"साहित्य समाजको दर्पण हो" भनेर कुनै साहित्यकारले भनेका थिए रे । तर यो उद्गारले मलाई साहित्यमा सम्मोहन गरेको भने हैन । आज भन्दा १४-१५ वर्ष अघि हाई-स्कूलको बिद्यार्थी छँदा नेपाली पढाउने एकजना गुरुले भन्नु भएको रमाइलो कुरो मेरो कविता लेखनको कारक बन्न पुग्यो । गुरले यौवनावस्थामा प्रेम-पत्र वा कविता नलेख्ने ब्यक्ति मानसिक रुपमा असन्तुलित हुन्छ रे भन्नु भएको थियो। मेरो युवा दिमागमा गुरुका यी उद्गारहरु ब्रह्मास्त्र भै बज्रिए, फलत: म कविता अनि प्रेम पत्र दुवै लेख्न थालें ।मेरा कुनै पनि प्रेम पत्रहरु आदर्णिय डा. दिपक खडकाको 'च्यात्न नसकेको' चिठी बन्न सकेनन् । विचरा सारा का सारा चिठीहरु फक्रन नपाई च्यात्तिए । पछि-पछि त मैले कल्पनामा पनि त्यस्ता पत्रहरु कोरिंन । तर कविता लेख्नु चैं मेरो शौख बन्दै गयो।
मेरो अघिल्लो धागो जुन मैले जन-आन्दोलन २०६३ र लोकतन्त्रका लागि समर्पण गरेको थिंए, त्यसमा म पछि पछि पनि त्यहि विषयमा कविताहरु टाँस्ने नै छु । यो धागो चैं मैले अन्य कविताहरु, जसले प्रेम, विरह, वैराग आदि भावहरु प्रतिबिम्बित गर्छन् तेस्का निम्ति प्रस्तुत गरेको हुँ । यस धागोमा मेरा सवै कविताहरु क्रमश: टाँस्दै जाने जमर्को गरेको छु ।
कविता पढ्ने आदर्णिय बिद्वान पाठक महानुभाव हरुबाट समालोचनात्मक हौशला को अपेक्षा पनि गरेको छु । हाललाई मेरो पुरानो कविता शिर्षकको कविता:
अत्यन्त भावपूर्ण छ ऋषिजी!
एउटा कुरा, ऋषिजी जापानमा कुन ठाउँ हो?
गज्जब छ गुरु गज्जब।
अरु नि जाओस्। छोरीलाई योरोसिकु है।
bah Rishi ji bah.
Ali frequency badhaunu paryo !
महेन्द्र मालाको कविताहरु पढेको याद आयो!!
धेरै राम्रो छ लेख्दै गर्नुहोला!! :)
keep on writing. enjoyed reading them.
सिरिश जी, जग्गी जी तथा npl2us जी;
धन्यवाद कविता पढिदिनुभएकोमा !!
एउटा सानो कविताको खेस्रा (साफी गर्न बाँकी भएकोले) यहाँ पस्कने जमर्को गरेको छु !!
जीवनशाला
यसको उद्गम - उद्गत देखिन
अमूर्त – शूक्ष्म बिन्दु देखिन
माया रूपी भ्रमको प्याला
प्युनु नै यो जीवनशाला ॥
॥१॥
चर्म चक्षु यो यत्र - तत्र
खोजी हिंड्छ क्षितिज बिचित्र
बुभुक्षित यो चर्म - पट्टिका
भर्नु अहो ! यो जीवनशाला !!
॥२॥
हर स्पन्दन दिलको धडकन
जुग-जुग ज्युने कामना गर्छन्
साक्षात्कारमा मृत्युसँग
लाचार अनि कुण्ठित हुन्छन् ॥
॥३॥
सुसुप्ता देखि चैतन्य सम्म
जिजीविषाको भावना टम्म
अस्विकार्य सत मृत्यु - माला
परम अस्थायी जीवनशाला !!
॥४॥
गज्जब छ गुरु गज्जब।
अरु नि जाओस्।
ऋषि जी
बिहान बिहानै मन प्रशन्न भो !
छन्द (?) भैकन कुरा प्रस्त छ !
धन्यवाद दादा गुरु र सिरिष गुरु अनि सवैलाई;
आज फेरी एउटा कविता टास्ने जमर्को गर्दैछु :
प्रकृति-नियम
अनन्त फैलियो यहाँ फुटेर शूक्ष्म सैकत
पदार्थका कणा - कणा अनन्य शक्ति द्योतक
पदार्थ - शक्ति, सृष्टिका अगण्य द्वैत संगम
अनन्त्य कालको धुरी ! ब्रह्माण्ड घुम्छ फन्फन ॥
॥१॥
अनन्त भौतिकी जगत् समस्त जीव, सृष्टिका
नक्षत्र, सूर्य, चन्द्रमा खगोलका निहारिका
नदी, समुन्द्र, हैमका चुली, पहाड, पर्वत
पदार्थ - शक्ति कै बडो बिराट रूप सार्थक ॥
॥२॥
बिभिन्न सूत्रमा उनी प्रकृति सृष्टि गर्दछिन्
पदार्थ - शक्ति जोहदैं अनेक छद्म रच्दछिन् !
गरेर सृजना नयाँ, अपार सौम्य, कल्कल
निमोठ्न उद्यत स्वयम् गरेर नाश पल्पल ॥
॥३॥
हिजो जहाँ समुन्द्रका बिशाल छाल उर्लिए
सफेद टाकुरा बनी हिमाल आज अग्लिए !
बिशाल डाइनोसरै ! गरेर नाद, गर्जना
हिजो यहीं त घुम्दथे ! कठै विलुप्त आज ता ॥
॥४॥
गुफा - गुफा चहार्नु नै हिजो त नित्य दैनिकी
उही मनुष्य आज भोग्छ लौ अपूर्व जिन्दगी ॥
देखिन्छ आज जो यहाँ हिजो थिएन किञ्चित
छ आज जो भविष्यमा रहन्न यो छ निश्चित !!
॥५॥
चलायमान कालको अमूर्त विन्दु - विन्दुमा
बिनाश-सृष्टि बिम्बिका ! प्रकृति धर्म -तन्त्रमा -
बिनाश मै छ सृष्टिको अथाह डिम्ब सेचन !
नियन्त्रणा ! प्रकृतिको अपार नाट्य मञ्चन !!
॥६॥
एउटा नया गजल जस्तो लाग्ने कविता यहाँ पस्कदैंछु ।पैले नै टाँसिसकेको जीवनशालाको सम्पादित रुप हो यो कविता चैं । वास्तवमा धेरै दिन गयल भइएछ साझाबाट। कामको चाप यति बढ्यो की साझा हेर्ने फूर्सदै निकाल्न गार्हो भा थ्यो । आज पनि हाजीर गरेर टाप (हाटा) ठोक्नु पर्ने बाध्यता छ।
जीवनशाला
जड – चेतनको सम्मिश्रण वा माया – मोहको हो मधुशाला
क्षणभंगुर यो जलको फोको ! परम् अस्थायी जीवनशाला ॥
उद्गम – उद्गत अमूर्त बिन्दु ! जस्मा बहन्छ भवको सिन्धु
हरेक मोडमा बज्र कालको, सहनै पर्ने जीवनशाला ॥
सुसुप्ता देखिन चैतन्य सम्म, जिजीविषाको भावना टन्न
अस्विकार्य सत मृत्यु – माला; बिबस बिचरो जीवनशाला ॥
नियति कोर्छ बक्र गोरेटा ! या छ निश्चित लेखा – जोखा ?
सम्भाब्यता र आकस्मिकताको; तुच्छ लहर यो जीवनशाला ॥
जड – चेतनको सम्मिश्रण वा माया – मोहको हो मधुशाला
क्षणभंगुर यो जलको फोको ! परम् अस्थायी जीवनशाला ॥
होइन गुरु, यो लाउँ-लाउँ खाउँ खाउँको उमेरमै यस्तो वैराग्य कसरी आयो भन्या?!
गज्जब छ गुरु, अरु पनि जाओस्।
मृदु भावों के अंगुरों कि आज बना लाया हाला
प्रियतम अपने हि हाथोँसे आज पिलाऊँगा प्याला
पहले भोग लगा लुँ तुझको फिर प्रसाद जग पाएगा
सबसे पहले तेरा स्वागत करती मेरी मधुशाला!!
गजब रहेछ ऋषिजी! हरबँश राय बच्चनको मधुशाला जस्तै फरक यति हो त्यसमा राग थियो यसमा बैराग भेटियो!
प्रसम्साको एउटा फुल मेरो पनि तर्फबाट कबिताको बगैंचामा मग्न ॠषीजीलाई।
Being a relatively new sajhain, I am just noticing these beutiful threads and the melodies of rhishi.
A eastern hill grown up PAHADE, I had worked around Nepalgung as an Overseer. Being a very very new job and very very new experience of western Terai, I have a special attachment with Banke and Bardia. The way you portrayed the region including Khajura and Bageshowri are triggering a giant flood of memories associated with Kohalpur, Bansgadhi, Deudakala, Guleria, Nepalgung, Rupedia, tanga, tampoo, local buses, mahendra campus, tundkhel all and all. Lovely places, lovely people, lovely memories.
I miss that Karnali Hotel too, I do not know why.
छन्द comes with melody, I still love the way we learned to sing "बैशाख" and "हिउँदका दिन्" and "यात्री" in our high school.
I really enjoyed your creations, reading those and singing those. keep the good work up.
गौतम जी पछि कुरो गरौंला बैरागका बारेमा ॥
बिर्खेज्यु, दिपज्यु , सुन्तले ज्यु र अन्य सबै महानुभावहरुलाई धन्यबाद । यो धागोलाई तन्काइदिनु भा'कोमा !
बिर्खेज्यु ! मेरा गद्य कविताहरु प्राय हरवंश राय बच्चनको मधुशाला बाट influence हुने गर्छन् । तेसैले आजभोली तेत्ती गद्य लेख्न मन लाउदैन । आजलाई नया कविता छ, हालसालै काठमाण्डौमा भा श्रृंखलाबद्ध बमविष्फोट पछि तेस घट्नामा परि अनाहकमा ज्यान गुमाउने स्कुले बैनीहरुमा समर्पित :
श्रद्धा-सुमन
कस्तो क्रूर अहो ! रहेछ नियती स्वप्ना सबै रल्लिए
स्याना यी मनमा भए जति सवै इच्छाहरू वैलिए ।
सुके पुष्प सबै बसन्त ऋतु मै रोगी हुँदा मौसम
कालो मात्र कठै देखिन्छ जग यो खोक्रो बिरानोपन ॥
॥१॥
पल्क्यो काल यहाँ भिरीकन हरे ! नाना बहानाहरु
गोलीको बमको सिकार जगमा निर्धा र सानाहरु ।
कालो बादल मृत्युको सब दिसा ढाकेर फैल्यो यहाँ
निल्यो शान्ति सबै ! अरिष्ट समयै; आतंक नाच्यो यहाँ ॥
॥२॥
प्रहन्ताहरु घुम्दछन् जगतमा सातो सबैको हरी
रोपी मृत्यु अनाहकै रगतको चौतर्फ वर्षा गरी ।
अट्टाहास बिभत्स ! मौन जगको बढाउँछ ढुक्ढुकी
गर्छन् राज यहाँ नपुङ्सक हरे काँम्छन् त्यसै थर्थरी ॥
॥३॥
सामन्ती जगका कहारहरु यी पाखण्डमा रम्दछन्
सत्ता निम्ति हरे ! जुनै किसिमको प्रपञ्च यी रच्दछन् ॥
ब्यर्थै न्याय नखोज हे स्वजन हो ! सुन्ने यहाँ को छ र ?
निर्धाको मनका व्यथाहरु कठै बुझ्ने यहाँ को छ र ?
॥४॥
जान्छौं पुष्पकमा चढी म अनिसा ! सन्ध्या ! नहेरी त्यता
आसा न्याय-निसाफको अब तेता ! ब्यर्थै छ यो मान्यता !
बिधाता यदि रैछ कोहि जगको ! सोध्छौं उनै सम्मुख
हाम्रो दोष थियो र के ? फगतमा आसा चुँडायौ सब ॥
॥५॥
यस्तै हो त्यस लोकमा बुझ तिमी मिल्दैन शान्ति सुख
मान्छे भो पशु तुल्य ! आह ! ममता रोयो कठै सुक्सुक ।
भाग्यो लौ करुणा ! कता तिर गयो सद्भावको मन्त्रण ?
सच्चा डोर सबै मतान्धहरुले लुछे, चुँडे बन्धन ॥
॥६॥
बाबा ! हे जननी ! कयौं रहर ती तिम्रा लिई साथमा
छाड्यौं यो धरती बिना कसुर नै मान्छे हुँदा राक्षस ।
मिल्दो रैछ पुनर्जन्म नै यदि भने तिम्रै भै सन्तती
गर्नैछौं सपना साकार सब ती तिम्रा ! नयाँ जन्म ली ॥
॥७॥
हाम्रो याद भए जति सब तिमी बिर्सेर फालीकन
साथी हो ! मनमा भए जति सबै तीता मिठा सम्झना ।
आ-आफ्नो रथमा सवार जगको फाली कुरीती सब
हिंसा-हीन समाजको जगतमा निर्माण निम्ति जुट ॥
॥८॥
अस्तु, धन्यवाद ॥
यस्तो छन्द गरि लेखेको कसरि हे ऋषि छन्दे कवि
हामिलाइ पनि सिकाउनुहवस् इच्छुक छु साह्रै अति।
गजब र प्रभु!!
हाललाई एउटा नया पाराको कविता । जीवनमा पैलो पल्ट पिरीम पर्दाको अनुभव हो के रे .....!
स्पन्दन् बढ्न थाले हृदय जल्नन थल्यो
नैन यी जुध्दा पृ या: फूल यो फुल्न थाल्यो ॥
वासन्ती पालुवा झैं; कलीला मञ्जरी झैं -
प्रेमको मीठो – मीठो आँकूरा फट्न थआल्यो ॥
हिमका शैल सारा पर्वत ती नाद नाला
क्षितिजको वार पार इन्द्रेणी झुल्न थाल्यो॥
सम्झना मीठो–मीठो, स्वप्न–भाषी यो ठिटो
रम्दो भो कल्पनामा जिन्दगी भुल्न थाल्यो ॥
स्पन्दन् बढ्न थाले हृदय जल्नन थल्यो
नैन यी जुध्दा पृ या: फूल यो फुल्न थाल्यो ॥
सम्पूर्ण साझावासी मित्रहरुमा नया बर्षको हार्दिक मंगलमय सुभकामना !! यस अवसरमा मेरो एउटा नया (उनीमा समर्पित) कविता टाँस्ने जमर्को गरेको छु । धन्वाद ॥
प्रेम-आलाप !!
नजर चार हुँदा हाय पलक
ती झुकेर
अधर फक्री गर्छन् इशारा लुकेर
जवानीको मादक मदहोस
चाल
बजे तार मनमा, बढ्यो प्रेम – छाल ॥२॥
त्यो चन्दन सरीको सुकुमार देह
ती सुन्दर परेलीमा मायाको गेह
ती सागर झैं आँखा;
घना कालो केश
त्यो धड्कन् दिलैको, त्यो मायालु भेष
॥
जुनेली यो रातमा छ ताराको
साथ
यो मादक हवा घोल्छ उल्लास वास
ती कुन्तल उडी दिन्छन् नव शुर – ताल
बजे तार मनमा बढ्यो प्रेम – छाल ॥२॥
त्यो गालाको लाली अधरको त्यो मुस्कान्
यो मौसम, प्यालाको मधु, तिम्रो यौवन्
जवानीको झिल्मिल मदहोस
ताल
बजे तार मनमा बढ्यो
प्रेम छाल ॥२॥
अस्तु ॥
An overwhelming collection of beautiful and melodeous poems. Thank you rishi......
parth
Please log in to reply to this post
You can also log in using your Facebook