लोकेश बमले शतक बनाए पनि नेपाल ‘ए’ पहिलो ट्वान्टी २० क्रिकेटमा आयरल्यान्ड उल्भ्स् (ए) सँग २१ रनले पराजित भएको छ । लोकेशको सानदार शतक पनि अन्तिम ७ विकेट १२ रनको अन्तरमा गुमाएपछि २ सय २३ रनको विशाल लक्ष्य लिएर आएको नेपाल ‘ए’ १९.३ ओभरमा २ सय १ रनमा अलआउट भयो ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पताल जनकपुरमा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले भौतिक संरचनाको निर्माण र प्राविधिक व्यवस्थापनले मात्रै गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नरहेको उल्लेख गरे ।
बर्दिया राष्ट्रिय निकुञ्जले गैंडाको संख्या र अवस्था बुझ्न अनुगमन सुरु गरेको छ । गैंडाको अवस्था बुझन निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीलगायत १० वटा हात्ती परिचालित गरिएको छ ।
अर्थमन्त्री वर्षमान पुनले बजेट मस्यौदा लेखन समिति गठन गरेका छन् । शुक्रबार मन्त्री पुनले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्य लेखनका लागि मन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजकत्वमा समिति गठन गरेका हुन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा भएको निर्वाचन त्रुटिपूर्ण रहेको ठहर गरेको छ । सहन्यायाधिवक्ता ध्रुवकुमार चौहानको समितिले एनआरएनएको निर्वाचन त्रुटिपूर्ण रहनुमा १२ वटा कारण देखाइएको हो ।