<b>कबिता राहुल भाइको</b> - Sajha Mobile
SAJHA MOBILE
कबिता राहुल भाइको
Posts 39 · Viewed 15639 · Go to Last Post
Rahuldai
· Snapshot
Like · Likedby · 0
उसले देखेन यो मनको घाउ जसले लगायो यो मनको भाउ वारि छंदै सहर्ष बिदा माग्यौ मझधारमै छोडी जीवनको नाउ राम धनु मक्किएको देख्यौ कि के खुशीले समायौ रावणको पाउ पस्चातापको आँसु पानी होइन भने अलिकति खालि छ मनमा ठाउं
Load Previous
gsbb_nepal
· Snapshot
Like · Liked by · 0
gajab cha hai poem ta.......la la ajhai lekhai garnu hola. GDN Germany
miss_ me
· Snapshot
Like · Liked by · 0
ल माथिको टुक्रा को अर्को अंश दिनभरको घोटाई पछि थकित मेरा पाइला सुस्ताउन चाहान्छु म तर, सजिएको रित्तो कोठा मलाई चिसो अनुभूति हुन्छ म सोच्न थाल्छु के छैन यँहा? के नपाए जस्तो के नपुगे जस्तो सुषुप्तमेरा चाहना हरु कतै गुम्सिएको जस्तो भाउन्न हुन्छ मलाई अनायास मुड्कि बज्रिन्छ टेबलमा 'खत्र्याक्क' आवाज फोटो फ्रेम भुइमा देख्छु म त्यो हातमा लिन्छु अनि हेर्छु तिमी मुस्कुराउदै सोधिरहेकी “किन रिसाएको?” पूर्णताको आभास हुन्छ मलाई जुरुक्क उठ्छु म झस्किएर ठिक अगाडी भित्ताको ऐना मलाई हेर्दै मुस्कुराएको हत्तेरिका!!!!!
Rahuldai
· Snapshot
Like · Liked by · 0
मिस को यो टुक्रा त अझै राम्रो, लेख्दै गर्नु होला, मेरो धागो को शोभा बढाइ दिनु होला ।
vivasg
· Snapshot
Like · Liked by · 0
मैले त पहिलेकै जुनिमा दैब श्राप पाएछु त्यसैले त जतापनि थक्करै मात्र खाएछु धोका पाउने खाले मैले कुन माया लाएछु निश्थुरी धोकेवाजलाई धोग्न आँफै किन धाएछु मैले त पहिलेकै जुनिमा ,,,
Gautam B.
· Snapshot
Like · Liked by · 0
राम्रो गजल छ राहुल दाइ। तर छूचो मुखले यति भन्दिहाल्छु (नरिसाउने भएमात्र!)! यो पहिलो शेर- ----आज फेरी तिम्रो याद आयो औंशीको रातमा चांद आयो---- मा जुन बिम्ब छ नि 'औंशीको रातको चाँद' भन्ने, यो बिम्ब अलि बढीनै प्रयोग भईसकेको पुरानो बिम्ब हो जस्तो लाग्छ। अरु केहि नया खोज्ने हो कि? छूचो मुख मेरो चिलाईहाल्छ क्या! केहि न केहि नबोली त बस्नै नहुने! *********************** मिसको कवितामा कोमलता र आशावादिता टन्न भेट्छु म। धन्यबाद छ फेरि एकचोटि पढ्ने मौका दिनुभएकोमा। *********************** विसेजीको लगनलाई मेरो सलाम छ। तर एउटा सानो सल्लाह क्या (नरिसाउनु होला); लेखेपछि टाँसिहाल्न अलि हतार नगर्नु होला, आफैंले एक-दुई पटक पढ्दा सुधार्न सकिने ठाऊँ प्रशस्त देखिन्छन्। अनि मात्रै टाँस्दा ठीक होला कि?
Rahuldai
· Snapshot
Like · Liked by · 0
धन्यवाद, गोतामे गुरु । रिसाउने कुरा भए पो रिसाउने नि । सिक्दै छु, तपाईंहरुकै दिशा निर्देश मा त अझ प्रयासमा छु ।
Hi_nanu
· Snapshot
Like · Liked by · 0
आज फेरी तिम्रो याद आयो औंशीको रातमा चांद आयो सँगै बिताएका ती पलहरु सम्झनामा एकै साथ आयो Wah Wah Rahul dai,great... के नपाए जस्तो के नपुगे जस्तो सुषुप्तमेरा चाहना हरु कतै गुम्सिएको जस्तो भाउन्न हुन्छ मलाई अनायास मुड्कि बज्रिन्छ टेबलमा 'खत्र्याक्क' आवाज फोटो फ्रेम भुइमा देख्छु म त्यो हातमा लिन्छु अनि हेर्छु तिमी मुस्कुराउदै सोधिरहेकी “किन रिसाएको?” पूर्णताको आभास हुन्छ मलाई जुरुक्क उठ्छु म झस्किएर ठिक अगाडी भित्ताको ऐना मलाई हेर्दै मुस्कुराएको हत्तेरिका!!!!! Wah miss babaal lekhnu hunchha tapai ..keep it up..
gure
· Snapshot
Like · Liked by · 0
Keep it up rahul bhai ramro chha
sprakashp
· Snapshot
Like · Liked by · 0
राहूलभाई लगायत सबैमा मेरो धन्यवाद ! लेख्दै गरौं अरु केही गर्न नसकेता पनि यो दशदेश दूरबाट हम्रो आफ्नो भाषा र साहित्यको सेवा गरौ‌ । त्यो पनि महान् राष्ट्रसेवा हो । धन्यवाद !
Rahuldai
· Snapshot
Like · Liked by · 0
तिमी बिना जिन्दगि एक्लै मधुप्यास पिएं तिमी के आयौ, जिन्दगिको आभास पाएं अँध्यारो थियो, अधुरो थियो जिन्दगि यो तिम्रो आगमन संगै जीवन प्रकाश पाएं मायाका हात आलिंगनमा बाँधिएको बेला जिन्दगिको अनुपम मधुमास जिएं बसन्तमा पनि फूल मग्मगाएन भन्थें म आज आफ्नै आँगनमा गुलाबी सुबास पाएं इर्ष्याले जले जलुन् मुना मदनहरु पनि तिमी मत्रा कहँ हो र धरति आकाश पाएं
shirish
· Snapshot
Like · Liked by · 0
Rahulvai If you are trying to write ghazal, then you need to work on radif. Make them all पाएं Ghazal writing seems more difficult because of these rules than free verse poetry.
Rahuldai
· Snapshot
Like · Liked by · 0
शिरिष जी, धन्यबाद्, टिप्पणीको लागि। गजल सिक्दै छु, कबिता लेख्दै छु।
haaude
· Snapshot
Like · Liked by · 0
waa waa rahul dai, bada man chhune kabita/sabita paskinu bho. dil khush bho.
Rahuldai
· Snapshot
Like · Liked by · 0
dhanyabaad haaude jee, tippaniko laagi.
sano_kanchha
· Snapshot
Like · Liked by · 0
राहुल गुरु लाइ मेरो नमस्ते भन्नुपर्छ नै , हजुर का सबै सबिता सबै अतिउत्तम छन , अझै लेख्दै जानु होला ।
Rahuldai
· Snapshot
Like · Liked by · 0
सानो कान्छा, मेरी सबिता मन पराइ दिनु भएको मा धन्यवाद । ल त एक टुक्रा फेरी राखें । हिजो कबिता भन्दा सबिता रिसाइन सबिता भन्दा रमिता झनै ठुसाइन त्यसैले अचेल संझना लेखन थालेको छु कल्पनाका रमाइला सपना देखन थालेको छु।
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
बसन्तमा पनि फूल मग्मगाएन भन्थें म आज आफ्नै आँगनमा गुलाबी सुबास पाएं वाह! राहुलदाई वाह! मजाको गजल बनाउनोस यसलाई :)
Rahuldai
· Snapshot
Like · Liked by · 0
धन्यवाद बिर्खे जी । तपाईंकै सल्लाह अनुसार गजल बनाउन कि भन्ने सोच मा छु, खै नम्बरी अल्छि परियो ।
Rahuldai
· Snapshot
Like · Liked by · 0
· Snapshot
Like · Liked by · 0
मनको घाउ कस्ले पो देख्छ? जस्ले देख्छ उसले पो लेख्छ। तिम्रो अलिखित कथा जस्तै मेरो पनि अब्यक्त ब्यथा उस्तै सर्पको खुट्टा सर्पले पो देख्छ जसले देख्छ उस्ले पो लेख्छ। हम्रो आकाश उही धरती उही दुइ किनार जस्तो पीरती उही छुराले भन्दा कुराले पो रेट्छ जस्ले देख्छ उस्ले पो लेख्छ
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 87



Travel Partners