'खलनायक' 'महानायक' - Sajha Mobile
SAJHA MOBILE
'खलनायक' 'महानायक'
Posts 2 · Viewed 2683 · Likes 1 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
खलनायक भन्दै राजेश हमाल को पुत्ला जलाइयो 

 अहिले अभिनेता राजेश हमाल विवादमा तानिएका छन्। हमाल प्रस्तोता रहेको कार्यक्रम ‘जातको प्रश्न’मा उनले विभिन्न क्षेत्रमा अतिथिहरुलाइ प्रस्तुत गर्ने गरेका छन। उनको कार्यक्रममा नेपालमा भइरहेको जातीय विभेद र छुवाछुतका बारेमा बिरोध गरेर यस्ता कुप्रथा हटाउनु पर्ने माग उठ्दै आएका छन। यो कुराले असजिलो मानिरहेकाहरुको लागि बिरोध गर्ने एउटा बलियो निहुँ भेटेका छन : समता फाउन्डेसनको लगानीमा हमालले सञ्जालन गर्दै आइरहेको सो कार्यक्रम मा क्रिष्चियन एड नेपालको लगानि भएको बिषय। यसरि उनले नेपालमा हिन्दु धर्म निमिट्यान्न पारेर क्रिश्चियन धर्म लाद्न लागेको आरोप लाग्न थालेको छ । यसरि उनि महानायन नभएर खलनायक भएको भन्दै बिरोध गर्न थालिएको हो । 

 यस अघि सामाजिक संजालमा क्रिश्चियनको लगानीमा नेपालमा हिन्दू धर्ममाथि प्रहार गरिएको भन्दै विरोध भइ रहेको मा अहिले सो बिरोध सडकमा समेत पुगेको छ। कार्यक्रमको विरोध गर्द राष्ट्रिय एकता अभियान नाम गरेको एक हिन्दु संस्थाको अगुवाइमा काठमाडौंको भीमसेनगोलामा एक बिरोध कार्यक्रम संचालन गरिएको थियो । सो क्कार्यक्रममा नारा जुलुसका साथै राजेश हमालको पुत्ला समेत जलाइएको खवर छ। 

 (यो मेरो भिडियो को स्क्रिप्ट हो) 

फोटो जलाउँदै गरेको फोटो .. सामाजिक संजाल बाट
Last edited: 13-Oct-20 08:01 PM
soaltee
· Snapshot 11
Like · Liked by · 1
समावेशी र समानता, जातीय विभेद विरुद्द कुरा गर्ने हुन्न , डलरे / इसाई मिसनरी/ क्रिश्चियन को बिल्ला भिराइ हाल्ने नया ढोंग रच्या छन् ढोंगीहरुले आजकल | पुराना ढोंग हरुले काम गर्न छोडेछ क्यार ....
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 8 · Viewed 1844
· Posts 67 · Viewed 13181 · Likes 12
· Posts 39 · Viewed 9246 · Likes 2
· Posts 1 · Viewed 57
· Posts 1 · Viewed 62
· Posts 5 · Viewed 832
· Posts 1 · Viewed 147
· Posts 1 · Viewed 125
· Posts 5 · Viewed 1186 · Likes 1
· Posts 1 · Viewed 191



Your Banner Here
Travel Partners
Travel House Nepal