सरस, सुशिल, संयमित,
तिम्रा ती आवाजहरु
अनमेल, अराजक, अमर्यादित
मेरा यी धड्कनहरु
ॠतु, समय, सालसङै
परिवर्तित मेरा भावनाहरु
कोही मेरो, आफ्नो होला
कस्तो होला चिन्तनाहरु ?
निर्मल, निर्दोष्, निषेधित
आकर्षणका ती आव्हानहरु
मजबुर, मोहित अनि मुर्छित
भद्र, भलादमी, सज्जनहरु