~ चौतारी ५१ ~ - Sajha Mobile
SAJHA MOBILE
~ चौतारी ५१ ~
Posts 592 · Viewed 168239 · Go to Last Post
ratamakai
· Snapshot
Like · Likedby · 0
कति राम्रो चौतारी बसुम बसुम लाग्यो नि कति नयाँ चौतारी लेखुम लेखुम लाग्यो नि । । रामचन्द्रे जी लाई धेरै धन्यवाद । सबै निन्द्रामा भुस् परे होलान्, तैपनि सबैलाई यो मध्यरातको नमस्कार ।
Load Previous
uptowngal
· Snapshot
Like · Liked by · 0
राहुल् दाई हजुर लभ स्टोरी को कथा नि लेख्नुस्। नै रहुल् दाई भनेको के हो? राम ले हसायो एन्ग्री ओल्ड म्यान भाको झै मानेको छु आफैंलाई रे
Rahuldai
· Snapshot
Like · Liked by · 0
राम् चन्द्रे, हाम्रो कथा ब्यथा उस्तै छ जस्तो छ, असली परिचय सहित् बिजुलि पत्र हानुम्, कर्ण् फुस्स् फुस्स् सुनुम्। क्रिक्रेट् आज् त के हेरेको होला, सेमि फाइनल् देखि राम्रो गेम् हुन्छ भन्ने मानिछु।
hetterika!!
· Snapshot
Like · Liked by · 0
हैन के भैरा हो यो चौतारीमा, सोझा साझाले गरेर खाने दिन गए क्या हो? बिचरो सोझो कुम्लेलाई पाएर, जम्मैले खेदो गरिरा छन त। कुम्स पाट, डराउनु हुन्न है, एक्लै छ भन्ठान्या जस्तो छ मान्छेहरुले, सोझा बाङ्गेको देख्या छैनन जस्तो छ, सोझा सोझा मिलेर देखाईदिम्ला नि। रामे फेरी गनगन गर्न थालेछ, हैन हो बर्दर, लँकाले विश्वकप जित्न ला बेलाँ कति टेन्शन लिरा'को। ठुली, भ्वाइस मेलामा के.... (क्रमश:) :D
Durgesori
· Snapshot
Like · Liked by · 0
राहुल दा यो कथा दि एन्ड भएपछि अर्को कथा क्रमस गर्नु हुन्छ भन्ने आस गरछु है मैलेत हाम्री ठुलिलाइ धेरै नजिस्काउ न हो कुम्ले ठुलि तिम्रो बिहेमा हाम्लाइ पनि निम्तो गर्न नबिर्से है हामी पनि तिमिलाई तक्मा दिन नसकेनि राम्रो पिरिजेन्तो दिउला
CaMoFLaGeD
· Snapshot
Like · Liked by · 0
कुरै कुरामा रामचन्द्रेजी त देख्दै नदेखिरा भन्या। रामचन्द्रेजी स्यालुट छ है तपाइँलाई पनि। बिदेशको बसाइ त्यस्तै हो, जोत्दा जोत्दा --- किन जोतेको -- के को लागी जोतेको-- सबै बिर्सिइन्छ। राम्रो भविष्य खोज्दा खोज्दै बर्तमान भुलिन्छ। पिर नगर्नुस्!! सबैको त्यस्तै हो। हरितालिके!! वाह वाह!! दोस्त भनेको यस्तो!! सोझो मान्छे बाङियो भने बबाल हुन्छ नि हैन त? हा हा हा--- दामी दियो के!! hi Durgesori :-) .... अनि त्यहाँबाट हामी जादै थियौँ त्यसपछि एक्कासी ----क्रमश: :P :-)
Rahuldai
· Snapshot
Like · Liked by · 0
बिहान् सम्मन् माफि मागिङ् डे थियो ( हाफ् डे होला), अहिले फेरि क्रमश: डे हुन थाल्यो। कुम्लेलाई बाङो भनेर भनेको छुइन है। बाङ्गे भन्ने त पूण्टे दा हो, बुइनी ठुलीलाई पो न जिस्का धेरै भनेको, सेण्टी भएको बेला। मैले सुनको तक्मा दिन्छु भनेर बुइनी म तिर् लागेको होइन के। बढि जिस्काएको ले कुम्ले बाट् अलि टाढा भएको मानिछु। अब न जिस्काउ, माछा मारेर्, मकै छोरेर् खुवाउ फेरि ठिक् हुन्छ।
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
माथी का जम्मै लाइ धनुष्टन्कार नमस्ते गरे है मैले। चौतारीमा माफी दिवस त सकिएछ। भोक पो लाग्यो मलाइ त ? केही खाने कुरो छैन आज?
hetterika!!
· Snapshot
Like · Liked by · 0
कता लाए जम्मै?? के छ नेप्चे, मलाई नि भोक लायो यार! लौ न गाम्ले हो केही बेबस्था गरुम!
hetterika!!
· Snapshot
Like · Liked by · 0
ल्या रामचन्द्रे ब्रो, भोली जल्ले जितेनि कँगारुहरु फस्ट नै हुन्छन क्यारे, रनरेटले गर्दा। लँकेको सेमी त तेई भएर किवी सँगै हो। मान्छेलाई भोक लाएर यस्तो भै रा बेलामा, कस्तो मान्छे यार आलु-तामा सम्झाइदिने, क्या बोर भो!
Nepalki_chori
· Snapshot
Like · Liked by · 0
लौ कोई हल्ला खल्ला गर्न व्यस्त, कोई गफैमा मस्त। हैन कसैलाई मतलब् नै छैन भन्या? खै नयां चौतरी बनाउन कोइ अघि सर्या होइन बा। वां एन्त्रि नदिने बेला भैसक्यो। हैन को को हुन् हं भाको एुटा थुल्बैनिलाई जिस्काउने? काम पाएन तिमिहरुले? भोक त मलाइ नि लाग्यो नराम्रो सगं। ओ हो रामेले कस्तो बेला आलु-तामा को नाम् लेको भन्या, बसिसक्नु भएन आफुलाइ। लौ त रामाइलो गर्दै गरुं।
uptowngal
· Snapshot
Like · Liked by · 0
jati jhagadaa gareni sabai bhandaa manperne dai ta kumlenai ho. lau mero bihi maa khadkulo daaijo dine re ke ho kumle tehi asti bhauju le lyaaunu bhaako daijo khadkulo dine bichaar garnu bhaako ho ki kyaa ho. dine bhae sunko takmaa dinus hoina bhaneta mareni bihe gardina lau jaa.
Rahuldai
· Snapshot
Like · Liked by · 0
भोक् लागे त सहनु हुन्थ्यो, रोग् लागे बर्बाद् हुन्छ। भोको पेट धेरै सुतेकोले होला, भोक् लागे नि सहने बानी छ, नत्र हानी छ। मखुला हरि? भोकाएको बेला, चिलिम् तान्नु पर्छ बाबै बबाल् भोक् लाग्छ नि फेरी। लौ चिलिम् हान्ने हो? अनो म्: म्: खानु को स्वाद्, आहा~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
hetterika!!
· Snapshot
Like · Liked by · 0
हैन रनरेटले मोरा हरुले बबाल पारीसक्या छन, तेई भएर भोलीको गेम पनि "ट्याईँ ट्याईँ फिस" (ठुल्दाइले भने जस्तै) होला जस्तो लाग्छ मलाई त। ठूली के भो तेस्तो, खड्कुलो दिने भा बिहे गर्दिन रे :O, तक्मा लाएर बिहे गर्ने रे?? नसकिने भो। के गरि रा को हो?
hetterika!!
· Snapshot
Like · Liked by · 0
ल एउटाले आलु तामा भनेर टेन्शन पार्दा पार्दै आर्काले म: म: को नाम लिन थाले, लौ चिलिमकै भर हुने भो!
Rahuldai
· Snapshot
Like · Liked by · 0
लौ खाऔं भोटहिटी को म्: म्:।
Nepalki_chori
· Snapshot
Like · Liked by · 0
हैन त्यो जति पकाए नि नफुट्ने, तर मुखाँ हाल्ने बित्तिकै पग्लिने खालको आलु भन्या चै कस्तो रैछ? जिन्दगिमा त्यस्तो देख्नु त के सुन्या मात्र भएनी मरिजाम। अनि त्यो आलु-तामा सहि तरिकाले कसरी पकाम्ने हो एस्सो सिकाउन परो हाम्लाई नी। हेर रामे, एक पल्ट गल्ति भो भन्दैमा किन लजाउन पर्ने र? अब कोइ अघि नसरेसी त तपाइंले खन्नै परो नि। ल बनाम गज्जब् को चौतारी। के गर्नु अफुलाई अौने भा उहिल्येइ बनाइसक्थें.
Rahuldai
· Snapshot
Like · Liked by · 0
ओहो राम् चन्द्रे त म: म: बिषेशज्ञ नै रहेछ। अनि कहिं हामी सङ्ग सङै त म: म: खाएनौ? २ रुपैया को १० ओटा म: म: थाहा हुने भाग्यमानी त थोरै हुन्छ हो, रामे। मासंगल्लीको ओरिजनल् शान्दार् म:म:, रन्जना गल्ली को त्यो म:म:, आर् सी रेस्टुरा को आफ्नै किसिम् को म:म:। ( रन्जनाको ठिक् अगाडि को)। अनि इन्द्रचोक को मखन जाने नर्नर् को टपरि म:म:, म:म: मा तातो घिउ हालेर दिने, वा क्या स्वाद् थियो।
hetterika!!
· Snapshot
Like · Liked by · 0
म नयाँ चौतारी टराई मारेको है त! चौतारी-५२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५२ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 51 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
लौ बसुम यही चौतारीमा


hetterika!!
· Snapshot
Like · Liked by · 0
ल नयाँ चौतारी जाम यहाँबाट: भरेङ
hetterika!!
· Snapshot
Like · Liked by · 0
हेत्तेरिका भरेङ
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 710 · Likes 1
· Posts 6 · Viewed 679
· Posts 1 · Viewed 171
· Posts 1 · Viewed 86
· Posts 5 · Viewed 2467
· Posts 72 · Viewed 16145 · Likes 15
· Posts 1 · Viewed 175
· Posts 1 · Viewed 144
· Posts 16 · Viewed 2531 · Likes 3
· Posts 1 · Viewed 176



Your Banner Here
Travel Partners
Travel House Nepal