दशैँ र गाऊँका स्म्रितीहरु - Sajha Mobile
SAJHA MOBILE
दशैँ र गाऊँका स्म्रितीहरु
Posts 7 · Viewed 8058 · Likes 2 · Go to Last Post
SurNaTal
· Snapshot
Like · Likedby · 0
तल्लो टाहारमा अनौ समाउदा,
मेरो दाई सम्झनुहुँदो हो,
मैले हालेका बिऊहरु!

अँगेनाभरि ढोडको हुर्हुरे बाल्दा,
मेरी बहिनी सम्झँदि हुन्,
मैले पोलेका सुठुनीहरु!

घरपछाडिको तामा फब्ल्याटाऊदा,
मेरो बुबा सम्झ्नु हुँदो हो,
मैले काडेका चोयाहरु!

सकिनसकी ढिँडो मस्काऊदा,
मेरी आमा सम्झँदि हुन्,
मैले कोरेका कुँडेहरु!

असरल्ल स्म्रितिका घ्याम्पाहरु,
म कुन चाहिं पहिला फोडौं,
कुन् चहिं पछि?

मेरो रातमाटे उस्तै रातो होला,
म पहेँल्ली सकेँ;
मेरो चिसापानी उस्तै चिसो होला,
म सुख्खा भइसकेँ।

मेरो केराघारी,
घरीका घरी उपहारहरु बोकेर
मेरो प्रतिक्ष्या गर्दो हो;
मेरो आरुवारी,
लटरम्म कोसेलीहरु बोकेर
मेरो बाटो हेर्दो हो।

भाग्यको पखावारीमा
कर्मको तुईन तान्दा तान्दा,
म त बेफुर्स्दी बनेछु।

न ढिंडो, न गुन्द्रुक्,
न ढोड, न हुर्हुरे;
न मकैको बिऊ,
न हाँडीको घान्;
न चित्राको चोया,
न छारीको फरिको।

म त अल्मलिएछु,
कन्क्रिट्का जंगलहरुमा;
तथाकथित् पुस्तकहरुसंग,
संग्धिग्न सपनाहरुसंग।

छ्यास्छ्यास्ती काँडाहरु बिझेका छन्,
सुँगुरेका;
तनभरि - मनभरि,
गाऊँ छोड्दाका।

मेरो सानो घर, मेरो सानो सन्सार,
मेरी प्यारी आमा, दाजु, बहिनि, वावा।

त्यो चुलो - त्यो पँधेरी,
त्यो गोरेटो - त्यो अँधेरी;
त्यो ओदान् - त्यो चुलेसी,
त्यो आँगन् - त्यो वलेसी;
त्यो दलान् - त्यो सँघार्,
त्यो मतान् - त्यो जँघार्।

त्यो गोठ, मेरो सिन्धुरे गोरु,
त्यो खोर, मेरो घोर्ले खसी;
पारी डुँडको खेत,मैले लगाएका आलीहरु;
चिलाउनेको हलो,मैले ठोकेका फालीहरु।

अवत असह्य भयो;
म अरु सक्दिन
मेरा अस्थित्वहरुलाई उसिनिरहन।

असुरोको पातमा केराको घरी पकाउँदै गरे आमा,
हाटमा आएको रोज्जा चाहिँ खसी किनिराखे वावा।

मेरो लट्टाईमा धागो र माड लगाईदिराखे दाजु,
मेरो मादलमा असली खोरी हालिदिराखे दाजु।

मेरो खाट्मा दिङ्लाको राडी ओछ्याइदिराखे बहिनि,
मेरो ठेकीमा एकराते दहि जमाईदिराखे भाउजु।

सारा अप्ठ्याराहरुलाई पाईतालाले कुल्चेर,
तपाईँहरुको प्यारो सनोकान्छो,
यसपाली त फुत्त फुत्त उफ्रदै हुनेछ,
पाख्रिवासको ओरालोमा;
दशैँको टीका, जमरा र आसीश थाप्न।
Jwai Sap
· Snapshot
Like · Liked by · 0
SurnaTal, good one. Langauge Alkiati Prithivi narayan ke pala ko chha ni hajur? Swarga vanda sundar chha, hamro pyaro ghar madir jhai pabitra chha, मेरो सानो घर mandina saram-2, sur na tal ko kabita maile k garam garnu garyau surnatal, kabita lekhera, ....
SateLite
· Snapshot
Like · Liked by · 0
sarai ramro and natural Poem. malai ta padhera runa man lageo .Promise...ma ni janchu aba Dasai ma..sarai bhayo. Appriciated SNT ji Thanks Sate
shirish
· Snapshot
Like · Liked by · 0
A good one.
raascal
· Snapshot
Like · Liked by · 0
too good ... thank you!
SurNaTal
· Snapshot
Like · Liked by · 0
Jwai Sap धन्यबाद्। खै भाषा त आजकलकै प्रयोग् गर्न खोजेको हुम्, के चाल् भयो कुन्नि, प्रिथ्भी नरायणको पालाको हुन गएछ। केहि बिगार् पुगेको भए माफ् पाम्। गीत् चाहिन् राम्रा छन्। SateLite, कबिता मन् पराईदिनु भएको मा धन्यबाद्। यदि साच्चिकै रुलाएको भय क्ष्यमा चाहन्छु। तपाईँको जस्तो मिलाएर लेख्न त आउन्न, तर रहर् लाग्छ। रातो कोट वाला कथा खुब् मन् पर्या थियो। सिरिश् गुरु, हजुर् को reply पाउनु मेरो लागि ठुलो हौसला हुन्छ। धन्यबाद्। raascal जि, धेरै धेरै धन्यबाद्।
ThahaChaena
· Snapshot 2227
Like · Liked by · 1
कत्ति मिठो कविता र ठेट नेपाली शब्दहरुले त कवितालाइ सोह्र सृंगारले छोपी दिएको छ .... कहाँ गए यस्ता कविता हरु ...... धन्यवाद सुन्तले दाइ ....

फेरी पनि पो लेख्ने कि ?? 

- थाहा छैन 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12628 · Likes 1
· Posts 7 · Viewed 4070 · Likes 1
· Posts 1 · Viewed 1109
· Posts 1 · Viewed 1117
· Posts 1 · Viewed 1011
· Posts 1 · Viewed 1097
· Posts 1 · Viewed 1064
· Posts 21 · Viewed 10171 · Likes 1
· Posts 3 · Viewed 2648
· Posts 5 · Viewed 7839 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal