ONLY KHAGENDRA SANGRAULA PLEASE - Sajha Mobile
SAJHA MOBILE
ONLY KHAGENDRA SANGRAULA PLEASE
Posts 130 · Viewed 49209 · Go to Last Post
Ok
· Snapshot
Like · Likedby · 0
Nepal Magazine: http://www.kantipuronline.com/Nepal/ कालापानीको काला कथा र राष्ट्रवाद "कुनै दिन यिनले यसो भन्न बेर छैन- हाम्रा पुर्खाहरू जङ्गलमा बस्थे, त्यसैले हामी पनि जङ्गलमै बस्न सक्छौँ ।" यसो भन्ने सम्भावना भएको मुख कक्षा एकमा पढ्ने कुनै दूधेबालकको होइन । यो मुख श्री कीर्तिनिधि विष्टको हो, जो शाही सरकारका उपाध्यक्ष हुनुहुन्छ । र 'भन्न बेर छैन' भनी द काठमाडौँ पोस्ट मा भाँती पारेर भन्न जान्ने चतुर कला श्री अमित ढकालको हो । कुरा यसो हो । बुढेसकालमा 'उपा' हुनुभएपछि कीर्तिबाबुमा काइते राष्ट्रवाद थामिनसक्नु गरी झाङ्गियो । जब आतङ्क मास्ने निहुँमा राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजको चेत र वाणीलाई नै मास्ने चौतर्फी धन्दा सुरु गरियो, लोकतन्त्रको जमानामा यो निरङ्कुुश धन्दा ठीक छैन भनी दाता राष्ट्रहरूले दान-दातव्य दिन इन्कार गरे । अनि, कीर्तिबाबुलगायत सकल मन्त्रीहरूका स्वामीभक्त चित्तमा निर्दलीय राष्ट्रवादको भेल उल्र्यो । तत्पश्चात् उत्तेजनाको टट्टु घोडामा सवार भई कीर्तिबाबुबाट आज्ञा भयो, हाम्रा पौरखी पुर्खाहरूले विदेशी सहायताबिना नै निर्वाह चलाएका थिए । हामी तिनका सन्तानहरू पनि त्यसैगरी चलाउन सक्छौँ । बूढो मुखबाट दूधेबालक बोलेको सुन्दा अमितलाई लाज लागेछ क्यार ! उनको पालो बूढो मुखमाथिको चाउरे ललाटमै बजि्रने गरी जमाएर ताजन दिए, "कुनै दिन यिनले ..."
Load Previous
Ok
· Snapshot
Like · Liked by · 0
निरञ्जन थापा कम जन्ड निशानाबाज होइनन् । छ्यालीस सालमा निरंकुशतन्त्रविरोधी विद्रोहको आगो सर्वत्र दन्कियो । जनपिराहा सामन्तशाहीलाई आगो निभाउन धौ-धौ पर्?यो । वंशमार्गी शासनतन्त्रका निधारमा चिटचिट पसिना आए । ओठ-तालु सुके । होस् गुम भएर भाग्नुपर्ने खतरा पैदा भयो । तिनताक यी निरञ्जन थापा गृहमन्त्री थिए । यिनको पालो आफैं हेलिकोप्टरमा सवार भए । अनि गगनविहार गर्दै यिनले गगनबाटै जनताका स्वतन्त्रताप्रेमी छोराछोरीहरूलाई गोलीको निशाना बनाए । तानाशाहीको विश्व-इतिहासमा यो एक अद्भूत कीर्तिमान हो । र नै थापा अहिले पुनः शाही मन्त्री बनाइएका छन् । काका लख काट्छन्, सके यिनको काम-कर्तव्य आकाशमा सवार भई लोकतान्त्रिक आन्दोलनको उत्ताल आवेगको आगो निभाउन माथिबाटै निशाना दाग्नु होला । पञ्चायतमा आर्जन गरेको अकुत अनुभव छँदैछ । उसो त दरबारका निकट नातेदार निक्षशमशेर राणा पनि कम कुशल निशानाबाज होइनन् । भोगिजान्ने युवाहरू भन्छन्, लोकतान्त्रिक आन्दोलन दबाउने एकजना साहसी फिल्डमार्सल यी पनि हुन् । यिनले दमनकर्ममा कहिले आप\mना गण खटाए, कहिले आफैं पाउकष्ट गरे । यिनी असोज १८ अघि नै सडकमा ओर्लिएका थिए । बाह्र-पन्ध्रजना ज्यालादारीहरूको झुन्ड पछि लगाएर लुखुर-लुखुर हिँड्दै यिनी कुर्लिन्थे, 'राजा आऊ, देश बचाऊ !' श्री निक्ष नागरिक हक र लोकतान्त्रिक मूल्य-प्रणालीका घनघोर शत्रु हुन् । यिनलाई मनपर्ने शासन आप\mना पितापुर्खा श्री ३ महाराजहरूकै जस्तो हो । र नै यिनले अहिले आस्था र यत्नको बक्सिस पाएका छन् । मन्त्री नहुँदै त यिनी सडक-सडक निशाना दाग्दै त्यसरी दगुर्थे भने अख्तियारवाला भइसपेछि अब यिनले झनै कमाल गर्लान् । बद्रीप्रसाद मण्डल अलि भिन्न काँटका निशानाबाज हुन् । यिनी रूपसी युवतीहरूमाथि निशाना दाग्छन् । पञ्चायती मन्त्री छँदा वीर अस्पतालमा यिनले गजपले निशाना दागेथे । यो भग-निशाना हो । निशानाबाजहरूमध्ये अतिशय भगमार्गी यी मण्डल नारी जगतका लागि भयकारी सिकारी हुन् । निशानाबाजहरूको झुन्डमा विविधता होस् भन्ने हेतुले होला मण्डललाई पुनः शाही मन्त्रीको पगरी गुथाइएको छ । यो पगरी सहरका रूपसीहरूका लागि खतराको ठूलो घण्टी हो । उसो त दोस्रो काँटका निशानाबाज पनि पहिलो काँटका भन्दा केही कम छैनन् । यी मातृद्रोही निशानाबाज हुन् । जुन आमाको दूध चुसेका थिए त्यही वक्षमा निशाना दागेर यी शाही मन्त्री भए । नवमन्त्री प्रकाश कोइराला नम्बर एक मातृद्रोही हुन् । बाबुको छोरो र छोरीको बाबु हुनु नै यिनको कुल योग्यता हो । शाही मन्त्री बन्न रहर लाग्यो र यिनले बाबु बीपीको नाम र आमा नेपाली कांग्रेसको छविमाथि निशाना दागे । र दगाइवापत यिनले शाही मन्त्री पद बक्सिस थापे । विनोद शाह, सलिममियाँ अन्सारी, छक्कबहादुर लामा, गोल्छे सार्की आदि प्रकाश कोइरालाकै बफादार पथगामीहरू हुन् । सबका सब मातृघातीहरू ! चल्तीको राजनीतिक भाषामा यी भगौडा भनिन्छन् । लाभको लोभले दलबाट भागेर शाही तबेलामा तृण ज्युनार गर्ने दिशातिर यी लागे । क्रमश:
Ok
· Snapshot
Like · Liked by · 0
सामाजिक-नैतिक दृष्टिले थपुवा मन्त्रीहरूको यो झुन्ड हत्याचारी, भ्रष्टाचारी, बलात्कारी, चाकरीकारी, औसरवादी, विश्वासघाती आदि निशानाबाजहरूको विभत्स सङ्ग्रह हो । तर मौसुफछेउ टंक ढकालहरूको जाहेरीको बेहोरा भने अवश्यै अर्कै होला । तिनले घुँडासम्म दोबि्रएर बिन्ती चढाउलान्, 'सरकार, नवमन्त्रीमार्फत सिङ्गो देश शाही कदमको समर्थनमा घरप्पै उभिन आयो । जो हुकुम जो निगाह, सरकार !' अनि तिनले जाहेरीको चरम् चाकरीमय व्याख्या यसरी गर्लान्, सरकार, प्रकाश कोइरालामार्फत सिंगै कांग्रेस दरबारतिर उल्टियो । आरके र अन्सारीमार्फत सिंगै माले-एमाले ओइरियो । विनोद शाहमार्फत नेमकिपा भित्रियो । मण्डलमार्फत सिंगो मधेशीगण, यांकिला शेर्पामार्फत् सकल महिलागण, गोल्छे सार्कीमार्फत् जम्मै दलितगण, निरञ्जन थापामार्फत् यावत् पञ्चगण, सिनेट श्रेष्ठमार्फत् रहलपहल मण्डलेगण, जगत गौचनमार्फत समस्त निशाचरगण, निक्षशमशेर राणामार्फत शेष भारदारगण...। शाही शासनमा मुलुकै समेटियो, जो हुकुम जो निगाह, सरकार ! स्तुतिमात्र सुन्न रुचाउने मौसुफलाई यो नोकरवाणी अति नै मनपर्ला । तर क्रूर यथार्थ भने अर्कै छ । सरकारमा जो थपिए तीसँग तिनका लोभी नजर, तिनका अगस्ती पेट, तिनको अवसरवाद, तिनका कलंकित निधार, तिनका बद्नाम नाक र तिनका खोटा नामसिवाय केही थपिएको छैन । यी थपुवाहरूका पछाडि मानिस त के मृत मुसाहरू पनि छैनन् । यी फगत एक्ला हुन्, शाही भोजनपथका एक्ला पथिक । यी थपुवाहरूमार्फत् शाही शासनमा केही थपिएको भए त्यो थप अलोकपि्रयता हो । र आप\mना भक्तगणमार्फत प्राप्त हुन आएको यो अतिरिक्त अलोकपि्रयता राजाको एकलौटी सम्पत्ति हो । काका कल्पना गर्छन्, शाही शासनमा थपिन यस मुलुकमा अब कोही बाँकी छन् ? गजब छ बा, अझै बाँकी छन् । देशभक्त संघका प्रकाश गुरुङ बाँकी छन् । मुस्कान सेनाका मुस्कान पौडेल बाँकी छन् । र मस्सलमार्गी कालु मनाङे डल्लै बाँकी छन् । अनि अन्तिम बाँकी मरिचमान हुन् । उनै मरिचमान जो राजा वीरेन्द्रको शासनका अन्तिम डुंगाचालक थिए । सामन्ती डुंगा डुबाए र यिनले नेपाली जनतालाई शाही निरंकुशताको भारबाट छुटकारा दिलाए । मरिचको स्वरूपमा कतै दुलामा लुकिबसेका मरिचमानको फूर्ति अहिले ह्वात्तै बढेको छ । बाफ रे, महाराजको निरंकुश डुंगा डुबाइदिन यिनलाई कत्रो हतार !
Hulaki
· Snapshot
Like · Liked by · 0
Kunsang Kaka is a great writer. Most often he looks/sounds like a republican. A Throat cut enemy of feudalism. But sometimes, he sounds very arrogant, self righteous.... these are the qualities of petty bourgeois sharlatans. if he improves on this aspect, and accepts criticism, becomes more patient, he could be really a good writer.
Ok
· Snapshot
Like · Liked by · 0
रामराम, यस्तो राम्रो झण्डै छुटेछ। http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=47617 देशैभरि गगन थापाहरू - खगेन्द्र संग्रौला - शाही शासनले नागरिकलाई रोज्न तीनवटा विकल्प दिएको छ । कि दरबार पस, कि वन पस, कि खोरमा बस । एक्काइसौँ शताब्दीमा शाही शासनका करिया बन्न राजी नहुनेहरूले दरबार पस्न अस्वीकार गरेका छन् । उसो त नागरिकहरूको विवेक र आवाजको तागतमाथि पत्यार गर्नेहरू बन्दुक बोकेर वन पस्न पनि मन्जुर छैनन् । बाँकी रह्यो, शाही शासनको अँध्यारो खोर । जो सामन्ती दासतालाई नकार्छन्, विश्वभरि नै राज्यको खोर त तिनको निवासै हो । त्यही खोर हो जहाँ स्वतन्त्रता र मुक्तिका सपनाहरू कोरलिन्छन्, र जहाँ अन्यायी शासनका दिनहरू गनिन्छन् । बागी युवाहरू औँला गनिरहेछन् । गन्नेहरूमा ठाकुर गैरे र प्रदीप पौडेल छन्, सरोज थापा र पुष्पकुमार शाही छन्, नारायण भारती र बीपी रेग्मी छन् । अदम्य र अजेय औँला भाँच्दै लोकतन्त्रप्रेमी विश्वभरि नै ठूलो समाचारको ठूलो शीर्षक बनेर गगन थापा पनि गनिरहेकै छन् । सूचना र ज्ञान नागरिकको शक्तिका अजस्र मुहान हुन् । तिनमा प्रकाश हुन्छ, तिनमा तेज हुन्छ, तिनमा स्पन्दन हुन्छ, तिनमा गति हुन्छ र तिनमा बागी चेतनाको बीज हुन्छ । त्यो बीजबाट गगन थापा जन्मिन्छ । शाही शासनलाई थाहा छ । र नै ऊ नागरिकहरूलाई सूचना र ज्ञानबाट विमुख तुल्याई तिनलाई शासनको प्रकाशविहीन, निस्तेज, निस्पन्द र दासवत् गोटी बनाउन आतुर छ । सूचना र ज्ञान सञ्चार गर्ने मुद्रणमाध्यम त मकरतन्त्रको उन्मादपूर्ण आक्रमणको तारो भएको थियो नै, दूरसञ्चार र एफएमहरू पनि अछूतो रहेनन् । दूरसञ्चारभित्रको निकट कथा अतीव पीडामय छ । जब मकरतन्त्रले आप\mनो अगस्ती मुख बायो, यसले दूरसञ्चारको २ अरब रकम क्वाप्पै खायो । कुन्साङ काका जब सडक पेटीमा उभिन्छन्, दूरसञ्चारका कर्मचारीहरूको रुवाबासी सुनिनसक्नु हुन्छ । ती भन्छन्, दुःख गरेर हामीले कमायौँ, शाही सरकारले हाम्रो २ अरब कमाइ खोसेर गोला-बारुद किन्न र मुलुकमा विनाश र मृत्युको आवादी बढाउनलाई लग्यो । मकरमार्गी मनपरीको अन्तिम कथा यो होइन । मोबाइल फोनको कथा झनै भयावह छ । शाही सरकारले मोबाइल फोनमाथि कप्\mर्यु जारी गर्?यो र राष्ट्रलाई करौडौँ घाटाको कोसेली टक्रयायो । न मोबाइलमा लागेको नागरिकको रकम फिर्ता गरियो, न त नागरिकसँग माफी नै मागियो । मानौँ सरकार भनेको अतीतकालीन असनको साँढे हो जसले जे गरे पनि हुन्छ । कुरा सुन्दैमा अचम्म लाग्छ । विशाल उदारता देखाउँदै शाही सरकाले अहिले पि्र-पेड मोबाइलमा आगमन कललाई निःशुल्क गरेको छ । पि्र-पेड मारिएको छ, र मृत पि्र-पेडको आगमन कल शुल्कमुक्त छ । यो मरेको मानिसलाई अक्सिजन दिए जस्तै हो । शाही सरकार दिएको दियै छ । उसो त हुकुमी शासनको पराक्रमको कथा अर्को पनि छ । सीडीएमए नामक असल जातका १० लाख टेलिफोन बाँड्ने तयारी टाकटुक्कै पूरा भएको थियो । 'रचनात्मक' शासनले बन्दुक देखाएर बाँड्न दिएन । यसको रहस्य गहिरो छ । दरबारका एकजना निकट नातेदार रहेछन्, राजबहादुर सिंह । फोनको नयाँ ठेक्कापट्टा तिनले पाए । समय, श्रम, सीप र प्रविधि खन्याएर गरिसकेको त्यत्रो तयारीलाई डुबाएर अब 'मेरो मोबाइल' को नाउँमा दूरसञ्चारमा मिस्टर सिंहको मालामाल ब्यापार सुरु हुँदैछ । आँखिर चलनचल्तीको भाषामा राजा भूपति हुँदै हुन् । मौकामा राजाका नातागोताका जनहरू दूरसञ्चारपति किन नहोऊन् ? क्रमश:
Ok
· Snapshot
Like · Liked by · 0
दूरसञ्चारका कर्मचारीहरू जान्न खोज्छन्, यो अराजकता, यो मनपरी, यो बेथिति फैलाउने हात कसको हो ? उत्तर दिने निकाय कहीँ छैन । सञ्चार सचिव भन्छन्, हाम्ले लिखित आदेश दिया छैन, बन्द गर्ने हात कसको हो म के जानूँ ? उता सैनिक प्रवक्ता भन्छन्, हामी अन्तर्गतको निकाय यो होइन, हात कसको हो म कसरी भनूँ ? हात माथि छ । हात कसको हो यकिनसाथ भन्न मकरतन्त्रले छूट दिँदैन । आयो कुरो अब एफएमको । सूचना र ज्ञानको शक्ति सम्झ्यो कि चालू तानाशाहीको हंस हल्लिन्छ । र नै यसले एफएमले प्रसारण गर्ने समाचारमाथि कप\mर्यु जारी गरेको छ । थाहा छ, एफएम गरिब जनताको हितैषी साथी हो । एफएम सुन्न न साक्षर हुनुपर्छ, न त काँधमा ढ्याके टेलिभिजन सेट बोकेरै हिँड्नुपर्छ । दुई-ढाई सयको पुन्टे चाइना रेडियो किन्यो, खासाका रुपैयाँ गोटाका ब्याट्री हाल्यो, हात हल्लाएर सुन्दै हिँड्यो । त्यसले जगतैभरिका सूचना सोहोरेर आफूछेउ ल्याउँछ । त्यसले खबर भाँती पारेर भनिसुनाउँछ । त्यसले नागरिकलाई टाठो बनाउँछ, स्वबोध गराउँछ र उसमा हकदाबीको चेतनालाई उकास्छ । जब नागरिक शिर ठाडो पारेर आप\mनो हक दाबी गर्न उभिन्छ, मुलुकैलाई आप\mना पैतालाको धूलो देख्न चाहने तानशाहीलाई त्यो सह्य हुँदैन । देखियो । समाचारतिर लौहअस्त्र सोझ्याएर एफएमलाई निस्प्राण तुल्याइएको त्यसै होइन । संगठन पनि शक्ति हो । संगठन एक संरचनामा आवाजहरूको संकलन हो । छरिएका आवाजहरू जब एकमुष्ट हुन्छन्, त्यसमा ठूलो बल हुन्छ । नागरिकको सबलतामा तानाशाहीको दुर्बलता लुकेको हुन्छ । त्यसैले नागरिकका आवाजलाई छिन्नभिन्न पारेर तिनको दुर्बलतामाथि हुकुम चलाउन मकरतन्त्र कन्दनी कसेर लागिपरेको छ । त्यसैले त यसले निजामती कर्मचारी संगठनमाथि निषेधाज्ञा जारी गरेको हो । दल, विद्यार्थी, वकिल, पत्रकार, लेखक, चिकित्सक, रंगकर्मी, चित्रकार र संगीतकर्मीलाई त शाही सरकारले माथिका तीन विकल्प दिएकै थियो । अब कर्मचारीलाई पनि दियो । कि दरबार, कि वन, कि खोर, चौथो विकल्प छैन । शासनले चैनले सास फेर्ने ठाउँ नदिएपछि नागरिकले ज्यान छाड्दो रहेछ । काकाले भोटाहिटीको मुखमा देखे । एक साताअघि त्यहाँ नागरिक समाजको रमितलाग्दो गोलो लाग्यो । प्रश्न थियो, कथित निषेधित क्षेत्र रत्नपार्क कसको हो ? एकलौटी राजाको हो कि सकल नागरिकको साझा हो ? उत्तर खोज्न विवेक र साहसको ध्वजा बोकेर नागरिकहरू लाम लागे । सडकमा सित्तिमिति नदेखिने विविध बान्कीका अनुहारहरू देखेर काकाश्री विस्मित भए । थाहा भयो, शाही शासनले ती सबैको सास फेर्ने डबली खोसिदिए छ । देवेन्द्रराज पाण्डे र पीताम्बर शर्मा, मीना आचार्य र कृष्णप्रसाद भण्डारी, वैरागी काइँला र दुर्गा घिमिरे, आदि र इत्यादिहरू । अरू त अरू, सास फेर्ने ठाउँ नपाएर प्रोगभर्मेट मार्काको प्रोपब्लिकका केदार खड्कासमेत पनि खुत्रुक्क सडकमा झरेछन् । अब कुनै दिन जब्बर पञ्च दीर्घराज प्रसाईँ पनि टुप्पी हल्लाउँदै सडकमा ओर्लिन बेरे छैन । यसको अर्थ हो, राजाका जन अब औँलामा गन्न सकिने भए । मौसुफसँग बाँकी हतियार अब केवल दुईवटा छन्, लाठा र राइफल । तर अचम्म छ, जनसमर्थन, प्रतिष्ठा र लोकपि्रयता जतिजति घट्दो छ, शाही हठ भने उतिउति बढ्दो छ । र उक्त हठले अहिले आएर गगन थापालाई पक्राउ गरेको छ । क्रमश:
Ok
· Snapshot
Like · Liked by · 0
गगन भन्छन्, शासन गर्नेले म अत्याचार गर्छु, तिमी मौन बस भन्न पाइँदैन । शासन गर्नेले कुशासनको आलोचना सुन्न तयार हुनुपर्छ । तयार नहुने हिटलर हुन्छ । गगनले सडकमा शाही कुशासनको आलोचना गरे । नयाँ आलोचना त्यो होइन । असोज १८ उप्रान्त मुलुकभरिमा एक गगन हैन, लाख गगनले त्यसो गरेका छन् । ठिकै हो, ढुंगा हानेपछि तलाउमा स्वभावतः तरङ्गहरू उठ्छन् । ढुंगा हान्नेले तरंगलाई 'तँ किन उठिस्' भनेर पक्राउ गर्न मिल्छ ? तर गगन पक्रिए । तानाशाहीमा तर्कले काम गर्दैन, सनकले गर्छ, हठले गर्छ, उन्मादले गर्छ । र नै गगन पक्रिए ! गगनले सडकमा जे भने त्यो हुकुमी शासनपीडित चानचुन एक करोड वयष्क नेपालीहरूको मर्मको अभिव्यञ्जना हो । लोकतन्त्रको उपासना गर्दै गगन ठूलो स्वरमा बोले, अरू सबै त्यसरी बोलिहालेका छैनन् । फरक यत्ति हो । गगनसँगै प्रतीकात्मक रूपले एक करोड वयष्क नेपाली पक्राउ परेका छन् । र गगन एक करोड वयष्क नेपालीका धड्कनमा क्षण-प्रतिक्षण उपस्थित छन् । कुन्साङ काका निवेदन गर्छन्, शाही सरकार यी एक करोड नेपालीलाई पक्राउ गरोस्, यिनमाथि राजद्रोहको अभियोग लगाओस्, सिंगो नेपाललाई कारागार घोषणा गरोस् र यसरी अठाह्रौँ शताब्दीको एउटा आदिम नाटक मञ्चन गरोस् । नाटक हेरेर सभ्य विश्वले भन्ला-राजाको शासनमा नेपालमा आज रमिता छ !
Ok
· Snapshot
Like · Liked by · 0
नागरिक नेता, गुलाफ र वनमारा खगेन्द्र संग्राैला - कुन्साङ काका आफूलाई 'अहेव' भन्न रुचाउँछन् । राजनीति र संस्कृतिपट्टकिा 'अहेव' । 'अहेव' माने उही चल्तीको असिस्टेन्ट हेल्थ बर्कर नै हो । हाम्रो राजनीति र संस्कृतिमा थरीथरीका रोगी छन् । यी रोगीको अमर्यादित अभिनय र विनाशकारी ताण्डव देख्दा काकालाई रिंगाटा त लाग्छ नै, झोँक पनि चलेर आउँछ । अनि उत्रो ज्ञान र सीप नभए पनि काकाश्री यिनको रोग किटान गर्न र चिरफार गर्न दृष्टि र कलमका हतियार बोकेर घरिघरि जमर्को गर्छन् । सामन्ती मिजासका प्रायजसो यी रोगी आडम्बरी छन् । यी हाँडीघोप्टे शैलीमा आफू स्वस्थ भएको जिद्दी गर्छन् र धारे हात लगाएर कुन्साङ काकालाई हप्तैपिच्छे सराप्छन् । एकबारको जुनीमा अकिञ्चन काकालाई कसैसँग केही माग्नु छैन । त्यसैले कुनै ऐरे-जैरे-नत्थुखैरे रिसाएर काकालाई घाटा पर्ने केही छैन । आशा यतिमात्रै हो, यी रोगीबाट सताइएका लोकका गरिखाने ससाना मानिस काकासँग धेरथोर खुसी नै होलान् । आज काकालाई नागरिक समाजका कतिपय अनौठा रोगीबारे कुरा गर्न मन छ । रोगी ताल-तालका छन् । लोकतन्त्रको पक्षमा उर्लँदो नागरिक आन्दोलनका नाका-नाकामा बेला- बेला अनेक मुद्रामा ती दृष्टिगोचर हुन्छन् । काकाका आँखामा परेका रोगी चरित्रको विविधताका दृष्टिले झन्डै आधा दर्जन छन् । लाग्छ, यी भिन्नभिन्न बान्की र कलेवरमा निरंकुश राजतन्त्रकै छद्म संस्करण हुन् । पत्रकार जगत् नामक नागरिक समाज लोकतन्त्रको ध्वजावाहक जाग्रत र कर्मशील एक वीर हो । नागरिक हक र अभिव्यक्ति स्वतन्त्रताको पुकारा गर्दै घरिघरि आवेगमय जुलुसमा हर्कुलसका पाइला चालेर यो निषेधित सडकमा निस्कन्छ । एउटासम्म भए पनि बूढो त चाहिन्छ नै भनेर होला, काकालाई सधैँ तारको बाटो गरी निम्ता आउँछ । र मानको अपमान नगर्नु भन्ने लोकोक्तिको मान गर्दै निम्ता मान्न काका लुखुर-लुखुर जान्छन् । तर पटकैपिच्छे काकालाई यो नागरिक समाजका केही पात्रले मिचेर ज्यानै पो जाला कि भन्ने भय हुन्छ । एक दिन काका ब्यानरदेखि आठ-दस फिट पछाडि आप\mनै सुरमा थिए । दुईतिरबाट तानेर झ्याइँकुटी खेलाउँदै उनलाई ब्यानर समात्न अगाडि पुर्?याइयो । ब्यानर छोएका मात्र के थिए, अजीवका केही थान नागरिक नेता सारालाई ठेल्दै, पेल्दै र आँधीमय गतिमा हुत्तिँदै आइपुगे । तिनले ब्यानरमा ठाउँ कब्जा गर्दै काकालाई पेलेर भुइँमा पछारे । आतेसको भावमा धूलो टकटक्याउँदै उठेर हेर्दा काकाले देखे, गाँठ्ठे ! ती दुई नागरिक नेता त कानसम्म मुख च्यातेर भिडियो क्यामेरासामु ङच्िच हाँसिरहेका पो छन् । काका भन्छन्, यी ङच्िच पत्रकार जगत्का बहर गोरु हुन् । भर्खर-भर्खर बैँस चढेको बहर गोरु जसरी ठाउँ न ठहर कोरली गाईलाई बथान्दै कुद्छ, पत्रकार जगत्का क्यामेरामुखी यी नागरिक नेताको मति पनि त्यस्तै हो । जुलुसमा नजाऊँ, आप\mनो आस्थाको धर्मै डग्ने । जाऊँ, अत्मप्रदर्शनका अति भोका यी मैमत्त बहरबाट काकालाई भीमकाय खतरा छ । यो खतरा नागरिक समाजभित्रको बहरमुखी रोग हो । क्रमश:
Ok
· Snapshot
Like · Liked by · 0
नागरिक समाजको नेता नम्बर दुई पनि छाँटको छ । कुरा गर्छ योग्यता र सीपको यथोचित कदर हुने वितरणमुखी लोकतन्त्रका, तर आप\mना लागि भाग भन्यो कि यो जीव भुतुक्कै हुन्छ । पाएसम्म सभाको सभापति भाग, त्यो नपाए वक्ता भाग, त्यो पनि नपाए उद्घोषक भाग । अझ त्यो पनि नपाए... । जसरी होस्, आफू मञ्चमा हुनैपर्छ, माइकबाट आप\mनो दिव्य वाणी घन्किनै पर्छ, टेलिभिजनमा आप\mनो छायाछवि देखिनै पर्छ । यो नागरिक समाजभित्रको घोर आत्मकेन्दि्रत राजसी रोग हो । आयो अब नेता नम्बर तीन । यो नेता जुलुसको थालनी हुने थलोमा अघिनै पुगिसक्छ । ब्यानर स्पर्श गर्ने फूर्तिलो प्रथम पुरुष उही हुन्छ । ऊ ब्यानर कठोर गँगटे शैलीमा अँठ्याउँछ । जुलुसमार्ग भरिनै ऊ क्यामेरालाई आप\mनो अनुहार बडो उदारतासाथ प्रदान गरिरहन्छ । जब भाषण गर्ने बेला आउँछ, यो नेताका चेलाचपेटाहरू तलबाट कराउँछन्, श्री उत्तम पुरुष ज्ञानमणिले बोल्नैपर्छ, बोल्नैपर्छ ! थाहा छ, सबै कुरा सोची विचारीकन ट्याकटुक्क प्रायोजित हुन्छ । क्यामेरा आप\mनै, तलबाट सबैलाई उछिनेर भाषणको फर्माइसी गर्ने लड्काहरू आप\mनै । सुनिजान्ने लोक भन्छ, यस टाइपको नागरिक नेता क्यामेराको रिल लगेर दाताछेउ पेस गर्छ । र भन्छ, सर, यो जुलुसको हर्ता, कर्ता, प्रेरक, प्रवर्तक र चालक मै हुँ । लोकतान्त्रिक आन्दोलनमा मेरो लोकपि्रयताको महिमा अपरम्पार छ । यसो भन्छ र ऊ हेमानको थैलो थाप्छ । यो एनजीओ डबलीको डलरमुखी नेता हो । र यो नागरिक समाजभित्रको अर्को संक्रामक रोग हो ।उसो त नेता नम्बर चार पनि कम अजीव छैन । कुरो वानेश्वरको हालैको नागरिक भेलाको हो । एउटा पेसेवर नागरिक समाजको निर्वाचित नेताले गर्धन फुँलाउँदै भेला बहिष्कार गरेछ । विचार र वाक्-सौन्दर्यमा मनग्गे ल्याकत नदेखिएर होला, भाषण गर्ने कोटाभाग निजलाई परेनछ । आफूलाई विशाल प्राज्ञिक समाजको सर्वज्ञ प्राज्ञ ठान्ने सिंहासनप्रेमी यो नेताले बटारिएर घुर्की लगाएछ, म आउँदिन र मेरो प्राज्ञिक परिवार पनि आउँदैन । नभन्दै सभामा निजहजुरको सवारी भएन । आप\mनो बौद्धिक सामथ्र्य, विवेक र विनयशीलताले नचिनिने, केवल पदले चिनिने महारथीहरूको मनोवृत्ति जगतैभरि यस्तै हो । यो नागरिक समाजभित्रको हीनग्रन्थीग्रस्त क्यान्सर रोग हो । नागरिक समाजको पाँचौँ रोगी नेताको नाम हो पटर-पटर नेता । ऊ जब भाषण गर्न उठ्छ, उसले धरती छाडिहाल्छ । रजौटे मनोदशामा ऊ कल्पना गर्छ, म अजिंगर माथि छु, ती भुसुना तल छन् । उत्तम धातुले बनेको म उच्च मानव हुँ, अधम धातुले बनेका तलकाहरू तुच्छ मानव हुन् । मेरो वाणी-प्रवाह सुस्वादु महको दिव्य फोहरा हो, फोहरामा अँजुली थापेर महपान गर्नेहरू मसँग मखलेल छन् । बस्, यस्तो सोच्छ र ऊ पटर-पटर गरिरहन्छ । वाक्क-दिक्क भई सकल श्रोताहरू पिठ फर्काएर छेउकुने संवाद अर्थात् साइड टकमा लीन हुन्छन् । तर आकाश र बतासलाई सुनाउँदै हाम्रो पटर-पटर भने भाषण गरिनै रहन्छ, गरिनै रहन्छ । श्रोताको अपेक्षा, रुचि र मर्यादाको रत्तिभर पर्बाह नगर्ने यो नागरिक नेता दम्भी सामन्ती ख्वामित् हो । र यो पनि नागरिक समाजको लर्तरो रजौटे रोग होइन । क्रमश:
Ok
· Snapshot
Like · Liked by · 0
चरित्र हेरी नागरिक समाजको अन्तिम नेतालाई मौसमी नेता भन्नु मुनासिब होला भन्ने काकाको सानो विचार छ । सम्झना छ, कुनै बेला, सत्ताको ताडनाको प्रत्यक्ष खतरा नहुँदाताक नागरिक नेताहरू भदौ मासका छिछिमिरा झैँ सहरभरि स्याउँस्याउँती प्रकट भएका थिए । शान्तिको सुतीखेती तिनको पि्रय धन्दा थियो । तिनको नित्य चुरिफुरी र आपसी होडबाजी देख्दा लाग्थ्यो, सके शान्तिको पक्षमा यिनले कुनै दिन शहादत नै पो प्राप्त गर्लान् कि ! घरानियाँका यो लाममा किसिम- किसिमका नाम थिए । लाममा नागरिक नवनेता सुन्दरमणि दीक्षित र हिमालय शमशेर राणा थिए । लाममा कृष्णजंग रायमाझी र सुदीप पाठक थिए । लाममा कमाउमुखी निजी विद्यालय प्याप्सन र एन प्याप्सनका नेताका बगालै थिए । उसो त लाममा साप नेपालका भयंकर नागरिक नेता रोहित नेपाली पनि थिए । राजाको हुकुमी शासनसँगै यिनका सजिला दिए सकिए । अनि यी विशाल-विशाल नागरिक नेता आप\mनै मनको एकलासे कुनामा कतै लुसुक्क भूमिगत भए । देखिजान्ने दुनियाँले गम खायो, फुर्सदको आनन्ददायी बसिबियाँलो, सजिलो काम र उच्च नामनै यिनको अप्रकट अभीष्ट रहेछ । न प्रतिबद्धतामा गम्भीरता, न बाचामा अडान, न प्रयत्नमा निरन्तरता, न एकतन्त्र-पीडित सहनागरिकको आपत्- विपत्प्रति हार्दिक समभाव, छाँटले यी नागरिक नेता इतिहासको क्षणिक प्रहसनका खलनायकमात्र रहेछन् । सहजकालमा यी आए, असहजकालमा यी गए । यहाँनेर कुन्साङ काकालाई ब्वाइलर कुखुराको याद आयो । ब्वाइलरको बगाल कहिलेकाहीँ आकाश सहस्र चिरा पर्ने गरी अति कर्कश आवाजमा कराउँछ । अनि एकाएक शान्त हुन्छ, अनि खुब खान्छ, अनि खुब निदाउँछ । विचरा अल्पायु ब्वाइलरको अस्तित्व अतिशय लुलो हुन्छ । चट्याङका त के कुरा असिनाकै आवाजले पनि हृदयाघात भई ब्वाइलरको जीवन शेष हुनसक्छ । यसो गमेर ल्याउँदा नागरिक समाजका यी सम्भ्रान्त नेताहरू ब्वाइलर टाइपका रहेछन् । कहिले थामिनसक्नु क्षणिक चरिफुरी, कहिले लामो न लामो मौन समाधि । काका भन्छन्, यो यिनको वर्ग चरित्र हो । यिनको मौसमी मौनतामा निरंकुश शासनप्रतिको यिनको मौन समर्थनको गुन्जन मधुरै भए पनि सुन्न सकिन्छ । लोकतन्त्रको सच्चा साथी सहज कालमा हैन, संकटकालमा चिनिन्छ । चिनियो । यो नागरिक समाजभित्रको सफेदपोसी कुलीन रोग हो । लोकतन्त्रको झन्डा गाड्ने नागरिक आन्दोलन शक्ति र गौरवका साथ उठिरहेछ । तर समस्या छ, आन्दोलनभित्रका नानावली रजौटे रोगको उचित उपचार गर्ने कसरी हो ? कुन्साङ काकाको रायमा यी रोगका रोगीका नाम लोतन्त्रको भित्तोमा परैबाट देखिने गरी लेखिनुपर्छ । रोगीले पढून्, आफूलाई चिनून्, भित्तामा आप\mनो अशोभनीय रूप देखेर पछुतो मानून् र आफूलाई आडम्बरी रजौटाबाट सादा नागरिकमा फेर्न यत्न गरून् । सके यी फेरिऊन्, नसके आन्दोलनबाट स्वेच्छाले यी पन्छिऊन् । जहाँ गुलाफको वरिवरि वनमारा झार हुन्छ, त्यसले गुलाफलाई गाँजेर कालान्तरमा मारिछाड्छ । अतः नागरिक आन्दोलनका सक्कली नेताहरूले बेलैदेखि होस पुर्?याउनु राम्रो हुनेछ । नत्र अतीतमा झैँ गुलाफ फुलाउने तिनको रहर वनमारा झारले ढाकिएर निस्सारतामा समाप्त हुने खतरा छ ।
Ok
· Snapshot
Like · Liked by · 0
http://www.kantipuronline.com/Nepal/afailaishodera.php शाही शासनमा ठगी सिरियल -खगेन्द्र संग्रौला अनुभवको कुरूप ऐनामा पढ्दा मलाई शाही शासन सबै कुरामा उल्टो प्रतीत हुन्छ । दिशा यसको उल्टो छ, गति उल्टो र उल्टै मति । प्रचलित तर्कप्रणालीको उल्टो, मानवसभ्यताद्वारा स्थापित मर्यादायुक्त मूल्यप्रणालीको उल्टो । मुखले नरम बोलीमा प्रजातन्त्र भनियो, कामले कठोर निरङ्कुशतन्त्रको नग्न अभ्यास थालियो । मुखले सुशासनका कुरा कथुरियो, व्यवहारले कुशासनको मौलो गाडियो । भ्रष्टाचारी सदाचारी ठहरियो, व्यभिचारी आदर्श पुरुष मानियो । गर्ने नागरिक शासन नै हो भनियो, अघोषित सैनिक शासनको खाँडो जाग्यो । शाही शासनमा अपराधी कञ्चन भयो, व्यभिचारी सज्जनमा गनियो । खिया-पुरुष तरोताजा पुरुषमा पर्?यो, इतिहासको पत्रु पात्रले जीवन्त र गतिमान पात्रको सम्मान पायो । जता हेर्छु, जे पनि उल्टो छ । उल्टाहरूको यो उल्टो शासनमा हालै एउटा ठगी सिरियलको मञ्चन भयो । संयोग अनौठो छ । राजा ज्ञानेन्द्रको सवारी सुनसरीमा भएको थियो । त्यहाँ जाग्रत नेपालीहरूले नचिनेका, नचुनेका र नपत्याएका राजाका एक दर्जनजति कार्यकर्ताहरू भेला गरिए । अनि, राजाले तिनलाई ठिङ्गे लगाएर एक 'राउन्ड' अर्ती दिए । सुन्दा अर्ती औधी राम्रो थियो । तिमीहरू जनताका मर्का बुझ, तिमीहरू जनताको सेवा गर, आदि । ठीक त्यहीबेला यता राजधानीमा शाही शासनकै छत्रछायाँमा ठगी सिरियलको धुमधामका साथ मञ्चन हुँदैथियो । प्रसङ्ग नेपाल टेलिकमको हो । शाही सत्ताद्वारा लामो समयसम्म प्राण हरिएको पि्र-पेड मोबाइल उग्र विरोध र अखण्ड निन्दापछि खोलिने भयो । तर, त्यसमा एउटा नादिरशाही सर्त थोपरिएर आयो । भनियो, फारमवालाको चिनारी एक सरकारी हाकिमद्वारा सदर गरिनुपर्छ । यो ठगी सिरियलभित्रको कुटिल कार्यनीति थियो । थाहा छ, भुक्तभोगी नागरिकका नजरमा हाम्रा भ्रष्ट सरकारी अड्डाहरू धक र दकसका मुहान हुन् । नागरिकलाई झुलाउनु, गलाउनु, लतार्नु र ठग्नु त तिनको सनातन संस्कृति नै हो । जब सरकारी सर्त सुन्यो, त्यो सुनेर सरोकारवाला नागरिक गलित भयो । कुन सरकारी हाकिमबाट आप\mनो चिनारी सदर गराउनु ? निज भीआईपीकहाँ त्यतिमाथि कुन माध्यमले पुग्नु ? आप\mनै पहुँच वा सोर्स-फोर्स हुने केही थोरै भाग्यमानीहरू त पुग्लान् नै । जुन अभागीको त्यो छैन, उसले के गर्नु ? ससाना र निमुखा नागरिकहरूसामु यसरी अनेकन विकराल प्रश्नहरूले मुख बाए । क्रमशः
Ok
· Snapshot
Like · Liked by · 0
चाबहिल टेलिकमको अड्डा समीपमा मालपोत अड्डा छ । लोकले चिनेजानेको मालामालमुखी उही मालपोल अड्डा । कार्यालयको भित्तोमा एउटा सूचना टाँसियो, "यहाँ पि्र-पेड मोबाइलको सिफारिस गरिँदैन ।" नकारमुखी त्यस सूचनाको रहस्य पछि बुझियो । त्यो त उल्टोतिरबाट अर्थ लगाउनुपर्ने उही शाही शासनको भाषा पो रहेछ बा ! अर्थ रहेछ, "यहाँ रकम ज्युनार नगरीकन पि्र-पेड मोबाइलको सिफारिस गरिँदैन ।" ठगी सिरियलको कालो पर्दा यसरी उठ्यो । र, नागरिकको रकम भक्षण गर्ने कार्य सुरु भयो । राम्रो दक्षिणा लिएर सिफारिसमा सहीछाप दान गर्नेहरूमा मालका मयलपोसे हाकिम र प्रहरी अड्डाका फुलीधारी सरहरू धेरै देखिए । निजहरूका चतुर इसारामा नाका-नाकामा दलालहरू उभिए । पहिलो दलालले ५० रुपियाँ खल्तीकरण गर्?यो, दोस्रोले एक सय रुपियाँ बजायो । अनि, कृपाकारी सहीदाता हाकिमले मौका हेरी चौका हानेर पाँच सय वा एक हजार रुपियाँ वा त्यसभन्दा माथि झ्वाम पारे । उता सुनसरीमा राजा त्यसरी जनसेवाको मन्त्रदान गर्दै थिए, यता शाही शासनमा यसरी ठगी सिरियलको मञ्चन हुँदैथियो । लाग्छ, शाही प्रजातन्त्रको असली चिनारी यही हो । मुखमा रामराम, बगलीमा झ्वाम ! मोबाइल लिने नागरिकहरूले तीनपुस्ते खोलेर फारम पहिले भरेकै थिए । उसो त लाग्ने दस्तुर पनि बुझाएका थिए । अनि, अहिले किन चाहियो उपरवाले महामहिमको यो सहीछाप ? मेरो विचारमा यसको अर्थ गहिरो छ । अर्थ बुझ्न शाही शासनको भित्री मनसुवा बुझ्नुपर्छ । लाग्छ, शासक भनेको बिरालो हो, नागरिक उसका पन्जामा परेको मुसो । बिरालाले मुसालाई जसरी खेलाए पनि, जसरी अत्याए पनि, जसरी सताए पनि भएकै छ । सिफारिसको यो जनपिराहा नाटक शासनतन्त्रद्वारा नागरिकलाई डसेर र चुसेर स्वत्वहीन पुत्ला र पुतली बनाउने दाउ हो । यो तानाशाहीको सनातन स्वभाव हो । सिफारिसका नाउँमा जब नागरिकहरू दरबारका नाकैमुन्तिर मध्यदिनको उज्यालोमा ठगिँदै थिए, त्यसबेला राजाको 'जनसेवी' सत्ताका बफादार औजारहरू कहाँ थिए हुनन् ? ती कहाँ थिए, जाग्रत नागरिकलाई लख काट्न सजिलो छ । सके भ्रष्ट शिरोमणि श्री तुलसी गिरी राज्यको एक रास रकम थुतेर सीताराम प्रसाईंको भोजनगृह सिँगार्दै थिए । क्यासिनोका श्रेष्ठ खेलाडी श्री कीर्तिबाबु गृह-सम्भारका नाउँमा राज्यको रकम कुम्ल्याएर सके खेल मैदानमा डटेका थिए । अनि, अन्यान्य औजारहरू ? भो, अन्य शाही 'जनसेवकहरू' का कुरा नगरुँ । बिष्टालाई चलायो, दुर्गन्धको दुःख । सिफारिसमा सही गरिदिने राजभक्तहरूलाई ज-जसले नजराना टक््रयाए, तिनले त जे भए पनि मोबाइल पाउलान् नै । तर, चानचुन २५-३० हजार नागरिकले त नजराना टक््रयाउन पनि पाएनन् । कति बाटो नदेखेर चुके हुनन् । कति टक््रयाउने थैलाको दुःखले पछि परे हुनन् । कतिले भ्रष्ट हाकिमका चरणमा अनाहकमा दाम चढाउन इन्कार गर्दै मोबाइल नै परित्याग गरे हुनन् । क्रमशः
Ok
· Snapshot
Like · Liked by · 0
शाही शासनका हेर्ने आँखामा आप\mनै मौलिकता छ । यो अधोमुखी मौलिकता हो । ब्याङ्कको रकम हजम गरी मुगलान भासिने वीरलाई यस शासनले चिन्छ । उसलाई चिनारीको सिफारिस चाहिँदैन । हत्याचारी, परस्त्रीगामी, प्रतिगामी, पातकी र दमनकारी पात्रहरूलाई यस शासनले चिन्छ । निजहरूलाई चिनारीको सिफारिस चाहिँदैन । तर, सोझासीधा, देशप्रेमी र गरिखाने नागरिकलाई यो शासन चिन्दैन । तिनलाई चिनारीको सिफारिस चाहिन्छ । आफूद्वारा सताइने नागरिकहरूको मौन चीत्कारमा शाही शासन सके सङ्गीतको सुमधुर धुन सुन्छ । र, सके तिनको खतीमा, तिनको पीडामा, तिनको औडाहामा आनन्दको अनुभूति गर्छ । अन्यथा यस शासनमा कहीँ नभएका यी नरपीडक नियम, कहीँ नभएका यी बन्देज र कहीँ नभएका यी निषेधहरू किन ?
wtf
· Snapshot
Like · Liked by · 0
hey "OK", thank you !!
Ok
· Snapshot
Like · Liked by · 0
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=5040 जाती प्रवक्ता, जंगी पत्रकार र रुन्चे चाटुकार बेलाको बोली खगेन्द्र संग्रौला - कुरा सुरुबाटै थालौँ । जब 'रचनात्मक' शाही शासनको थालनी भयो, माथिको आदेशले अखबार सम्पादन गर्ने जिम्मा राइफलले पायो । कुन्साङ काकाले सुनिजानेको कुरा हो, दुई कुराप्रति राइफलधारी अधिकारीहरू अचाक्ली असहिष्णु थिए । पहिलो कुरा थियो व्यङ्ग्य लेख, दोस्रो व्यङ्ग्य चित्र-कार्टुन । अखबार जगत्मा सटिक शैलीमा गरिने व्यङ्ग्यको बिँडो त विमल निभा एक्लैले थामेका छन् भने पनि हुन्छ । तर लोकतन्त्रको खुला डबलीमा कार्टुनकलामा कमाल गर्नेहरूको भने सानोतिनो टोलीकै जायजन्म भएको छ । कमालकर्मी नम्बर एक हुन् काकाका आदरणीय मित्र पोखरेली वात्स्यायन । कान्तिपुर र काठमाडौँ पोस्टमा जब यी कलाकार कार्टुनकलाको अस्त्र भिरेर उपस्थित हुन्छन्, निरंकुशतन्त्रका टीके कार्यकर्ताहरूको निद हराम हुन्छ । यसपाला त निजहरूको निद चिलिमै भएछ । देखियो । कार्टुनको विषय मामुली थियो । कन्टेनरमा सेलाइएको संवैधानिक राजतन्त्र गधा-बिम्बमा गोचर भयो । एक वृद्ध पुरुषले बिम्ब काँधमा बोके । बोझको सन्तुलन मिलाउन पुच्छर समात्दा पुच्छर छिनेर वृद्धका हातमा झर्?यो । खुर त अघि नै धूलिसात् भइसकेको थियो । कुरा बुझियो, गधा-बिम्ब सढिसकेको रहेछ । बिम्बबाहक थिए काङ्ग्रेसी प्रथम पुरुष श्री गिरिजाप्रसाद कोइराला । बस्, कार्टुनको चुरो कुरो यही हो । कार्टुनमा न केही अति थियो, न त यसले कसैको केही खती नै गरेको थियो । यो त केवल सत्यनिष्ठ कलाकारको तीक्ष्ण दृष्टिद्वारा गरिएको यथार्थको नग्न चित्रण थियो । छयालीस सालउप्रान्त नागरिकहरूलाई राजतन्त्र संवैधानिक भयो भन्ने भ्रम थियो, असोज १८ गते उक्त भ्रमको मृत्यु भयो । वात्स्यायनले रचना गरेको गधा-बिम्ब त्यही भ्रमको शव हो । शासनको बागडोर हातमा लिएर राजा कार्यकारी एकाधिकारी भएका छन् । कार्यकारी राजा र गधा-बिम्बको बाह्र हात परको साइनो पनि छैन । तर गधा-बिम्ब देखेर राजाका टीके कार्यकर्ता एवं प्रवक्ता टंक ढकालको भने बित्थामा टुप्पीबाट धुवाँ छ्ट्यो । यो कलाको सन्दर्भ र मर्म नबुझ्ने अभागीको दुःख हो । क्रमश:
Ok
· Snapshot
Like · Liked by · 0
वास्तवमा यो कार्टुनमा संवैधानिक राजतन्त्र अंकित गधा-बिम्ब माध्यममात्र हो, व्यङ्ग्यको निशाना होइन । निशाना त गिरिजाबाबु पो हुन् । गमेर ल्याउँदा अचम्म लाग्छ । कार्यकर्ताहरू र प्रवक्ता गिरिजाबाबुका पनि नभएका होइनन् । तर कार्टुनमा बूढालाई संवैधानिक राजतन्त्रको सढेको बिम्ब बोकाएर त्यत्रोविधि खिसिट्युरी र कुरिकुरी गर्दा पनि उनका कार्यकर्ताहरू र प्रवक्ता चुपचाप सहेर बसे । यो सहनशीलता लोकतन्त्रको धर्म हो । भूलचुक गर्ने नेता वा जनपिराहा शासक आलोचनादेखि माथि हुँदैन भन्ने कुरा कांग्रेसीगणलाई थाहा छ । तर अलोकतान्त्रिक शाही शासनका कार्यकर्ताहरूको चारित्रिक विशेषता भने असहिष्णुता, असहिष्णुता र असहिष्णुता मात्र हो । र शाही प्रवक्ता टंक ढकाल यो चरित्रका प्रतिनिधि पात्र हुन् । कान्तिपुर र काठमाडौँ पोस्टमा जब वात्स्यायनकृत गधा-बिम्ब प्रकट भयो, शाही शासनको संरचनाभित्र भयानक खैलाबैला मच्चियो । कान्तिपुर पब्लिकेसन्सका निर्देशक विनोद ज्ञवाली तथा कान्तिपुर र काठमाडौँ पोस्टका सारथीद्वय नारायण वाग्ले र प्रतीक प्रधानलाई प्रजिअकहाँ डाकिपठाइयो । र प्रजिअद्वारा सांकेतिक भाषामा तर खुलस्त बुझिने गरी 'टेक्छौ घुँडा टेक, नत्र म प्रहरी लगाइदिन्छु' भनेर थर्काउन खोजियो । नबिराउनू, नडराउनू, एकबारको जुनीमा बित्थामा किन घुँडा टेक्नु ? कान्तिपुरे तीन तरुणले आप\mना स्वाभिमानी घुँडा टेक्न हाक्काहाक्की इन्कार गरे । राजा बाघछापे बर्दीमा सजिएर पश्चिम भेगका प्रजासँग सडक संवाद गर्दैथिए । संवादमा राजाबाट आप\mना टीके कार्यकर्तालाई हुकुम बक्स भयो, हामीले पूर्ण प्रजातन्त्रतर्फ जानु पर्दछ । यता प्रवक्ता टंक ढकालले हुकुम सुने । र उनलाई जोस चलेर आयो । पूर्ण प्रजातन्त्रतर्फ जान दलहरू र स्वतन्त्र प्रेसको प्राण हरण गरिनुपर्छ भन्ने सामन्ती सत्यकोे उनलाई पुनःस्मरण भयो । अनि उनी रौद्र रूप धारण गर्दै पत्रकार सम्मेलनमा प्रस्तुत भए । क्रोधको चुचुरोमा चढेर उनले झन्डैझन्डै यस्तो आशयको गर्जन गरे, कार्टुन छाप्नेमाथि कारबाही गर्न नसके म डाडुमा पानी तताएर...। शाही टीकाधारी टंक ढकाल कुन्साङ काकालाई खुब मनपर्ने पात्र हुन् । यी लोकतान्त्रिक गणतन्त्रका अब्बल दर्जाका एक नकारात्मक गुरु हुन् । गुरु, प्रचारक र अभियन्ता- थि्र-इन्-वान् । टंकका मुखारवृन्दबाट जब कार्टुनको कुरा उठ्यो, जगत्ले जिज्ञासु मुद्रामा ठाडा कान लगायो । अनि एक लाख, दुई लाख, पाँच लाख नागरिकले धुइँपत्ताल खोजीखोजी कार्टुन हेरे । हेरेमात्र हैन, जान्नेलाई सोधीसोधी, गूढ अर्थ खोजीखोजी तिनले कार्टुनको रहस्य खोतले । यो कार्टुन एक खुला पाठशाला बन्यो जहाँ लाखौँ नागरिकहरूले राजनीतिक शिक्षा प्राप्त गरे । शिक्षाले भन्यो, संवैधानिक राजतन्त्र नामक भ्रमको मृत्यु भयो । अहिले अस्तित्वमा जे छ, यो निरंकुश राजतन्त्र हो । सत्यवादी वात्स्यायन अमर रहून् ! क्रमश:
Ok
· Snapshot
Like · Liked by · 0
टङ्कगणले अब सके सम्पादक र प्रकाशकलाई पक्राउ गर्ला वा तिनलाई हैरान पार्न मुद्दा चलाउला । काका भन्छन्, गरोस् र चलाओस्, झनै राम्रो हुनेछ । अझ धेरै नागरिकले कार्टुन पढ्नेछन् । अझ धेरै नागरिकलाई शाही शासनको सक्कली चरित्रको ज्ञान हुनेछ । अझ धेरै नागरिक लोकतन्त्रको अभियानमा लाम लाग्नेछन् । कान्तिपुर र काठमाडौँ पोस्टका सम्पादक र प्रकाशकहरूको ख्याति अझ धेरै बढ्नेछ । र यी प्रकाशनहरूको लोकपि्रयता झनै चुलिने छ । ढकाल महोदयसँग काकाको निवेदन छ, यो सत्कर्म सम्पन्न भइहालोस् । सारा जगत्ले देखोस् र जानोस्, शाही शासन जनजनका सपना बोक्ने दलहरू र स्वतन्त्र प्रेसको ज्यानी दुश्मन हो । यिनको मृत्युमा मात्र उसको अस्तित्वको रक्षा हुनसक्छ । कार्टुनको गधा-बिम्बको चर्चा जब सुरु भयो, पत्रकारितामा अनेक अनुहारहरू आप\mनो सच्चा स्वरूपमा प्रकट हुनथाले । यस महलका अगुवा टीके अनुहारहरू सरकारी गोरखापत्रमा गोचर भए । कुनै टीकेले कार्टुन बनाउने र छाप्नेको सर्वस्व हरण गर्नुपर्ने दिव्य वाणी प्रसार गर्?यो । कुनैले जन्मकैदको माग गर्?यो । अझ कुनै उच्चतम् टीकेले त मृत्युदण्डको माग राखेर दरबारमा बिन्तीपत्र नै चढायो । राम्रो छ । भित्र जो जे हो त्यही रूपमा ऊ बाहिर प्रकट हुनु मानवचरित्रबारे लोकको ज्ञान वृद्धि हुनु हो । त्यो भयो । यहाँनेर गोरखापत्रका यी महान् लडाकाहरूछेउ काकाका दुईवटा निवेदन छन् । एक, राजा बाघछापे बर्दीमा सडकमा निस्किरहेकै छन् । आज्ञाकारी मुद्रामा गोरखापत्रका लडाकाहरू पनि बाघछापे बर्दीमा किन नसजिने ? आखिर जङ्गी पत्रकारिताको सच्चा परिधान यही त हो । दुई, गोरखापत्र कर्पोरेसनको नाम परिवर्तन गरी खुफिया कर्पोसन, झोसपोल विभाग बनाए कति सुहाउँदिलो होला ? जस्तो काम उस्तै नाम हुनु इमानी र पारदर्शी हुनु हो । झटपट बनाइहालौँ । बन्धु, शुभ कर्ममा बिलम्ब किन ? उसो त सरकारी पत्रकारिताको ड्याङमा अर्को एउटा मूला पनि माटोमाथि उत्रेको देखिन आयो । साँचो अर्थमा यो उही जङ्गी पत्रकारिताको भाइनाइके हो । यसले आप\mनो पत्रमा बाँदरको कार्टुन बनायो र बाँदर बिम्बमा 'प्रेस स्वतन्त्रता' जडान गर्?यो । पत्रकारिताको क्षेत्रमा चाटुकारिताको यो अब्बल उदाहरण हो । तर बिचरा यस चाटुकारका आप\mनै दुःख छन् । दुःखीले पहिलो पातोमा सम्पादकीयमा लेख्यो, हे राम ! ख्वामित्को सेवक यो हनुमान पारितोषिक नपाएर रोइरहेछ । हेर्नुस्त पाठकवृन्द, चाटुकारलाई यो कत्रो दुःख ! क्रमश:
Ok
· Snapshot
Like · Liked by · 0
सान्त्वनाको भावमा काकाश्री भन्छन्, रुनु पर्दैन । ख्वामित्को मनग्गे सेवा गर्नेले मौकामा दरो मेवा कसो नपाउला ? तर सेवकको परिचय अझ खुल्नु जरुरी छ । लाज र शरम, इमान र जमान, अस्मिता र इज्जत इक्षुमतीमा सेलाएर भन्नुपर्छ, प्रभु ! म पत्रकार हैन, शाही चाटुकार हुँ । स्वतन्त्र पत्रकारिताका जरा उधिन्नु मेरो सपना, जपना र रटना सबैथोक हो । बस्, खुब फलिफाप हुन्छ । सरकारी विज्ञापन लटालट आउँछ, शाही भ्रमणमा देशदेशावरको सयर गर्न पाइन्छ । प्यान्टे भुँडीमा सुस्वादु भोजन भरिन्छ, खल्तीमा मुहुनीमय डलरको चाङ लाग्छ । अनि आगे सालको गोदबा अठाह्रौं त कतै नजा । यतै लाभ, उतै लाभ, जगतै झल्झलाकार ! हेर चाटु, त्यसरी रुनु पर्दैन । काका जब यी जङ्गी पत्रकार र रुन्चे चाटुकारको निकट भविष्यको कल्पना गर्छन्, उनलाई त्यसैत्यसै रुँ-रुँ लागेर आउँछ । लोकतन्त्रको यो युगमा निरंकुशतन्त्र दीर्घायु त नहोला नै । जब यसको अवशान हुन्छ त्यो बेला यी जण्ड सेवकहरूको हबिगत के होला ? फसाद छ, मुलुकमा जनपक्षीय सुराकीहरूको केही कमी छैन । आठ दल छन् र तिनका आठ विद्यार्थी संगठन छन् । पत्रकार महासंघ छ र बार एसोसियन छ । अझ त्यसमाथि मौरीको गोलोझैँ नागरिक आन्दोलनको ज्वार उठ्दो छ । यी र यस्ताहरूका गोप्य स्रेस्तामा हाम्रा जङ्गी पत्रकार र रुन्चे चाटुकारहरूका नाम एकएक गरी चढिसके होलान् । जब लोकतन्त्र विजयी हुन्छ, यी जङ्गी र यी चाटुहरू भागेर कहाँ जालान् ? शुभेच्छुक कुन्साङ काका यिनका कानमा सुटुक्क भन्न चाहन्छन्, भक्तगण ! जक्ति जान्नेका लागि जीवनमा बाटाको केही कमी छैन । बियाँलो नगरीकन आजै चारधामको टिकट काटे पछिलाई धेरै राम्रो होला । श्री पशुपतिनाथले गरुन् ।
dildhadkan
· Snapshot
Like · Liked by · 0
Thanks OK. Finally fulfilled my thirst. I read it inbetween of my work. Thank you again. keep posting : )
dildhadkan
· Snapshot
Like · Liked by · 0
work in an American company. Eat with them, talk with them. First number in work place but still can't write Englsih like asu,sheer5, girl-interrupted, Nepe, kahlistan and others. I am lucky! keep rolling dang!
Lali Guras
· Snapshot
Like · Liked by · 0
दिलधडकन को कु रो बुझिएन ....जागिर भर्खरै सुरु गरे जस्?तो छनि.....
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12551 · Likes 1
· Posts 7 · Viewed 3958 · Likes 1
· Posts 1 · Viewed 1089
· Posts 1 · Viewed 1066
· Posts 1 · Viewed 974
· Posts 1 · Viewed 1068
· Posts 1 · Viewed 1040
· Posts 21 · Viewed 9960 · Likes 1
· Posts 3 · Viewed 2573
· Posts 5 · Viewed 7765 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal