नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अचानक सत्ताबाट बाहिरिनुपर्दा आक्रोशित, क्षुव्ध र हतास देखिएको बताएका छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीले पछिल्लो सत्ता समीकरण मुलुकमा देखिएका समस्या समाधानका लागि भएको बताएका हुन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति एवम् नेपाली कांग्रेसकी नेता आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानविन आयोग भरपर्दो नरहेको आरोप लगाएकी छन् ।