चौतारी! चौतारी! चौतारी!
चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको डाली, लर्केर छोला कि
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?
नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो
साझाको चौपारीमा। अघिको चौतारी अलि कच्चा भको ले सप्पैको सल्लाले यो नया चौतारि छिटै तयार भो ।ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
खोलापारि, भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।
... ...
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ
सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए
भउते र
नेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ।
दादा र
गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के ।
पैले थियो वर पिपल छहारी
माया हो आज भोलि भत्केछ चौतारी
डाँडैको देबी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झल्झली !
ळ त ल जमौ अब नया चौतारिमा,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?
बोकी बोकी हिडें जेलाई
त्यसैले थिचिएको हुँ
शत्रुहरुले छ्यापेका
हिलोले सप्रिएको हुँ
भगुवा अगुवा देखी
पछ्छिन हच्किएको हुँ
खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ
...
काँ हुनु, बुढा कम्तिका बाठा छन्, काकी लाई माछा मार्न भनेर २-४ दिनै गायब हुन्थे क्यार । कैले मादी को भनेर्, कैले सेती को, कैले काली गण्डकी को भुनेर माछा पुनी ख्वाम्थे । काकी लाई ढाँटेर मुग्लिन'ट किनेर ल्या नि हुनसक्छ आफु चै तरुनी फकौन पो जान्थे कि !!!!!!!!!
इश्वरे र जिम्माल माइला मिलेर यो उइल्यै जो पुरेओ चौपाराँ आएर के के तथानाम बोल्दैछौ याँ? नभओ नभओ कुरो अरेर फक्कैआँ अर्कालाई गाल पार्नलाई।
यो चौतारो त धेरै पुरानो भयो भनेको त झन झन रमाइलो पो हुँदै रहेछ ।
खै आज्- भोली एसो चौतारो तीर नछिरेको त सबैले माया मारेछन मेरो । ल है रमाइलो गर्दै गनुर्स म चाही अब लाग्नु परो ।
ज्याग्दीको तिरमा रेछन्।
फोटू त खाँटी छ नि हौ ,, काका त थ्री-ईन-भान दिन लाग्नु भा जस्तो छनि,,, बगर भन्दा १० हात दाईने, खोला को बिचाँ बसेर,,, एक हाताँ बल्छि (माछा अल्झाउन होला), अर्को हाता ट्वाक (क्यार्न हो कुन्नि?),,, अनि हग्गन्-गौडा पोजमा,,, पूर्व तिर फर्केर के जोखना हेर्दै हुन कुन्नि ।।। भोलि भ्यालेन्टाईन्स डे भै सक्यो,,, आज सम्मन काका बेपत्ता छन्,,, काकीले कुन बेलाँ रड्डाँको मच्चाउन बेर छैन् है मेरी बास्सै -- राणाको जमानाको बैदारको नातिनी पो हुन क्यारे, हिंग नभे नि हिंग बाँध्या टालो जस्ति छिन् रे काकी,,, काकीले डाँको छोड्या बेलामा काका को घर नालापानी हुन्छ रे भन्ने सुन्या थे ।।। राम बचाए काका लाई ।। eh.
हिजो र अस्ति सेताम्य हुने अरी बेस्कन हिम परो हाम्काँ। आफू त पुन्टे, झण्डै पुरियो। आज बिहान पो यस्सो मुन्टो फुत्त निकालेर हेरेको त, मेरि बास्सै! माछापुछ्रे हिमाल नै यतै सरेछ! क्यारि हो यल्लाई हाम्रै पोखरा फर्काउने? मेरी धोबिनीको च्यात्त्या पेटिकोटाँ पोको पारेर हुर्राई दिम कि के हो, पूर्व ताकेर?
ए पुन्टे दाजी,
तपैकहाँ त पर्धान पन्चले चईनी तो हिउँ सोहोर्न मेलाँ बोलाम्चन अरे, त्याँसी मेलाँ जानीलाई चईनी घन्टाको १० ढलोर कम्पनी दाम पुनि दिन्चन अरे । यता लेक तिर त हाम्रा भउतेले दिनकै अर्चन तो काम त । बिहान उठेर बलेँसीको हिउँ सोहोर्न पर्च दाजी स्याउँजामा हुँदा बरु चा सम्म खाएर बल्ल गोबर सोहोर्न जान्थे भन्थे ।
तेस्तो कम्पनी पैसै जो पाम्नी भा त हामी पुनि आम्चन केरे तेतै बेँसीतिर जो, तपैँका पर्धान सित येसो कुरा अर्नुस न त पुन्टे दाजी । बरु तो पैसाले नि रउसी जो खाम्ला त नि ।
Keep rolling..
ए जिम्माल, के को हर्ख छ र हो, तिमीले त पीठो सीठो नि जोगाड अर्न आँटेचौ । बिर्खीनी भाउजुले पुनि दारीगिठाको बोक्रा (makeshift herbal baking powder ;) ) ताछ्दै थिईन अरे केरे - ठूलै जो ताही (सेल पकाउने कराही) बसाम्न आँटे जस्तो छ केरे काका । अब हिजाऽज त तो भेलीथान (valentine) को मेलाँ लाम्चन केरे ठिटा-ठिटीले । कि बिर्खेनी भाउजुलाई लेर कतै जानी सुर छ कि के हो? ससुराली जान पाहुर बनाम्न रोटा पकाम्न लाए जस्तो छ नि ? येसो मलाई पनि एउटा दुनाँ गोडा चारेक घुमाका र अर्सा रोटा राखिदे है, बिहान बिहान तताएर खान मजा हुन्च ।
मुन्द्रेले तास खेल्न आओ भन्तो काका, त्याँसी फेरि नाकाँ माखा भन्के झै भन्किनी एउटा फिरफिरे घुमाम्दै आको थियो । अब मुन्द्रेका तिरै जो तास खेल्न जान पर्ला जस्तो छ - दोबाटेका दोकानाँ तास खेल्दा मलाई जाद्रै फाप्दैन केरे ।
गाम्लेहुर सपैलाई Happy Valentine Day है । मया गरम- मया, मया मै छ सँसार ।
Keep loving...
कालाकोटे जागिर
सँधैभरि ज्यू र हजुर!
... ... ...
ए सिरे, कालाकोटे जागिर भेटेऊ?
कस्ता राम्रा राम्रा फोटु खिच्या थेँ. भिमादबाट पुन्टे दाजीका गाम रिसिगं घिरिगं जानी थोत्रो गाडिको फोटु, अनि ट्रकको पछाडि ""पर्खी बसे है!" भुनेर लखेको फोटु, अनि ट्रकको दायाँतिर एउटा नेपेजीको शिलकको टुकुनु लेखेको फोटु, बाटाका चौपारी अनि के के थियो के के नि.
क्यार्नु "दादा अकंल, मलाई यो डिजिटल क्यामरै चाहिन्छ." भुनेर क्यामरै राख्दियो भतिजाले. नर्सरीमा जाने बेर्नालाई तेस्तो क्यामरा चाहिनी अरे.
नेपे दाजीको शिलक इतिति सम्झे झैँ मानिचु.
आकाशमा बादल नभए पनि धर्तीमा शित हुन्छ
साथमा तिम्रो फोटु नभए पनि यो मनमा प्रित हुन्छ!
मेरो पहिलो attempt युनिकोडमा लेख्ने र यो त सजिलो रहेछ । Valentine Day day ko बेलाम यो गीत याद आयो । मेरो पनि हलत एस्तै छ अहिले । । ।
कस्तुरी हो बास आउछ भन्छन,
सुन माया आउदैन त्यो किन हो यो दिलैमा
पहिले माया नजानि लायौ,
सुन माया आहिले पो चाल पायौ हो यो दिलैमा
आकासैमा नौलाखै तारा,
सुन माया आसुको नौधारा हो यो दिलैमा
Happy Valentines day to all and LOVE to sajha and everyone in Chutari
परदेशी दाजै नजाउन माओवादी हुन लाई
अइले पुलिस आउनेछन
माओवादी खोज्न लाइ
ढोका सोका फुटाली,
भाउजूलाई लछार्लान
परदेशी दाजै नजाउन माओवादी हुन लाई .....
(परदेशी दाजु आँगनीमा दिनु हुन्न बास को भाकामा)
:-)>
ईश्वर
परदेशी दाजै, माओवादी भए पनि चौतारी छेउछाउ एम्बुश्, सकेट बम केही नबिछ्याउनुहोला है ।
हैन है के भयो -- सकेट बम साँच्चै बिछाएछकि के हो? कि बकेट बम हो? अघि पोस्ट गर्या कता हरायो??? :O
पर्देशीदाईको हातैमा हथगोला
ढ्वांग पड्के दाईको हाल होला
हैन है फेरी यो परदेशी दाजैले हाथाँ भाको हथगोला चाकैऽऽऽ निर पुर्याएर गर्न के खोज्या हो? हथगोला खेल्ने कुरा थोडै हो र? ढ्वांग पड्के यत्रो बडेमाँ को भ्वांग पर्ला -- बिनासित्ति वाईयाऽऽतमा!! :@ फेरि लुगा भने याडिडास को लाउनु भा छ। कतै ओलाम्पिक्समा रिले-दौड सौड हान्ने त बिचार छैन दाजैको? अहिले देखुन प्रयाक्टिस हो कि के हो? यस्तो भान्टाङ्ग-भुन्टुङ्ग डे मा, घरमा भाउजु छदाँ छदै, बिर्ख्या आंगनको गुलाप टिपेर भरखर बिहे गरेकि सान्नानीलाई चढाउन जाने, सान्नानीले नलिएपछि अहिले चौतारीमा आएर घुर्कि देखाउने? अब भूमिगत-सूमिगत हैन, खुरुक्कन घर जाने, बाटाँ एक माना ऐसेलुँ किन्ने, अनि घर गएर भाउजुलाई ऐसेलुँ ख्वाएर फकाउने, फुलाउने, भान्टाङ्ग-भुन्टुङ्ग डे मनाउने। :@। सप्पै सिकाउन पर्छ अब? अहिले दादागिरी ले थाऽऽऽ पायो भने भाको चाट्टा कपाल नि लुछेर केही बाँकी राख्दैन्, भायालिन्टिन-कान्छि नपाऽऽको सुरमा।। :@ खै दिनु त्यो हथगोला -- उता तरुणी भाको धागोमा गएर आत्महत्या को नाटक गर्छु बरु, एस्सो २-३ जाना झ्यामपूतली हरु त कसो नफस्ला !! बरु त्यो पिन चै डक-टेप ले बाँधेर दिनु -- ढ्वांग पड्क्यो भने आफ्नै भ्वांग पर्छ -- बिनासित्तिमा!! :D आफ्नो बिहे नि भा छैन अझै, बिहे नगरी मरुम्ला फोकटमा!! :@
ल चौतारीमा नि माओबादी लाग्या जस्तो छ। :s post garya, post nai ke ke ke ke bho. :S
यहाँ त मान्छे आउनै छोडे कि के हो माओवादीको डरले?
चाइन्जो माउबादिओ डरले हैन यो चौतारो पइले नै गाम्लेले पुरिसकेका थे तेसैले हो। पइला पइला अइले अस्तो चौतारिआँ जति चाइयो तेति कुरो अर्न नपाइने थ्यो रे तेसैले ३०० कुरा अरेपचि मुन्चे अर्को चौतारो बनाम्थे। अब अइले के भाओ कुन्नि जति कुरो अरे नि मिलिराच।
अनि कैले क्यार्दे छौ आजकल? चिप्लेओ यात्रा काँ पुगो अइले?
बिर्खे, यात्रा चाँही पोखरा बिमानस्थल पुगो । आफू बरु कहाँ कहाँ पुगेर आको नि ? निकै दिन पो देखिएन त साझामा
Please log in to reply to this post
You can also log in using your Facebook