लन्डनमा यमबुद्ध सैलीमै अर्का गायकको आत्महत्या - Sajha Mobile
SAJHA MOBILE
लन्डनमा यमबुद्ध सैलीमै अर्का गायकको आत्महत्या
Posts 1 · Viewed 1853 · Go to Last Post
GayPride
· Snapshot 0
Like · Likedby · 0
बेलायत आप्रबासी कामदारको लागि खाडी मुलुक भन्दा कम दर्दनाक छैन। न्युन ज्याला , कामको अभाब र कोविडको कहरले सुनौलो सपना बुनेर बेलायत पुगेका धेरै नेपालीहरु पछुताउने गरेका छन् । अमेरिका जस्तै होला भनेर सपना बुनेर १३ वर्ष पहिले बेलायत पुगेका एक दोहारी आधुनिक गाएकले चरम आर्थिक आभाबका कारण आत्महत्या गरेका छन् । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसीले आत्महत्या गरेका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिनुभयो ।
पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आउनुभएको थियो । केही वर्षअघि नेपाल नै बस्ने गरी फएका केसी पुनः बेलायत फर्किएका थिए ।
लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको चिरपरिचित गायक थिए । उनी पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्थे भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 362 · Likes 1
· Posts 3 · Viewed 181 · Likes 1
· Posts 4 · Viewed 317
· Posts 1 · Viewed 67
· Posts 2 · Viewed 330
· Posts 1 · Viewed 237
· Posts 24 · Viewed 7541 · Likes 2
· Posts 26 · Viewed 2717 · Likes 5
· Posts 1 · Viewed 114
· Posts 1 · Viewed 131



Your Banner Here
Travel Partners
Travel House Nepal