगवतिको दर्शनको लागि तँछाडमछाड गर्दै एक आपसमा खात लाग्दै भुइँमा लड्दै थिए। बलिया बाङ्गाहरु भगवति राखिएको स्थल सम्म पुग्न सफल भएका तिए भने अलि कमजोर भक्तजन हरु पर नै बसेर भगवतिको प्रतिक गोरखकालि टायमा धुप र अक्षता चढाउँदै पुजा गरिरहेका थिए। पावन भुमिको बिचमा मख्ख पर्दै :D गरेर बसिरहेकि भगवतिलाई हेर्नेहारुको घुईचो देखेर हाम्रो चौतारी गाउँका केहि बिशिष्ट व्यक्तिहरु आ-आफ्नो काम गर्दै थिए। ठुल्नानि भिडमा आएका बच्चाहरुलाई तोते बोलि बोल्दै फकाउँदै लाइनमा राख्दै थिइन भने सान्नानी भगवति कसरि उत्पन्न भइन भनेर सबैलाई ल्यामिनार फ्लोमा कथा सुनाउन व्यस्त थिइन्। कुमलवा र मदनवा भने ठेलामा चटपटे राखेर सम्पुर्ण भक्तजनहरुको भोक र तिर्खा मेटाउनमा व्यस्त थिए। अचानक उत्पत्ति भएको भगवतिलाई आफ्नि अगाडि ईखीँखीँखिँ गरेको देखेर ठुल्दाईको मुख बाट केवल र केवल तारेमाम् तारेमाम मात्र निस्कि राखेको थियो तर उनले भन्न चाहिँ त्राहिमाम खोजेका थिए। यो खबर सुनेर फलाम उचाल्दै गरेका पुन्टे दाईको हात बाट अचानक फलाम खस्न पुगेको थियो र भगवति दर्शन गर्न जाने हतारमा उनले विग लगाउन पनि बिर्सेका  थिए। अचानक भगवतिको साक्षात रुप देखेर सुध्रिसकेको भउतेलाई पुन: पहिलेकै बिग्रने रोग लाग्न थाले पछि रिट्ठे र पर्वतेको सहायताले पानी खुवाइ अस्पताल तर्फ चलान घरिएको थियो। पावन भुमिमा बसेर आनन्दले पुस्टकारी इन्जवाइ गरिराखेकि भगवतीबाट आएको प्रकाश पुन्टे दाईको तालुमा टल्केर आँखामा पर्दा नेप्चि र माष्टरनी नानिलाई चस्मा लगाउन पर्ने भएको थियो। आफुले खाजा खान सुरु गरेका चतुरेकाइँलाले भगवति उत्पन्न हुना साथ उक्त चना भगवतिलाई चढाउनको निम्ति छाक छोडेका थिए।

भगवति उत्पन्न भएपछिका अन्य अन्योलहरु के के थिए?

कस कसले के के वरदान पाए?

भगवतिले के बोलिन?

के अब संसारमा धर्मको उदय भएकै हो त?

भगवतिको भनाइ के छ?

यि सबै प्रश्नहरुको उत्तरको लागि हामिले साक्षात भगवति संग नै अन्तरवार्ता लिने मौका पाएका थियौँ। केहि समय पछि हामि बिश्व इतिहासमा नै पहिलो पटक भएको भगवति संगको अन्तरवार्ता प्रस्तुत गर्ने छौँ।

नमस्कार!

 

 

 

world_map
· Snapshot
Like · Liked by · 0

जिम्माल बा र नेपे दाजी, तपाइको यी लेखहरू नयाँ चौतारीमा राखुम् न!

Last edited: 31-Dec-07 03:54 PM
world_map
· Snapshot
Like · Liked by · 0

नयाँ चौतारी जाने बाटो:- 

- http://sajha.com/sajha/html/openThread.cfm?forum=271&threadid=54627

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12756 · Likes 1
· Posts 7 · Viewed 4246 · Likes 1
· Posts 1 · Viewed 1163
· Posts 1 · Viewed 1188
· Posts 1 · Viewed 1078
· Posts 1 · Viewed 1164
· Posts 1 · Viewed 1128
· Posts 21 · Viewed 10460 · Likes 1
· Posts 3 · Viewed 2761
· Posts 5 · Viewed 7959 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal