बोष्टनमा साहित्यिक कार्यक्रम हुने - Sajha Mobile
SAJHA MOBILE
बोष्टनमा साहित्यिक कार्यक्रम हुने
Posts 13 · Viewed 8135 · Go to Last Post
sprakashp
· Snapshot
Like · Likedby · 0
साहित्य गोष्ठी तथा कृति विमोचन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, म्यासेच्युसेश च्याप्टरको आयोजनामा निम्म मिति, समय र स्थानमा नेपाली साहित्य गोष्ठी तथा कृति विमोचन कार्यक्रमको आयोजना हुने भएकोले साहित्य प्रेमीहरुलाई उपस्थितिका लागि अनुरोध गरिन्छ । नेपाली साहित्यका चीर परिचित मूर्धन्य ब्यक्तित्व वरिष्ठ साहित्यकार प्रा. डा. ताना शर्माको प्रमुख आतिथ्यमा आयोजना हुन गइरहेको सो कार्यक्रममा च्याप्टरकी अध्यक्ष कवियत्री भारती गौतमद्वारा लिखित तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा हालै प्रकाशित कविता संग्रह "आकाशमाथिको शहर" कृति विमोचन पनि हुने भएको छ । कृतिमाथि समीक्षा तथा कविता वाचन समेत हुने उक्त कार्यक्रमा सहभागी हुने चाहने स्रष्टाहरुले यथाशक्य निम्न इमेल तथा फोन नं मा सम्पर्क गर्न हुन पनि अनुरोध गरिन्छ । सम्पर्क - शिव प्रकाश (781-696-2249) sprakashp9@gmail.com विमल नेपाल (617-480-3737) bimalnepal@hotmail.com मिति - शनिवार, अप्रिल १४, २००७ ( Saturday,April 14, 2007,) समय - ११.०० बजे, बिहान (Time – 11.00 AM) स्थान - Party Hall 165 Pleasant Street Cambridge, MA 02139 Driving Directions: From I-90 / within Boston: From I-90 (Massachusetts Turnpike), take the Cambridge/Allston exit. Merge onto Cambridge Street. Continue over the bridge across the Charles River. Turn right onto Memorial Drive (MA-2/US-3) Turn left on Pleasant Street 165 Pleasant Street is in 25 yards from Memorial Drive. From Boston Logan Airport: Go to the Airport Exit. Take I-90 West (Massachusetts Turnpike). Follow the directions from I-90. From Points North and South: Take I-93 toward Boston. Take the exit toward I-90 / Logan Airport / Worcester / S. Station. Merge onto I-90 West (Massachusetts Turnpike). Follow the directions from I-90. Walk: 10 Minutes walk from central Square T station. Pleasant street starts from Mass ave. US Postal Office(in front of Cambridge City Hall) Central Sq. Parking: You can park in the parking lot of Micro Center and Trader Joe’s store
sprakashp
· Snapshot
Like · Liked by · 0
मित्रहरु, भरसक सहभागी होउ नत्र रचना भए पनि पठाउँ है । नमस्कार ।
vivasg
· Snapshot
Like · Liked by · 0
नमस्कार दाजु, म त जसरि भए पनि आउछु है एउटा रचना सहित ? ? ?
Bhaute
· Snapshot
Like · Liked by · 0
अरुको लागि पार्किङ Micro Center and Trader Joe’s store मा ब्यबस्था भएछ। तर हाम्रो गणपति भगवानले आफ्नो बाहन पार्क गर्ने ठाम नपाएर आफ्नै अगाडि पार्क गर्नुभे'छ। :p :-) मेरो पनि शुभकामना छ है कार्यक्रमको लागि।
sprakashp
· Snapshot
Like · Liked by · 0
Thank you Baute jee, and Vivags jee Sure Vivasg, But, Please call me or Mr Bimal Nepal.
ratobhaley
· Snapshot
Like · Liked by · 0
अनि त्रदेर जो अथवा माईक्रो सेन्टर मा पार्क गर्दा TOW गरिदियो भने कोस्ले जिम्मेवारी लिन्छ ?
lunnchtime
· Snapshot
Like · Liked by · 0
Great Program.
abc
· Snapshot
Like · Liked by · 0
बोष्टनमा आकाशमाथिको शहर विमोचित कृष्णराज खनाल वोष्टन,अमेरिका, अप्रिल १४ कवयित्री भारती गौतमद्धारा लिखित आकाशमाथिको शहर नामक कविता संग्रहको शनिबार बोष्टनमा विमोचन भयो । साहित्यकार प्रा. तारानाथ शर्मा (पीएचडी)ले सो संग्रहको विमोचन गर्नुभएको हो । अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज म्यासाच्युसेट्स (वोष्टन) च्याप्टरको आयोजनामा आयोजित समारोहमा संग्रहको विमोचन गर्नुहुँदै साहित्यकार प्रा. शर्माले झण्डै २० वर्षअमेरिका बसेर पनि कवयित्री गौतमले नेपाली परिवेश, नेपाली संस्कृति र नेपाली माटो नभुलेको र त्यसैको सेरोफेरोमा कविता रचना गरेको बताउनुभयो । उहाँले कविता संग्रहमा संग्रिहित कविताले विदेशमा रहे पनि नेपालप्रतिको माया, ममता र ममत्व प्रदान गरेको र कविताको भाषा र भाव विधानले वैशिष्ठ्य प्राप्त गरेको चर्चा गर्नुभयो । सो अवसरमा नेपाल सरकारका पर्ूव सचिव तथा पर्ूव निर्वाचन आयुक्त रामचन्द्र शर्मा पौडेलले कविता संग्रहको समीक्षा गर्दै कवयित्री गौतमका कविता उच्चकोटीका रहेका र तिनले नेपाली माटो छोएको चर्चा गर्नुभयो । अर्का वक्ता रमेश शर्माले श्रीमती गौतमका कविता हरेक दृष्टिकोणले सरल, सरस र समसामयिक पनि छन् भन्नुभयो । कार्यक्रममा च्याप्टरका महासचिव पत्रकार तथा कवि शिव प्रकाशले हाम्रो भाषा हाम्रो साहित्य, सेवा र संरक्षण हाम्रो दायित्व हो भन्दै संग्रहका बारेमा प्रकाश पार्नुभएको थियो । सो अवसरमा अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले पठाउनुभएको समीक्षा डा. प्रगति घिमिरेले सुनाउनुभएको थियो भने श्रीमती पुनम काफ्लेले पनि संग्रहका बारेमा बोल्नुभएको थियो । नयाँ वर्ष२०६४ को उपलक्ष्यमा उल्लेख्य संख्यामा साहित्यप्रेमी नेपालीहरुको उपस्थिति रहेको सो कार्यक्रममा च्याप्टरकी कोषाध्यक्ष डा. उषा शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै विदेशमा रहेर पनि यस किसिमको कविता संग्रह प्रकाशित हुनु आफैमा महत्वपर्ूण्ा रहेको र सबैले यसबाट प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो । च्याप्टरका सदस्य उत्तमबाबु श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रममा शिव गौतम (पीएचडी), अच्युतप्रसाद अधिकारी, मिलन गुरुङ, गोपाल पौडेल, हरि काफ्ले र मीन गौतमले कविता वाचन गर्नुभएको थियो । कवयित्री गौतमले आफ्ना कविताका परिवेशका बारेमा चर्चा गर्नुभएको थियो । कवितामा पाँच दर्जन कविता संग्रिहित छन् ।
abc
· Snapshot
Like · Liked by · 0
Ratobhale, we had a fund for TWO fee. that was the reason u did not show up!?
Contour
· Snapshot
Like · Liked by · 0
feri nepali haru le jaad dhokne arko bahaana nikalechhan boston ma. Dance party pani chha ki, sahityeek program pachhi?
Chicago-Bull
· Snapshot
Like · Liked by · 0
Ball-Daanas cha re laastaa' sathi ho...!
Contour
· Snapshot
Like · Liked by · 0
boston ko party ko photo haru heryo bhane ta, tyo din malai porn movie hernai pardaina, tyo din lai snacks ko kaam garchha.........ma ta janchhu yaar..katai chance painchha ki...
lunnchtime
· Snapshot
Like · Liked by · 0
People like Shiva Prakash is doing a grate job at Boston. He is very active person. Have you read the book by poet Bharati Gautam ? Have not heard abot the book yet.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 1
· Posts 4 · Viewed 285
· Posts 10 · Viewed 848 · Likes 1
· Posts 9 · Viewed 1276
· Posts 1 · Viewed 98
· Posts 1 · Viewed 104
· Posts 1 · Viewed 85
· Posts 12 · Viewed 653
· Posts 25 · Viewed 4060 · Likes 2
· Posts 3 · Viewed 689



Your Banner Here
Travel Partners
Travel House Nepal