bhaute lai khoji pau - Sajha Mobile
SAJHA MOBILE
bhaute lai khoji pau
Posts 44 · Viewed 14265 · Go to Last Post
poor nepali
· Snapshot
Like · Likedby · 0
Lau na sajha basi haru yo bhaute le ramra ramra kura ra mitha mitha kabita sunayera aphno maya jal ma malai phashayera ajakal bepatta bhayo. sajha basi lai mero dui jodera binti bhaute lai khoji pau.
Load Previous
world_map
· Snapshot
Like · Liked by · 0
गोतामे ज्यूको शंका नि ठीक हुन सक्ला, भौतेले नेपाली जोगीको भेष धारण गरी आएको। हैन, यो भौतेले पनि घरीघरी कति मुखुन्डो फेरिरहन सक्या हो? भौतेको पुरानो नाम चैं सरूभक्त-२ हो। तैपनि नेपाली जोगी नै भौते हो भन्ने कुरामा चैं अझैं अलि शंका छ मलाई। जे भए नि, भौते काजीलाइ फेला पार्नु हुने महानुभावले साझा प्रहरी चौकीमा बुझाइदिनु हुन या फोन नं १-४२० ४२० ४२० मा फोन गरी सूचित गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
Thaha_Panyen
· Snapshot
Like · Liked by · 0
LOL-la
poor nepali
· Snapshot
Like · Liked by · 0
malai bhaute bhaane mitra haru tyesto nachaine kam maile kina garthe RAM RAM. yo ta ghau ma noon chuk dali deya jasto bhayo ni. Tai pani ramrai bhayo aba ta auchan ki bhaute canada tira ko dulo bata bahira, ma poor haina bhandi. Canada ma basera tanna camayeka chan re uni k ko poor hunu ni. Ma ta tyehi taha payera unko pachi lageko. Nepal ko choro lai photu tasideyko ma dhannya bad. Kasto jhilkey raichan bhaute. Aba ta jhan lagi parera khojnu paryo. Bhauteeeeeeeeeee I am commingggggggggggggg
miss_ me
· Snapshot
Like · Liked by · 0
"जे देखे नि पिउनु पर्ने कस्तो मेरो रहर पनि घुट्क्याइदिउँ की जस्तो लाग्छ कैलेकाहि जहर पनि" मलाई डर लाग्यो भउते कतै .......... ? :( साच्चिकै माथिको भउतेजी नै हो त? अनुहार त हसिलो नै रहेछ।मेरो अन्दाज अलि अलि मिले जस्तो छ:) poor nepali लाई अग्रिम शुभ-कामना!!!
Poonte
· Snapshot
Like · Liked by · 0
ओ हो! भउते काजी त निकै हिरो पो रईचन। अस्ति सम्मुन त साली मरेनी दिन्न भुनेर काखी च्याप्या हो के रे, अहिले त आफैं जाम जाम लाग्यो भउते संग! सालीलाई नि उछिनेर! जाम् क्या रे भउते काजी ब्रोक ब्याक माऊनटेन घुम्न! :p lol लौ न! कसैले खोजी देऊ भउते! गुहार! गुहार!!!!!!!!!!!!!! eheheh!
flip_flop
· Snapshot
Like · Liked by · 0
Poonte, a man with humor filled brain.:P Yo manchele kati hasauna sakya ho.
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
भौतेलाई केनडाँडा, अउँरिका र नेपालमा खोज्दा नभेटिएकोले भारततिर व्यापक खोजबिन चलिरहेको कुरा हाम्रा सम्वाददाताले बताऊनुभयो। पहिलो चरणको खोज जारि छ जस अंतर्गत भारतको टेलिभिजनमा भौते हराएको सूचना दिँदा नेपाल भित्रै पनि नेपाली च्यानल भन्दा भारतिय च्यानल हेर्नेको संख्या बढि हुने र साथै अमेरिका र क्यानाडामा समेत सो च्यानल खोजि खोजि हेरिने हुँदा भारतिय च्यानलमा भौते हराएको सूचना प्रशारण गरिएको कुरा थाहा हुन आएको छ। प्रस्तुत् छ उक्त सूचना- भौते उर्फ सरुभक्त दिनांक ९ फरबरीसे साझाल्याण्डसे लापता है! कद- पाँच फुट आठ इन्च रंग- गोरा गोरा थोडा साँवला गजल और कहानि लिखते हुवे कभि कभि जहर भि पि जानेकि बातेँ करता है। एक पुन्टे करके आदमीकि सालीका दिवाना है। अगर आप मे से किसिने इस व्यक्तिको देखा होँ तो सदर पोलिस ठाना मुम्बै मे खबर करेँ। खबर करने वालोँको बाँलिवुड के पिक्चरमे भिलैन के चम्चेका एक रोल मिलेगा। संघिय लापता खोज ब्युरो झोपडपट्टि -७, पतलि गलि अंधेरी इष्ट, मुम्बइ दूरंभाष- सात शुन्य शुन्य, शुन्य शुन्य छह, नौ शुन्य पाँच (७००००६९०५)
miss_ me
· Snapshot
Like · Liked by · 0
:)
world_map
· Snapshot
Like · Liked by · 0
Lol..पून्टे दाई र माईल्दाईले हँसाए। केनडाँडा, फागुन २३, साझापुर संवाददाता। केनडाँडा, अम्रिका, नेपाल, भारत लगायत विश्वको कुनाकाप्चामा धुरन्धर विद्वान् एवं गजल, कविता र दोहरीमा विद्यावारिधिका दावेदार श्री भौते काजीको व्यापक खोजी भैरहेको बेला हाम्रा गुप्तचर सुलसुले टपर्टुईँयाले एक सनसनीपूर्ण समाचार संकलन गरेका छन्। उनका अनुसार भौते काजी पून्टेकी साली सुश्री पून्टू मैयाँ सँग ईथियोपियाको राजधानी अदिस अबाबाको तीनसय किलोमिटर उत्तर पश्चिममा पर्ने पहाडि भेगमा केवल ढींडोको रोटी फलाहार गर्दै दोहोरी प्रतियोगितामा संलग्न छन्। सुश्री पून्टू मैयाँले आफूलाई दुर्गम स्थानमा दोहोरीमा हराउनेसँग मात्र बिहे गर्ने प्रतिज्ञा गरेकिले यसप्रकारको कठीन परीक्षा दिनु परेको भौतेकाजी खुसुक्क बताउँछन्। तैपनि पून्टू मैयाँ दोहोरीमा अत्यन्त पोख्त भएकीले उनलाई हराउने कुरामा चैं भौतेकाजी स्वयं पनि दुविधामा छन्। हेरम् के हुन्छ?
KaLaNkIsThAn
· Snapshot
Like · Liked by · 0
पुण्टे दाई र भाउते हिरो ब्रोकब्याक माउन्टेन गए त मेरो त चाँदी कटिङ्ग हुन्छ नि फेरी।।। दुईवटा काँडा बाटो बाट हट्छ!! दाईको साली त डाईरेक्ट मेरै!! :P बिर्खे ब्रो नि, भाउते क्यानाडामा हराको छ, हिन्दीमा सुचना टाँसेर कल्ले भेट्ने नि? eh.
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
Kalanki Bro, Canada ma tanna indian chan ke. K tha kasaile tyo hindi notice padhera BHAUTE guru lai fela po pari halcha ki. :)
world_map
· Snapshot
Like · Liked by · 0
हैन, यो भौते काजीको दोहोरी अझै सकिएन र भन्या? पून्टे दाइकी साली पून्टू मैंयाले त भौतेलाई फनफनी घुमाईदिए जस्तो छ नि दोहोरीमा। अझै कति लामो गुप्तबास हुने हो खै?
Nepal ko chora
· Snapshot
Like · Liked by · 0
World map, Dohori nikai lamo hola jasto cha. Bhaute GURU lai MSN ma na online na dekheko pani dherai vai sakyo. Kasto thau ma pugechan GURU kunni, email ani internet pani na vako. Email pathako reply pani deka chainan Bhaute GURU LE :(
Poonte
· Snapshot
Like · Liked by · 0
मेरी साली त मै संग छ, है! नाना भाँतीको भउतेसंग पोईला गई भनेर हल्ला गर्ने को जिब्रो काटिदिन्छु! कलंकी फेरि बुरुक बुरुक उफ्र्या हेर न! अर्काऽ साली पाउन लाईं भनेर होला! बुरुक्क उफ्रने त्यो खुट्टा भाँचिदिम्? “मैड ईन ईण्डिया हाँक्की ईस्टिक” मगाको छु है मैले! खबरदार! हाईईईईईईईईईईईईईईई! मेरी बुल बुल भउते चईं साँचिकै कता हरायो? मेरो सानो खरायो भउते कता हरायो? कतै म देखि डरायो? उसको रुपले मेरो दिल नै लडायो! ehehe :p
world_map
· Snapshot
Like · Liked by · 0
नेपालको छोरा, ईथियोपियाको दुर्गम पहाडि क्षेत्रमा गुप्तवास बसिरा' भौते गुरूले पनि कसरी ईमेल, फोन गर्छन् त? काँ पाउनु त्याँ फोन र ईन्टरनेट? हाम्रा विश्वस्त सूत्रका अनुसार यदि दोहोरीमा हारे भने उनले त्यही पहाडमा कठोर तपस्या गरेर बस्ने प्रण गरेका छन् रे। जिते भने चैं पून्टू मैंयासँगै पुस्पक बिमानमा चढेर ईथियोपियाबाट केनडाँडातर्फ प्रस्थान गर्नेछन्। हेरम् के होला? हाल भौते काजी बसेको दुर्गम पहाडको नक्सा पनि हेरीहालम् न त। स्रोत: http://www.undp.org/bcpr/disred/images/mapas/africa/big/ethiopia.gif
Pretty
· Snapshot
Like · Liked by · 0
haina bahute matra haina sire pani haraeko jasto chha hai.
Ok
· Snapshot
Like · Liked by · 0
ए कुरा त निकै टाढा पुगिसकेको जस्तो पो मान्छु है म त। मैले सुने अनुसार त सिरे र भउते दुबै मिलेर *Brokeback Mountain* फिल्म हेर्न गएका रे। अनि हलबाटै कतातिर लागे भन्थे, खै कहाँ गए होलान् है साच्ची? --- ओके
fuskate
· Snapshot
Like · Liked by · 0
hey give me a full name bro.yesterday i met one guy his name is BHaute Bhahadur jung KC.if he is the right one i'll send to u guys.may u guys r efeect from boreback mountain.
Bhaute
· Snapshot
Like · Liked by · 0
माफ पाउँ मित्रहरु, जवाफ दिन ढिला भएकोमा। चौतारीमा खोजी भा'को होला भनेको त यहाँ त अर्कै धागोमा भाँडोभैलो नै भएको रहेछ। नेपालको छोरालाई इमेलमा धागो पठाइदिएकोमा धन्यवाद ! ए जोगिनी ! (poor nepali) बारीको कुनामा लुकेर ढुँगाले हानेर पनि मयाँ पिरिम फस्टाउँछ त? :p मलाइ पनि तिम्रो मयाँ बिछट्टै लाउछ नि। मेरो पनि तिमीलाई धेरै धेरै आई लप यु छ है। :-)। यी नेपालका छोराले त गुरु खुस्किए कि भनेर ढोकामा फोटु टाँसेरै बसेका रे'छन। झन्डै धुप बत्ति चै बालिसकेका रहेनछन। :-) हैन ए गोताएँ तिम्ले त सौताको छोरोले भन्दा नि बढी फरेब लाएछौ त यार ? त्यस्तो तिकडमबाजी गर्नी फुर्सत भए के के अर्थेँ के के। फुर्सत पाए त त्यति अर्न नसक्ने मुन्छे त हैन म पनि। मुन्छे जहाँ पुगे नि खप्पर र गिदी त स्याउँजाली नै हो के रे नि त। फेरि अर्नै परेसि त्यस्ता चर राखेर किन अर्थेँ र ! जे होस, सबै मित्रहरुलाई मेरो खोजी गर्नुभएकोमा धेरै धेरै धन्यवाद। अब यो खुइलिसकेको धागोमा एक एक गरेर उत्तर दिइन है मैले। गोताएँको फरेबले असह्य भएर मात्र छुस्स पस्न मुन लाग्यो। जोगिनी सँगको पिरेम त आफ्नै ठाममा छदै छ नि। :-) फेरि पनि मेरो आइ लप यु छ है जोगिनी ! :p बाहिर निस्केर नभने पछि को-कोले मयाँ गरेका छन मुलाई भनेर कसरी थाह पाउनु त। :-) :-) -भउते
floraj
· Snapshot
Like · Liked by · 0
ए भाउते तिमी यस्तो राम्रो कसरी लेख्छौ यार? पुल्चोक मा त त्यत्ती सार्हो सुनिदैन थियो नि । तर पनि त्यो न्युजलेटर म तिम्रो कबिता त आइ रहन्थ्यो नि? कस्तो पपुलर भाको यार भाउते । तिमी लाई याद छ पुल्चोक म प्रेसिडेन्ट उठेको? वाउ!!! क्य सम्झना आउछ हौ । खूब मजा भाको थ्यो । तर आज क हो यो भाउते हराको सुचना आएर पो म झसँग भाको । तिमी लाई सञ्चै छ हैन? जि ब्लक मा एउटा ले जोर थर्काको थ्यो । अहिले जस्तो लाग्छ । ७-८ बर्ष पो भैइ सकेछ । तिमी न हराउ है । बोरु कस्को साली खोजेको हो त्यो सबै मिलेर तिमी लाई मिलाउला । हेहेहे :प
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 60
· Posts 17 · Viewed 3694 · Likes 3
· Posts 1 · Viewed 152
· Posts 1 · Viewed 95
· Posts 1 · Viewed 71
· Posts 1 · Viewed 66
· Posts 77 · Viewed 18564 · Likes 16
· Posts 1 · Viewed 118
· Posts 1 · Viewed 128
· Posts 1 · Viewed 338



Your Banner Here
Travel Partners
Travel House Nepal