यहाँ कबिता पढ्ने कमै आउछन, तर कसैलाई interest भए।
यो पहिले मैले english मा लेखेको थिए, John Denver को एउटा गीत छ, "Poems, Prayers, and Promises" भन्ने, तेही गीत को सेरोफेरोमा रहेर मैले कुनै समयमा लेखेको थिए, आज मैले नेपाली उल्था गर्दा कस्तो सुनिन्छ भनेर try गर्दैछु।
कबिता, प्रार्थना र बाचाकसम
हरेक पटक .......
मेरो खुशीले आफ्नो पखेटा खोल्छ
लुकेर आउछ दुर्भाग्य
दिन्छ एक मुक्का
मेरो मुखैको बीचमा
कबिता, प्रार्थना र बाचाकसम प्रती
मेरा विश्वाशहरु छर्-पस्टिन्छन।
अनिश्चित बन्छ मेरा भविस्य।
जाने कतै ठाउँ नपाएर
अकालमै मर्छ मेरो खुशी को आत्मा।
------------X--------------
सधैं कुटिल नै छ मेरो भावी
मेरा सपनाहरुमाथी,
अनी मेरो एक्लो मुटु प्रती।
मैले ओत लिने ठाउँहरु प्रती।
आकन्क्षाहरु बिलाएर जान्छन,
मेरो एउटै अस्तित्वलाई बेइज्जत गर्दै।
पछाडिबाट घात गर्दै
मेरा खुट्टाहरु बाधीन्छन,
म हिंड्न नसक्दा
जिबनले कयौ झटकाहरु भोग्छ।
एउटा जिउदो मुटुले,
सहन्छ पिडा,
हर दिशाबाट
हर तरिकाबाट।
------------X--------------
हरेक पटक........
बचाएर राखेका आशाहरुले
आफ्नो मौका गुमाउछन।
अनन्त प्रयासहरुको बावजुद।
छोडिजान्छ असहाय,
मेरो बाङगेको भावी सङै
मेरो अनिस्चितताहरुको शहरमा,
जहाँ डर निराशामा
परिणत हुन्छ,
जहाँ अरु साना खुशीहरु
बाँच्न सक्तैनन।
म प्रयास गर्छु
धेरै,
छरपस्टिएकाहरुलाई
समेट्न।
तर म शन्का गर्छु अझैपनी
मान्छेले बनाएका
सबै ती विश्वाशका आधारहरुलाई,
जसलाई सबैले बोलाउछन,
कबिता, प्रार्थना र बाचाकसम भन्दै,
कबिता, प्रार्थना र बाचाकसम भन्दै,