Kroor singh ra uska dui chamcha - Sajha Mobile
SAJHA MOBILE
Kroor singh ra uska dui chamcha
Posts 9 · Viewed 4707 · Likes 13 · Go to Last Post
pandeyji
· Snapshot 0
Like · Likedby · 1
Ok this my attempt for another poetry ...dont take it professionally la ...i by no any means am a professional writer :)

क्रुर सिंह अलिकति चलाख हुन खोज्थ्यो रे
अनि उसका दुइ चम्चा हरु थिए रे
चंगु र मंगु

क्रुर सिंह अलिकति चलाख हुन खोज्थ्यो रे
तर राति कहिले कहिँ एक्लो फील गर्थ्यो रे
अनि उसका दुइ चम्चा हरु थिए रे
चंगु र मंगु

क्रुर सिंह अलिकति सहयोगी हुन खोज्थ्यो रे
तर राति कहिले कहिँ दुनिया ले उसलाई बुझ्दैन थिए रे
अनि बिनाकाम को गाली पनि गर्थे रे

क्रुर सिंह अलिकति साथि को खोज मा थियो रे
तर उसका दुइटा चम्चा चंगु र मंगु झन् धेरै थप खोज मा थिए रे

आखिर मा एक दिन क्रुर सिंह लै no more क्रुर हुनु पर्ने दिन आयो रे
किनकि उ अपार मन को धनि भयो रे
र उसको मन बाट पुराना बादल हरु हराएर गए रे

तेतिकै मा चंगु र मंगु लै निकै नै आपत भयो रे
अब हाम्रो प्रिय सरदार क्रुर सिंह बिना के गर्ने भनेर

क्रुर सिंह र उसका दुइ चम्चा
pandeyji
· Snapshot 5
Like · Liked by · 1
Bennedict
· Snapshot 238
Like · Liked by · 2
पाण्डेजी,
यो के हो के तपाईंको? लेख्न पायो भनेर जे पनि लेखिदिने? जे पनि सुनाइदिने? यो माथि लेखेको कुन आधारमा poetry भयो? मैले त केही पनि काब्यत्मक कुरा पाईन हो। ओके म पनि कुनै कबी हैन, तर कबिता, कथा, ब्यङ, निबन्ध, श्लोक, आदिको त केही ज्ञान ममा छ भन्नुपर्‍यो। तपाईंले नेपाली त पढ्नुभाको हो नि? कथा लेख्ने भए कथा लेख्नुहोस हजुर, कबिताको बेइज्जत नगरौ होला। यो सो कल्ल्ड कबिताले के भन्न खोज्नुभाको हो तपाईंले? क्रुर सिंहको चलाखी? या चङु मङुको हालत?

तैपनी मैले केही changes गर्न खोजेको। Remember mediocrity doesn't guide the nation.है

चलाख क्रुर सिंहको दुइ चम्चाहरु
एकको नाम चङु त अर्कोको मङु
चलाख क्रुर सिंहको एङ्काकी जीवन
नबुझेर तम्सिन्थे दुनियाँ गाली गर्न
चलाख क्रुर सिंहको साथीको सपना
चङु र मङुको पनि तेस्तै थियो तिर्सना
तर एकदिन,
चलाख क्रुर सिंहको भयो पुरा अभिलाषा
अपार मनको धनी भै हट्यो बादल पुराना
चङु र मङुलाई अब पर्‍यो ठुलो आपत
गर्ने अब के जब छन सरदार लापता।


pandeyji
· Snapshot 265
Like · Liked by · 1
बेनी ब्रो,

सदा झैँ तपाइको सुधार को लागि आभार ब्यक्त गर्न चाहन्छु म तपाइको लेखेको ठुलो फ्यान नै हु र मेरो लेखाइ छेत्र मा खासै padhai ra experience छैन याम मोर ओफ अ फ्रीफ्लो व्रयिटर ...येदि तपाई मोहमद रफी हो भने मलाई किशोर कुमार भनिदिए हुन्छ हे हे हे

यो कविता मा चै मैले actually pre covid मेरो office environment को बारेमा लेख्न खोजेको थिए ...एउटा ठ्याक्कै क्रुर सिंह खालको महानुभाव हुनुन्थ्यो अनि उनका दुइ चम्चा थिए चंगु मंगु मैले दिनहु deal गर्नु पर्थ्यो ...त्यहाँ बसिन्जेल लास्ट झ्याउ लाग्थ्यो मलाई है तर त्यहाँ बाट हिड्ने बेला मा चै यी तिनै महानुभाव हरु पनि हल्का मिस भएको फील भयो मलाई अन्तिम मा हा हा हा

anyways तपाइको input को लागि फेरी पनि धन्यबाद भन्न चाहन्छु जय होश
Logankobaje
· Snapshot 314
Like · Liked by · 1
कविता होइन बेन ज्यु ब्यङ्ग हो यो पाडेको, तपाईलाइ ख्यासेर लेखेको हो , तपाई लाई " चम्चा " बिसेसनले बिभुसित गर्यो हेर्नु त , अस्ति मूजि यो पाडे नि मै, बटरे नि मै भनेर तपाईले भने पछि तपैका २ जना सत्रु थपिएका छन् , हन किन सत्रु थप्नु हुन्छ तपाई ?
Bennedict
· Snapshot 377
Like · Liked by · 2
शंका त मलाई लागेकै थियो। लोगनजीको "भिनाजुको सुरुवाल मुत्नेहरु" जस्तै यो लेखले कुनै छेड त हानिराको छैन भनेर।

पाण्डेजी, तपाईं त मान्छे खत्तम रहेछौ।
butternut squash
· Snapshot 385
Like · Liked by · 2
Bennedict yo torpay loganay le timro , Mero ra paaday ko clash garayera pachadi bata 👏 gardai basna lai yasto bhaneko ho hai.
Oyeeee loganay ko baje tero ass chilayo ki kya ho.. anaab sanaab bakdai chau
pandeyji
· Snapshot 396
Like · Liked by · 1
हा हा आज म खासै discussion गर्ने मूड मा नभाको भर सबैको प्रशंशा गर्ने छु

लोगन को बाजे र बेनी ब्रो तपाई हरु दुवै जना राम्रो लेखक हुनुहुन्छ र तपाई हरु दुवै को लेख पढ्न मलाई चै सारै रमाइलो लाग्छ सो कहिले नछोड्नु होला यो परम्परा, अनि हाम्रो बटर ब्रो को comments हरु पनि उतिकै रमयिला छन्

म त आज भोलि को पाहुना यहाको, येति मात्रै चाहन्छु यो साझा को बाताबरण creative रहोश, राम्रा लेख हरु पढ्न पहियुन धेरै घोच पेच भन्दा पनि अनि progressive कुरा हरु सदै नै छाई रहुन यहाँ

जय देश जय भोले
pandeyji
· Snapshot 795
Like · Liked by · 1
हा हा ल ल ब्रो एक दिन सहि party हनुम्ला नि के छ र एक बार को जुनी मा मरी जानु सबै ब्रोज एंड होज मिलेर मस्ती गर्नु पर्छ

ल ब्रो धेरै झ्याप हुनु भयो भने चै lemon या साल्ट साइड मा राख्नु होला काम लाग्छ

अनि ब्रो को छिट्टै मिलिनेर हुने सपना पनि छिट्टै पुगोस ... ल ब्रो tc     
Last edited: 02-Mar-21 01:06 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 22 · Viewed 2114 · Likes 1
· Posts 3 · Viewed 386
· Posts 7 · Viewed 1092
· Posts 1 · Viewed 94
· Posts 1 · Viewed 86
· Posts 11 · Viewed 2197 · Likes 6
· Posts 1 · Viewed 143
· Posts 1 · Viewed 149
· Posts 1 · Viewed 214
· Posts 2 · Viewed 568



Your Banner Here
Travel Partners
Travel House Nepal