Another bomb blast in kathmandu - Sajha Mobile
SAJHA MOBILE
Another bomb blast in kathmandu
Posts 4 · Viewed 4487 · Go to Last Post
saan_dai
· Snapshot
Like · Likedby · 0
There was another bomb blast in Kathmandu near Japanese embassy today. As per news no one was injured on blast. I just heard in FM news. Saan dai
xbox
· Snapshot
Like · Liked by · 0
काठमाडौँलाई कपिलवस्तु किन दुख्दैन ? विजय पौडेल असोजको पहिलो साता नेपाली सञ्चारमाध्यममा तीनवटा विषय निकै चर्चामा रहे । पहिलो 'इन्डियन आइडल' बनेका प्रशान्त, दोस्रो योगगुरु स्वामी रामदेव र तेस्रो कपिलवस्तु नरसंहार । कपिलवस्तु नरसंहारको स्थलगत रपिोर्टिङ्का लागि हामी बुटवल पुग्दा प्रशान्तलाई इन्डियन आइडल बनाउन प्रचारप्रसार र पैसा उठाउने काम भइरहेको थियो । तर, नजिकै कपिलवस्तुमा पीडित एवम् विस्थापितहरू भोकमा तड्पिरहेका थिए । जलेका घर, नरकङ्काल, विस्थापितका शोक अनि पति मारेर बलात्कार गरएिका महिला देखेर विक्षिप्त हँुदै भोलिपल्ट साँझ हामी बुटवल पुग्दा प्रशान्त इन्डियन आइडल बनेको खुसीयालीमा उत्सव मनाइँदै थियो । नेपाली मूलका प्रशान्त इन्डियन आइडल बनेको खुसीसँगै आएको दुःख हामी किन अनुभव गर्न सक्दैनौँ ? दिल्लीमा प्रशान्त इन्डियन आइडल बन्दा काठमाडौँ हाँस्छ भने कपिलवस्तुमा नरसंहार हुँदा किन दुख्दैन ? भारतमा जन्मेका, भारतमै हुर्केका अनि भारतीय प्रहरीमा कार्यरत प्रशान्त नेपाली मूलका हुनेबित्तिकै हाम्रा काँधमा सजाउन योग्य भए तर नेपालको तराईमा जन्मेर पुस्ताँैदेखि त्यहीँ बस्दै आएका मधेसी किन हाम्रा लागि नेपाली हुन सकेनन् ? गत वर्ष माघमा तराई आन्दोलन भयो । त्यसले वर्षौंदेखि कुन्ठित मधेसी समुदायको भावनालाई मूलधारमा उजागर गर्‍यो । तर, त्यसपछि पनि तराईमा सामाजिक एवम् धार्मिक सद्भाव भड्काउन संविधानसभाविरोधी तत्त्वहरू लागिपरेका छन् । परण्िाामस्वरूप उनीहरू कहिले नेपालगन्ज कान्ड मच्चाउँछन् त कहिले लहान अनि कहिले गौर त, कहिले कपिलवस्तु । उनीहरू काठमाडौँमा बम पड्काउँछन् भने दाङमा बितन्डा मच्चाउँछन् । यस्तोबेला राजनीतिक दलहरूले पटकपटक दोहोरनिे यस्ता घटनाबाट पाठ सिकेको देखिँदैन । अझै पनि सरकार संवेदनशील नहुने हो भने यस्ता घट्ना बढ्दै जानेछन् । जनआन्दोलनको 'म्यान्डेट' सहित सत्तामा पुगेका दलहरूले समयमै संविधानसभा निर्वाचन नगरेर सङ्क्रमणकाल लम्ब्याउँदै लाने हो भने यीभन्दा ठूल्ठूला दुर्घटना हुन सक्छन् । कपिलवस्तुले हिंसा र मृत्यु बेहोररिहँदा काठमाडौँ जीवनलाई निरोगी बनाउन र मानसिक स्वास्थ्यका लागि स्वामी रामदेवको शिविरमा रमाइरहेको थियो । योग जीवनका लागि अति उपयोगी साधना हो । तर, स्वामी रामदेवको शिविर धाउने धेरै जनाले कपिलवस्तुले जीवन गुमाइरहेको अनुभव गर्न सकेनन् । के गौतम बुद्धको जन्मथलो कपिलवस्तुमा हिंसा मच्चिरहँदा काठमाडौँ शान्तिको सन्देश लिएर कपिलवस्तु जान सक्दैन ? असुरक्षाको कारण देखाउँदै पहिलो दिन रोकिएको स्वामी रामदेवको शिविर सफल पार्न तत्काल सम्पूर्ण सत्तारुढ दल, सुरक्षा निकाय एवम् वरष्िठ मन्त्रीहरू शिविरस्थलमै खटिए । कतिसम्म भने सरकारबाट बाहिरइिसकेको माओवादी नेताहरूसमेत त्यहाँ पुगे । तर, कपिलवस्तुलाई सुरक्षा दिन कोही खटिएनन् । गृहमन्त्रीसहितको टोली घटनाको छैटाँै दिन मात्र कपिलवस्तु पुग्यो । जलिरहेको चन्द्रौटा बजारसँगै जोडिएको सशस्त्र प्रहरीको बेसक्याम्पबाट सुरक्षाकर्मी परचिालन नभएको आक्रोश अहिले पनि स्थानीय बासिन्दामा छ । चन्द्रौटा चौकीका जनपद प्रहरीले कुटाइ खाँदा र चौकी तोडफोड हँुदासमेत प्रशासन बेलैमा सचेत हुनसकेन । भदौ ३० गते कपिलवस्तु जलिरहँदा काठमाडौँमा माओवादी सरकारबाट बाहिरनिे उद्घोष गररिहेको थियो भने अन्य दलहरू उसलाई सत्ताबाट बाहिरनि नदिन फकाइरहेका थिए । सत्ताको खिचातानीमा लागेका सात दललाई कपिलवस्तु नरसंहारले समयमै पटक्कै छोएन । यसको ज्वलन्त उदाहरण हो, कपिलवस्तु घटनाको चार दिनपछि मात्र मन्त्रिपरष्िाद्को 'आकस्मिक' बैठक बस्नु । के त्यसै दिन सरकारबाट बाहिरनिे र भित्रिने विवाद छाडेर सबै दल घटनाको यथार्थ पत्ता लगाउन, जनतालाई सुरक्षा दिन र उद्धार गर्न खटिनुपर्ने होइन ? काठमाडौँको यस्तै संवेदनाहीन व्यवहारको फाइदा प्रतिगामी अनि धार्मिक एवम् जातीय सद्भाव भड्काउन खोज्ने आपराधिक तत्त्वहरूले लिने गरेका छन् । -पौडेल कान्तिपुर टेलिभिजनका पत्रकार हुन् ।)
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12682 · Likes 1
· Posts 7 · Viewed 4122 · Likes 1
· Posts 1 · Viewed 1136
· Posts 1 · Viewed 1159
· Posts 1 · Viewed 1042
· Posts 1 · Viewed 1131
· Posts 1 · Viewed 1094
· Posts 21 · Viewed 10301 · Likes 1
· Posts 3 · Viewed 2689
· Posts 5 · Viewed 7890 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal