Naya Barsha Behaal Cha...jira
न सुर छ, न ताल छ
केटि फकाउनीहरुको आफ्नै मायाजाल छ
ढोकैदेखि डिस्कोमा कोलाहाल छ
साबधान काचाकचिलाहरु!
यो पालाको नयाबर्ष बेहाल छ
शुभकामना दिनेहरुको आफ्नै जन्जाल छ
चिन्नु न जान्नुको बर्नाड शर्मा, जेनिफर भन्डारी, ग्लोबल नेपालि
हरफ उहि शब्द उहि, फरक... मात्र २०६३ साल छ
लाग्छ 'रिप्लाई अल' को कमाल छ
यो पालाको नयाबर्ष बेहाल छ
सक्नेले खाए, खानेले सके
बिदाको सदुपयोग गर्न घरमै जुवाको खाल छ
अब कस्ले भन्छ ? ..नेपालमा अनिकाल छ
देशमा कराउने भन्दा बिदेशमा भुक्निहरुको फालाफाल छ
यो पालाको नयाबर्ष बेहाल छ
यता टयाम्के भुडि हल्लाउदै बा मातेर बबाल छ
ड्याडिलाई देखिस्यो?, छोरीको यहि सवाल छ
छाला चाउरि परेनि आमाको खैरो कपाल छ
कलचरल प्रोग्राममा आलटाल छ
यो पालाको नयाबर्ष बेहाल छ
उता लोडसेडिङको किङ मैनबत्तिको धिपधिपे चाल छ
बिजुलि नजादै पाक्या चिसो दाल छ
अगाडि भातको थाल छ, मासुमा साउनीको कपाल छ
नखाउ भने क्यान्डल लाईट डिनरको सवाल छ
यो पालाको नयाबर्ष बेहाल छ
जिराको कबिता राम्रो लाग्यो है।
राम्रो काम गर्नेलाइ गाल छ
चोरि ठगि गर्नेलाइ धमाल छ
चाकडिबाज र पुछ्छर केलाउनेको त कुरै छाडौ,
तिनको त जुनै ब्यबस्था आएनि मालामाल छ
त्यसैले त यो नयाबर्ष बेहाल छ।
Nice muktav..............I like it........keep it up......
देशमा कराउने भन्दा बिदेशमा भुक्निहरुको फालाफाल छ
jira....you are one of a kind....what an apt satire!!!!
" देशमा कराउने भन्दा बिदेशमा भुक्निहरुको फालाफाल छ"
yo chahi mero manma lageko kuro thiyo.
हो ! न सुर छ न ताल छ
एहां त नयांबर्षको मात्र हैन गुरु, आफ्नो नि बेहाल छ ॥
बिहान उठ्ने बित्तिकै दर्शन पाइने कि चर्पिको प्वाल छ
कि त कामको चपेटामा परेको यो मेरो संसार छ ॥१॥
तर जे भे नि,
तर जे भे नि, मैले त सुनेको साथि
मौसममा बहार छ, सरप्राइज उपहार छ ॥
अरु को त के हुनु यार, जिरा दाइकै मालामाल छ
जिरा दाइकै मालामाल छ ॥२॥
२०६३ नवबर्षको हार्दिक शुभकामना !!!!!
पण्डित
aaja naya barsha alikata push dina paryo
Awesome jira....you made my day...:)
Jiraaaaaaaa brooo!!! Waaaaaaaaaaaaaaah!!! Lutyo lutyo, sotrammai paryooo.. :D Yesto po kabita... :P
Haahaoooo!!! Happy 2006 to you. माईतीको हालखबर कस्तो छ? eh.
सक्नेले खाए, खानेले सके
अनि,
(नसक्ने जति गनतन्त्र गनतन्त्र भुनेर गनगन र लौतन्त्र लौतन्त्र भुनेर लौ लौ गर्दै पालो कुर्दैछन्।)
मलाई जिराजीले भुनेको यो "अनलाइन डेमोक्रेसी" भन्ने व्यगांत्मक शब्द साह्रै मुन प-या छ है।
मौका पर्दाखेरि मेरै ओरिजिनल शब्द हो केटा हो भन्दिन बेर छैन, अर्कै ठाममा त। रे क्या!
नयाँ वर्षको शुभकामना है जम्मैलाई!
जिराजी, पण्डित, साझाको मेल हेर्ने ग-या छैन कि क्या भन्छु?
Great Composition. Enjoyed a lot! ..Thanks Bro!
.
हे हे हे जिराजी,
जिराको धुलो जस्तै इसपाइसि कुरो लेख्नुभो :)
Satiric and Telling! :)
Jira dai, tyo spontaneous blogs lai ni nirantarta dinu paryo ni. miss those!
nice one
especially the one
haraf oohi, shabda oohi, farak 2063 saal cha
reply all ko kamal cha
:)
ghach.chik cha jiradai bayan. tyai bhera mastira dhakelya ke..
thank you all for reading.
Dada, my email in sajha does not work. Please contact me at jiradhaniya@yahoo.com.
Please log in to reply to this post
You can also log in using your Facebook