म रोएको छैन है
ति अतितका पलहरु सम्झिन्दा
ति माया पिरती अनि मिलनका दिनहरु सम्झिन्दा
ओठको मन्द मुस्कानलाई छिचोल्दै
नयन त रसाउछन नै
तर पनि राजा, म रोएको छैन है ।
आजकाल कैयौ दिन सम्म तिम्रो स्वर सुन्न नपाउदा
अनेक कारणले, कुरा गर्ने अनिच्छा प्रकट गर्दा
ति सुरुका दिनका तिम्रा प्रेमपूर्ण शब्दहरु
प्रत्यक रात घण्टो तिमी सँग हुने भावपूर्ण कुराहरु
मस्तिस्कमा त आउन्छन नै
तर पनि हजुर, म रोएको छैन है ।
मलाई धोको छ रुने
खुला आकास मुनी चिच्याइ, कराइ
मनका सारा दुख्ह बिसाइ
लडिबुढी गर्दै
मलाई धोको छ रुने
तर पनि कालु, म रोएको छैन है ।
म तयार छु साट्न, मेरा सारा खुशी तिम्रो सफलतासँग
म तयार छु, तिम्रो खुशीको लागि, रमाउन मेरो एक्लोपना सँग
मेरो प्रेम तिम्रो प्रगतिको बाधक नवनोस्
मेरो आसु तिम्रो पारीलो जीवन्को झरि नवनोस्
ति माया-प्रेम अनि मिलनका दिनहरु सम्झिदा
तिम्रो हातको सिरानीमा निदा एका रात हरु सम्झिदा
एकान्तमा कहिले काही सुक्क सुक्क त गर्छु नै
तर पनि बाबा, म रोएको छैन है ।