गुच्चा खेल्न मन लाग्यो! - Sajha Mobile
SAJHA MOBILE
गुच्चा खेल्न मन लाग्यो!
Posts 18 · Viewed 10927 · Likes 2 · Go to Last Post
Rahuldai
· Snapshot
Like · Likedby · 0

गुच्चा खेल्न मन लाग्यो!

आमा! लुच्चा भै गुच्चा खेल्न मन लाग्यो,
छुच्ची संग नबोल्ने छुच्चा हुन मन लाग्यो।


ह्वाग्रा** खेल्दा खेल्दै बाहुलाले नाक पुछ्नुको आनन्द,
पाङ्ग्रा गुडाउदै खस्केको कट्टु तान्नुको आनन्द,
मैले यो देशमा
यो परदेशमा
यो उमेरमा,
यो अंधेरमा
 रोजेर कहाँ पाउनु?
खोज्न कहाँ धाउनु?

आमा फेरि पनि,
तेल कासा खेल्न मन लाग्यो,
झेल गर्ने पासा खेद्न मन लाग्यो।
पानदस* मा तुहुउ तुहुउ कराउदै
गाब:दोब** मा आसरा दिदैं
फेरि एक चोटी पारी जित्न मन लाग्यो
आमा, लुच्चा भै गुच्चा खेल्न मन लाग्यो,

नाराँचाको बारीमा अंबा चोरेर स्वाद,
हाराँचाको भर्‍याङ चोरी शिबरात्री मनाएको याद
अझै ताजा छ,
त्यसैले फेरि,

 एकपटक यो राहुले बच्चा हुन मन लाग्यो
छुच्ची संग नबोल्ने छुच्चा हुन मन लाग्यो।

*( डन्डि बियो)

**गुच्चाको एक खेल

 

Maverick_
· Snapshot
Like · Liked by · 0

rahul bro,
malai pani guchha khelna man lagyo..chalachal khelne ki kachhi?
SadhanaSharma
· Snapshot
Like · Liked by · 0

यो कविता पढेपछि मैलेपनि मेरो बालापनका ती सुन्दर, निश्फिक्रि दिनहरु सम्झिएँ अनि जगजित सिंहको एउटा गजलपनि

" वो नानी कि बातों में परियोंका डेरा, 

वो चेहेरेकि झुर्रियोंमें सदियों का फेरा,

 भुलाए नहीं भुल सकता है कोइ ,

वो छोटी सि रातें  वो लम्बी कहानी ..... "

Last edited: 19-Nov-07 02:20 PM
world_map
· Snapshot
Like · Liked by · 0
वाह! राहुलदाइ! गज्जबको कविता! मलाइ पनि मेरो बाल्यकालको याद आयो!
saru_bhakta
· Snapshot
Like · Liked by · 0
wah wah
Solitude
· Snapshot
Like · Liked by · 0

Rahul Dai

Sarhai ramro rachana, euta daily newspaper ma pathaunu na, paper ma print bhayeko pani herna maan lagyo malai yo ta.

Amazing
· Snapshot
Like · Liked by · 0
Rahuldai
· Snapshot
Like · Liked by · 0

Maverick जी,
चलाचल् भए नि हुन्छ, कचि रखेर नि हुन्छ, कचि राखेरै र्माइलो होल जस्तो छ।

साधना जी,
यही त हो नि, बाल्यकालको त्यो सुनौलो दिन याद गरेरै भए नि आनन्द लियौं भनेर लेखेको। हुन त मैले आफ्नो बाल्यकालमा कबितामा उल्लेखित खेल खेल्न पाइन। हेरेर रमाएको थिएं। त्यही भएर नि फेरि खेल्न मन लाग्यो।

चित्रे जी,
यादमा रमाउन सिकौं, त्यसैमा प्यार भेटाऔं।

सरुभक्त जी,
वाह वाह को लागि वाह वाह्।

solitude जी,
प्रसंशाको लागि धन्यबाद, हेरम्, कसैले छापिदिन्छ कि? न छापे नि साझा का साथीहरु माझ नै काफी छ।

झिल्के जी,
निशब्द टिप्पणीको लागि धन्यबाद।

urfrenrites
· Snapshot
Like · Liked by · 0

Rahul da,

kasto bachha belako jastai care free bhayera bachna man lagyo.

malai pani gatti khelna man lagyo, ris utheko bela tehi gattile chuchhalai hanna man lagyo.

Thanks for this nice poem.

 

 

Rahuldai
· Snapshot
Like · Liked by · 0

उफ्री जी,

धन्यबाद, टिप्पणीको लागि। संझना मात्रै त हो नि जिन्दगीका रमाइला क्षणहरु। निष्कपट, निर्दोष आत्मको उद्बोधनहरु। जति ठुला हुंदै गयौं, त्यति धमिलिंदै जान्छौं। त्यो काल, त्यो चाल् दुबै निर्मल थियो, कन्चन थियो।

तपाईलाई  गट्टी (एकंधाला) खेल्न मन लाग्यो होला, कसैलाई घ्वाँई खेल्न। जमाना रंग बद्लन्छ, भन्छन्। युग परिवर्त्नको संघारमा जिएकाहरुमा पर्यौं। हाम्रा बौ बाजेले पनि साना छंदा यसरी नै खेलेर हुर्केका थिए। तर हामी पछीका पुस्ताले भिडियो गेम र मशिनको खेलौना बाहेक चिनेका छैनन्, साइबर क्याफे गन्तब्य भएको छ। 

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

ओहो राहुलदाई! फेरि जमानाको याद दिलाइदिनुभयो!

मलाई चाहिँ चङ्गा उडाउन मन लाग्यो!

'बाबचे धागो छोड्, धागो नभए टुप्पि गाँस!"

Deep
· Snapshot
Like · Liked by · 0
हैन सखरी बखरी -- ह्वाक्र्याङ्ग -- टप्पु -- एंगल -- सबै म्युजियम लगेरे नी हो?
uptowngal
· Snapshot
Like · Liked by · 0

राहुल दा म नि गुक्चा खेल्नी सिकाइ दिनुस् न प्लिज।
Rahuldai
· Snapshot
Like · Liked by · 0

बिर्खे जी,
 हो भन्या, बापाच्या, धर्के, दारिवाल, पानबुट्टे, सब बेपत्ता भए। ती चंगा संगै मन उडाएको दिनहरु , आहा सम्झि सम्झि.........................................................

दीप जी,
म्युजियमबाटै सापटी लिएर राखेको हुं, सखरी, बखरी, ह्वाग्रा, कची, हण्डली, मण्डली।

ठुली,

अब तिम्रो उमेर गुच्चा खेलेर लुच्चा बन्ने छैन।

miss_ me
· Snapshot
Like · Liked by · 0

ओ हो राहुल्दा चै अझै छुच्छो र  लुच्चो  हुदै :)

 मलाइ चै  कहिले काही हरियो चौर मा गएर कपर्दी अनि ठुलो ठुलो हांगा भएको रुख देख्दा डोरि बाँधेर  पिङ्ग खेल्न मनलाग्छ ।

घर छेउको पिपलवोटको खुब याद आउछ ।

uptowngal
· Snapshot
Like · Liked by · 0

अब तिम्रो उमेर गुच्चा खेलेर लुच्चा बन्ने छैन। किन राहुल दा?

ThahaChaena
· Snapshot 1145
Like · Liked by · 0
साझामा विचरण गर्दा गर्दै ....ठुल्दाई एउटा मज्जाको कविता भेटें मैले ..... कस्तो मन नै बच्चा बेला तिरका यादमा चुर्लुम्म डुब्यो .....

- थाहा छैन
timi_mero_sathi
· Snapshot 1167
Like · Liked by · 0
लोल ,

गाबो दोबो, सखरि बखरी , हुवान्ग्रा खुब खेलिन्थ्यो , दन्दि बियो चाइ अली अली , बियो ले आरुको टाउको मा लाग्छ भनेर,

मैले पढन बिर्स्या रेछ राहुलभई को यो कविता , थाछैना ले माथि लेराइ दिएको मा धन्यवाद
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 13 · Viewed 1324 · Likes 1
· Posts 6 · Viewed 544
· Posts 81 · Viewed 20643 · Likes 19
· Posts 1 · Viewed 115
· Posts 1 · Viewed 85
· Posts 1 · Viewed 77
· Posts 1 · Viewed 156
· Posts 1 · Viewed 101
· Posts 1 · Viewed 110
· Posts 4 · Viewed 480



Your Banner Here
Travel Partners
Travel House Nepal