फेरी घर को याद आयो.....Home Poem - Sajha Mobile
SAJHA MOBILE
फेरी घर को याद आयो.....Home Poem
Posts 18 · Viewed 5938 · Go to Last Post
himaliketo
· Snapshot
Like · Likedby · 0
फेरी घर को याद आयो काठे पुल तर्दै धुलौटे माटो मा खेल्न मन लाग्यो घासे चौर मा उफ्रदै बगर् बगर् दौडन मन लाग्यो बाक्लिदै गयेको मेरो गाउ ,पातलीदै गयेको परिवार भेट्न मन लाग्यो फुल्दै गयेको मेरि आमा को कालो कपाल केलाउन मन लाग्यो यसपटक फेरि घर को याद आयो कुडे मा जमेको तर झिकिझिकि खान मन लाग्यो यकै छिन घर गोठ को स्याहर सम्भार् गर्न मन लाग्यो गाइ बाख्रा को म्या म्या बा बा सुन्न मन लाग्यो फैलिदै गयेको शान्ती र बाटो हेरि बसेको हरुलाइभेट्न मन लग्यो यस पटक फेरी घर को याद आयो, हात खुट्टा हिलो मैलो बनाउन मन लाग्यो अलीकती पसीना मेरो माटो मा चुहाउन मन लाग्यो यकै छिन भये पनि मेरै गीतमा नाच्न मान लग्यो, कमजोर बन्दै गयेको मेरो बा को आखा को दीर्श्य बन्न मन लाग्यो यस पटक फेरि घर को याद आयो उकाली ओराली चड्दै बनको काडा बीजाउन मन लाग्यो को हो को हो गर्दै गीत गाउने कोएली लाइ जिस्काउन मन लाग्यो छाना भरि रमायेका परेवालाइ भुर्‍र् उडौन मन लाग्यो पीर्कामा बसेर मीलीजुली तातो भात खान मन लाग्यो यस पटक फेरि गाउ को याद आयो आज कसैको मेलो मा जान मन लाग्यो पालाको पैचो तीर्न मन लाग्यो पर्खी बसेकी मेरीउनी लाइ पछाडि बाट आखा छोपन मन लाग्यो बिर्सदै गयेका हरुलाइ सम्झ्दै गाउ पुग्न मन लाग्यो छुन मन लाग्यो, पसिनाले निधार धुन मन लाग्यो, जुन सगै एकै छीन खेल्न मन लाग्यो यस पटक फेरीघरको याद आयो
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
राम्रो भावना हिमालिकेटोजी। ल मलाई पनि मन लाग्यो- पँधेराको चिसो पानीमा आफुलाई पखाल्न मन लाग्यो पाखा बारिको कान्लाको अलिकता माटो खुट्टाले कोपरेर फाल्न मन लाग्यो दाईँ गर्दा गोरुको पछि पछि दौडन मन लाग्यो बाउसे लाउँदा रोपाहारको गित सुन्न मन लाग्यो
gaalab
· Snapshot
Like · Liked by · 0
कविता दामी छ ब्रो! बरु दूध तताउने त कराई होला! कुँडेमा त बस्तुभाउलाई खुवाउने कुँडो पकाउने हैन र? रिसानी माफ!
himaliketo
· Snapshot
Like · Liked by · 0
कराई ma Tarkari Pakaenchha.... कुँडेमा दूध Tataenchha...kyare....Launa birse Hau!!
ratamakai
· Snapshot
Like · Liked by · 0
सुन्तलिसँग बिताएका ति क्षण फेरी सम्झन मन लाग्यो सुन्तलिले पर्खि रहेकी होली आज मलाई गाउँ जान मन लाग्यो
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
खै गालबजी, ठाउँ अनुसारको बोलि होला शायद, हाम्रोतिर पनि दूध तताउने ठुलो कराईलाई कुँडे नै भन्ने गर्छन्। हुन त ठिक होला कुँडो पकाउनेलाई कुँडे, तर दूध तताउने भाँडोलाई नै कुँडे बनेको सुनेको छु मैले धेरै ठाउँमा ( हाम्रो जिल्लातिर)। (मध्यमान्चलमा)
miss_ me
· Snapshot
Like · Liked by · 0
दुध तताउने भाडो = कुँडे कुँडो= खेत बारीमा पाउने झार् कुँडो गोड्दै गोड्दै बारीमा हिडेको याद् आयो। मलाइ त आज कुत्लिकोसा खान मन लायो कसैलाइ थाहा छ 'कुत्लिकोसा' भनेको के हो?:)
gaalab
· Snapshot
Like · Liked by · 0
हाम्रा घर तिर (पश्चिम २ नम्मर तिर) चैं, कराई -- domal आकारको भाँडो। दूध तताए नि भो, तरकारी पकाए नि भो। कुँढे -- धेरै जसो तामाले बनेको हुन्छ। ठुलो र गहिरो हुन्छ। प्रायश: कुँढो पकाउन प्रयोग गरिन्छ। भोज भतेरमा ठुलो परिमाणमा भात, तरकारी, दाल पकाउन पनि प्रयोग गरिन्छ। भन्नाले, हामीले कराई भन्ने भाँडोलाई बिर्खेजीका तिर कुँडे भन्ने होला।
gaalab
· Snapshot
Like · Liked by · 0
मिसले भनेको 'कुत्लीकोशा' पहिलो पटक सुन्दैछु। तर, अनुमान चैं : बोडी? वा, मकैबारीमा फल्ने बोडी जस्तै कोशे गेडागुडी? कि बकुल्ला हो? कता कता, बाँस (तामा)को पंखाको जस्तै झुस भएको एउटा कोशे तरकारीको याद पनि आयो।
East Coast
· Snapshot
Like · Liked by · 0
हिमालिकेटो तपाइँ को कबिता सुनेर मलाइ पनि मेरो घर् को याद् आयो| राम्रो छ कबिता, खुसि लाग्यो
DaAmAdOl
· Snapshot
Like · Liked by · 0
यो कबिता पढेपछि ता साह्रै घरको याद आयो भन्या miss_me तपाइले भन्या त्यो "कुत्लिकोशा" हो र हाम्रो तिर (पश्चिम सदरमुकाम तिर)ता हामिले कुटीलकोशा भनेजस्तो लाग्थ्यो । जे भएपनि त्यो ठाउँ अनुसार फरक फरक होला । त्यो गउँ बारीमा वा तोरी बारीमा फल्छ सानो सानो झार हुन्छ कोशा वाला हुन्छ । सानोमा त खुब खाइयाहो । झन कुटीलकोशाले गाउघरकै याद दिलायो
Gogol
· Snapshot
Like · Liked by · 0
Himalketo, Thanks for the poem.. malai pani gau jan man lagyo..
juttamojakattu
· Snapshot
Like · Liked by · 0
aayooo.........aayoooo.... malai pani aayoooooo
himaliketo
· Snapshot
Like · Liked by · 0
Thank you so much Everyone for Loving my Bhawana...See you Next Time..
jbknl
· Snapshot
Like · Liked by · 0
Dear Himaliketo, such a great creation, tapaiko thoughts le malai pani choyo, gharko yad aayo, gau ko yad aayo, padhdai gae, gauna man laagyo. aba ta dhun nai halna man laagyo, if you feel okay, would u please approve, geet banauna man lagyo send email @ jay_khanal@yahoo.com
jbknl
· Snapshot
Like · Liked by · 0
Also please, jaykhanal@gmail.com This is from Shruti, june here junai ramro tara here tarai ramro tapaiko kabita padhda lagyo ramailo.
jbknl
· Snapshot
Like · Liked by · 0
himailiketo ji ko kabita man parau ne sandarva ma Hope you all like my song, "aama", written by kabi Madhav Ghimire, composed and sang by myself. Thanks, fellas'. http://esnips.com/doc/6f9edab4-6ed6-46a6-8c39-b95dea9acc99/Aama192.wma http://esnips.com/doc/ca14e8de-aeba-4acb-86ea-64ed8d4f0348/Aama192.mp3
danda pani
· Snapshot
Like · Liked by · 0
फेरि गाम को याद् आयो, भजन गाम्न मन लायो, सान्नानि लाइ नचाउन मन लायो, बारि मा मकै भाच्न जान मन् लायो, सु..... सगै कोदो रोप्न जान मन् लायो, खेत म बीउ काड्न जान मन् लायो, सु... ले बनायेको चाम्रे र पोलेको को मकै खन मन् लायो, मोहि पारेर नौनि घिउ सँग मकै खान मन् लायो, एक चोटि फेरि, गाउ म हलुवा पकाउन मन लायो, हलुवा र मुला को अचार खान मन लायो, दशै मा बाब्बियो को लठो बाट्न मन लायो, कान्छि सगै पिङ् खेल्न मन् लायो, क् गर्नु, मन् त लाम्च्।।।तर पाइन्न।।।।।।।।।।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 8 · Viewed 1427 · Likes 1
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 80
· Posts 2 · Viewed 527
· Posts 5 · Viewed 898
· Posts 79 · Viewed 19509 · Likes 19
· Posts 1 · Viewed 225
· Posts 2 · Viewed 426
· Posts 1 · Viewed 156
· Posts 1 · Viewed 172



Your Banner Here
Travel Partners
Travel House Nepal