चौतारी!चौतारी !! चौतारी !!! कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १९ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो। सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्
यस संस्करणमा पनि रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।
यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।
माझी दाइ पोखरा फेवातालको
लाऊ माया साँच्चैको, नलाऊ है ख्याल-ख्यालको!
आदर्णीय चौतारी,
मलाई पनि यो चौतारी विधाल्य मा भर्न हुन मान लाग्यो । भर्न हुन को लागि के प्रमाण पत्र अथवा कागज पत्र चाहिन्छ होला कुन्नी? अब म मा कथा, कविता लेख्ने खुबी त छैन तर पनि अरु ले लेखे को पढने खुबी चाँही छ ।
मैले यो विधालय मा भर्ना पाउचु होला?
म चमेली
कति राम्रो कुरो भा'रेछ यहाँ त। सप्पै छुटेछ।
हैन मलाई अस्तिको मधेशी रउसीले अझै नछोड्या हो कि गाम्लेका कुरै त्यस्तै हुन्? साउनाँ फल्नी काफल पनि हुन्च र भन्या? विकासे काफल हो कि बाह्रैमास फल्नी? कस्तो हुन्छ हँ विकासे काफलको स्वाद? गेडा पनि ठूलठूलै, कागतीजत्रै पो हुन्छ होला है?!
चमेली नानीले स्कूलाँ भर्ना गरीपाम् भनेर बसेको एक घण्टा हुन लागो। मिस कता पाल्नु भएछ?
ल चमेली नानी, आफू त यो स्कूलको पाले (चौकीदार), भर्ना गर्न मिल्दैन। मिसलाई भनेर नाम लेखाइदिम्ला। रोल लम्बर त आफैँले छान्नी हो के रे। ल भोलिबाटै आए भो पढ्न।
भउतेले चला'को हामी बूढापाटीको स्कूल पनि छ के रे, चमेलीको उमेर अलि पुग्दैन जस्तो छ। अहिले भुरापाटीकै स्कूलाँ पढ है, भोलि---पर्सी ठूलो भ'सी बूढापाटीको स्कूलाँ पनि पढ्न दिम्ला।
ल गाम्ले हो, मेरो एउटा सानो प्रयास, राम्रै मान्दिनुहुन्छ भन्ने आशा
गरेको छु।
दुइ बिवश सहयात्री
हामी दुइ नौजवानहरुले पनि त्यसरी नै साइत जुराएर यो सामुन्द्रिक यात्रा सुरु गरेका थियौं जसरी अरुहरु गर्थे।
यसरी हैन, यसकथालाई ‘एकादेशमा’ भनेर सुरु गर्नु पर्थ्यो होला, किनभने यो दुरुस्त लोक कथा जस्तो छ। यसले ओगटेको संसार बडा अनौठो छ।
महासमुन्द्रको एक टापु देखि अर्को टापुसम्मको लामो यात्रा थियो यो। यहाँ यस्तै थियो। बीस एक्काइस बर्षको लक्का जवान भएपछि हरेक दुइजनालाई एउटा डुङ्गाको दरले यात्रा गराइन्थ्यो। गरिन्थ्यो। गर्दैछौं। दक्षिणी टापु देखि उत्तरी टापुसम्म बर्षौंको यात्रा गर्नुपर्ने हुनाले जम्मा पारेर डुङ्गामा लादिएको खर्चबर्चले पूरा यात्रालाई पुग्नु संभव थिएन। बाटामा कतै समुन्द्रि झारहरु, कुनै ठुलासाना माछाहरु, गंगटाहरु र कतै अकस्मात छेउमा आईपुगेका बेवारिसे डुङ्गाहरुबाट प्राप्त हुने अपुतालीबाट जीवन निर्वाह गर्नुपर्थ्यो। बीचमा छालहरु मच्चिने, ज्वारहरु उठ्ने र समुन्द्रि आँधिको सामना गर्नुपर्ने हुनाले यात्राको लक्षप्राप्ति बडा दुरुह भैरहन्थ्यो। जाडो समुन्द्रमा हिमशिलाहरु संग ठोक्किएर डुङ्गा दुर्घटना हुन सक्थ्यो, तातो समुन्द्रको बाफले पोलेर खट्पटिइन्थ्यौं। छिमेकी डुङ्गाका यात्रीहरु संग झै-झगडा, भनाभन र कहिलेकाहिं त आ-आफ्नो डुङ्गाहरु अरुको भन्दा अगाडि लैजाने होड्बाजीमा बहना उठाएर हानाहान सम्म हुने घटनाहरु समुन्द्रि यात्राका रितनै थिए। सबैलाई अरुले आनन्दपुर्वक नौका बिहार गरेर प्रकृतिको रसास्वाद लिएको जस्तो लाग्थ्यो र आफूले चाहिं बडो दुखपूर्वक गह्रुङ्गो ढुङ्गा बोकेर घिसार्नु परे जस्तो लाग्थ्यो। जे जसरी भएपनि यात्रा पुरा गर्नेलाई सफल जोडीको रुपमा प्रशंसित गरिन्थ्यो र बीचबाटैमा डुङ्गा बदल्नेहरु, सहयात्री बदल्नेहरु र किनारामा देखिएका अन्य टापुहरुमा ओर्लेर बाटो बदल्नेहरु बदनाम हुन्थे। बरु कुनै कुनै बहादुरहरु, बाध्यहरु र कमजोरहरु एउटा डुङ्गा लिएर एक्लै यात्रा गरेका पनि देखिन्थे।
यात्राको बर्षदिन पनि बित्न नपाउदै हामी दुई नौजवान यात्रीहरु बीच एउटै डुङ्गामा सवार भएर पनि साना-तिना कुराहरुमा परिरहने झगडाले आपसी मित्रता प्रति मोहभंग पैदा हुनथाल्यो। हामीहरु मध्य एकजना चाहिं डुङ्गा खियाउँदा आफूमाथि बढि भार परेको गुनासो गर्थ्यौं भने अर्को चाहिं आफ्नो सहयात्रीलाई अरुको डुङ्गा देखेर लोभिएको आरोप लगाउँथ्यौं।
“तिमी आफ्नो एक्लो साथिप्रति पनि गद्दारी गर्छौ, बहना खियाएको नक्कल मात्र गर्छौ, मलाई बढि भार परेको अवस्था प्रति पटक्कै संबेदनसिल छैनौ तिमी त, यति लामो यात्रामा यसरी धर्म छाडे पछि कसरी पूरा गर्नु”। एउटाले भन्यो।
“ल हेर त यो पापी, मैले भन्नुपर्ने कुरा त उसले पो भन्दो रैछ, मेरो बहनानै ठुलो छ, यसले जत्ति पानी त्यसले ठेल्नु पर्छ र?” उत्तर यस्तो आयो।
“यस्तै हो भने यो डुङ्गामा यात्रा गर्न सक्दिन”।
“तैले मनको कुरा भनिस्, तेरा आँखा आर्कैको डुङ्गामा गाडिएकोले म सँग निहु खोज्छस्, खुबि भए डुङ्गा बदल्, साथि बदल्”।
“ल हेरुँ त तेरो ताइँ। बडो धाक लाउँदो रहेछ, यस्तै हो भने, बदल्छु पनि”।
एक कान दुइकान मैदान भयो। तर डुङ्गा चाहिं तिनीहरुले बदलेनन्। समुन्द्रि समाजमा हुने बदनामीको डर थियो उनीहरुलाई।
“एइ, झगडा नगर्”। छेऊबाट गुज्रने कुनै यात्री सल्लाह दिएर अगाडि बढ्थ्यो। मानौं उसको डुङ्गामा कुनै झगडानै नपर्ने जस्तो साला।
दिउसो न्यानो सुर्य मध्य आकाशमा आउँथ्यो। सुर्यको चमकदार किरणहरु समुन्द्रको पानीमा घोलिएर रत्नझैं चमचमाउँदथे। रोमाञ्चकारी बिध्युत्तरंगमा छालहरुमा अनगिन्ती डुङ्गाहरु एउटै दिशामा अगाडि पछाडि भएर उत्तरतिर तैरिंदै जाँदा स्वर्गको यात्राबाट फर्केका देवदुतहरुको ताँतीको दिब्य, अलौकिक र जादुमय यात्रा अनुभूत हुन्थ्यो। क्षितिजमा देखिने स-साना हरिया हरिया टापुहरु बिपरित दिशातिर बिहार गर्ने स्वर्गका टुक्राझैं लाग्थ्यो। ठुला साना माछा उफ्रेर डुङ्गाको अगाडि पर्दा सुर्यको प्रकाशमा सक्कली चाँदीझैं चम्कन्थे। घामपानी पर्थ्यो र उत्तरी क्षितिजतिर सप्तरंगी ईन्द्रेणीले यात्राको निम्ति दिब्यद्वार निर्माण गर्थिन्। मनै पुलकित भएर आनन्द सागरमा आजन्म डुबुँ डुबुँ लाग्ने यो परमानन्दको अनुभूति अकल्पनिय र अकथनिय हुनसक्थ्यो।
तर सामुन्द्रिक प्रकृतिको यो स्वर्गिय साम्राज्यबाट बेखबर हामी दुई यात्रीहरु आपसी झगडाका दैनिक क्रियाकलापहरुमा अन्धाधुन्द भएर ब्यस्त थियौं। यात्रा कति सकियो र कति बाँकि छ यसप्रति हामीलाई कुनै वास्ता थिएन।
आफ्नै झगडामा मुर्छित थियौं; हामीहरु। त्यसो त कुनै पनि बेला समुन्द्रि दैत्यको फेला पर्न सकिन्थ्यो र यात्रामा पूर्णबिराम लाग्नसक्थ्यो। यी भाग्यका कुरा थिए। बाहिरबाट देख्नेहरुलाई लाग्थ्यो, हामी दुई सहयात्रीहरु स्वर्गको यात्रा गरिरहेका छौं तर हामी भने आपसी द्वेश, इर्श्या, द्वन्द र कुण्ठाबाट अत्यन्त पिडित थियौं र कहिलेकाहिं त बिक्षिप्त नै हुन पुग्थ्यौं।
“म सक्दिन”। एउटाले बहना डुङ्गा भित्र फालेर सुतिदियो। अर्कोलाई एक्लै डुङ्गा लतार्न पर्ने भो।
म पनि एक्लै यो डुङ्गा लतार्न सक्दिन। हेर मित्र, रात परिसकेको छ। उ त्यो परको टापुमा बत्तिहरु बलिसके, कमसेकम तिमीले खानेकुराको चाँजोसम्म त मिलाऊ, यसरी सुतिदिएर”।
“बिरामी भएपछि के गरूँ? चाहिंदैन मलाई खानेकुरा, आफैं गर, आफैं खाऊ”।
“तिमी सुत्ने, म खानेकुरा बनाउने, दुबैजनाले डुङ्गा छाडेर डुङ्गा अगाडि जान्छ त?”
“जतासुकै जाओस्। सुख नभए पछि दु:ख त जतापनि पाइएला”।
“दु:ख र सुख त मनकै खेलहरु हुन्”।
“तिम्रो स्वार्थीपन नै दु:खको कारण हो”।
“भैगो, यो थोत्रो बिबाद हामी आजै देखि छाडौं। जसरी भएपनि सँगै यात्रा गर्नुनै छ। मिलेर गरौं, मनलाई खुसि पारेर गरौं र ईज्जत पूर्वक गरौं, हेर ईज्जतको पनि कुरा हुन्छ, अरुले के भन्लान्”।
“हिजो मैले यहिकुरा भन्दा तिमीले किन मानेनौ?”
“हिजो मलाई रिस उठेको थियो”।
“आज मलाई रिस उठेको छ”।
“हरे, देख्नेले पनि के भन्लान्?”
“जेसुकै भनुन्, सँधै अरुकै डरले त यति हुँदापनि यो नरकजस्तो डुङ्गा छाड्न सकेको छैन”।
“तिमीलाई छाड्न मन छ भने छाड, छोडिहाल् नकचरा”।
कुकुर बिरालाको झगडा भैरहन्थ्यो। बर्षौं सम्मको हामीहरुको झगडा कहिलेकाहिं अत्यन्त तिब्र हुन्थ्यो।
“तँ आज फेरी अरुको डुङ्गा देखेर लोभिएको छस्। घरिघरि तेरो मन बिचलित भएर अरुको डुङ्गा र अरुनै सहयात्रीको चिन्तनमा निमग्न हुने गरेको आभाष मैले पाइरहेछु”।
“यो तेरै मनको पाप बोलेको हो, पापी”।
“होइन”।
“हेर मित्र, तिमी र म त साँच्चिनै भन्ने हो भने जीवनसाथि नै हौं, राम्रो सोचे राम्रो पनि हुन्थ्यो”।
“नखरा नपार् चटके, राम्रो हुन नदिने त तँ नै होस्। तँ र म सहयात्री अवश्य भएका छौं, साथि होइनौं”।
“ठिक भन्यौ जस्तो लाग्छ। परस्परमा जीत र हारको धारणा बनाउने, बातैपिच्छे आफैंले जित्न चाहने, मित्रमा हुनुपर्ने त्याग र उदारताको भावना पटक्कै नभएका हामी सहयात्री आज प्रतिद्वन्दि भएका छौं। तर यसरी बुझेपछि हामीबीच संझौता हुन सक्दैन र?”
“संझौता ब्यापार ब्यवसायमा हुन्छ। तर मित्रता हृदयको खेल हो। त्यो स्वयं हुन्छ भने हुन्छ। संझौताबाट मित्रता संभव देख्दिन म”।
“तिमी र म त हे सहयात्री, अर्काका छिद्रहरु खोजेर निहुँमात्र खोजिरहने मनोबैज्ञानिक शत्रुहरु नै हौं”।
“त्यसोभए तिमी निंदाइमात्र रहेको बेलामा तिमीसंग बोल्न नपाउँदा साह्रै न्यास्रो बढ्नुको कारण के हो त”?
“त्यो त धेरै बर्षको साथले उत्पन्न लगाव मात्र हो। लगाव प्रेम होइन। त्यो त ब्यसनमात्र हो। नपाउँदा तल तल लाग्ने”।
“तिम्रो र मेरो एउटा कुरामा दुबैको स्विकृति छ”।
“के”?
“हामी दुइ आपसमा पटक्कै मिल्न सक्दैनौं भन्ने कुरामा”।
“तर हामी जति नमिले पनि समाज देखि हाम्रो सातो जान्छ”।
रात जति गहिरिएको भएपनि चाँदनी पोखिएर समुन्द्र चाँदीझैं टल्किरहेको थियो। आकाश सुन्य र निर्मल थियो। आकाशको कालो च्यादरमा सिताराहरु झलमल्ल थिए। पल्लोतिर देखिने डुङ्गाका यात्रीहरु पालोपालो गरेर नाचिरहेका थिए। ठुल्ठुला चारपाँचवटा बत्तीहरु र सुमधुर संगीतले समुन्द्रका जलतरंगहरु संग नृत्यगर्दा अपूर्व सौन्दर्य प्रकट हुन्थ्यो। सुन्दर आकाशमुनिको बिशाल समुन्द्र र पहाडजस्ता देखिने त्यसका छालहरु अदभूत शक्तिका अदभूत लीलाझैं अनुभूत हुन्थ्यो। सामुन्द्रिक संसारको अनौठो रहस्यले जुनसुकै यात्री पनि रोमाञ्चित एवं चमत्कृत हुन सक्थ्यो। र ब्यष्टिको पर्खाल भत्किएर समष्टिको बुद्धत्वमा एकाकार हुन्थ्यो। यस्ता अनन्त क्षणहरु आफ्नै आँखा अगाडि घुमिरहे अदृष्य भएर चर्मचछुमा। अनेकौ ज्वारहरु उठे र भाटाहरु फर्के। हामीहरुको द्वन्द पनि सामुन्द्रिक धारझैं अबिरल बगिरह्यो।
आज आकाशमा बादल छायो, सिमसिमे रुञ्चे पानी पर्यो र समुन्द्र कालाम्य भएर दिउसै अन्धकारको साम्राज्य स्थापित हुँदा यात्रीहरुको मन पिंडाले छट्पटिनथाल्यो। हाम्रो मन पनि।
“यो यात्रामा बिविध कारणले म भोकै रहेको छु”।
“भोकहरु म सँगपनि छन्”।
“तँ चुप लाग”। रिसको पारो बढ्यो।
“तैं चुपलाग चोर”।
“के चोरेको छु मैले तेरो? मुख सम्हालेर बोल्”।
“मेरो समुन्द्रि यात्राको संपूर्ण सुख चोरिस्”।
“म सक्दिन यो डुङ्गा चलाउन”।
“म पनि सक्दिन, एक, दुइ, तीन, सक्दिन”।
झगडा चर्किंदै गयो। आँखाहरु राता भएर नशाहरु फुल्न थाले। बहना उठाएर एकआपसमा हिर्काउन थालियो। सँगसँगै समुन्द्रि आँधिको संकेत देखियो। उत्तरी टापुको प्रवेशद्वार डुङ्गाहरुको ताँतीलाइ छिचोलेर हेर्दा टाढा क्षितिजमा देखा पर्थ्यो। आँधिको भुमरिमा छालहरु घुम्न थाले। डुङ्गा टल्पलाउन थाल्यो। पानीका लहरहरु गोल गोल परेर बताससँगै उचालिंदै पछारिंदैछन्। जलकणहरुको बाक्लो परत्ले कुहिरोले झैं दृष्यहरु छेक्यो। त्यसैबेला हामीदुइ यात्रीहरुलाई लिएर डुङ्गा समुन्द्रको गहिराईमा ठाडो परेर गाडियो।
भोलिपल्टपनि सफा आकाशमुनि निल समुन्द्रमा हजारौं डुङ्गाहरु हाँसझैं तैरिने क्रम जारी थियो।
गज्जब छ साहिला!
साहिलाले यस्तो राम्रोसंग दार्शनिकता घुसाएर लेख्ला भन्ने थाहै थिएन। पहिल्यै किन नलेखेको नि?
यो नेपालको वर्तमानको कथा त हैन साहिला? मैले त त्यस्तै बुझें के रे!
Error
Error Occurred While Processing Request
Error Diagnostic InformationRequest canceled or ignored by serverServer busy or unable to fulfill request. The server is unable to fulfill your request due to extremely high traffic or an unexpected internal error. Please attempt your request again (if you are repeatedly unsuccessful you should notify the site administrator). (Location Code: 26) |
जदौ छ मित्रहरु
साहिंला, ताली ताली ताली ताली!
साह्रै राम्रो लाग्यो! प्रतीकात्मकतालाई चाहिं मान्नै पर्छ
गोतामेले यसलाई नेपालको कथासँग दाँजे क्यारे! मैले त नेपाली समाजका प्रत्येक दम्पत्तीको कथा पो देखें त!
यता बिर्कै नलगाई नमेले उता आर्को चौतारी ठड्याइसकेछ। यल्लाई अलि अलि खालीनै छोडेर उता जाने हो र? लौ त लौ, जाम् भने जाम्।
गोताए, गालब,
यो मेरो एउटा पुरानै कथालाइ दार्शनिक ढङगले अलिकति परिमार्जित मात्र गरेको हुं। कहिलेकाहिं लाग्ने उच्च नैराष्यता र बैराग्यको परिणाम हो यो। म लेख्न त लेख्छु तर पुरा गर्नै सक्दिन (कहिले आफैलै राम्रो लाग्दैन, कहिले बिचमै झ्याउ लाग्छ), यस्को चाहिं समाप्ति चित्तबुझ्दो लागेर पोस्ट गरेको।
मन पराइदिएकोमा धेरै धन्यबाद।
नयाँ चौतारि हेर्दा हेर्दा साइँलाओ कथा देख्दै नदेखिराको!
गजब छ साइँला! कुराहरु साह्रै मजाका लागे! यस्तो लेख्ने मान्छेले टाँस्नु पर्छ नि बेला बेलाँ।
अन्त्य धेरै राम्रो लाग्यो "भोलिपल्टपनि सफा आकाशमुनि निलो समुन्द्रमा हजारौं डुङ्गाहरु हाँसझैं तैरिने क्रम जारी थियो।"
मालाई पानि साइला दाईको कथा नेपलि सामाजको दाम्पत्य जिवन्को जस्तो लग्यो। शब्द हारु त भयंकर पर्योग गर्नुहुदो रैच। डरै लग्दो। :D
हा हा हा!! भउते जी नि के के भन्ने के के? हामी जस्ता सोझा मान्छे लाइ नि त्यस्तो भन्छन्? "भउते" लेख्न नमिल्ने भे'र क्रीश ब्रो लेख्न परो नि। नत्र हजुरका महिमा गाउन हाम्लाई नि आउछ। :पि
sahila ko katha gajjabko raichha, kasto lekhna sakne hunuhudorahechha.
सारै राम्रो साहिला जि को कथा!
अहो तर महासामुन्द्रीक् यात्रा को नियति यस्तो ,ढुङा घोप्टेर पुर्णबिराम् लाग्ने !
लौ मलाइ चै डर् लाग्यो है त्यो महासमुन्द्रीक् भ्याकेसन् मा जान :D
कथा को प्रतिकात्मकता सारै राम्रो !
Please log in to reply to this post
You can also log in using your Facebook