हाम्रोमा हिउ पर्‍यो तपाईंको मा नि? - Sajha Mobile
SAJHA MOBILE
हाम्रोमा हिउ पर्‍यो तपाईंको मा नि?
Posts 21 · Viewed 12731 · Go to Last Post
bikash kc
· Snapshot
Like · Likedby · 0
हाम्रो मा हिउ परेर सबै सेताम्मे भाछ।तपाइको म भाछ त?यो हिउ मेरो थियो मेरो मुटु को थियो भन्न न मिले पनि हिउ त हिउ नै हो चाहे सोलुखुम्बुको टाकुरामा फुलुन या अमेरिकाका फा ट हरुमा झुलुन्।प्रक्रिती को बारादन एस्मा न राजनीति को गन्ध छ न कुनै जालझेल्।यो त सगरमाथा म मा पनि यस्तै सेतो हुन्छ र यहाँ पनि।एस्ले कुनै समय र परिस्थिती अनुसार रङ ब्दल्दैन।तेसैले त यो हिउ हो सब्को प्यारो हिउ हो।
mai_chori_sudari
· Snapshot
Like · Liked by · 0
हिऊ सेतो हुन्छ ! हाम्रो देसा माथी माथी टाकुरा अनि हिमाल हरु मा देखिन्थ्यो अक्सर यो हिऊ! बीरगंज अनि नेपालगंज मा हिऊ म कसरी कल्पना गर्न सक्छु र?  कस्तो अचम्म ? अमरिकमा त फाट हरु मई हिऊ देखिने! गाम तिर सुनाको त, पत्यायेनन संगिनी हरु ले!  चाहे त्यों हाम्रो टाकुरा को हिऊ होस, या अमरीका को, मलाई मेरै सगरमाथा हास झै लाग्छ, जब म हिऊ देख्छु! उही दामन अनि फुल्चोकी याद आउछ! उही पासंग दीदी याद आउछ...मन एक तमास ले धड्किनच....मलाई मेरो नेपाल याद आउछ....   
coffee333
· Snapshot
Like · Liked by · 0
oho... bhabuk  banayo yaar yo dhaago le!!
mero ma ta hiu pareko chaina... ekai choti christmas time ma parne hola...  tara pani pahilo palta hiu parda ko swaad malai pani tha cha...  mann-nai nepal ko yaad le variyera aaucha..  atit ka pana haru feri paltauna man lagcha..   feri ek choti samaya lai farkayera puranai awastha ma puryauna man lagcha...  himal bhanda ujyaalo sutali ko muhar... ani unko chamkilo kala aankha ma feri ek choti sansaar bhulna man lagcha..   samaya le nikai thulo fadko maare pani .... hiu ko samjhana le matrai pani mero jiwan ko tyo amrit pal aankha bhari charlanga aai pugyo.. 
uptowngal
· Snapshot
Like · Liked by · 0

मेरोमा नि हिउ परेको छैन। पेर्ने बेला हुन लाग्यो। हिउ पर्दा फुलचोकिमा साथीहरु सँग गाको याद आउछ। तेही बेला हो मैले पहिलो पटक हिउमा साथी र म हिउली हाना हान गरेको। अब हिउ त अमेरिका मा नि सेतै हुन्छ नेपालमानी तर नेपालमा हिउ सँग खेलेको र अम्रिकामा हिउ सँग खेलेको चै एउटै हुँदैन राइछ।

world_map
· Snapshot
Like · Liked by · 0

मेरोमा त हिउँ पर्या छैन. यो ठाउँमा त बर्षको १,२ पल्टमात्र पर्छ भन्छन् हिउँ. पहिले बस्या देशमा नि खासै पर्दैनथ्यो.
वर्षको १,२ पल्ट पर्थ्यो, तर आधा घन्टामै बिलाउँथ्यो. नेपालमा नि मैले हिउँमा खेल्ने मौका कहिल्यै पाइनँ, फूल्चोकीमा पनि. चन्द्रागिरीमा हिउँ परेर सेतै भएको चैं देख्या हो, तर छुन पाइनँ. सगरमाथाको देशमा दुइ दशक बस्दा, युरोपमा
पाँच वर्ष बस्दा पनि हिउँ स्पर्श गर्न नपाएको अब अम्रिकामा कहिले पाउने हो हेरौं!

ritthe
· Snapshot
Like · Liked by · 0

हिउको प्रसँग निस्कदा १३ बर्ष अगाडि बेस्सरी हिउले चुटेको याद ताजा भयो
खोटाङ बाट भोजपुर छिनामखु जाने क्रममा उकालो चढ्दा चढदै हिउ परेर १ घण्टा जती बेस्कन चुटेको छ कानमा



Rahuldai
· Snapshot
Like · Liked by · 0

मैले आफ्नो देश मा हिउं कहिलेइ देखिन। पहिलो पल्ट नेडरल्यान्डस् को डेल्फ्ट मा देखेको थिएं। सिनेमामा देखेको हिउं र साच्चैं देखेको उस्तै रहे छ।


आफ्नो परिचय संगै नेपालको परिचय गाँसिएकै हुन्छ। नेपाल संग सगरमाथा। "सगरमाथा चढयौ?" धेरै को प्रश्न, धेरैले झेलेको हुनु पर्दछ। बत्तीमुनी अंध्यारो के थाहा?
सगरमाथा आफ्नै नागरिकहरु संग दूर् छ, रुष्ट छ। आधा भाग चिनलाई बेचिंदा, सगरमाथाको अस्मिता बम्बइको बजारमा बेचिएकी चेली जस्तै भइन् होली। चुपचाप हिउंमा रमाउने परदेशी र तिनको भारि बोक्ने स्वदेशीको पाइलाहरुको नील डाम छातिभरि बोकी राष्ट्रको ढुकुटी बलियो बनाइ रहेकी छिन्। तिनै धनमा फुफुको धन मामाको श्राद्ध गरि राख्याछन्। तै पनि शिर पुरै फुलेकी सगरमाथा चुपचाप सहि राखेकी छिन्। देशका निरही जनता जस्तै। अस्तु!

भउते
· Snapshot
Like · Liked by · 0

रिठ्ठेलाई हिउँले चुट्यो रे?  असिना होला पिठ्ठे त्यो त।

हाम्रोमा नि अस्ति फुस फुस अरेको थ्यो के रे। लु पर्ने भो भनेर दङ्ग परेको पछि त के भे'छ कुन्नि, त्यत्तिकै हरायो।

bikash kc
· Snapshot
Like · Liked by · 0
हुन त प्रक्रिती को उपहार हिउ लाई राजनैतीक तथा भौगोलिक सिमानामा बाधन न हुनी हो।अखिर प्रक्रिती को के दोश्?सिमाना मा साध लगाउनि त हामी मनिष न् नै हौ।प्रक्रिती ले बिना कुनै छल्कपट सबैलाई एउटै रङ र रुप को हिउ  दिएकी छि न।तर हामीले तेही सध्भाब देखाउन सकेनौ।हामी हामी मै बाडिएउ अनी प्रक्रिती को हिउ लाई पनि बाड्एउ।तर तेत्ती हुँदा हुँदै पनि दामनमा हिउ देख्दा हास्ने
मन मेरो यहाँ पनि हासेको छ।गएको बर्ष काठमाडौं मा हिउ पर्‍यो रे भनेर सुन्दा kantipurcom.com खोलेर हिउ को समाचार र तस्बिर हेरेझै एस्पाली प नि डेस्कटप को weather channelले आज हिउ पर्छ भनेर हिजै update गरेकले बिहानै देखी झ्याल बाहिर आँखा लगएर बसेको थिए।भनेसी मन को भावना तेही हो।हिउ तेही हो।बस ठाउँ फरक छ।तर तेस्लाई पनि पनि म सिमनाको साङुरो घेरा बाट माथि उठेर मेटाउनी प्रयास गर्दैछु।हेरौ कत्ती को सफल भाईन्छ।




presidentofnepal2035
· Snapshot
Like · Liked by · 0
फुल्चोकी को टाकुरा मा हिउ खेलेको सम्झना को साथ साथै अन्नपूर्ण बेस कम्पजादा हिमलय होटल को
अगाडि हिउ को मान्छे बनाएर फोटो खिचएको याद आउछ, जब मेरो झ्याल बाट हिउ फुस फुसएको देख्छु |
Nepal Premi
· Snapshot
Like · Liked by · 0
सबैको आ-आफ्नै तर्क हुनु नौलो कुर हैन, तर मलाई चाँही हिउ भन्दासाथ उही मेरै सगरमाथाको याद आउछ। यो साचो हो हिउ ले रुप रङ फेर्दैन अनी अमेरिका र नेपाल को हिउ एउटै हुन्छु तर म अमेरिका मा नेपाली हिउ पाउन सक्दिन। मलाई मेरै देश को हिउ ले आफ्नै मिठास दिन्छ, अनी बताउछ आफ्नै स्वाभिमानी पहिचान। जय नेपाल!
Amazing
· Snapshot
Like · Liked by · 0
यो हिउले पनि दिक्क पारि सक्यो भन्या, अहिले भर्खरै हिउमा भिज्दै Euro Cup (qualifiying match) आयको हेरेर । बिहाअन उठ्यो हिउ, दिउसो हिउ, राति हिउ। जिन्दगि नै हिउ भैसक्यो
bikash kc
· Snapshot
Like · Liked by · 0

aja ko hiu

thau chinni hoki?


056belex
· Snapshot
Like · Liked by · 0
Tyo hiu k hiu, yo hiu po hiu
ritthe
· Snapshot
Like · Liked by · 0

Bhaute_Kaji
· Snapshot
Like · Liked by · 0
Hamro ma ni hijo hiu pareko ho kyera, aaja chai paglechha. Coffee333 jasto suntali ko yaad pani aayena aafulai ta.
Nepal ma kailey hiu dekheko hos na yaad aawos.
Baru pani parda chai k k yaad aauchha, kyarne hola..
bikash kc
· Snapshot
Like · Liked by · 0
hiu hiu ho bhane hiu lai hiu nai rahana dieu
Prajapati
· Snapshot
Like · Liked by · 0

Snow in New Jersey (Jersey City), used to play in this ground ;).


miss_ me
· Snapshot
Like · Liked by · 0

अचम्मको कुरो मैले आज सम्म हिउँ  महसुस गर्ने मौका पाएकै छैन। जाडो भन्ने बितिकै खुम्चिन्छु म चै । त्यो कस्तो हुदो हो ठाँउ?जहाँ बाह्रै मास हिउँ परिरहन्छ:)

अब,फोटो र सिनेमामा देखिने हिउँ र वास्तविक हिउँ त उस्तै होला  तर मेरो सपनामा कहिले काहिँ आउने हिउँ चै सफा कन्चन र  सेतो-फोटोको जस्तै हुन्छ ,तर कत्ति पनि चिसो हुदैन कपास जस्तै नरम  हुन्छ 

सानो छदा  बिहानै स्कूल  जादा माथि पहाडमा देखिने हिमचुली हेरेर  दौडन्थ्यौ । जति पर पुगे पनि हिमचुली चै उस्तै दुरिमा देखिदा अचम्म लाग्थ्यो-किन होला घरबाट पनि त्यहि ठाउँमा देखिन्छ स्कूलबाट पनि त्यहि ठाउँमा देखिने?   हिउँदको जाडो होस या जेठ महिनाको गर्मी हिमाचल सधै उस्तै देखिन्थ्यो।अनि बेल्का हुदा चै  घामको  किरण हरुले गर्दा   रातो  रंग मा देखिन्थ्यो । यता आएदेखि पहाड त कतै देखिदैन नेपालको सानो डाँडा जस्तोलाई पहाड पो भन्दा रे'छन। अस्तिको समर मा जर्जिया,टेनिसि जाँदा त्यता तिर नेपालको जस्तै   पहाड देख्दा रमाइलो लाग्यो ।तर,त्यहाँको पहाडसंग हाम्रो नेपालको जस्तो हिमचुली देखिएन। प्रकृतीले पनि  सबैलाइ एउटै वर्दान कहा दिदो रहेछ र?

तराइको सुन्दर खेत र  पहेलो तोरिबारिमा उभिएर  हिउँदको न्यानो घाममा हिमचुळी हेर्दाको मज्जा नै बेग्लै।  तर अझै सम्म हिउँ छुने मौका पाएकिछैन। एकपटक हिउँमा दौड्ने कुद्ने त हैन ( चिसो संग एकदम डर लाग्छ )मज्जाले हिउँको ढिक्का  खेलाएर हातलाइ कक्र्याक कुक्रुक पार्नु छ। कस्तो हुदो हो हिउँको चिसोमा हात ठिहिराएको? आइस् छोए जस्तै कि  असिनाले चुटे जस्तै ?!!!

तर,मलाई दुभो माथि परेको टल्कने शीत थोपा निकै राम्रो लाग्छ। चौरमा बिहान बिहानै हिड्दा त्यसमा देखिने पाइलाको छाप असाध्यै मनपर्छ।

056belex
· Snapshot
Like · Liked by · 0
This Year Snow
056belex
· Snapshot
Like · Liked by · 0

Last Year Snow. Around 5ft

Last edited: 22-Nov-07 05:24 PM

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 106
· Posts 7 · Viewed 845
· Posts 1 · Viewed 63
· Posts 1 · Viewed 148
· Posts 1 · Viewed 63
· Posts 1 · Viewed 101
· Posts 13 · Viewed 1541 · Likes 1
· Posts 81 · Viewed 20782 · Likes 19
· Posts 1 · Viewed 153
· Posts 1 · Viewed 135



Your Banner Here
Travel Partners
Travel House Nepal