साथीहरू
इन्क्लाबी अभिवादन !
सारा देश लोकतन्त्रप्राप्तीको आन्दोलनमा जुर्मुराई रहेको बेला, कविता मार्फत लोकतन्त्रको पक्षमा स-सक्त आवाज उठाउने सबै लोकतान्त्रिक फूलहरुलाई उन्नु नै यो धागोको उद्येश्य हो । आउनोस सबै जना हाते मालो गर्दै अघि बढौं र राजतन्त्र नढलेसम्म यसलाई निरन्तरता दिंऊ ! हाललाई मेरो कविता:
नेपाली जन ती हेर जागे॥
जागे जागे ! हेर ! अब जागे
नेपाली बीर ती, हेर जागे !
हेर सारा बिश्व ! यिनी जागे !
विप्लवी पथ ली, अघि लागे ॥
सतकौं सुतेर आज जागे !
दासबाट जन्ता हुन जागे !
इन्क्लाबी नारा लिई जागे !
चेतनापुञ्ज ती अघि लागे ॥
सुकेका तन लिकन जागे !
बिभूक्ष भैकन पनि जागे !
स्वतन्त्रताका निम्ति अब जागे !
हातमा हात ली अघि लागे ॥
“गणतन्त्र” लक्ष लिई जागे !
कवच कात्रोको साथ जागे !
सैलावी गतमा अघि लागे !
कण्टक पथका जति भागे !
नेपाली बीर ती हेर जागे !
हेर सारा बिश्व ! यिनी जागे॥
ye meri bassai.......
kati ramro kabita padhna paiyo bhane
la la pragati chha hai rishi jee ko
धेरै राम्रो छ।अरु पनि जाओस् न
Rishi ji ...kya ho...yesto ramro kabita lekhne maanche kina yesari lukera basya ho sajha ma....hehe..Subesh ji pani kabi jasto lagyo....Rishi ji ra subesh ji ko jodi ek dam dami hola jasto chha...hehe...anyway...very nice poem...keep writing!!
ohh..forgot to greet Sristi...hehe..pheri risaula bhanee daar..hehe...anyway good to know that sristi too loves poem :) ...
Once again....rishi ji and subesh ji (shall i unify both of you and called as Risu... hehe)keep writing !!!
ओ हो! ऋखीका कविता सुन्न मुन्छे ओइरिएका. अरु नि सुन्न पाम्.
सृष्टिज्यु , निकुञ्जज्यु, गौतमज्यु, आरडेन्टज्यु, नेपालीठिटोज्यु, तथा दादा
धन्यवाद सबैजनालाई कविता मुन पराइदिनुभाकोमा !
सृष्टिज्युको शब्द बृष्टिले मेरो कवि मनलाई झन्कृत बनायो अनि निकुञ्जज्यु पनि यो स्यानो लोकतान्त्रिक कुञ्जमा आइदिनुभएर लोकतन्त्रको बोली अझ गुञ्जाम्न मद्धत गर्नुभएकोमा धन्यवाद । गौतमज्यु हजुरका कविता हरुको एउटा पंखा त म पनि हो है । नेपाली ठिटो तपाईँको हौसला पनि एउटा कारण हो मेरो कलम चल्नमा ॥ आरडेन्टज्यु हजुरको नाम जस्तो कुरो पनि तेस्तै रैछ ।यति धेरै लोयाल नबनम न, कति हतारो रिसु बनाम्न ॥ सुबेश रिसार बम भा'छ, सात पार्टि रिसा'जस्तै ; उसको नाम पछाडी भो भनेर । अब उसको नाम अगाडी राखेर 'सुरी' बनाम्न त भएन नि हगि नत्र यो कुञ्जमा बिरालाहरु आउलान् । फेरी सुबेश बिजी रे खै के जाति कथा लेख्दैछु भन्थ्यो, दादाले भनेको रे ॥ तेसैले सुबेशजी सँग कुरो मिलेन अत: ऋषी र सुबेशलाई संयोजन नगर्ने ॥
दादा ! तेत्रा बिधी मुन्छेहरु मेरै कविता सुन्न आ'हुन् त ॥ मेरी बास्सै म त सक्दिन सुनाम्न । भिंड देखेछि पसिना आम्छ हो !
पिता पुत्र सम्बादलाई पूर्ण बनार टाँसेको छु । पैलेको अलि अपूर्ण भा जस्तो लाग्यो केरे ॥
पिता-पुत्र सम्बाद ॥॥
अग्ला अग्ला साँधका खोपी-भित्र
सिंची घाँटी ह्विस्किले पत्र -पत्र
आँखा राता, ओठ - तालू सुकाई
काने- खुसी पुत्र - पिताको हाई !
“रैती सारा आज जागेको हेर”
फुट्यो बोली पिताको मन् अधीर
“थाम्नै गार्हो आज भो यो मलाई
गद्दी घाँडो दाइको रैछ हाई !
ब्यर्थै नाना पर्व - काण्डै रचेर
सीधा - सादा भारदारै सकेर
हाँक्ने स्वप्ना देश यो राज गर्दै
तिम्रो मेरो तुरियो आज चट्टै !
इच्छा सारा लोकको स्वामी बन्ने-
लुट्दै फेरी देश यो मोज गर्ने-
वैल्यो । हाई ! फुल्नु भन्दा अगाडी
जन्ता जाग्दा चेतना दीप बाली ॥
आँधी आयो एक ठूलो बिशाल
चिथ्रा पार्यो आज सम्पूर्ण जाल
बुन्थ्यौं हामी एक भै आफ्ना निम्ति
गम्थ्यौं ब्यर्थै बिष्णुको रूप सम्झी ॥
भैगो धेरै गर्नु के लौ बिलौना ?
जन्तालाई ब्यर्थ सम्झ्यौं खेलौना
पैले हाई ! किन आएन सुद्दि !!
उल्टो हुँदा नास्सिंने बेला बुद्धि” ॥
बाङ्गो मुन्टो नेत्रमा आँशु टम्म
ह्विस्की लागी चाल झन् झम्म-झम्म !
लाली उड्यो, चेहरा खिन्न - बुङ्ग
बिझ्यो काँडो पुत्रको मुटु सन्न ॥
गाँजा भर्दै हातले, सर्को तानी
“आशा सारा रल्लिए हिम – रानी”
बोल्यो घोक्रे स्वरमा धुन्ध - कारी
रूञ्चे बोली ! मुख बिकृत पारी ॥
थाम्नै गार्हो ! लौ न ! माता हुरुक्क !
सारा खोपी आँशुले सुक्क - सुक्क ॥
झिक्दै बन्दुक् खोपीको द्वार खोली-
“मार्छु सारा रैति” को बोल बोली –
हिंड्नै आँट्यो धुन्ध-कारी जसै ता -
छेकी बाटो पुत्रको त्यो पिता ता
बोले “बाबू ! जोसमा होस राखे !
सत्ता रुपी घाँसको जाल फ्याँके !
नेता रूपी मत्स्य ती अल्झिएमा
सत्ता फेरी आउला यो जुनीमा ।
आशा बुझ्यौ यत्ति नै ! वत्स मान !
ज्यूने मर्ने यत्ति मै ! खास जान” ॥
बोले “बाबू ! जोसमा होस राखे !
सत्ता रुपी घाँसको जाल फ्याँके !
नेता रूपी मत्स्य ती अल्झिएमा
सत्ता फेरी आउला यो जुनीमा ।
... ... ...
नेता हो ! खबरदार !!
जाली त्यो दरवारको छतमुनी षड्यन्त्र नाना थरी
बुन्दै, हे जन हो ! कयूँ सतक ता बिते गए सत्वरी ।
जन्मे नृप अनेक राज - कुलमा रैती त भोकै रहे
स्वामी भै जनको लुटे मुलुकको बैभभ्य सारा हरे ॥
मिथ्या ती बहुतै गरी सपथ औ आशा जगाई कन
सत्तामा पहुचीं तिनै जनकले खोसेर सोसे तन
कैल्यै माड अहो मिलेन ! जगका भोका ता भोकै रहे
नांगा कामिरहे मिलेन कपडा स्वामी धनी भै रहे ॥
बच्चा के बिधवा, बुढा, युवक या आशक्त प्रजा सब-
बग्थे श्रमिकका पसानी तर ती लागे उँभो नै कब ?
रोटी औ कपडा र वास - थलको जोहो हुँदा मुश्किल
निर्धा हेरु जली रहे सबल ता मोटाउँथे हर् पल ॥
त्यस्तो ब्याल परम्परा मुलुकको च्यातेर फालीकन
लक्ष्य त्यो अब ता समान हकको चौतर्फि फैंलाउँन
कालो बादल त्यो अचेत - पनको च्यातेर मिल्काउँदै
फाँडी घोर – घना बिषाक्त जगको दुर्मेष पन्छ्याउँदै-
ब्युँझे ती जनता लिई सलिल झैं सैलाव इन्क्लावको
मन्त्र - क्रान्ति लिएर, शान्ति पथमा सातो हरे भ्रान्तको ॥
मौका एक अमोल आज अहिले मिल्दो भयो सिर्जन
जन्ताको बलमा अहो ! मुलुक यो सद्मार्गमा लम्कन ॥
नेता हो ! अब लौ ! लिईकन छिटै संकल्प उन्नतिको
त्यागी मोह सबै मतान्ध नबनी, फड्को नया युगको
मार्नै पर्दछ आज ! यत्ति तिमिले बुझ्नै सकेनौं भने
लक्ष्य त्यो जन - तन्त्र ! भेदन यदी गर्नै सकेनौ भने-
कालो त्यो इतिहासको सगरमा, बुझ्यौ ! खल-पात्र भै-
कोरिन्छौ । जनको महा - सकटको गाली हुनेछौ कठै ॥
भन्नेछन् नव सन्तती सब यहाँ नेता नपुंशक् थिए
जन्ता कै बलमा बढे तर पनि धोका तिनैले दिए ॥
अस्तु ॥
“चोरको मोज, शूलीमा साधु” अहो किन यस्तो भो ?
पानी महँगो भयो धेरै, श्रम्को पसिना सस्तो भो ॥
अन्धेर नगरी, चौपट्टे राजाको कथा जस्तो भो ॥
सहनु सहे अतिमा खति हुन्छ - हुन्छ जस्तो भो ॥
चुनिई जाने नेता सबै निकम्मा हुँदा यस्तो भो ॥
सत्ताको भोका सबै हुँदा जन्ताको हुर्मत् कस्तो भो !!
गिद्धले सीनु लुछेझैं यीन्को आँखामा स्वप्ना बस्दो भो ॥
कुर्सीमा हत्ते नेताको, सहिद्को रगत् सस्तो भो ॥
तुरिनै लागेथ्यो सपना, फक्रेला आज जस्तो भो ॥
लुटाहा, फटाहा, मुसो त्यो, जालमा आज फस्दो भो ॥
उर्लदा भेल जन्ताको, सामन्त चुप्चाप बस्दो भो ॥
कसेर मुट्ठी उठेमा अझै दर्वार् - जीर्ण खस्दो हो ॥
वा वा रिशिजी, धन्यवाद है, मर्मस्पर्सि कबिताको लागि। रिसि जी पनि गोर्खालि हो कि क्याहो?
आजलाई यो बुद्ध जयन्ती बिशेष !!
आऊ-आऊ बुद्ध ! संसार तार॥
ठूला - ठूला युद्धले त्रस्त सारा
खोला नाला रक्तले लाल लाल
मर्थे मान्छे ब्यर्थको काट -मार
बुझ्नै गाह्रो युद्धको कार -वार ॥
बोकी खुँडा हातमा वीर भन्थे
काटी दिन्थे शीरमा छेद बन्थे
मर्थे मान्छे हुन्नथ्यो क्यै कसूर
मानव्ता त्यो भाग्दथ्यो दूर-दूर ॥
शोला बन्दै बर्सने यत्र - तत्र
पग्ली घृणा नैनका कापबाट
स्वर्गङ्गा मै नाशको अर्घ घोली
पोख्थे मानौं चन्द्र दूराकासबाट ॥
धर्ती माता खिन्न भै भार सारा
बोकी हिन्थिन् पापको त्यो फुहारा
पर्खी पर्खी बुद्धको जन्मलाई
धर्ती बस्थिन् आस नौलौ जगाई॥
आए आए बुद्ध ती पाप हर्न
सारा धर्ती शान्ति सन्देश छर्न
सारा सारा युद्ध ती दूर भागे
निन्द्रा त्यागे मानसी साथ लागे॥
आँकूरा ती शान्तिका फुट्न थाले
हाँसो - खुशी, पल्लवी झुल्न थाले
घृणा भाग्यो, मूढता सुक्न थाले
थुँगा राम्रा प्रेमका फुल्न थाले ॥
खाँचो फेरी बुद्धको यो धरामा
विष्फारींदा युद्धको कार - वार
नासी घृणा प्रेमको उष्णतामा
आऊ ! आऊ बुद्ध ! संसार तार ॥
अस्तु!
हरिशचन्द्र जी !
धन्यवाद ! म गोर्खाली हैन । म त सहिद सेतु बिक को गाँउको परें।
बुद्ध-जयन्तीको अवसरमा लेखिएको माथिको कवितालाई साफी गर्दै पुनर्लेखन गर्ने प्रयास गरेको छु !
आऊ-आऊ ! बुद्ध ! हाँसी मुसुक्क ॥
ठूला - ठूला युद्धले त्रस्त सारा
खोला नाला रक्तले लाल लाल
मर्थे मान्छे ब्यर्थको काट - मार
बुझ्नै गाह्रो युद्धका कार - वार ॥
बोकी खुँडा हातमा वीर भन्थे
काटी दिन्थे शीरमा छेद बन्थे
मर्थे मान्छे ब्यर्थ बित्थै कसूर
मानव्ता त्यो भाग्दथ्यो दूर-दूर ॥
शोला बन्दै बर्सने यत्र - तत्र
घृणा मात्रै नेत्रका काप भित्र
कंगाली ती दरिद्रीले डसेका
नैराश्यै ती दीन - दु:खी बसेका ॥
धर्ती माता खिन्न भै भार सारा
बोकी हिंड्थिन् पापको त्यो फुहारा
पर्खी- पर्खी बुद्धको जन्मलाई
धर्ती बस्थिन् आस नौलौ जगाई॥
आए- आए बुद्ध ती पाप हर्न
सारा धर्ती शान्ति सन्देश छर्न
डाँडा-पाखा शान्ति नै गुञ्जियो त्यो
ढाकी पारावार नै फैलियो त्यो ॥
आँकूरा ती शान्तिका फुट्न थाले
हाँसो फक्रे पल्लवी झुल्न थाले
घृणा भाग्यो, मूढता सुक्न थाले
थुँगा ठूला प्रेमका फुल्न थाले ॥
सारा-सारा युद्ध ती दूर भागे
निन्द्रा त्यागे मानसी साथ लागे
नौला राम्रा व्योमले सप्तरंगी-
ईन्द्रेनीको सृजना गर्न लागे ॥
नाशी चोला बुद्धले यो धरामा
त्यागे धर्ती मोक्ष बाटो समाते
देवै ठूला शान्ति पर्यायवाची
सारा - सारा लोकले बुद्ध भाके॥
तुवाँलोले कालको यो धरामा
ढाक्यो सारा बुद्ध सन्देश आज,
धर्ती फेरी रुग्ण भो रुग्ण हेर
दोहोरिंदा युद्धका कार – वार॥
घृणा फेरी फैलियो अन्न – धन्न
बिझ्यो काँडा, प्राणमा सन्न - सन्न
धर्ती रुन्छिन्, लाजले सुँक्क-सुँक्क
आऊ, आऊ ! बुद्ध ! हाँसी मुसुक्क ॥
धन्यवाद
अस्तु
ऋषीजी,
म त तपाईँको कविता पढेर छन्दमा बगेँ, लयमा तैरिएँ, शब्दमा बुनिएँ र शैलीमा हराएँ!!!
गजब छन्!!
Rishi is a "Tear Poet" , I liked the way he replied to Bhale.
बिर्खे ज्यू, नेपाली टेक्सान ज्यू ॥
धेरै धेरै साधुवाद हजुर हरुलाई कविता पढिदिनुभएकोमा ।
बिर्खेज्यु म त बामे सर्ने प्रयासमा छु , लेख्ने प्रयासमा मात्र छु । टेक्सान ज्यू म हजुरले भन्या जस्तो टियर कवि काँबाट हुनु, भर्खर तोते-तोते बोल्न सिक्दैछु ।
नया कविता यो चैं शास्त्रिय छन्दमा छैन, लोक छन्दमा लेखेको छु, तल पस्केको छु । यसलाई साफी त फेरी पनि गर्नु पर्छ होला, हाललाई टासिंहालम न भनेर ।
२०६४ ज्येष्ठ चार् गते
दुई-हजार् त्रिसठ्ठी साल् ज्येष्ठ चार् गते
सिंह-दर्वार् हल् भित्र जन्-प्रतिनिधी गाथे
अस्सी काटे पनि युवा हाम्रा प्रधान् मन्त्री
जरै देखि उखेलेर फाले हुकुम् तन्त्री ॥
सिद्यो अब जाहानी शासन
सत्तामा भो जन्ताको आसन
तीन - सतक् सम्म ता पोसेर
फाले जुको जन्ताले घोचेर ॥
जात – धर्म, छुवा – छुत कुरिती ती हटे
नेपाली ती अब सारा विकाशमा डटे
श्रम रोपे पहरामा सिंचे पसिनाले
उन्नतिको मूल फुट्छ भन्छन् हिमालले ॥
सवै जुटौं गणतन्त्र निम्ति
चुनावमा संबिधान् -शभाको
भाग्य आफ्नो आफैंले लेख्न त
सम-हक् छ यो देश्मा सवैको
नया नेपाल् बनाउनु छ यस् निम्ति उठ
जागा हर्दम् बस्नु पर्छ नेपाली हो उठ
सुत्यौं भने हामीहरु नेता बन्छन् गिद्ध
सत्ता लुछ्न सुरु गर्नन् सामन्त ता सिद्ध ॥
जागि राख नेपाली अब ता
नेपालको सुरक्षा खातिर ॥
हाते-मालो गरेर अव ता
अघि बढौं देश् यो सजाउन ॥
अस्तु
धेरै दिन पछि फेरि घुम्दै फिर्दै ऋषी दाजुका कविताहरु पढ्न आइपुगे। लोकतन्त्र बाहलीले त ऋषीदाजुको सृजनालाई झन झन बढावा दिएको जस्तो लाग्यो।
धेरै राम्रो छ। सृजनाको श्रृंखला अटुट जारि रहोस्
धन्यवाद नेपाली ठिटोज्यू अनि सम्सत पाठकहरुलाई पनि धेरै धेरै धन्यवाद ।
वास्तवमा नेपाली ठिटोज्यूले भन्नु भा जस्तै हालका दिनहरुमा मेरो कलम अलि-अलि गतिशील भएको चैं हो । केहि हदसम्म जनआन्दोलन २०६३ र तेसपछिका परिवर्तनहरुको असर ममा पनि परेको छ नै ।
हालसालै म दर्वारको गृहपृष्ठ भित्र छिरेको थिंए र यसक्रममा मैले हाम्रा धुन्धकारी युवराजको प्रोफाइल हेर्ने शौभाग्य पनि पाएँ जहाँ वहाँको शौख कविता लेख्ने रैछ ।विडम्बना नै भन्नु पर्यो वहाँद्वारा सृजित कुनै पनि कविता मैले हाल सम्म पढ्ने शौभाग्य नपाएको हुँदा, वहाँका निम्ति मैले एउटा गीत (जुन राम थापा वा कुमार बस्नेतजीको लयमा गुन्गुनाउन सकिन्छ ) लेखिदिएको छु ।साझावासी हरुका निम्ति सो गीत ह्याँ टाँस्ने जमर्को गरेको छु ॥
पारश शाहको गीत ॥
ए बा मलाई, डिस्को जान देऊ
खैरो-खैरो
खैरो-खैरो चिनी खान देऊ
ए बा मलाई, डिस्को जान देऊ !!
प्रजासँग डराउने भे
राजा किन भाको ?
यस्तै दुर्दिन् भोग्न हो र
तेत्रो काण्ड मचाको ?
बुझ्दिन म
बुझ्दिन म लोक्, शोक् तन्त्र
बन्दूक गोली देऊ, मलाई देऊ
ए बा मलाई
ए बा मलाई डिस्को जान देऊ !!
कालो चस्मा लाँउछु म
कालै पदार्थ खान्छु ।
भन्या तिम्ले नमानेमा
तिम्लाई गोली हान्छु !!
घाँस खाने
घाँस खाने बाघ हैन
नर-भक्षी हुन देऊ ।
ए बा मलाई
ए बा मलाई डिस्को जान देऊ !!
ए गुरु! "रित्तो(pronounced null and void) चुनाउ" अगाडि लेखेको कविता सुनुम् न.
यी त पछाडिका भए केरे नि.
दादा,
धेरै पैले ज्ञानु सरकारले सत्ता लिएपछि प्रतिकृयास्वरुप लेखेको एउटा कविता छ, जुन आम्रिका बाट प्रकासन हुने नेपाली पोष्टले प्रकासित गरेकोथ्यो, त्यो कविता भन्नु भा हो की हजुरले, ल तल टाँसिदिन्छु नि त ।
पूकार
लाली त्यो क्षितिजै भरी अबनिको पोतेर अस्ताउदा
सूर्जे ती जसरी डुबी गगनमा निम्तन्छ कालोपना।
त्यस्तै “हे जन हो”। कठै अकारणै नेपाल बन्दी भयो
छोप्यो बादलले घना सगर भो एक्छत्र सामन्तको ॥
॥१॥
बोल्ने त्यो अधिकार कुण्ठित भयो सेतो र कालो पनि
खुट्याएर यहाँ सही गलत लौ को भन्न सक्ने अनि ?
मान्छेले सुचना कठै अब हरे। के पाँउथे सत्यको ?
उल्टो त्यो गतिमा समुन्नति अहो। पत्याउने मूर्ख हो॥
॥२॥
अस्ताएर डढे भयानक हिजो ओजेश भन्नेहरु
मुर्झाएर सुके सबै जगतका सामन्ति सत्ताहरु।
साक्षी बिश्व छ टिक्न ता अब कतै सक्दैन एक्तन्त्र भो
बन्दुक्का बलमा कतै पनि यहाँ छेकिन्न लोक्तन्त्र यो॥
॥३॥
नेपाली जनको पवित्र मनमा नेपाल कै बास छ
भूमी त्यो छ अखण्ड पो र त यहाँ स्वायत्त नेपाल छ।
आफ्नो त्यो अधिकार देश, जनता प्रति बिचारी कन
नेपालीहरुको भबिष्य अब ता निर्माण गर्ना कन॥
॥४॥
झुल्काएर नया बिहानी भुमिमा प्रकास लोक्तन्त्रको
रैतीबाट छिटै भएर जनता फालेर सामन्तको।
एक्तन्त्री, हुकुमी, मतान्ध र हठी जाहानिया शासन
नेपाली बढ लौ अघि अब गरी सोघोषणा क्रान्तिको ।।
॥५॥
२००५।०२।११
अमेरिकाबाट प्रकासित हुने ई-पत्रिका “नेपाली-पोष्ट” मा प्रकासित।
Please log in to reply to this post
You can also log in using your Facebook