आन्तरिक हवाई उडान अर्को आदेश नभएसम्म बन्द - Sajha Mobile
SAJHA MOBILE
आन्तरिक हवाई उडान अर्को आदेश नभएसम्म बन्द
Posts 1 · Viewed 1753 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0

२९ वैशाख, काठमाडौं । सरकारले कोरोना महामारीको नियन्त्रणका लागि मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा लम्ब्याएको छ । सोही अनुसार बन्द गरिएको आन्तरिक तर्फको हवाई उडान अर्को आदेश नभएसम्मका लागि बन्द भएको छ ।

यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्यूल आन्तरिक र बाहृय उडान बन्द गर्ने निर्णय गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार अन्तर्राष्ट्रिय उडानको हकमा मे ३१ (१७ जेठ)सम्मको मिति तोकेर प्रतिवन्ध लम्ब्याएको पत्र वायुसेवा कम्पनीलाई दिएको थियो ।

आन्तरिक उडानको हकमा भने अर्को आदेश नभएसम्म बन्द गर्ने निर्णय भएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

‘महामारीको अवस्था हेरेर सरकारले निर्णय लिन्छ, उनले भने, ‘अहिलेका लागि अर्को निर्णय नभएसम्म उडान बन्द हुनेछन् ।’ यसबीचमा चार्टर्ड, मेडिकल तथा कार्गो उडानको अनुमति भने नियमित दिइने छ ।

Source: https://www.onlinekhabar.com/2021/05/953314

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12264 · Likes 1
· Posts 7 · Viewed 3682 · Likes 1
· Posts 1 · Viewed 1028
· Posts 1 · Viewed 982
· Posts 1 · Viewed 886
· Posts 1 · Viewed 986
· Posts 1 · Viewed 972
· Posts 21 · Viewed 9426 · Likes 1
· Posts 3 · Viewed 2392
· Posts 5 · Viewed 7545 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal