KAVITAKO DESH - III - Sajha Mobile
SAJHA MOBILE
KAVITAKO DESH - III
Posts 137 · Viewed 72112 · Likes 8 · Go to Last Post
Birkhe_Maila
· Snapshot
Like · Likedby · 0
साझामा लेखिएका अनेकौँ कविताहरुलाई एकै ठाउँमा राख्न, पढ्न र प्रतिकृया आदानप्रदान गर्न सुरु गरिएको कविताको देशले पनि २ भाग पुरा गरिसकेछ। पहिलो र दोश्रो भागमा अनेकन मित्रहरुले यो धागोलाई अत्यन्त माया, सद्भाव र चाखका साथ पढिदिनुभयो, लेखिदिनुभयो र साथ दिनुभयो; ति सबै मित्रहरुलाई निरन्तर सहभागिताको आग्रह सहित धेरै धेरै धन्यवाद् छ! पहिलो र दोश्रो भागमा जानको लागि तलको ठेगानामा जानुहोस! पहिलो भाग- - http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557 दोश्रो भाग- - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=28216 बिश्वास छ, धेरैले यो कविताको देशमा गाउँहरु थपेर सिंगार्नुहुनेछ! सुरुवातमा यो एउटा कविता- जिन्दगी- कहिले ढकमक्क आँगन सिँगार्ने सयपत्रिको, कोमल स्पर्ष र सुगन्धले बाग बाग गराउँछ! कहिले ओसिलो भुइँमा, बर्षौँ फालिएको पुरानो मजेत्रोको, फोहोर चिप्लोपना सहित डुङ्ग ढुसि गनाउँछ! बलेसिबाट चुहिँदै गरेको निराश थोपाहरु जस्तै, कहिले एकछिन टल्केर माटोमा कतै सेलाउँछ! बिउ फाटेर कहिले, नितान्त नयाँ संसार हेर्दै मसिनो टुसा पलाउँछ! यसैगरि, यता उता भौँतारिँदै, कहिले चुलिँदै, कहिले खस्किँदै, मेरो जिन्दगी; केवल जिन्दगी बिताउँछ!!
Load Previous
Rahuldai
· Snapshot
Like · Liked by · 0

बाह्! बाह्!

Nepalki_chori
· Snapshot
Like · Liked by · 0

त्यो सबै त्यहि उहिलेको diary मा लेखिएका कबिता हरु हो हगि जिम्माल बा.

 क्या हो जिम्माल बा, फेरि ति पानाहरु एक एक गरि पल्टन थालेछन नि 
I remember once you told me about it. he he...

miss_ me
· Snapshot
Like · Liked by · 0

जिम्माल बा धेरै पछि  है।  राम्रो लाग्यो दुइटै  

:)

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

ओहो! धन्यवाद pjna जी। नेपालीमा तपाइँको नाम लेख्नै आएन, उता चौतारी तिर भए नाम राखिदिन्थे बोलाउन मिल्ने गरेर! जे होस धन्यवाद् मन परेकोमा।

हाहाहा चित्रे के थाहा अर्को साल के हुने हो! " कल क्या भरोसा, भरोसा नहिँ पलका"

ठुल्दाई, बाह् भन्या कि वाह भन्या?

हो पर्भु हो, बन्द डायरीकै पाना पल्ट्या हो, के गर्नु। कहिले काहिँ हावा चल्छ के बेसरी अनि फररर पाना पल्टिँदै जान्छ!

माष्टरनी दिदी हो भन्या, मान्छे नै अर्कै भइएछ जस्तो लाग्यो मलाई यतातिरको यात्रा नै बिर्सिसकिएछ।

धन्यवाद्। 

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

धेरै पछि यो धागो अगाडि ल्याएको!

 

म शान्ती जीउँदै छु।

शान्त छ मन्
शुन्य,बेहोश,आनन्द!
या कुनै निद्रामा;
म रिक्तता बटुल्दै छु,
म तिक्तता बटुल्दै छु!
मलाई बिउँझाउने पदचापहरुलाई
एकछिन उपेक्षा गरेर,
मेरा कानमा बेहोशीको कपास कोचेर,
म,शून्यता जिउँदै छु,
म,मुर्छित् हाँस्दै छु,
म खेल देख्दैछु तुफानको,
म भेल दैख्दै छु उफानको!!
यो बुझाइ हो शायद,
मेरो अबुझ मनको।
यो भोगाई हो शायद,
मेरो यान्त्रिक जीवनको।
परिभाषा, परीवर्तनले परिवर्तीत् छ!
अभिलाषा, आशाले कंपित छ!
नियात्रा, शान्तीले थकित् छ!
शान्त, बेहोश आनन्द,
म शान्ती जीउँदै छु!

चेली
· Snapshot
Like · Liked by · 0

म खेल देख्दैछु तुफानको,
म भेल दैख्दै छु उफानको!!

यो बुझाइ हो शायद,
मेरो अबुझ मनको।
यो भोगाई हो शायद,
मेरो यान्त्रिक जीवनको।

dami chha...

 

 

 

Gautam B.
· Snapshot
Like · Liked by · 0

                जब लुकीलुकी चियाउँछ रंगीन शरद

                         लाग्छ हरपल तिमीले-
                         काँध कोट्याएर बोलाइरहेजस्तो
                         पछाडिबाट सुटुक्क-
                         आँखा छोपेर झुक्याएजस्तो
                         जब लुकीलुकी चियाउँछ रंगीन शरद
                         दोबाटोमा अलिक छेलिएर-
                         तिमी मलाई कुरिरहेजस्तो
                         र हरेक घुम्तीमा म मोडिँदा-
                         तिमी मेरो छातीमा ठोक्किएजस्तो
                         जब लुकीलुकी चियाउँछ रंगीन शरद
                         हेर, मभित्र बगेको तिम्रो याद
                         झन् झन् गाढा भईरहेको
                         जब लुकीलुकी चियाउँछ रंगीन शरद
                         ए मेरो देश!
                         हेर, तिम्रो मिहिन स्पर्शले मात्तिएको म
                         तिमीसंगको मेरो प्रेमकथा
                         निष्फिक्री, वेपर्बाह
                         यी घुम्ती-घुम्तीलाई सुनाइरहेको
                         घुम्ती कुरेर बसेका
                         यी बस्ती-बस्तीलाई सुनाइरहेको ।

                                                                                       -सेप्टेम्बर २००८

                                                                                        नागोया, जापान

           (Also posted in http://www.basantagautam.com)

Last edited: 26-Sep-08 09:18 AM
Last edited: 26-Sep-08 09:24 AM
Deep
· Snapshot
Like · Liked by · 0
जहाँ कुनै दिन थ्यो फुलबारी हाम्रो  
त्यहीँ अचेल एउटा महल छ उस्को
एउटै थ्यो बाटो त्यो बगैंचा जाने हाम्रो
घेरेको छ बारले अचेल त्यो महल उस्को
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

लौन यसको अक्षर कसरि ठिक गर्ने होला?

Birkhe_Maila
· Snapshot 10355
Like · Liked by · 7
वर्षको एकचोटी त यो धागो खोल्नै पर्यो नि- 

चिसो बिहानि थियो, मोटरहरु गुडिरहेका थिए र लाग्दथ्यो सबै कुनै नटुङ्गिने यात्रामा थिए! यस्तैमा अनायासै टुङ्गिएको कुनै यात्रा, मनमा सल्बलाए!

मेरो सम्झनाले कतै
तिम्रो मुटु काँप्छ भने
मेरो तर्कनाले कतै
तिमीलाई पिडा हुन्छ भने
बुझिदेऊ नियती मेरो पनि उस्तै छ!
जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ!

के भूल के गल्ती
छरिएका कयौँ छन्
के माया के समर्पण
फैलिएका सयौँ छन्
दूरीलाई नाप्ने कला मायाले जान्दैन
छुट्टिनुको अर्थ 'पराई' समर्पणले भन्दैन
मुटु आखिर उहि छ कतै फेरि दुख्छ भने
मायामा भक्कानोले कतै आँशू पोख्छ भने
बुझिदेऊ नियती मेरो पनि उस्तै छ!
जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ!

केहि बाटो संगै हामि
अन्जान मै हिँडेको
केहि बाटो संगै फेरि
मुस्कानमा हिँडेको
मोडबाट म बिलाएँ बेहोशी बेहोशी!
दोबाटोमा तिमीलाई छाडेँ बेहोशी बेहोशी!
चिसो हावाले कतै यात्रामा याद थप्छ भने
सेतो हिउँले कतै आँशू ढिक्का पार्छ भने
बुझिदेऊ नियती मेरो पनि उस्तै छ!
जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ!

मेरो सम्झनाले कतै
तिम्रो मुटु काँप्छ भने
मेरो तर्कनाले कतै
तिमीलाई पिडा हुन्छ भने
बुझिदेऊ नियती मेरो पनि उस्तै छ!
जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ!!
ritthe
· Snapshot 10383
Like · Liked by · 0
लौ सात बर्से पुरानो गाठो फेरी फुकालेछन जिम्मालले ! गज्जब छ ! अरुले नि थप्दै गये त हुन्थ्यो नि
Last edited: 17-Nov-11 09:57 AM
Geology Tiger
· Snapshot 10383
Like · Liked by · 0
 लौ यस्तो राम्रो राम्रो कविताको धागो कहाँ लुकेर बसिरहेको रहेछ । बिर्खे दाईलाई यो धागो बाहिर ल्याइदिनुभएकोमा र मिठो कविता पस्किनु भएकोमा धेरै धेरै धन्यवाद!
amricane
· Snapshot 10376
Like · Liked by · 0
एस्तो राम्रो कबिता लेख्ने मान्छे बर्षउ हराउन भएन नि बिर्खे दाई , साझा का हामी जस्ता कबिता का भोका हरु लाई खुराक पस्कदै गर्न पर्‍यो नि टाईम टाईम मा आएर :) 
sojhoketa1
· Snapshot 10463
Like · Liked by · 0
birkhe dai..kabitaharu dherai ramro chhan...
Bhaktey
· Snapshot 10487
Like · Liked by · 0
बिर्खे दाइले यो धागो ब्युताएर ठुलो गुण लाउनु भयो !! यस्तो घच्चिका कविता पढ्ने मौका मिल्यो !! 



राछस
· Snapshot 10523
Like · Liked by · 0
 बिर्खे दाई तपाई सग मैले autograph लिनु पर्ने छ, कहिले कतै भेट भयो भने


Booking marking this thread now. Regarding poem, as always "THE BEST"
Birkhe_Maila
· Snapshot 10570
Like · Liked by · 0
 ओहो पढेर मन पराऊनुभएछ धेरैले।
 
रिट्ठे,जीटी भाई,भक्ते साझामा आऊने फुर्सत मिल्यो कि यो धागो सधैँ याद आउँछ,झण्डै दुई वर्ष भैसकेछ नखोलेको पनि। धन्यवाद्!
 
अम्रिकानेजी  र सोझोकेटाजी -धन्यवाद, पुरानै पस्केको हो नयाँ सकिएको छैन मौका पाऊनासाथ लेखौँला।
 
राक्षसजी, तपाइँको युनिक नामले हो कि के हो, कहिले हो तपाइँले कतै गजल राख्नुभएकोसम्म याद छ मलाई, त्यतिबेला केहि लेख्न भ्याएको थिईन, तपाइँको कवितामा चाख म बुझ्छु। अटोग्राफको के कुरा गर्नु कतै भेट भयो भने आनन्दसंग गफगाफ गरौँला, लेखहरुको चर्चा गरौँला। साझामा धेरैजना जेनुईन लेखकहरु हुनहुन्छ, म त प्रयास मात्र गर्छु। धेरैजना हराऊनुभयो;ति मध्ये शिरीषदाई कहिलेकाहिँ आएको देखेको छु, उनका गजलहरु बिना आवाज बग्छन् र थाहा नपाईकन निथ्रुक्क सर्वाङ्ग भिजाएर जान्छन्! कुरा गर्दै गरौँला, पढिदिनुभएकोमा धन्यवाद्!
 
एउटा कुरा; फुरसत, समय र एक्लो हुनुहुन्छ र भने लेख्ने बानि छ भने जति सकेको लेख्नुहोस!यहिँ टाँस्नुभए पनि हुन्छ!
राछस
· Snapshot 10587
Like · Liked by · 0
 अबस्य दाई, कविता, गजल तेती लेख्न नजाने पनि पढ्न चाई एक दम आनन्द आउछ. आब केहि लेख्ने बित्तिकै येह टासी हाल्छु, गल्ति सिकाई दिने तपाई हरु हुदै हुनु हुन्छ.   अब तपाई आउनु भो, सिरिश दाइ  र अरु हरु पनि पक्कै आउनु हुन्छ  होला चाडै नै. बेला बेला मा मन लाई तृप्त पर्ने रचना हरु पढ्दै जान पाउ.
sojhoketa1
· Snapshot 10698
Like · Liked by · 0
 संवेगहरू

मनभित्र बर्सौदेखी गुम्सिएका संवेगहरू

आज एक्कासी बिस्फोट भएर

मलाई गाली गर्न खोज्दैछन

अनि प्रत्येक पल प्रस्न गरिरहेछन

"त्यो उराठलाग्दो मनभित्र किन कैदी बनाइस हामीलाई

बर्सौदेखी सुनौलो किरणको आशा देखाएर

अन्धकार परिवेशहरुमा किन भुलाइस हामीलाई

तलाई थाहा हुनुपर्थ्यो हामी एकदिन बिस्फोट हुनेछौ

अनि ज्वालामुखी ल्याउनेछौ “|

 

संवेगहरूसंग केहि बोल्न सक्दिन

तिनिहरुसंगै उठ्छु , तिनिहरुसंगै सुत्छु

हो, मलाई मेरा संवेगहरूले आजकल

बन्दि बनाएका छन् |

 

ज्यादा सोच्दिन, संवेगहरूसंग हिंड्छु

ज्यादा खुल्दीन,संवेगहरूसंग डुल्छु

कैयेन् प्रहार चोटहरुले सिकिस्त घाइते भएर

युधभुमिको एउटा सिपहिजस्तो

अलिअलि आत्मसमर्पण  अनि अलिअलि आत्मसम्मान

भित्रभित्र उमारेर बाचिरहेछु आजकल |

 

सायद आजकल बाच्ने कला सिकिरहेछु

बर्तमानको चासो ; भाबिसेय्को चिन्ता

बस यताउति प्रहारहरुलाई पन्छाउदै

एउटा जीवनकहानी लेखिरहेछु पत्थरहरुको सहरमा

कुनबेला काहानेर कता गएर के गर्छु

कुनै पत्तो छैन

बस हिडीरहेछु संवेगहरूको  लहरमा  |

Birkhe_Maila
· Snapshot 10754
Like · Liked by · 0
सोझोकेटाजी, जसरी तपाइँका 'संवेगहरु' उम्लिएर विस्फोट भए, त्यसैगरी यो कविता यो धागोमा छरिएछ!
राम्रो  कविता पस्किनुभएकोमा धन्यवाद्!
कविताको देशमा स्वागत छ! आशा छ निरन्तरता दिनुहुनेछ!
Last edited: 23-Nov-11 07:55 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 56
· Posts 1 · Viewed 58
· Posts 77 · Viewed 18503 · Likes 16
· Posts 1 · Viewed 113
· Posts 1 · Viewed 118
· Posts 1 · Viewed 313
· Posts 16 · Viewed 3586 · Likes 3
· Posts 1 · Viewed 237
· Posts 1 · Viewed 361
· Posts 6 · Viewed 950 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal