ASAD - shirish writes A Sher A Day
Just using this technique for self encouragement and hopefully will have some consistency with the ghazal writing and productive.
Could have said like Nepe: a Ghazal in the making.
Here is for today's quota:
बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ?
(९) १४ २३
बिग्रदो भत्कदो दिनै, आकस्मिकता कहाँबाट नियमित आयो ?
८ १५ २३
gautam jee
this one took a different direction. Here is the unfinished product that I am working on.
a friend of mine recently suggested that you record your ghazal and see where you get the breaks and correct there to maintain the flow. OR let some one read your piece.
आफ्नै मनको तरले उज्यालो छेक्यो कि कसो दिनभर ?
नभए मध्यान्है दियो जलाउन किन जादैछौ मन्दिर ?
किन पसिनाको कमी भयो र ? बगाउनु पर्यो रगत
रङ्गकोलागि त बजारमा जति पनि पाईन्थ्यो अबीर !
एकादेशको स्वप्न महल, यथार्थको हाम्रो कुटिर
आफ्नो बाटो बनाउन अरु आउनै पर्ने हाम्रो नजीर !
शिरिषजी, माने यार!
"एकादेशको स्वप्न महल, यथार्थको हाम्रो कुटिर
आफ्नो बाटो बनाउन अरु आउनै पर्ने हाम्रो नजीर !"
Yes I tried to go into a little bit different direction. But I still have to work on it. I think it looks more like poem than Ghazal now.
The idea of recording or letting someone read aloud is great. My problem is that the friends who are near to me don't care about Ghazal. So it may be better for me to record and see.
त्यति सुधार गर्न सकिएन। यस्को फाइनल यस्तै भयो।
गोतामेको गजल-५
"म कति नाचूँला तिमी आएपछि?!
तयारीमै यति फुर्किन्छ यो मन!
देख्न सकुँला तिमीलाई दुखेको?
स्वप्नमै रुँदा त दर्किन्छ यो मन!
गर्वीलो मुहार हेर! जननी तिम्री!
तिमी, उनी संगै हुर्किन्छ यो मन!
तिमी खेल्ने आँगन स्वर्णिम हुन्छ
अरु बाटो अब तर्किन्छ यो मन!
बुध्दको आभा, मिराको नृत्य-गीत
तिम्रा पाउहरु पर्खिन्छ यो मन!
उहि हुन सक्दैन अब 'गोतामे'
अनन्त वसन्त फर्किन्छ यो मन!"
('अनन्त' शब्द नटुंगिने भन्ने अर्थमा प्रयोग गरिएको हो।)
gautam jee,
No sale is final, kya !
It seems revisions are must to improve the style, flow and ideas. May be you should see your creations after a week or month and try to rewrite. Most of the time, the previously written stuff become rediculous to one self. Revising and editing help to maintain, however, not immediately.
Here is my revision, but have to admit that I could not progress despite spending hours in it.
आफ्नै मनको तरले उज्यालो छेक्यो कि कसो दिनभर ?
नत्र दिउसै दियो जलाउन दिनहुं किन जान्छौ मन्दिर ?
(तर = scab, not but kya)
किन, पसिनाको कमी भयो या मूल्य भेटिनौ कही ?
सुरबीर मान्दैमा रगत बगाई हाल्नु किन आखिर ?
एकादेशको स्वप्न महल, यथार्थको हाम्रो कुटिर
आफ्नो बाटो बनाउन अरु आउनै पर्ने हाम्रो नजीर !
खुशीका रङ्ग निक्ले, देख्दा पहिरोले बनाएको भीर !
अब गुरांस हुने भईन् रे, अप्ठ्यारोमा फूल्न माहिर !
Shirish jee,
मेरा नजरले चीर हरेर नग्न प्राय: छौ,
लाज छोप्न, नकाबको कुरा नगरे हुन्छ !
Simply speechless. Lovely. Pse do keep them coming.
Carpe diem
ठिक भन्नुभयो शिरिषजी, लेख्ने सुधार्ने काम त चलिरहन्छ। अब हेर्नुस् न, हिजो फाइनल गरेँ भनेको टाउकै राख्न बिर्सेछु। फेरि चल्दैछु;
गोतामेको गजल-५
"बुध्द-आभा तिम्रो सम्झिन्छ यो मन,
मीराको नृत्य-गीत पर्खिन्छ यो मन!
म कति नाचूँला तिमी आएपछि?!
तयारीमै यति फुर्किन्छ यो मन!
देख्न सकुँला तिमीलाई दुखेको?
स्वप्नमै रुँदा त दर्किन्छ यो मन!
गर्वीलो मुहार हेर! जननी तिम्री!
तिमी, उनी संगै हुर्किन्छ यो मन!
तिमी खेल्ने आँगन स्वर्णिम हुन्छ
अरु बाटो अब तर्किन्छ यो मन!
उहि हुन सक्दैन अब 'गोतामे'
अनन्त वसन्त फर्किन्छ यो मन!"
मेरा नजरले चीर हरेर नग्न प्राय: छौ,
लाज छोप्न, नकाबको कुरा नगरे हुन्छ !
Profound !
*** *** ***
सपनीमा बर्बराऊँछु रे म
चाहेमा रातभरि केरे हुन्छ।
Classic !
सारै राम्रो लाग्यो यो गजल:
---------------------------------------------------------------------------------------------
क्षेत्रप्रताप अधिकारी
जन्म ः १९९९ चैत/तनहुँ मिर्लुङ गाविस ।
शिक्षा ः स्नातकोत्तर ।
प्रकाशित कृति ः सात ।
सम्मान-पुरस्कार ः साझा पुरस्कार,
छिन्नलता गीत पुरस्कार ।
सिर्जनाका प्रमुख विधा ः गीत/कविता ।
देश जसले टोके पनि खोट उस्तै उस्तै
गोली जसले ठोके पनि चोट उस्तै उस्तै ।
निमुखाहरू कराएर के हुन्छ र !
घूस जसले खाए पनि नोट उस्तै उस्तै ।
गारो सारो पर्ने त सर्वसाधारणलाई हो
धराप जसले थापे पनि विस्फोट उस्तै उस्तै ।
जुनै जोगी आए पनि कानै चिरेजस्ता
बगलीमा छुरा राख्ने कोट उस्तै उस्तै ।
नेपाल हारिरहेछ नेपाली मरिरहेछन्
खेलाडी र झेलाडीका पोट उस्तै उस्तै ।
सिंहदरबारमा कैले काला गए कैले गोरा
तर त्यहाँ गएपछि बोट उस्तै उस्तै ।
को खेलाइरहेछ देश हार्ने खेलहरू
जो सत्तामा आए पनि रिमोट उस्तै उस्तै ।
मनमा उठेका तरंगहरु यी, टाँस्न हतार भो, सोझै राख्दैछु। मिलाउने काम चल्दै जान्छ।
गोतामेको गजल-६
"चिनेको छु तिमीलाई, घस्छौ धेरै तेल किन?
देखेको छु! अँध्यारोमा तिम्रो उस्को मेल किन?
आफ्नै छोरा फटाहा निक्ले! चिन्नै गाह्रो, शत्रु को?
नत्र झुल्के घाम त्यो, हुन्थ्यो कागको बेल किन?!
पत्कर कति थुप्रिएको हिमाल छेकी छेकी?
शताब्दीले कुरेको छ, खै आएन भेल किन?
ढुँगा कुँद्ने को हो? दरबारमा ईँट्टा थप्ने को?
मूलद्वारमा सधैँ तिम्रो नाम लेख्ने झेल किन?
तरवार साँध्ने को हो? को दौड्यो टिष्टा कुमाउँ?
जनताको देश यो! तिम्रो बिर्ताको खेल किन?
आकाशमुनि ज्यूँदालाई आफू अट्ने थात खै?
गाड्न मूर्दा शालीक ती सिंगै टुँडिखेल किन?
वाह वाह
एक से एक रहेछन् साझामा त साहित्यकारहरु।
बरु सबैलाइ एउटा किताबमा सँकलन गर्नु पर्ला कि कसो?
:-)
गुरुहरु कता वेपत्ता भए कुन्नि !
चल्दै गरेको अर्को एक गजल टाँसिहालौँ भनेर।
गोतामेको गजल-७
"फेरि कालो वर्षातको याम आयो
लाग्छ बादलमा लुकी घाम आयो!
खोटा सिक्काले भरेर खल्तीहरु
नया 'दण्ड, दान,भेद, साम' आयो!
शीतनिद्राबाट ब्यूँझे सर्पहरु
प्रेतहरुको तामझाम आयो!
प्वाँख पलाए जस्तो छ कमिलाको
पुतली हुँ भन्दै छलछाम आयो!
अधूरै नराख्नु अब इतिहास!
अवसरको अन्तिम खाम आयो!"
गौतमजी,
दामी गजलहरु !
पहिलो गजलमा बाँकी तिक्खर शेरहरुको तुलनामा मतला अलिक मदौरु भए जस्तो लाग्यो, खास गरेर "तेल घसिएको" कसलाई हो स्पष्ट लक्षित नभएकोले । यसो गर्दा कसो होला
"चिनेको छु तिमीलाई, बोकी आयौ तेल किन?
देखेको छु! अँध्यारोमा तिम्रो उस्को मेल किन?
अन्तिम शेरमा "शालीक गाड्न" को सट्टा "शालीक ठड्याउन" राख्दा राम्रो होला कि ?
आकाशमुनि ज्यूँदालाई आफू अट्ने थात खै?
ठड्याउन मूर्दा शालीक सिंगै टुँडिखेल किन?
दोश्रो गजलको दोश्रो शेरमा "दण्ड, दान, भेद, साम" को अनुक्रम काफिया मिलाउने अभिप्रायले मात्र राखिएको हो कि त्यो भन्दा बेसी नै अर्थ छ त्यसमा ?
तेश्रो शेरमा "शितनिन्द्राबाट ब्युँझेका सर्प" संग "प्रेत" उपमा अलिक जचेन ।
चौथो शेर एउटा अति उत्कृष्ट शेरको उदाहरण हो ।
प्वाँख पलाए जस्तो छ कमिलाको
पुतली हुँ भन्दै छलछाम आयो !
अन्तिम शेर सन्देशसमृद्ध भए पनि नारावादी छ । नारावादी कविता राजनैतिक सभाको लागि अति सुहाउँदो हुँदा रहेछन् (मेरो अनुभव) । तर व्यक्तिगत पठन-पाठनको लागि भने चिन्तनप्रधान रचना उत्तम हो ।
तर मैले शेरको पहिलो पंक्ति नभएर दोश्रो पंक्तिको कारण यसलाई नारावादी भनेको हो है, त्यो पनि "अन्तिम अवसर" मा निहित forced persuasion को कारणले । बरु "यस्तो खालको पहिलो अवसर" भनेको भए म convinced हुन्थें, किनभने यो अवसर अन्तिम अवसर भने होईन । अन्तिमै भए पनि अन्तिम होईन । भनिन्छ नि, When everything is finished, future still remains.
(अब अन्त्यमा एउटा technical note. उर्दु गजलमा शेर गणना गर्ने परम्परागत नियम । गजलमा पहिलो शेरलाई "मतला" को रुपमा अलग्ग गनेर दोश्रो शेरलाई मात्र "पहिलो शेर" भन्ने चलन छ । त्यसैगरि, अन्तिम शेरलाई "मकता" को रुपमा अलग्ग गनेर penultimate शेरलाई "अन्तिम शेर" भन्ने चलन छ ।
यो ज्ञान सबैलाई नभएसम्म भने "मतला" लाई पहिलो शेर र "मकता" लाई अन्तिम शेर नै भन्दा कम confusion होला, हामी नेपाली गजलकारहरु बीच भने ।)
__
गौतम जी
धमाका गयो हजुरको त ल।
आकाशमुनि ज्यूँदालाई आफू अट्ने थात खै?
गाड्न मूर्दा शालीक ती सिंगै टुँडिखेल किन?
नि:शब्द !
gautam jee
Nepe ko tancha lage pachi ke chahiyo aru ? Please keep on with such critcal thoughts !
Here is one I am working with:
कोषहरुको नियोजित मृत्यू हुनु प्राकृतिक थियो
किन जोर्नी नखियोस् अनि,कुनै ईस्पात थिएन
Programmed cell death ! Apoptosis !
हूल थियो मान्छेको गिन्ती थिए मात्र टाउकाहरुको
कहिलेकांहि अप्रत्यासित परिणाम, बिष्मात थिएन !
धन्यवाद गुरुहरु, हौसला र प्रतिकृयाहरुका लगि।
-----------------------------------------------
नेपेजी, तपाईँका सुझावहरुका लागि आभार ब्यक्त गर्दछु।
- पहिलो गजलको मतलामा "घस्छौ धेरै" को ठाऊँमा तपाईँको सुझाव अनुसारको "बोकी आयौ" नै राम्रो हुन्छ।
- त्यसैको अन्तिम शेरमा "गाड्नु" र "ठड्याउनु"मा के राख्ने बन्ने द्विविधा थियो। प्रवाह राम्रो आऊँछ कि भनी "गाड्नु" राखेको तर "ठड्याउनु"नै सही देखिन्छ जस्तो छ।
- दोश्रो गजलको दोश्रो शेरमा "दण्ड, दान, भेद, साम" को अनुक्रम काफिया मिलाउने अभिप्रायले मात्र राखिएको हो
- "सर्प" र "प्रेत"को combination मलाई पनि मन परेको छैन। सच्याउने छु।
- अब यो दोश्रो गजलको अन्तिम शेरको कुरो, मलाई के लाग्छ भने हामी अत्यन्त संगीन घडीमा छौँ यतिखेर। भलै यो अन्तिम अवसर नहोला तर यो अवसर गुम्यो भने हामी धेरै लामो समयसम्म कुर्न बाध्य हुनेछौँ। त्यसैले अलिक बढीनै आग्रह (तपाईँले भनेझैँ forced persuasion) गरेको हुँ।
आलोचना र सुझाव पाम्दै जाम्।
गौतमजी,
"साम, दान, दण्ड, भेद" लाई ठ्याक्कै विपरित अनुक्रम "भेद, दण्ड, दान, साम" मा राख्दा काफिया पनि मिल्ने तर संगसंगै कसैको विपरित बुद्धि पनि जनिने भन्ने लागेर त्यसो सोधेको हुँ ।
"साम, दान, दण्ड, भेद" मा increasingly aggressive measure छ भने "भेद, दण्ड, दान, साम" ले softening measure जो जनाउँछ ।
मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
बांकि अरु करोडका करङ्गलाई सारङ्गी बनाईदै छ !
मरेको बाघको छाला ओढ्नेको गन्ध छायो तर ब्वांसोको
or
पाखा लगाई गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !
मन मष्तिष्क पो जित्नु पर्छ, राज्य सत्ता सोरेर मात्र के हुन्छ ?
बन्दूक, बुटको भरमा, शासनको स्वरुप जङ्गी बनाईदै छ !
कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर दुर्भाग्य ! गरिबीलाई जबरजस्ति सङ्गी बनाईदै छ !
oops !
बल्ल बल्ल आ?को यो ! बांकि पछि है
सिरिशको गजल ले एउटा धागो सकेको मा बधाइ !
Please log in to reply to this post
You can also log in using your Facebook