सुनपानीले चोखिदै माधब नेपाल समूह !!! - Sajha Mobile
SAJHA MOBILE
सुनपानीले चोखिदै माधब नेपाल समूह !!!
Posts 6 · Viewed 5358 · Likes 6 · Go to Last Post
Logankobaje
· Snapshot 0
Like · Likedby · 1

माधब नेपाल समूह लाई एमाले पार्टी कर्येलय प्रवेश गराउनु पहिले ओली समूहले सुनपानी छर्किएर चोख्याउने संकेत गरेको छ । काठमाडौँमा हिजो एक कार्येक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले माधब नेपालले प्रचण्डको जुठो लड्डु खाएको कारण सुनपानी छर्केर चोख्याउनु पर्ने धारणा ब्यक्त गरेका छन् ।

के हो सुनपानीले चोख्याउने भनेको ?
नया पुस्ता लाई थाहा नहुन सख्छ, हिन्दु संस्कार अनुसार कुनै व्यक्ति, बस्तु , घर, मठ , मन्दिर आदि कुनै कारणले अपवित्र भए तेस्लाई सुनपानी छर्केर चोख्याउने परम्परा छ । छेत्री, बाहुन ,ठकुरी लगायत उपल्ला जातले बाटो हिड्दा वा अन्य कारणले दलित जातिलाई छोयो भने घर छिर्नु पूर्व सुन पानीले छर्किने चलन छ । येस्तै कुनै युवती घर बाट भागेर कुनै केटा संग रात बितायमा ,दलित संग बिहे गरेमा , बिबाह पूर्व कुनै केटा संग रिलेसन्सिपमा बसेको भएमा तेस्तो केटि लाई अर्कै संग बिबाह गर्नु परेमा वा मूल घरमा भीत्राउनु परेमा सुनपानीले छर्किने चलन रहदै आएको छ । येस्तै स्त्री रजशोला भएको ५ दिन पछि पूजा-आजा गर्न चोखिनु परेमा पनी सुनपानी छर्केर चोखिने चलन छ ।

के यो चलन अझै छ ?
नेपालको गाऊ घरमा मात्र हैन काठमाडौँ र अन्य सहरमा समेत यो प्रचल अझै रहेको छ । बसाई सरेर अमेरिका आएको पुस्तामा समेत मैले यो प्रचलन कायम रहेको देखेको छु । हालै ब्रेक-अप भएकी एक नेपाली नायिका लाई समेत उनकी आमाले साली नदि लगेर सुनपानी छर्केर चोख्याएको खबर आएको थियो । २ वर्ष लामो सम्बन्धबाट अलगीयेकी उनको अब पारिबारिक सल्लाह अनुसार छिट्टै बिबाह हुने खबर आएको छ । अरु त आरु हिन्दु धर्मलाई ढोंगी र प्रतिगामी बुर्जवा संस्कृति भन्ने कमनिस्टहरुनै दसैँमा टिका टास्दै र सुनपानीले चोखिदै हिर्दाको द्रिस्य चै साचै उदेक लाग्दो छ ।
Logankobaje
· Snapshot 249
Like · Liked by · 1
Ram kumari jhakri
AnandNepal
· Snapshot 382
Like · Liked by · 1
Jhakri didi

https://youtu.be/gChJvEE5nvE
Logankobaje
· Snapshot 401
Like · Liked by · 1
Good video, my sources say ,kepi oli and mahesh basnet are after jhakri didi husband ( who is a gazzated third class officer , nepal government ) . Soon he will be behind the bar by anti corruption bureau. Bitching hon'bl president and kepi baa will cost her . Jhakrini didi ko mantri banne sapana udayo Hurliley
harkhe7
· Snapshot 482
Like · Liked by · 1
I just listened to this interview of her. She is very clear and bold in this interview just like AOC. Unfortunately for her, she will definitely going to get a lot of flak for this because that's not "our" culture (eastern culture), specially for women. 😛

https://youtu.be/lE9HoyRhK8c
AnandNepal
· Snapshot 644
Like · Liked by · 1
Jhakri .. "साथिहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ।"


"सितको थोपा बनी मुस्कुराई रहनेछु।" पछि यस्तो आयो !! मुस्कान ... आक्रोशित मुस्कान

अहिले को स्ट्याटस :

"जे भइरहेको छ यो एकदमै गलत हो। विधान विपरीतको यो ज्यादती हो। कम्यूनिष्ट आन्दोलनको विसर्जन हो। तर हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौँ। यसको कानूनी उपचार र राजनैतिक प्रतिवाद दुबै गर्नेछौ। साथिहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ।"
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 395
· Posts 4 · Viewed 392 · Likes 1
· Posts 3 · Viewed 200 · Likes 1
· Posts 4 · Viewed 334
· Posts 1 · Viewed 72
· Posts 1 · Viewed 251
· Posts 24 · Viewed 7549 · Likes 2
· Posts 26 · Viewed 2753 · Likes 5
· Posts 1 · Viewed 122
· Posts 1 · Viewed 135



Your Banner Here
Travel Partners
Travel House Nepal