आन्दोलनमा हाम्रो समर्थन छ- सुरक्षाकर्मी - Sajha Mobile
SAJHA MOBILE
आन्दोलनमा हाम्रो समर्थन छ- सुरक्षाकर्मी
Posts 4 · Viewed 3908 · Go to Last Post
jeevan30
· Snapshot
Like · Likedby · 0
आन्दोलनमा हाम्रो समर्थन छ- सुरक्षाकर्मी गणेशकुमार कार्की/स्वससे, सुर्खेत सुर्खेतमा कार्यरत सुरक्षाकर्मीहरूले एक पत्रमार्फत् लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्। उनीहरूले शनिवार लोकतान्त्रिक आन्दोलनका नाममा पत्र लेखी आन्दोलनप्रति समर्थन जनाएका हुन्। पत्रमा कसैको नाम नखुलाई "उही सुरक्षार्थ खटिएका लोकतन्त्र र्समर्थक भाइहरू"मात्र लेखिएको छ। पत्र शनिवार वीरेन्द्रनगरमा आयोजित कोणसभामा उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष सूर्यबहादुर खड्काले सार्वजनिक गर्नुभएको थियो। अध्यक्ष खड्काले सो पत्र सुरक्षाकर्मीले आएर दिएको दावी गर्नुभएको छ। "राजा ज्ञानेन्द्रको दासत्वबाट मुलुकलाई मुक्ति दिलाउन लोकतान्त्रिक आन्दोलनको पक्षमा लामवद्ध हुनु भएका आन्दोलनकारी मित्रहरूलाई हामी सम्पूर्ण सुरक्षाकर्मीहरूको तर्फबाट आफ्नो समर्थन रहेको जानकारी गराउन चाहन्छौं।" पत्रमा भनिएको छ, "देशमा बढ्दो बेरोजगारीका कारण हामीले बन्दुक समाते पनि हामी मातृभूमिका सिपाही हौं तर राजा ज्ञानेन्द्रका दास होइनौं। हामी गरिबका छोराछोरीलाई बली चढाएर राजा बन्ने ज्ञानेन्द्रको चाहनालाई चकनाचुर पार्न सात दलले संचालन गरेको यो आन्दोलनप्रति हाम्रो कोटी-कोटी समर्थन छ।" "राजाको सोखभन्दा जनताको स्वतन्त्रता महत्वपूर्ण रहेछ भन्ने यथार्थलाई हामीले बुझेका छौं," भन्दै पत्रमा अगाडि भनिएको छ, "हाम्रो पेट काटेर दैनिक भोज खानेहरू राजाका चाटुकार भए पनि हामी हाम्रा बाबुआमा दाजुभाई तथा दिदीबहिनीको स्वाभिमानको रक्षाको खातिर अवस्था आएमा बन्दुक बुझाएर लोकतन्त्र प्राप्तिको आन्दोलनमा सामेल हुने प्रण गर्दछौं।" पत्रमा गत चैत २७ गते सुर्खेतमा गरिएको शान्तिपूर्ण जुलुशमाथि हुन् गएको हस्तक्षेपप्रति क्षमायाचना गर्दै अब हुने शान्तिपूर्ण आन्दोलनप्रति कुनै पनि किसिमको बाधा अड्चन नगरी आफूहरूको पनि नैतिक समर्थन रहने उल्लेख छ। "शान्तिपूर्ण आन्दोलन दबाउन जतिसुकै निर्मम आदेश आए पनि अब पड्कने बन्दुकहरू लोकतन्त्रविरुद्ध नभई लोकतन्त्रको पक्षमा पड्कने छन्।" पत्रमा भनिएको छ, "आम नेपाली जनताको चाहनाभन्दा हामीबाहिर हुने छैनौं।" पत्रको अन्तमा उक्त पत्र जनताको सामू पढेरर लोकतन्त्रप्रतिको सुरक्षाकर्मीको प्रतिवद्धता जाहेर गरिदिन आग्रह पनि गरिएको छ। तर जिल्ला प्रहरी कार्यालयका एस.पी. योगन्द्रबहादुर कटुवालले आफू मातहतका निकाय र सुरक्षाकर्मीबाट यस्तो पत्र प्रेषित नभएको ठोकुवा गर्नुभएको छ भने शाही नेपाली सेना र सशस्त्र प्रहरीबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन।
karmarana
· Snapshot
Like · Liked by · 0
Probably Gyane asked them to write that letter !! Be Careful.
lfc123
· Snapshot
Like · Liked by · 0
security forces haru sabbaii ek se ek raja ko support ma, raja partti aparampar biswas bhayera manche lai tear gas ra bullet chadya ta hoina ni..they are servants of the state, mathi bata j order aaucha tehi ta garchan ni tini haru, taht is what they get paid for..tara bhitar ta hami jasti nepali ta hun ni policel, hawaldar, sena sabbai. bolna milena ra po...
ALSON Nepal
· Snapshot
Like · Liked by · 0
i respct your views mahila nani ....AN
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 30
· Posts 33 · Viewed 3925 · Likes 9
· Posts 24 · Viewed 2908
· Posts 1 · Viewed 83
· Posts 19 · Viewed 2995 · Likes 1
· Posts 13 · Viewed 2226
· Posts 1 · Viewed 102
· Posts 1 · Viewed 72
· Posts 1 · Viewed 72
· Posts 2 · Viewed 408



Travel Partners
Travel House Nepal