KAVITAKO DESH - Sajha Mobile
SAJHA MOBILE
KAVITAKO DESH
Posts 305 · Viewed 102734 · Likes 1 · Go to Last Post
Gautam B.
· Snapshot
Like · Likedby · 0
"कविताको देश" मैले साझामा बिभिन्न धागाहरुमा छरेर टाँसेका छन्दविहीन कविताहरुलाई एकै ठाऊँमा ल्याउन र अब टाँस्ने कविताहरुलाई पनि यसैमा टाँस्न भनेर यो नया धागो फुकाको हुँ। साझामा आउनु मेरो लागि जीवनको सानोतिनो क्रान्तिनै भएजस्तो मानेको छु मैले, विशेष गरी मेरो रोकिएको लेखन यात्रामा फेरि गति आएकोमा । नेपाली भाषा मेरो जिन्दगीको मिठास जस्तो लाग्छ मलाई। साझामा मिल्ने प्रतिकृयाहरुले मलाई धेरै सुधारेका छन्, मेरो जिन्दगीमा "मिठास" थपेका छन् । यो धागोमा सबै साथीहरुलाई सकृय सहभगिताको लागि स्वागत छ। साथीहरुका कविताहरु पनि पढ्न पाउने आशा गरेको छु। *********************************************************** पहिले टाँसिसकेका कविताहरुबाट शुरु गर्दैछु। सबभन्दा पहिला, मेरो कविताको "परिभाषा" बाटै । "मेरो कविता" दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग यन्त्रवत् चलेपछि, साँझ पर्दासम्म मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ; म थुपार्छु चोइटाहरू र कलमको अगुल्टो झोसेर फुकिदिन्छु, हुर्हुरी बल्छ मेरो कविताको आगो र म एकपटक फेरि जन्मन्छु ।
Load Previous
· Snapshot
Like · Liked by · 0
जिम्माल, कवितामा कोष्ठकमा केहि कुरा राखेर लेख्ने चलन त्यति नया होइन जस्तो लाग्छ मलाई, कम्तिमा मलाई विद्यालय जीवनमा मधुपर्क र गरिमामा केहि त्यस्ता कविताहरु पढेको याद छ। किन राख्ने भन्ने बारेमा मान्छे अनुसारका कुरा होलान्, म चाहिँ कतै केहि प्रष्ट पार्नुपर्ने आवश्यकता देखें भने प्रयोग गर्छु। माथिकै कवितामा पनि 'दौरा सुरुवाल कोट'ले जेठी, माइली, साइलीहरुलाई सरापेको छ, यत्तिकै छोडिदियो भने जेठी, माइली, साइलीहरु पनि खराब रहेछन् भन्ने अनर्थ लाग्न जाला भनेर कोष्ठक प्रयोग गरेर धोका दिने त दौरा सुरुवाल कोटनै हो , तैपनि ऊ साँचिलो हुन खोज्दै आफैँले धोका दिएकालाई सराप्दै हिँडेको छ भन्ने अर्थ प्रष्ट पार्न खोजेको हुँ। जिम्मालले कुन अर्थमा लिनुभयो मेरो कवितालाई, यस्सो भन्नुहोला। जेठीदेखि कान्छीसम्मको प्रयोग मैले बिभिन्न कालखण्डहरु जनाउन प्रयोग गरेको हुँ। ******************** सुन्दर कविता र कलाकरिता हामीसंग बाँड्नुभएकोमा ssNYजीलाई धन्यवाद।
· Snapshot
Like · Liked by · 0
गौतमजी, "जेठी माहिली र साइँली" लाई मैले कथित "दौरा सुरुवाल कोट" ले सामना गरेको अथवा जिएको कालखण्ड भनेर नै बुझेको हो! तर मैले बुझ्न गल्ती गरेँ वा मैले बुझ्दै बुझिन एउटा कुरा गुरुलाई- 'दौरा सुरुवाल कोट' ले "कान्छी"लाई पहिलेको "जेठि, माहिली साइँली" जस्तै आइन् भने धोका दिन खोजेको कुरा राख्न खोज्नुभएको कि "कान्छि" को अस्तित्व नै नचाहेको हो?
· Snapshot
Like · Liked by · 0
जिम्माल, कान्छी वर्तमानको प्रतीक हो। वर्तमान "बैँशालु र कामुक" (नया सम्भावनायुक्त) छ र दौरा सुरुवाल कोट यस्लाई पनि कब्जामा राखेर धोका दिन चाहन्छ। तर कान्छीको बैँश अगाडि दौरा सुरुवाल कोटका सम्पूर्ण अहंहरु चूर चूर हुन्छन र ऊसँग मूर्दा भएर लम्पसारिनु बाहेकको बिकल्प छैन। कान्छी नया मान्छेको लागि हो, दौरा सुरुवाल कोटका लगि होइन। यस्तै भाव राखेर लेख्न खोजेको थिएँ, कत्तिको सफल भएँ थाहा छैन। जिम्मालको नया कविता छैन? अचेल माष्टर्नी नानी कता लाग्नुभएछ? कतै पनि देखिनु हुन्न।
· Snapshot
Like · Liked by · 0
एउटा टाँस्न लागिरहेको थिएँ! खै माष्टरनी नानीलाई नदेखेको केहि दिन भयो शायद व्यस्त हुनुहुन्छ होला। ल मेरो नयाँ गाउँ - भूतमहल- लाखौँ पदचापहरु, मलाइ मेरो भविश्य सम्झाउँदै सुटुक्क मेरो कान छोएर जान्छन् र भन्छन्- तँ पनि आइज हामि संगै, त्यो भूतमहल भत्काऊन! जब सम्म त्यो महल रहन्छ, तेरो भविश्य अँध्यारो हुनेछ! तेरो अस्तित्व त्रसित रहने छ! अनि म सतर्क हुन्छु र हेर्छु, तिनका पाईलाहरु बढिरहेको कुनै दीब्य पर्वत तिर, जहाँ भोलीको सुर्योदय संगै, त्यो महल विस्फोट गराउने योजना बन्दै छ र जहाँ म जस्ता करोडौँ “प्रजा” हरु, नरकंकाल रहित आफ्नै घर बनाउन चाहन्छन्! र घरको कण कणमा, सास फुक्न चाहन्छन् एउटा दीव्य समाजको! र त्यहाँ शान्ती पाठ अनि महामृत्यून्जयको आफ्नै “तन्त्र” फुक्न चाहन्छन्!!
· Snapshot
Like · Liked by · 0
राम्रो छ बिर्खेजी। भूत महल नभत्काई तपाईँ हाम्रो महल बन्न सक्दैन। ...जहाँ म जस्ता करोडौँ “प्रजा” हरु, नरकंकाल रहित आफ्नै घर बनाउन चाहन्छन्.....
· Snapshot
Like · Liked by · 0
यसपालि रोपाईँ होला त? ब्याडमै सुकेर मरे भनिएका बेर्नाहरु, झरीको खोजिमा ब्याडबाट उखेलिएर सुरुसुरु हिँड्न थाल्दा, कुलो फर्काऊने राक्षसको हंसले ठाउँ छोड्छ र आत्तिएर बिरौटाभरि डँढेलो लगाउने, असफल प्रयास गर्छ! अनि सबै डढे भनेर एकछिन ढुक्क हुन्छ। फेरि अर्को तिर हेर्छ- ऊसले झार सम्झिएका साना, झिना, मसिना त्यान्द्राहरु पनि हुल बाँधेर यतै आइरहेका, असारकै खोजिमा। राक्षसले फेरि अर्को अगुल्टो फाल्छ। तर मुर्खले थाहा पाउँदैन कि उसैले पानी तर्काएर, बिरुवा सुकाएर, र अहिले डँढेको सल्काएर ठुलो भुल गरेको छ। अहिले उसको चारैतिर, त्यहि डँढेलो हुर्हुर गरेर बल्दैछ र तिव्र बेगले ऊ तिर बढ्दैछ!! यो सबै हुँदै गर्दा बेर्नाहरुबिच खासखुस चल्दै थियो के यसपालि असारे गित घन्केला त?
· Snapshot
Like · Liked by · 0
नमस्ते,आदर्णीय गुरुहरुको गाउमा पस्ने धृस्टता गर्दैछु । आशा छ पाइला टेक्ने सानो स्थान दिनु हुन्छ भन्ने ।
· Snapshot
Like · Liked by · 0
। मेरो प्राणाम सहित यो पहिलो कोसेली स्विकार गर्नुहोला । म गायक होईन म एक नेता हु , मलाई एउटै गीत कन्ठ छ, त्यो हो आमा मलाई त्यहि कुर्सी चहिन्छ । भाषाण छाटेर हुन्छकि, ठाडै ढाटेर हुन्छ आमा मलाई त्यहि कुर्सी चाहिन्छ । पार्टी फुटाएर हुन्छकि, पार्टी नै फोरेर हुन्छ आमा मलाई त्यहि कुर्सी चाहिन्छ । रत्न पार्कमा उफ्रेर हुन्छकि, दिल्ली उडेर हुन्छ् आमा मलाई त्यहि कुर्सी चाहिन्छ । जङ्गल पसेर हुन्छकि, शहर बसेर हुन्छ आमा मलाई त्यहि कुर्सी चाहिन्छ । हात जोडेर हुन्छकि, बन्दुक देखाएर हुन्छ आमा मलाई त्यहि कुर्सी चाहिन्छ । कुर्सी बिना कालो धन्,रातो पासपोर्ट्, अनि पजेरो र बाङ्गला कहाँ बाट पाइन्छ? त्यसैले, आमा मलाई त्यही कुर्सी चाहिन्छ । देव गुरुङ हङ्कङ्बाट
· Snapshot
Like · Liked by · 0
मिठो कबिता सुनौनु भो, देब बहादुर जि यि चोर नेता हरु लाई कुर्सी बहेक अरु केही चाइदैन । अब त्यहाँ शेर बहादुर लाई नै हेर्नुस न, फेरी प्रधानमन्त्री हुन्च भन्चन
· Snapshot
Like · Liked by · 0
नामै शेर पर्‍यो हजुर,मासु खाने बानी जती गाली र थप्पड परे पनि घास खाँदैन मासु नै खोज्छ । कि कसो हजुर?
· Snapshot
Like · Liked by · 0
गुरुङ्गजी, राम्रो छ अरु पनि लेख्दै जानोस :) ल मलाइ आजकल टाँसिरहन मन लाग्छ लेखेको कुराहरु, त्यसै क्रममा एउटा अर्को- ऊफ!! जब तिमी, सुस्तरी मेरो यादमा आउँछौ, सुकेका मेरा आँखामा मुल फुट्छन्। र मेरो अगाडि भएको रक्सिको गिलाँसमा, म त्यसलाई भर्न खोज्छु! अचानक झस्किन्छु, कतै यसले मेरो नशा त बिगार्दैन? अनि बग्न दिन्छु त्यसलाई त्यसको आफ्नै बहावमा। जति मेरो आँशु बग्छ, म त्यति रक्सि म भित्र हाल्छु। र जति रक्सि म भित्र हाल्छु, त्यति मेरो आँशु बग्छ!! यसरि कयौँ रात म बिताउँछु, केहि बगाउँदै, केहि पिउँदै! किन तिमी अझै आउँछौ मेरो यादमा? ऊफ!, कति भन्नु तिमीलाई जिन्दगी र याद फरक हुन्!!
· Snapshot
Like · Liked by · 0
कविताको देशमा स्वागत छ देवजी र अम्रिकनेजीलाई। देवजी, यथार्थलाई साह्रै राम्रोसंग पस्किनु भो। अरु कविता पनि चखाऊनुहोला हामीलाई। जिम्माल, तपाईँको जत्तको छिटो कविता 'जन्माउन' सक्या हैन, तैपनि कोशिश गर्दैछु।
· Snapshot
Like · Liked by · 0
साहित्यको गाउ लुरु लुरु यात्रामा सफर गर्दा गर्दै , म कविताको देशमा आइ पुगे देश भित्र एउटा सुन्दर गाउ देखे अनि यता उति नजर दौडाए, कोही छैनन मानिस हरु शान्त छ गाउ खुला छन घर का ढोका हरु सफा छन आगन हरु अनि गाउको छेउमा एउटा मन्दिर देखे, को हो पुजारी को हो भक्तजन ठम्याउन सकेन मैले , बस्त्र उस्तै, मन्त्र उस्तै सबै गुरु, सबै स्रस्टा अनि मन मनै सबैलाइ प्राणाम गर्दै , फेरी यही गाउमा फर्कने बाचा गरे यो बुद्दिजिबी को गाउ यो कबिहरुको गाउ यो साहित्य को गाउ
· Snapshot
Like · Liked by · 0
ऊफ!!! "किन तिमी अझै आउँछौ मेरो यादमा? ऊफ!, कति भन्नु तिमीलाई जिन्दगी र याद फरक हुन्!!" मैले बुझेको, माईलालाई उनको याद प्रशस्तै आउँछ तर उसको जिन्दगी पनि राम्रै चलिरहेको छ। जति आँशु बगाए पनि, त्यो क्षणिकमात्र हुन्छ। उनले पढिन् भने सुरुमा त मख्खै पर्लिन्, मेरो अझै याद गर्दो रहेछ भनेर तर अन्तिममा सायद एउटा नमिठो घोचाई अनुभव गर्लिन्। ठिक? के माईलाको भाव यहि थियो?
· Snapshot
Like · Liked by · 0
ठ्याक्कै ३०० पुग्ने मेलो परेछ। सबैलाई धन्यवाद। कविताको देशको दोश्रो भागतिर लाग्ने साँघु यता छ; - http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=28216
· Snapshot
Like · Liked by · 0
मेरो कथा कसरी भनुम म आफ्नो कथा । कसरी भनुम म आफ्नो ब्यथा साझा बसी समछ्य राख्दै छु यो कबिता । कथा हो यो अफुनै बस्ने समाजा को कथा हो यो अनैतीका राज् निति को कथा हो यो अफुनै बस्ने भात्किए को घर को । लग्थ्यो मलाई यो कथा किन यस्तो पखेटा कटीय्को परेवा जस्तो मरुभुमिमा हिंड्ने एक यात्राी को प्यस जस्तो । आज मेरो घर सुन्नेता ले भरिएको छ जता हेर्यो तेतै भात्किए को छ साथी आज किन आफ्नो आफ्न्ता नै एक बिरानो भैराखे को छ । हत्त्य र बिद्रोह ले पलुवा पलायेको छ हिजोको एक् सरल् र सधारन् नगरिक् अज एक् हत्यरा बन्न गैरहे को छ। अज किन येस्तो लगि रखे को छ अफ्नो घर् पनि एक् लडाइ को मैदान रहेय् छ।। अशा थ्यो, कथा को अन्त हुन्छ हरियलि बशन्त भयेर अशा थ्यो , कथा को अन्त हुन्छ दियो को उजयलो भयेर अशा थ्यो , कथा को अन्त हुन्छ सान्त बातवरन् भयेर। तर सथि यो कथा मा येस्तो कुनै मोड् नै छैन, जस्म एक् शन्ति को बेउ बकि छ जस्म स्वभिमानि को झन्डा फहरिअ को छ जस्म कोहि अन्नयाए अत्याचार् सङ लडेको छ। सथि यो एक् कथा नभयेर यथार्थ हो। यो हमि सबै को एक् जिबन् ब्याथा हो।।
· Snapshot
Like · Liked by · 0
Wish I could write in nepali.....great job guys
· Snapshot
Like · Liked by · 0
(पहिलो भागबाट) नेपाली कान्छा र डीसी विषाणु () लाई कविताको देशमा स्वागत छ। नेपाली कान्छाको कविता राम्रो छ, धन्यवाद। टाइपिङका सानातिना समस्या चाँडैनै सुल्झिनेछन् भन्ने आशा छ। अनि विषाणुजी, लेख्ने कोशिश गर्नुस् नेपालीमा र यहाँ टाँस्नुस्, हामी प्रतीक्षामा छौँ। साथीहरु,अबदेखि यतै यो दोश्रो भागमा भेला हौँ, कि कसो?
· Snapshot
Like · Liked by · 0
ल धागो त पुरा भैसकेको हो तर साईँलको प्रश्न को उत्तर दिन यसो आएको। "मैले बुझेको, माईलालाई उनको याद प्रशस्तै आउँछ तर उसको जिन्दगी पनि राम्रै चलिरहेको छ। जति आँशु बगाए पनि, त्यो क्षणिकमात्र हुन्छ। उनले पढिन् भने सुरुमा त मख्खै पर्लिन्, मेरो अझै याद गर्दो रहेछ भनेर तर अन्तिममा सायद एउटा नमिठो घोचाई अनुभव गर्लिन्। ठिक? के माईलाको भाव यहि थियो? " साईँला मैले, ' जीवनमा चाहेको याद मा हैन' भन्न खोजेको थिएँ त्यति प्रस्ट भएनछ कि के हो!
· Snapshot
Like · Liked by · 0
नेपाली कविता पढ्न मन भएर यो thread खोजेको बल्ल आज भेटियो ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 10
· Posts 102 · Viewed 23561 · Likes 25



Travel Partners