साझामा टाँसिने नेपाली कविताहरु एकै ठाऊँमा पढ्न र प्रतिक्रयाहरु एकापसमा आदानप्रदान गर्न पाईयोस् भनेर यो कविताको देश खडा गरिएको थियो। यो देशले सबैबाट अत्यन्तै धेरै माया र सदभाव पायो, त्यै माया र सदभावका कारण यसको यात्रा अगाडि बढ्यो र बढिरहेछ। यहाँ सक्रिय सहभागिता जनाउनुहुने कवि-कवियत्रीहरु, सुझाव र प्रतिक्रियाले हामीलाई आफ्नो लेखनी सुधार्न प्रेरित गर्नुभएका सबै साथीहरु र कविताको देशका सम्पूर्ण पाठकहरुलाई धेरै धेरै धन्यवाद। हाम्रो यो भावनाको यात्रा निरन्तर चलिरहनेछ।
साझामा ३०० पोष्टिङको सीमा हटेजस्तो छ अब। त्यसैले कविताको देशको नया भाग शुरु नगरी पुरानैमा निरन्तरता दिने हो कि जस्तो पनि लागेको थियो, तर पोष्टिङ ज्यादै धेरै भयो भने अलिकति अलमल थपिदो रहेछ पढ्ने बेलामा, विशेष गरी नया पाठकका लागि। नया
भाग शुरु गरेर पुरानो तिर जाने साँघु राखेपछि पुरानोलाई पनि हुने नयालाई पनि हुने भनेर नया भाग शुरु गर्दैछु। सकृय सहभगिताका लागि फेरि पनि सबैलाई स्वागत र अनुरोध।
कविताको देशको अघिल्लो भागतिर जानको लागि साँघु यो हो;
-
http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557
आजको लागि यो कविता। नया हो, काँटछाँट बाँकीनै छ, अहिलेलाई राखिहालौँ।
"मैले नेपाल छोडेको छैन"
हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;
हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।
एउटा जे पायो त्यहि टुक्रा!
यत्तिकै रहन्छ वा परिमार्जन हुन्छ थाहा छैन, तर पनि लेखेको हो टाँस्न मन लाग्यो!
खस्रो गुलाब-
बास्ना आफ्नो ठाउँमा छ,
कोमलता आफ्नो ठाउँमा छ,
सौन्दर्य आफ्नो ठाउँमा छ,
र फक्रेर बिहानि बोलाउने
कोपिला आफ्नो ठाउँमा छ!
तर सुगन्ध भेट्न
जरा देखि उकालो लागेको म;
बिचका असंख्य काँडाहरुमा अल्झिँदै,
चिरिँदै र टुक्रिँदै,
रगताम्य शरिर लिएर
थुङ्गा सम्म पुग्दा-
मलाई गुलाब;
खस्रो लाग्छ!
सतहि लाग्छ!
खोक्रो लाग्छ!
व्यर्थ लाग्छ,
र बेकार लाग्छ!!
वा वा, माइला, वा । क्या प्रतिकरात्मक टिप्पणी छ, जिन्दगि को। बुझ्ने लाई श्री खण्ड्, न बुझ्नेलाई खुर्पां बीडं भन्छन्, त्यो नि यहिं छन्। अस्तु!
मेरो गनथन त कता पो पुगेछ । जे भएनि मनपराइ दिनु हुने सबैलाइ अनि चुपचाप पढिदिनु हुने हजुर हरुलाई धेरै धेरै धन्यवाद
कुम्ले भाइ -गुनगुनाएको मात्र?! संगित भरेको सुन्ने मेरो रहर रहरै भयो ।:)
तिरु! - तिम्रो अघि त्यो गन्थन के BEAUTIFUL हुनत्यो नि । अनि तिम्रो टुक्रा साह्रै राम्रो
जिम्माल बा - त्यो गित को लागि हजूर पर्ति आभारी छु। अनि कति उदास कविता लेख्नु भयो नि?
ग्वाँचेको कबिता पनि कथा जत्तिकै रसिलो हुदो रे'छ र राहुलदाई अनि अनगिन्ति काँडाको टुक्रा पढेर एकछिन घोरिएर बसे
मिस, राहुल दाइ, ग्वाँचे, तिरु, जिम्मालका सुन्दर कविताहरु पढेर आनन्द लिन पाइयो, सबैलाई धन्यवाद। तिरु र ग्वाँचेको लेखनमा निरन्तरता आउनेछ भन्ने आशा छ। ग्वाँचेलाई अर्को एउटा सल्लाह, शब्द सकेसम्म घटाउनुस्। मेरो आफ्नो मान्यता 'कविताले थोरै शब्दमा, सुन्दर शैलीमा धेरै कुरा भन्न सक्नुपर्छ।' भन्ने भएकोले यो सल्लाह दिएर मुख छुचो बनाएको हुँ (फेरि अचेल आफूले लेख्न नसकेपछि, अर्काको दोष केलाएर बसेको पनि हो क्या!)। कवितात्मक कुरा धेरै लेख्नु पर्दा त्यसलाई निवन्धको रुप दिन सकिन्छ, 'भाव-प्रधान निवन्ध'। त्यस्ता निवन्धको कमी पनि छ नेपाली साहित्यमा। एउटा त्यस्तो धागो शुरु गर्ने जमर्को पनि गरौँ बरु।
जिम्माल, यो 'खस्रो गुलाब' सटीक छ, ठ्याक्कै दिमागमा घोचेर रन्थनाउने छ। शब्दहरु परीवर्तन गर्नुस्, तिखार्नुस् अझै यसलाई; तर यस्को लम्बाईलाई भने नछुनुस्। एकदम राम्रो कविता बनेको छ।
अनगिन्ती काँडाजीलाई धेरै-धेरै स्वागत छ यो भावनाको देशमा। तपाईँका सुन्दर रचनाहरु अरु पनि पढ्न पाउने आशा छ।
थोरै असल र धेरै खराब बीच भए छु
हिजो बनाई आज भत्केको पीच भए छु
न बाहुबली रावण भएछु न मर्यादा राम भएछु
सब् को काम् सघाउंदैं, ब्यर्थै चौतर्फि बद्नाम् भएछु
के जिउनु खै खाए खा न खाए घीच भए छु
थोरै असल र धेरै खराब् बीच् भए छु
नाम् कमाउने धूनमा दाम् कमाउन बिर्सेछु
आज रित्तो थालमा मनको लड्डु पस्केछु
आफ्नै नजरमा आज आफै नीच् भए छु
थोरै असल र धेरै खराब् बीच् भए छु
वाह वाह राहुलभाइ - गज्जब छ ल ।
न बाहुबली रावण भएछु न मर्यादा राम भएछु
सब् को काम् सघाउंदैं, ब्यर्थै चौतर्फि बद्नाम् भएछु
साथीह्रुको कबिता देखेर मलाई पनि आफ्नो पुरानो कबिता फेरी एक फेरा पोस्ट गर्न मन लाग्यो
अमृत पिउन खोज्दा खोज्दै
विख को पो मलाइ लत बस्यो
हासो मलाइ मन नपर्ने होइन तर
आसृ सगं पो मेरो माया बस्यो
तिमृो छाया पनि मलाइ ताजमहल थियो
तर मसान पो मलाइ चिठामा मिल्यो
माया गर्न नजानेको होइन तर
बिछोड संग पो मेरो कृरा मिल्यो
डृबोस संसार बरु अमृतको प्यालामा
मेरो साथि तिमि- देउ मलाइ बिसको प्याला एक
एक घृटको पिइ भन्ने छ बिस नै मिठो बरु
wah wah jimmaal baa
wah wah raahul daai
wah wah timi mero sathi
all poems r awesome !!!
clap clap clap !!!
wah wah Gautam Dai
wah wah miss
wah wah gwaache
wah wah Tiru
wah wah jimmaal baa
wah wah raahul daai
wah wah timi mero sathi
all poems r awesome !!!
clap clap clap !!!
wah wah pretty !
your wah wah is awesome :D
clap clap clap
बिर्खेज्यूको गद्यकविताको म पंखा भएको छु ।
बिर्खेज्यूका गद्यकविता मलाई अक्सर कुनै सुन्दर शेरको विस्तारित रुप जस्तो लाग्छ ।
गुलाफहरुको ईर्श्याको पात्र भएका छन्
रगतले धोईएका मेरा हातका मुलायमपन
Nepe
आज बल्ल नेपे दाइ साझामा ओर्लिनु भे'छ.
२०औँ संस्करण सम्म सुन्या हो "सामयिक सायरी".
टाढा क्षितिजसम्म पुगिसको होला है.
राहुलदाई, माष्टरनी नानि, गौतमजी, भाउते, तितौरी, सान्नानि धेरै धेरै धन्यवाद्!
अनगिन्ति काँडा, स्वागत छ!
नेपे दाजू, तपाईँको एउटा कमेन्ट मात्र पाए नि खुसि लाग्छ! धेरै धन्यवाद्!
गौतमजी, एउटा कुरा, यो धागो सकाएर अर्को बनाउने हैन?
जिम्माल बा एउटो कुरो के कहिले सकिन्छ र यो धागो?
:D :D :D
जिम्माल बा एउटो कुरो के, हजुर कमिलो हो? गुलाबका फेद'ट सुरेली खेल्दै खेल्दै टुप्पाँ जान खोज्नु भे'छ नि.
Kiss of death
sweet tender kisses of yours
used to warm me thru the coldest of nights
now ... that same kiss
seems deathly cold
and I..
I lose my breath
as if death itself came..
came and sucked the life out of me..
now I see you
clear as crystal
times have changed…
and you have moved on…
as if...
as if the thing that we had
had..just vanished in thin air.
your past has not shrouded…
shrouded your future at hand …
but all I see is darkness
like a hole ... so deep
so deep that no light can escape
I am that light ...
trapped in the bends of space…
not being able to see past the darkness
lost….lost in emptiness.
anger, pain, sadness
it all gnaws from the inside
forgive and forget ... forgive and forget...
hardness of reality
is it really possible?
questions form and answer is at no avail.
forgive and forget...
forgive I must...forget how can I?
it grips you by your throat
the instant you try and forget
the loneliness...the emptiness
the darkness within...
letting nothing escape.
you try and take a deep breath
and you choke for more air
the moment of freedom
the slow intake of air...
happiness alludes you
but only for a brief moment.
surrounded by nightmares…
the faint light disappears
taking away any hope
hope of freedom
as darkness envelopes you once again
once again …LOST
coldness of that kiss…
oh how terrible it feels
so cold and meaningless...
kiss of death
emptiness…loneliness…
darkness all around.
>२०औँ संस्करण सम्म सुन्या हो "सामयिक सायरी"
>टाढा क्षितिजसम्म पुगिसको होला है.
दादाजी,
धन्यवाद है शुभोत्सुकताको लागि । त्यो कार्यक्रम अहिले अघोषित विश्राममा छ । अलिकति समयाभाव, अलिकति उर्जाभाव भन्नुपरो । क्यार्नु यो सृजना उर्जा भन्ने जिनिस चिन्ता, छटपटी र संघर्षको बेलाँ बाक्लिने तर पट्यारलाग्दो प्रतिक्षाको घडीमा भने पातलिने जातको हुनी रैछ ।
Nepe
where is Birkhe_Maila now des days..
यलबम सजाउनु पर्दैन मलाई
अलिकति अटाउन सक्छु भने
तिम्रै मनको कुनामा टाश
सागुरो हुन्छ यदि त्यो पनि भने
केही पनि गर्नु पर्दैन
हामी यक्ले अर्कालाई
म जे जस्तो छु ठिकै छु
तिमि जे जस्ति छौ ठिकै छौ
तर कहिले काही
बाटघाटको मिलनमा भने
तिमी पनि म झै दिल खोलेर हास्
बत्तिसै दन्त खुलायर हास्
spyboy
के थाहा भोली कस्तो बनेर आउँछ
========================
शान्तिका प्यसमा सुकेका कण्ठ्हरु हो
नरसंहारका दृश्यले थाकेका आँखाहरु हो
एकै छिन पेट भरि भरि शान्ति पिउ
एकै छिन आँखाहरुलाई बिश्राम देउ
के थाहा भोली कस्तो बनेर आउँछ ।
छोरालाई धमिलो प्रकशमा भेटेका आमाहरु हो
श्रीमान सँग हतारमा पिरती साटेका श्रीमतीहरु हो
एकै छिन मतृबत्साल्यले छोरालाई आङलो हाल
एकै छिन श्रीमान सँग पेट भरि भरि प्रेम साट
के थाहा भोली कस्तो बनेर आउँछ ।
छोरा गुमाएका धेरै आमाहरु हो
सिन्दुर पुछिएका धेरै बिधुवाहरु हो
आफ्नै आँखाले एकै छिन अरु आमाहरु हेर
पति बियोगमा एकै छिन निर्धक्क रोउ
के थाहा भोली कस्तो बनेर आउँछ ।
बाबु-आमाका प्रेमबाट बन्चित टुहुरहरु हो
धेरै सपनाहरु बाशी बनाएका युवाहरु हो
अब शोकलाई शक्तिमा बादल
एकै छिन सपनाहरुबाट बिउँझ
के थाहा भोली कस्तो बनेर आउँछ ।
हजरौ लडकुका चित्कर सुनेका जननेताहरु हो
नगरिकका रगतले रङिएका शसकहरु हो
कदाचित अब आहंकारको मदिरा नपिउ
कदचित अब आफ्ना बाहुहरु संघुरो नवनाउ
के थाहा भोली कस्तो बनेर आउँछ ।
के थाहा भोली कस्तो बनेर आउँछ ।।
Please log in to reply to this post
You can also log in using your Facebook