विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएका रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र करिब चार करोड रुपैयाँ जरिवाना तोकेको छ ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका अर्का सांसद कैलाशकुमार चौधरीले पनि दाबी पेस गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदसमेतको समर्थनमा सांसद चौधरीले केहीबेर अघि प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरी मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । मुख्यमन्त्रीमा दाबी पेस गर्ने समयसीमा घर्किनै लाग्दा चौधरी प्रदेश प्रमुख नजिर मियाँको कार्यालय पुगेका हुन् ।