Poem "जुनका कथा"
जुन रोहेको
ताराहरु हाँसेका
तैपनि फेरि उज्यालो लिएर
जुन चियाउँछे
घाम रिसाउँछ
झोक्केर तताउँदै
डाँडापारि गएर निदाउँछ
बाँसको झ्यांगमा
चिच्याइरहेका सारुङ्टेका बथान
घर फर्कन लागेका कागका बथान
निसास्सिएर अस्तब्यस्त झैँ लाग्छन्
आँखाबाट भेल छुटेका
सेतै पहिरनमा अर्ध अनुहार
कालो बादलभित्र हराइरहेकी मैना चरि ऊ
बिग्रेका आफ्नै कपालभित्र घाम नियाल्छे
कतै फर्केर आऊछ कि भन्ने आशमा
अपुरो सपना पालेर
फालिएका राता चुराहरु बटुलिने आशा जिउँदै झैँ लाग्छ
काला कौवाहरु घुमेका
छिमेकि गिद्धहरुबाट घेरिएकी
सुरक्षित छे ऊ
कुनै परेवाहरु ऊ सम्म आइपुग्न सक्दैनन्
मलिन
कमजोर
थकित
कुनै हनुमानरुपि जादु नै आएमात्र
तर अहँ
उसको उद्धार सम्भव छैन किनकि -
किनकि ऊ अहिले नयाँ देशमा छे
जहाँ हिजोआज गिद्धहरुका राज छ
काला कौवाहरुका बस्ती छ
केवल ठुंग्न जानेका छन्
टोक्न जानेका छन्
लुछ्न जानेका छन्
जहाँ जुन रोएर उदाउँछ
घाम रिसाएर अस्ताउँछ
ताराहरु खित्का छोडि गिजाउँछन् ।
गोपालप्रसाद पौडेल
bye
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 11
· Viewed 2078
· Likes 6
· Posts 18
· Viewed 1614
· Likes 1