भिनाजु को जुत्ता - Sajha Mobile
SAJHA MOBILE
भिनाजु को जुत्ता
Posts 95 · Viewed 49849 · Go to Last Post
dipika02
· Snapshot
Like · Likedby · 0

बिहेथ्यो ठूलोबाबा को छोरी को आफुलाई पो भ्याई नभ्याई, किनमेल गर्दैमा। बाबा को दाजु भाई का छोरीहरु मिलाएर हामीहरु पाँच जानाथ्योउँ, फेरि दाईहरुको बिहेमा जन्त जाँदा जाँदा हैरान् भएको यो पालि त दिदीको बिहे घरमै जन्ति आउने, हामीलाई के चाहियो र?  बिहे आउन जम्मा चार दिनथ्यो, दुई दिन के लगाउने सोच्दैमा बित्यो, बाँकि दुइ दिन सोचेको लुगा किन्दैमा।

बिहेको दिन त आफुलाइ कसैले देख्नै नहुने, घरि स्वोयम्बर को निम्ता सिँगार्न आउ भन्याछ घरि दुलाको टोपि सिँगार्न।  "ल ल आईहालेँ" भन्दै म पनि लुकि लुकि भागिराथेँ। आफुलाई आफ्नै नक्कल झक्कल को पिर भैराबेलाँ को जावोस् त्यो दुलाको टोपि सिँगार्न? यता आमाहरुले टोपि सिँगार्न बोलाउनु भा छ उता दाईहरुले देख्न नहुने बोलाइहाल्ने--"ए दिपिका एकचोटि यता आउ त, जग्ये सिँगार्नु पर्यो"  कता के मात्र सिँगार्नु ?  धन्न रातिको बिहेथ्यो त्यसैले अलि अलि त मद्धत् गर्या जस्तो गर्न चैँ  भ्याएँ।

लाउन त हामी सबैले सारी नै लाउने भएकाथ्योउँ तर लाउन भने कसैलाई नआउने। बल्ल तल्ल लगाइदिने भाउजुहरु खोजेर ल्यायो,  सारी लाएपछि हिड्न अर्को माहाभारत। सारी यता पनि अल्ज्याछ उता पनि। झन अलिकती बाहिरमात्र के निस्केकी थिएँ,  पुरेतको जुत्तामा अल्झिएर पच्छारिहालेँ,  फेरी कसैले देख्यापो छन् कि भन्दै यताउता हेर्दे उठेको त कोही नभएर झन् आफ्नै बाबाले पो देख्नु भएछ, कराईहाल्नु माथिबाट--"अब हिड्नै नआउनेले किन सारी लाउनु पर्यो? अहिले खुट्टा भाचिन्छ अनि थाहा पाउछौ", अब खुट्टै भाच्चेपछि त थाहा पाएर नि के गर्नु नि? भन्नु त भएन तैपनि पच्छारिएको झोकमा मैलेपनि भन्दिएँ--"अब पुरेत ले जुत्ता झन्डै आँगनकै ढोकानेर पुर्याएर खोल्नु भा रैछ त म के गरुँ,  मेरो गल्ति हो र?", त्यो पच्छारिएको सुरमा त आफुले पुरेतको नै गल्ति देखेँ।  आँगन्मा पुगेको मात्र के थिएँ दाईहरुको आवज ठोक्किहाल्यो कानमा--"लौ अब कुन चै ले आँखा लाउने भो आज? हामीलाई पो आपत रेखदेख गर्दैमा",  हुन त दाईहरुले जिस्किनु भएको थाहा थियो, तर पनि त्यो गालि खाको झोकमा मैले पनि ठाडै उत्तर दिएँ--" राम्रो देखिएको छ भने सिदै भने भैहाल्योनि किन कुरालाइ जाँतो जसरि घुमाउनु पर्यो ?" दाईहरुलाई म किन रिसाको थाहै थेन कराइहल्नु भो--"लौ आजत ऊ सँग बोलिसाद्दे नै रहिनछ"

जन्तिको बाजा बज्न थाल्यो, हामी पनि दौडेर गयोउँ स्वागत् गर्नलाई। स्वागत् भनेको त छदै छ, आँखा घुमाएर एक चक्कर जन्ति पाटिलाई हेर्योउँ। केटाहरु हर्न लायकका नै रहिछन्। सबैको स्वागत् गर्योउँ अनि बिस्तारै पूजा अगाडि बढ्न थाल्यो। जन्ति पाटि र केटी पाटिको हेराहेर चलिनैराथ्यो। एक्कैछिन मा एउटा फुच्चे आयो र भन्न थाल्यो--" हरियो सारी लाउने यो दाईलाइ मन पर्यो रे----निलो सारी लाउने यो दाईलाई मन पर्यो रे-----" उस्ले त पुरै लिस्ट् नै लिएर आएछ सारी अनुसार दाईहरुका नाम। अझ हामीलाइ सोध्छ --"हजुरहरु को नाम भन्नुस रे" अनि हामी पनि के कम? फुच्चेलाई खबर पठायोउँ--"हाम्रो दाईहरुलाइ सोध्नुस्, सबैको नाम पाउनु हुन्छ"

यता पुरेत बाजे आफ्नु मन्त्र भट्यौदै हुनुहुन्थ्यो, उता जन्ति पाटिले कहाँ बाट मेरो भाई भेटेछन्, बिस रुपयाँ को किटक्याट किन्देछन्, बच्चा त पर्यो, उस्ले त चार रुपयाँमा एकजनाको नाम बेचेर आएछ। अघि सम्म त यो सारी लाउने र त्यो सारी लाउने भनिराथे अब त नामैले बोलाउन पो थाले। हामीलाई आपत दाईहरुले सुन्नुभयो भने को को पो थोते हुने हो भनेर। धन्न दाईहरु अलि टाडै हुनुहुन्थ्यो बाजा ले गर्दा हत्तपत्त सुनिदैनथ्यो आवज।

पूजा अगाडि बढिनैराथ्यो, जुत्ता त लुकाकै छैन। अब हामी त दुलाको अगाडि पर्नै भएन सबैको निग्रानी हामी मै थ्यो त्यसैले भाईलाई पठयोउँ। उस्ले सुटुक्क चोरेर ल्यायो कसैले थाहा नै पाएनन्। अब सबै जना लुकाउन गयो भने त थाहा पाइहाल्छन्, त्यसैले म खुसुक्क घर् पछाडि अध्यारोमा एउटा खोर् रहिछ तेस्को पछाडि लुकाएर आएँ। आदी घण्टा कुर्योउँ अनि कराउना थाल्योउँ--"दुलाको जुत्ता चाहिन्छ भने दुई हजार दिनुस् र जुत्ता लिनुस्" जन्ती पाटी त उल्टो भन्न थाले--"दुई हजारमा त दुईटा जुत्ता आउछ, भयो हामीलाई जुत्ता चहिदैन तिमीहरुनै लगाऊ", घटाउदा घटाउदा त लोभिहरुले पाँच सयमा पो पुर्याए। अब त्यो बुढो जुत्ता राखेर हामीलाई काम थिएन, पाँच सय मै मन्जुर हुने बाहेक् अरु केहि उपाए नै भएन, अब त्यतिमै मान्नै पर्यो।

पैसा लिएर जुत्ता लिन गएँ, लुकाको ठाउँमा त जुत्तै छैन, सबैतिर खोजेँ पाउदै पाइन। डर पनि लाग्न थाल्यो अनि ठूलो बाबाको छोरा बिपिन दाईलाई बोलाएर भनेँ--"दाई हेर्नु न जुत्ता यहिँ लुकाको थिएँ अघि, अहिले जुत्तै छैन", दाईले लुकाको ठाउँ हेर्नुभयो अनि तर्सेर भनुभयो--"ल बर्बाद्, फुर्केलाई खोज छिट्टो", फुर्के, उहाँहरुको कुकुर, चोर नै देखेपनि चाट्न जान्थ्यो त्यसैले नाम नै फुर्के राख्याथ्यो। अब आफुलाइ जुत्ताको पिर् भैरा बेलाँ त्यो फुर्केलाई खोज् भन्दा त म पनि झनक्क भएर भनेँ--"अब जुत्ता हराइरा बेलाँ कता जाउँ म त्यो फुर्केलाई खोज्न", अनि दाईले भने पछि पो थाहा पाएँ फुर्केलाई त जुत्ता देख्नै नहुने रहिछ, चपाइदिदो रहिछ, मैले त त्यस्कै खोर् पछाडि लुकाइछु, त्यस्लाई त आहार ओडारमै पो राख्या जस्तो भएछ, आफूलाई के था? फुर्केलाई पाउन त पाएँ तर जुत्ता के नै बाँकि राखेछ र? एउटा को तल देखि माथि सम्म चपाएर उल्टो हो कि सुल्टो हो नै नचिन्ने बनाएछ, अर्को को बुढि औँला नै देखिने गरेर जुत्ता को माथि भाग छिया छिया पारेछ। म त तर्सिहालेँ। एक हातमा पाँच सय अर्को हातमा जुत्ताको ताल् त्यस्तो। उता जन्ति पाटी कराउन थालिसके--"के हो जुत्तै आएन, पैसा लिएर टाप हो कि क्या हो?"

केहि उपाए सम्झिनै सकिन अनि गएँ दुला भएको ठाउँमा त्यो जुत्ता लिएर। अघि सम्म त जन्तिहरु मात्र हल्ल गरिराथे अब त दुला नै तर्सिए, जन्तिहरु भन्दा ठुलो दुलाको पो आवाज सुनियो--"के हो त्यो", दुला तर्सेको देखेर दुलालाई त हेर्नि सकिन , हाँसो पनि उठ्यो, डर् पनि लाग्यो अनि परिस्थिति अनुकुल नरम भएर जन्ति तिर हेर्दै  भने--"भिनाजु को जुत्ता"

Last edited: 10-Dec-07 09:50 PM
Load Previous
Nepal Premi
· Snapshot
Like · Liked by · 0
Dipika ji, kun thau ho bhaneko kya?
dipika02
· Snapshot
Like · Liked by · 0
nepal premi jyu...tyo chai nabhanum ki bhanne socheki maile...narisaunus hai please.
miss_ me
· Snapshot
Like · Liked by · 0

दिपिका बैनी,

 नरिसाम है हसिमजाक गरेकि मात्रै। हजुरलाई चोट पुराउने मेरो मनसाय होइन। मैले अन्दाज त गर्न सक्छु हजुर आन्टि होला कि बहिनी होला भन्ने त । तर अब भन्दिन त्यो के जाति आन्टि चै सानो मान्छेलाइ --दिपिका नानी, मैया, नानू (मनमनै भाउजु भन्ने भ नन्द नि भन्दिमला

dipika02
· Snapshot
Like · Liked by · 0

मिस दिज्जु,

हजुर सगँ रिसाउने दिन कहिले न आवोस् मेरो यही कामना हुनेछ सदैब,

 

Nepal Premi
· Snapshot
Like · Liked by · 0
Dipika ji, lau yeti chai bhanna milcha; Is it in the city or country side. Ur writings doesn't include much typical words which could be used So, i predicted u from the city and this incident to be happened in the city area. It might be either u didn't use such words or this is the way u write. Am i Right?
dipika02
· Snapshot
Like · Liked by · 0
nepal premi jyu...my writing is pretty much what I speak, and yes I am from the city and incident was happened in city too.
Nepal Premi
· Snapshot
Like · Liked by · 0
Ur blog seems hit huh? Good Luck!
Poonte
· Snapshot
Like · Liked by · 0

हेऽऽऽऽऽऽऽऽऽऽऽऽऽरी यो सखाऽऽऽऽऽऽऽऽऽऽऽरै...घाम उदाउनि त कहिले हो कहिले...चारै बजे, चईनि, जागेर, कोदालो भिरेर, खेत तिर लाउन पर्नि थो र हिजो तेई बेलाँ सुत्न ग'को थेम्।

जे होस्, कामाँ नि आफैं भिनाजु बनेका दिनहरुको याद गर्दै मुसु मुसु हाँस्न पाईने भो। दिपिकाको देन! Once again, nice nostalgia. Thanks, dipika.

kancha01
· Snapshot
Like · Liked by · 0

waiting for your next one... please keep on writing...

Last edited: 15-Dec-07 06:51 PM
harkedai
· Snapshot
Like · Liked by · 0

poonte bajjey...kata muntyo bhaneko ta bihan kuto kodalo bokera hidney recha ani po...hijo bhaako kehi hoina...poonte ko tyo safa khappar maa bhauju ley tabala bajaain hola ani gayo ni chumrukka parera...

Dipika ji...hajur ley testo formality maa jawaf farkaaye pachi maily pani testai garna kaarai laagyo...poonte bajjey ley auntie bhaney pani mero pani tehi saino laagyo...aba ma pani dipika auntie nai bhanum jasto po bhayo ta malai launa gathey...yo adha raata pani sajha maa nai rumalidai chu ma ajhai...dhikkar hosh...bholi marcha moro taukey ley...dhila gayo bhanera...afu ley jagir laai khaney bela maa jagir ley aafulaai khaidela bhanney pir...kyarnu aba...

aba mo pani gaye afnu gudh tira...gudulkina laai...chiso ley...siringa bhayo...

aaja ta makalaa aago balera sutney...

kalejo
· Snapshot
Like · Liked by · 0

दिपिका

खोइ तिम्रो नयाँ प्रस्तुती नै आएन, कता हो? लौ न हतार भो पढ्न, हरेक हप्ता नयाँ नयाँ प्रस्तुती लिएर आउथिन् के भो , लौ न पिर पर्‍यो

kancha01
· Snapshot
Like · Liked by · 0
good morning kalejo, ma ta timi aaja kata gayeu bhanthaaneko ta yahaan po rahechau ta, balla phela paaren
kalejo
· Snapshot
Like · Liked by · 0

ओहो कान्छा, आरामै? बा यो दैलो मा चै फोहर् नगरौँ है अलि मेरो मन ले मान्दैन क्या,

म त कता हुदीँ नि, येहि दैलो त होनि रात् दिन प्रभो क नाम जप्यो हरि किर्तन् गायो, यस्तै छ जिन्नगानि कान्छा मेरो

kancha01
· Snapshot
Like · Liked by · 0
la la kalejo, ma timro dailo ma aaundina, baru arunai kohi dailo mai cha jasto cha, hos puryaye hai baa... la ta have a good day... seeya sometimes later on arukai dailo ma
kalejo
· Snapshot
Like · Liked by · 0

य कान्छा किन तिमी यस्तो मुटु पोल्ने कुरा गर्छौ बा, यो दैलो मा त म कोहि देख्दिन् फेरि कान्छा यो मेरो दैलो भा भे म किन येस्तो नुन खा कुखुरो जस्तो हुन्थे र बा,
Psychosit
· Snapshot
Like · Liked by · 0
दीपिका जि हेर्नुश न मेरो एुटा साथी को कुकुर को नाम पनि फुर्के नै हो क्य।।।फेरी त्यो फुर्के ले यहाँ को भिनाजु को जुत्ता खाए जस्ताइ गरी मेरो जुत्ता पनि चपायेको थियो एक्पल्त।।।कस्तो कोइन्किदेन्स् है।।।मलाइ त येहा को कुर सुनेर तेहि दिन् याद् आयो।।।
SSK
· Snapshot 18506
Like · Liked by · 0
boost
Gwach
· Snapshot 18660
Like · Liked by · 0
@Nas dai, tapai haruko gang ko sabai bhanda kancho bhai le california basi hakimni gf banayeko ho? Asti partner in crime ko post ma dekhya theye sodhna aftero lagyo....
Gwach
· Snapshot 19033
Like · Liked by · 0
@nas dai, sahi ho. Uni hakimni ko training sakera aayepachi hamro ma D-town ma basya thin 7 din jati. Tapai ko partner in crime ko bhai ko puranu sathi haru ho uniharu so halka chinjan chha. Asti achanak san francisco ma dekhya theye market street ma vayeko le gadi rokna payina. Yetai bay area mai basai chha re bhanne sunya theye. Bhet hola kunai din nepali gatherings ma.
logan
· Snapshot 19754
Like · Liked by · 0
दीपजिको नक्कल गर्दै अर्कोले टासेछ "भिनाजुको स्वेटर "
http://sajha.com/sajha/html/index.cfm?threadid=122899&noofposts=6
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 65 · Viewed 11928 · Likes 12
· Posts 1 · Viewed 78
· Posts 1 · Viewed 76
· Posts 1 · Viewed 175
· Posts 1 · Viewed 177
· Posts 4 · Viewed 948
· Posts 1 · Viewed 258
· Posts 1 · Viewed 252
· Posts 1 · Viewed 385 · Likes 1
· Posts 1 · Viewed 302



Your Banner Here
Travel Partners
Travel House Nepal