नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
--चौतारी -- भाग ४४ --
हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
फोटो कपिराइट : नमे
जिम्माल बा, गजब को गजल छ, माने माइला, मानें, यस्तो पो लेख्नु, गजल भनेको ।
राहुल जि पनी सञ्चै, चिलिम खाँदै हो कि छोड्नु भयो?
Jai Nepal
Are bap re bap jamana kaha se kaha pugi liyo: chilim hamile khan ahuncha ki hudaina ?
Ma ta vani lie chhu, khan hunchha.
Jai Nepal
सबैलाई जदौ छ। स्वस्थानी सुन्ने मान्छे कोही पनि नआए पनि म चैं आफ्नो अगाडिको यो कम्प्युटरलाई भने पनि सुनाउँछु।
चौतारी स्वस्थानी व्रतकथा - ३१ (अन्तिम अध्याय)
वाचक - गालब
यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।
कुमारजी आज्ञा गर्नुहुन्छ -- हे अगस्त्यमूनि! तहाँ उप्रान्त ग्वाँचेले ममको पैसा तिर्न लाग्दा पसलको टेलिभिजनमा गुहेश्वरीको जंगलमा फेला परेको मन्दिरबाट बाघको र शिवजीको मूर्ति हराएको सूचना आउन लाग्यो। टिभीमा बिहान भर्खर खिचेको सर्भेलियन्स क्यामेराको दृष्य पनि देखाउन थालेपछि त के गर्नु कसो गर्नु भयो र तत्काल पसल बाहिर निस्किन लागे। जुरेली पनि बाहिर आएर एउटा कालो चस्मा थमाउँदै भन्न लागी - "हैन, हाम्रो गामका मान्छेहरुले खान पनि के खान्छन्? जो पनि सधैं छली-ढाँटी र उपद्रो मात्रै गर्छन्। ल, यो चस्मा लगा'र हिंड्नु, उसो भए मान्छेले चिन्न गहारो पर्ला। अब यता २-४ महिना नआउनुस्।" पसलभित्रबाट एउटा ग्राहकको आवाज सुनियो "यो टिभीमा शिवजीको ठाउँमा बस्ने मान्छे त कतै देख्या देख्या जस्तो पो लाग्छ हो!"
दिनभरि सडकमा हिंडेपछि साँझ पनि पर्न लाग्यो र रात कहाँ बिताउने भनेर चिन्ता लाग्न थाल्यो। होटलतिर जाऊँ भने टिभी हेरेकोले पक्कै चिनिहाल्लान्। सडकमै बसौं भने लगातार माघको जाडो के चिसोमा बिताउने भन्ने लाग्यो र सोच्दा सोच्दै कुम्लेको याद आयो। कुम्लेले श्लेशमान्तकमा तपस्या गर्दा गर्दै बिचैमा छोडेर हिंडेको र अरु हन्डरहरु खाएको त ग्वाँचेले पनि सुनेका थिए। साँच्चै कुरा के रहेछ सिधै जान्ने ईच्छा पनि पलाएर आयो र कुम्लेको डेरातिर पाइला सार्न लागे।
चारपटक ढोका ढकढकाएपछि कुम्लेले ढोका खोलेर "ओहो ग्वाँचे कताबाट बाटो बिराएर आइपुग्यौ? हेर न म पनि भर्खर बाहिरबाट फर्किंदैछु।" भन्दै ग्वाँचेलाई भित्र बोलाएर र ओभरकोटलाई ह्याङ्गरमा झुन्ड्याउँदै बस्ने ईशारा गरे र सोधे "के कति कामले आ'थ्यौ काठमान्डौ?" ग्वाँचेले उत्तर दिए "आउन त त्यसै आ'को यार। तर यसचोटि चैं काठमान्डुमा हन्डर पनि गरियो, भण्डार पनि भरियो! बरु तिम्रो सुनाऊ न, तिमीले त महादेवसँग पनि जम्काभेट गरेछौ के रे!" ग्वाँचे बज्जियाले पनि कता'ड थाहा पाएच भन्ने सोच्दै कुम्लेले जवाफ दिन लागे "ए! म काठमान्डौंको कोलहालदेखि वाक्क लागेर यसो मेडिटेसन् गरौं भनेर श्लेशमान्त गएको थिएँ। महादेवले डिस्टर्व गरेर बबाल। एउटा केटी भिडाएर मेरो मेडिटेसन् भङ्ग गर्न लागे अनि मैले पनि 'महादेवलाई नै यस्तो लाग्छ भने के मेडिटेसन गरिरहने?' भनेर बिचैमा हिंडे।"
कुम्लेको जबाफ सुनी ग्वाँचेले सोफातिर देखाउँदै सोध्न लागे "त्यो कहाँबाट यहाँ आयो कुम्ले?" एक्कासि ग्वाँचे कराएको देखेर कुम्ले हडबडाउँदै सोफामाथि राडी फालेर बस्दै भने "यो? यो सोफा मैले अस्ति मात्रै ----" कुम्लेको उत्तरलाई बिचैमा काटेर ग्वाँचे बोले "सोफा हैन क्या, भर्खर यो राडीले छोपिएको कुरा। अहिले तिमी बिचमा बसेकोले छेकियो - मेरो ज्याकेट। आज बिहान मात्रै गुहेश्वरीको जंगलमा एकजना हाम्रो गाउँको मान्छेले मलाई झुक्याएर ----------------------, कुम्ले! तिमी पो?"
इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे एकतींसोध्याय॥३१॥
उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
पुनश्च: आदरणीय पाठक (श्रोता)बृन्द। आज अन्तिम भाग पस्केर स्वस्थानीको सांगे गरेको छु। यो पुस माघको ठण्डीमा दिनदिनै बिहान बिहानै स्वस्थानी भन्दा भन्दा मलाई पनि रुघा लाग्ला जस्तो छ। संयमपूर्वक पढ्नुभएकोमा (सुन्नुभएकोमा) आभारी छु।
उप-वाचक चित्रबहादुर मुखियालाई बिशेष धन्यवाद! स्वस्थानीको कथा भित्र छिर्नुभएका सबैलाई पनि धन्यवाद, हाँस्यको पात्र बनाइदिँदा पनि सहेर बसिदिनुभएकोमा धन्यवाद! धन्यवाद!! धन्यवाद!!!
ल, स्वस्थानीको प्रसादहरु बाँड्नुहोस्। पुजारीलाई टिका-टालो, दान-दक्षिणा, अन्न-भेटी चढाउनुहोस्।
ॐ शान्ति शान्ति शान्ति
पुवा पाए खान्थीं
रोटी पाए घर लान्थीं॥
:-)
तारेमाम्, गालब गुरुको स्वस्थानीको अन्तिम अध्याय अज रसिलो भरिलो लाग्यो, भोली देखि पढ्न न पाइने भयो भनेर खल्लो पनि लाग्यो?
गुरु चौतारिको स्वस्थानी लाई सदाबहार् गर्नु मिल्दैन र?
ल धन्ने भैयो, अन्तिम भाग पडेर । पहिला पहिला के के भयो त्यो त थाहा भएन (i missed several episodes, so hard to track who is who) तर पनि यो चाँही रमाइलो लाग्यो है । अब साली नदी मा नुहाउन जानु पर्ला ।
गाउँले हरु को को छन साली नदी जाने । लौ हे जाम सबै मिलेर ।
नमस्ते गाम्लेहरू!!!
गालेको स्वस्थानी गज्जबको लाग्यो। हा हा! लास्टमा झुक्याउने मान्छे त कुम्ले पो रैछ! :D :D एकदम रमाइलो कथा।गालेको कथा लेख्ने शैली, लगनशीलता र निरन्तरताको प्रशंसा नगरी बस्न सकिंदैन, यत्रो एक महिना सम्म लगातार हरेक दिन कथा लेख्न सक्ने मानिस चानचुने प्रतिभाशाली हुन सक्दैन। गालवलाइ यसको लागि धेरै धेरै धन्यवाद। साथै मेरा केही कथाहरू पनि पढी प्रतिकृया जनाइदिनुहुने र चूप लागेर पढ्ने सबैलाई धन्यवाद।
यो सप्ताहान्त सबैको सुखमय होस्।
Hey Galab
You really did a Great job!
To make people laughing for a whole month was not a easy job yet you did it with a full spirit Bravo!!
I admire your creativity from the bottom of my heart .
But do not stop your creativity here hai !
We want more and more from you in the future to nourish our mind .... nothing is as powerful as laughing when it is come to make your soul happy !!!
You deserve a BIG THANK YOU ! for enjoying us for a whole month :-)
हे बालक ,स्वास्थनि माता त सधै तिम्रो कल्याण गरुन्! :P
PS-and , chitru my friend timi laai pani Thank you !:-)
La katha bhanne, sunne, ramailo garne ani malai pani, sabai lai thank you.
Gaale, tyo sabi adhya aba balkhu gam ma transfer gare kaso hola?
पुन्टे दाइ फेक गर्ने, अहिले त यस्तो होला नि, कसो ? :O
थाकेर क्या सफा गर्दा गर्दा !
हे गालब , हे स्वस्थानी बाचक, हे अगत्स्य मुनीलाइ आज्ञा गर्ने कुमार जी, तपाईंको जती प्रसंसा गरे पनि कम हुन्छ । यो माघको जाडोमा पनि हरेक बिहान मार्दिको चिसो पानीमा डुबुल्की मारेर, महिनाभरि फलाहार रहेर, चित्त सुद्द, पित्त सफा राखेर नियमित रुपमा हामी सबै अज्ञानीहरुलाइ स्वस्थानीको पवित्र बाणी श्रवण गराइ हाम्रो यो मानव जुनि धन्य बनाइदिनु भएकोमा तपाईंलाइ जती धन्यवाद दिए पनि कम हुन्छ । तपाईंको लेखाइको प्रसंसक त म पहिल्यै देखि थिए तर हरेक बिषयमा धाराप्रवाह रुपामा कलम चलाऊन सक्ने प्रतिभाको पनि साक्षात्कार गरियो । आफ्नो प्रतिभा प्रती अन्याए नगर्नुहोला, निरन्तर लेखिरहनुहोला ।
चित्रकुमार मुखियाजीलाइ नि धेरै धेरै धन्यवाद, गालबजीलाइ बेलाबेलामा कम्प्लिमेन्ट गरिदिनु भएकोमा । तपाईं पनि आफ्नो प्रतिभालाइ लुकाएर हामीहरुप्रती अन्याए नगरिदिनुहोला । अझै धेरै पढ्नु छ तपाईंको श्रीजना । फेरी एक पटक धन्यवाद!
धेरै कथाहरु पढियो, केही जानी नजानी लेखियो पनि तर पहिलोपल्ट कुनै कथाको पात्र बनियो, कस्तो कस्तो रमाइलो हुनेरहेछ, आफुलाइ त्यस्तो फन्नि सिचुएसनमा इम्याजिन गर्दा । जल देवतालाइ घाइते बनाएको, मुर्ती चोर हरुको मुर्गा बनेको, बाघको छालाको कट्टु मात्रै लगाएर माघको ठिहिरिंदो जाडोमा शिवजी बनेर बस्नु परेको, बाघरुपी कुम्ले र शिवजीरुपी ग्वाँचे बिचको संबाद, कुम्लेले झन्डइ चुना लगाएको, हरेक घटना र प्रतीघटनाहरु सम्झेर रमाइलो लागिरहने छ र मलाई लाग्छ चौतारीका हरेक गाम्लेहरुका लागि यो स्वस्थानी अबिस्मरणिय अनुभव रहिरहने छ ।
धन्यवाद गालबजी !
५८४ डाडा काटी सकेछ, ६०० पछि त ढोका लाग्ने होला । हुन त गालेलाइ मर्दी को ठण्डीले बिसन्चो भ जस्तो मानीचु तर यो चौतारी स्वस्थानी जति राम्रो भो, त्यो चौतारी को टुप्पाको छपनी एकदमै राम्रो मानिचु के रे । भन्नु पर्दा सप भन्दा मुन परेको टुप्पो यसै पालाको हो । जसो तसो आउनि टुप्पो नि यसो देउरे हातले सिगान पुस्दै दाइने हातले दु:ख उठाए के रे , अन्याय भो नभन है ?
कान्ला मुनी पुगेको चौतारी लाइ माथी तनिदिनु परो।
जम्मै गाम्लेहरु लाइ रात्रीकालिन अभिबादन नेप्चे को।
जदौ!
कमेन्ट दिने सबैलाई धन्यवाद! यसो कमेन्टहरु पढ्दा अरु केही लेख्ने ईच्छा पलाएर आयो। पहिलो भाग त चौतारीको गफको सिलसिलामा लेखेको मात्रै थिएँ। अनि, दोश्रो र तेस्रो दिनमा पनि त्यस्तै लहै लहैमा लेखियो। त्यसपछि चित्रे बज्जियाले टाइटलको फरम्याट सहित राखिदेपछि त अर्को भाग त्यसै फर्म्याट अनुसार लेखियो, अनि के भयो देखिहाल्नुभो। २० अध्याय तिर पुगुन्जेलसम्म पनि ३१ सम्म लेखिएला भन्ने सोचेको थिइन; तर लेखियो। यसमा चित्रेले दुई दिन लगातार लेखेको दुई वटा अध्यायले पनि मलाई निकै उर्जा दियो।
अहिलेसम्म फिक्सन लेखेको भनेको जम्मा दुई ओटा थियो - पहिलो, १० कक्षामा पढ्दा स्कूलको स्मारिकामा लेखेको एउटा कथाँ, र दोश्रो ८-१० धागो अगाडिको चौतारीमा रोबोटको कथा। यो एक महिना मलाई निकै अनुभव बटुलें। लेखकले ध्यान दिनुपर्ने कुराहरु पनि निकै सिंके - अनुभवबाटै। यदि कसैले जान्न चाहेमा कुनै दिन लेखुँला।
मेन कुरा चाहिं, दिन दिनै लेख्नु निकै कठिन काम रहेछ। र अहिले अलिकता भए पनि नियमित कोलमहरु लेख्ने नारायण वाग्ले, खगेन्द्र संग्रौला, अनि दैनिक रुपमा सम्पादकीय लेख्ने पत्रिकाका सम्पादकहरुको प्रतिभा प्रति नतमस्तक भएको छु। दिन दिनै नयाँ प्लट चाहियो, भित्र लेख्ने नयाँ मसलाहरु चाहियो, नयाँ पात्रहरु चाहियो, आदि आदि।
अन्त्यमा,
राहुलदाइ -- नियमित कमेन्टको लागि धन्यवाद! चिनी धेरै खायो भने तितो हुन्छ। यो साह्रै लेखे पनि मोनोटोनस -- एक तमासको -- हुँदै जाला। त्यसमाथि पनि स्वस्थानीको फर्म्याटमा आधुनिक कुराहरु लेख्न अलि गहारो हुँदो रहेछ। ओरिजिनल स्वस्थानीमा घटनाक्रम छिटो छिटो चल्छ, त्यसकारण त्यो स्टाइलमा लेख्दा पनि असहज नहुने। तर आफू परियो पात्रहरुके एक एक सम्वाद समेत राख्न मन लाग्ने मान्छे। अनि आफ्नो लेखन शैली र स्वस्थानीको सैलीबिच "झगडा" परेपछि मार गहारो पर्दो रहेछ। कुनै बेला अरु प्लटहरु फुरे भने लेख्दै जाउँला अवश्य।
अनि, आफ्नो कामको व्यस्तताको पनि कुरा छ।
सुनिमा जी, २-४ भाग, २-४ भागहरु सम्बन्धित छन्। त्यसकारण श्रृंखलाबद्द रुपमा पढे कथा वस्तु बुझ्न सजिलो होला।
चित्रको त कुरै नगरम्। मेरो लेखनको प्रेरणाको श्रोत हो। अरु के भनिरहने?
तितौरी -- धन्यवाद! एक एक अध्याय पढ्देकोमा र केमन्टहरु गरिदिएको। अब तिमीबाट पनि समय समयमा केही आउने नै छ। उट्पट्याङ् कथाहरु लेख्नेनै छौ भने आशा छ। तिम्रो ट्यालेन्ट त हामीलाई नि थाहा छ नि! :p
पुन्टे दाइ -- आजभोलि व्यस्त। तपाईंको दिनशैली देखेर कमिला र फट्याङ्ग्राको कथाको याद आयो। I mean, "The Ant and the Grasshopper" :D
नमेदाइ -- बल्खुतिर राखे पनि चौतारीमा नआउने मान्छेले नबुझ्लान् केरे! तैपनि तपाईंको आज्ञा सिरोपर गर्ने बिचार छ! धन्यवाद!!!
ग्वाँचे -- त्यो ३० भागमा आउने महिला मूर्ति किनेर निस्केपछि तलको हरफ थप्ने बिचार थियो'
ग्वाँचेले लामो सास लिएर मनमनै भन्न लागे "स्नेहाले त छोरी पाइछ। छोरी पनि यत्रो भइसकिछ"
तर, अरु पाठकलाई बुझ्न असजिलो होला भनेर मेटिदिएँ। :) प्रभोको अरु लेखनहरु पढ्ने आशमा छु।
माथिका केही कमेन्टहरुलाई उत्तर दिएको मात्र हुँ। चौतारीका सबै पाठकहरु धन्यवादका पात्र हुनुहुन्छ।
जय होस्!!!
गालब गुरुको टिप्पणी माथि टिप्पणी गर्न मन लाग्यो, अझ भनुं, अनुभव राख्न मन लाग्यो । अन्यथा न लिइ दिनु होला ।
कुनै पनि आलेख्, कथा निबन्ध लेख्ने काम सजिलो होइन । अझ बिशेष गरेर क्रमबद्द रुप मा लेख्दा सुरु देखि को पात्र बिशेष को चित्रण देखि घट्ना क्रम लाइ मिलाउन सकिएन भने त्य्सको कुनै अर्थ हुँदैन । कल्पना को बेजोड उर्जा लाई भाषा र नाटकिय शिल्पतामा ढाल्ने दुबैमा गालब गुरु को पकड अतुलनिय रह्यो ।
कहिले कहिं लेख्दा त आफुलाइ हम्मे हम्मे हुन्छ, गालब् गुरुले दैनिक लेख्दा कस्तो भयो होला, म अनुमान् गर्न सक्छु, गुरु को लगनशीलतको प्रशंसा न गरीरहन् सकिन्न। प्रतिभाको खानी हुंदो रहेछ।
मैले सदबहार् बनाउं कि भनेको कुरो चाहि चौतारिको चिलिमे गफमात्र हो, मेरो आसाय लेख्ने सिलसिला जारी होस् । तपाईंको परिश्रम र प्रतिभाको कुनै न कुनै रुप मा कदर हुने नै छ, त्यो भन्दा पनि असली कुरो चाँही, लेख्दा को आनन्द कुनै भौतिक प्राप्तीले बिस्थापन गर्न सक्दैन ।
नमस्ते गाम्लेहरू!!!
Jai Nepal
Nepali ma lekhu vaneko dotpen ko masi nai siddhiyo!
Jai Nepal
Please log in to reply to this post
You can also log in using your Facebook