आजको मान्छे - Sajha Mobile
SAJHA MOBILE
आजको मान्छे
Posts 1 · Viewed 1195 · Go to Last Post
Smriti-malla
· Snapshot 0
Like · Likedby · 0
आफ्नो अस्तित्वको शिर झुकाएर बाँच्दै छ मान्छे आज

अनगिन्ती पीडा र वेदनालाई लुकाएर हाँस्दै छ मान्छे आज

स्वचालित भन्दा बढि सञ्चालित भएर होला,

सभ्यताको नाउमा यान्त्रिक बन्दै छ मान्छे आज।

केवल पैँसाको पछाडी दगुर्दा दगुर्दै

मानवताको स्वरूपलाई नै भुल्दै छ मान्छे आज।

त्यी सुमधुर भावनात्मक संबन्ध खोई कता गए,

पारिवारिक भिडमा समेत एक्लिएर जिउँदै छ मान्छे आज

नातीले बाजेलाई चिन्न छाडी सक्यो यहाँ

पहिचान दिने पुर्खाको योग्दानलाई मास्दै छ मान्छे आज।

आफ्नो संस्कार र धरातललाई बिर्सिएपछी कसको के लाग्छ र,

गन्तव्यविहीन भै अल्मलिँदै छ मान्छे आज

न दिनमा चैन छ न त रातमा निद्रा,

अरूको सफलता र उन्नतिदेखि जल्दै छ मान्छे आज।

अब छोड त्यो खोष्टे आदर्शका पछाडी बरालिन

र खोल त्यो नक्कली भौतिक्ताको मुकुट,

अनि देखाई देउ मानव हुनुको वास्तविक अस्तित्व

पुगेर मानवताको त्यो उच्चतम बिन्दुमा,

चिनेर आफू को हुँ भनी,

अनि पारेर त्यी हुर्किँदै गरेका सपनालाई साकार।


Smriti malla
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12567 · Likes 1
· Posts 7 · Viewed 3987 · Likes 1
· Posts 1 · Viewed 1093
· Posts 1 · Viewed 1077
· Posts 1 · Viewed 984
· Posts 1 · Viewed 1075
· Posts 1 · Viewed 1048
· Posts 21 · Viewed 9999 · Likes 1
· Posts 3 · Viewed 2601
· Posts 5 · Viewed 7787 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal