" छ् गेडा" को न्वारान भएछ पछी - Sajha Mobile
SAJHA MOBILE
" छ् गेडा" को न्वारान भएछ पछी
Posts 4 · Viewed 3847 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
बिहान ब्रेक फास्टमा हलुवा बनाएर खाने निधो भए पछी अरु के के मिसाउने त भन्दा किसमिस, काजु अनी सङै पङ्ती बद्द बसेको छोगडामा आँखा लागे पछी छोगडा पनि हाल्ने हो भनी गृहलक्ष्मीलाई सोध्न पुग्छु | नेपथ्य बाट जबाफ आउछ हलुवामा पनि कसैले छगेडा हाल्छ त्यो त गाउ घर तिर हाल्लान् | आफु पारीयो सुद्द पर्बतको पर्बते, मुजी भातमारा हरुका बाउ तिनै पर्बात बाट झरेर कथामान्डौ छिरेर एसो मसी लताग्रिएको कागजात लाई दश थरी कुरा गरेर दु:ख दीइ दीइ टक्सार बनाए पछी अहिले खान्दानी हुँ भन्छन| हो पहिले पहिले धेरै गाई भैंसी पालेर घिउ खन्दान हरुमा राख्ने भएर खान्दानी कहलिएका होला | तेसो त उत्तरी हिमाल छेत्रमा बस्ने हरुले खन्दान होईन गाग्री हरु राख्ने चलन हुन्थ्यो अब इन्लाई गाग्रीमुखिया भन्नु पर्ला |
गृहलक्ष्मीले छोगडा भनेको छ्गेडा भन्ने सुनेछु अनी घर बसाइको क्रममा दोहोर्याएको भैरब अर्याल्को आ ले न् भनाइ आले हुँदै मिठासिलो नामाकरण आलु हुन गएको रे ? मैले सुनेको छगेडा मा साच्चै नै गेडा छ | त्यो पनि फलाम भन्दा कडा छ | कुनै आमाले छोरा छोरीलाई खान्छस भनी सोद्धा "गेडा छ" भन्दा आमाले जाबाफ मा" छ् गेडा" भनी जाबफ दिएको हुनु पर्छ |
आमाले के भनिन ? " छ् गेडा" , अनी उस्ले पनि छ गेडा भएको खादीन भन्यो होला ? पछी जिस्क्याउदै "छ गेडा " खान्छन भनी सोध्न थालेहोला ?| कालन्तरमा छगेडा अप्भ्रम्श हुँदै नयाँ न्वारान स्वरुप "छोगडा" हुन पुग्यो होला |
यही साझामा पढेको थिए धेरै श्रीमती र दासिसँग सुत्दा लिङ ले सिंहनाद गह्रोस र रतिकृयामा तृप्‍ति दिवोस भनी राझा महाराजआलाई बोकाको गुला ख्वाउने थाले छन | हरेक दिन मासु पसलेका मा बोकाको गुला दे भन्नु भएन तेसैले राजाले खाने त्यो दे भनेछ अनी "राजाले खाने" को न्वारान राजखानी भएको रे ? सुन्दा तर्क संगत नै देखिन्छ |
नेपाली ब्यङकार हरुमा भैरब अर्याललाई सबै भन्दा पहिले पढनु पाएको र पढेको हुनाले होला सबै भन्दा धेरै मन पर्छ भने अहिले खासै नयाँ ब्यग्यकारका ब्यङ पढन पाईेको छैन तेसैले तुलना गर्ने बाटो पनि छैन |

Last edited: 06-May-20 01:23 PM
AnandNepal
· Snapshot 275
Like · Liked by · 0
राजखानी
adhikari_bandhu
· Snapshot 392
Like · Liked by · 0
Logical....Logan bro.
logan
· Snapshot 511
Like · Liked by · 0
कोरोनाले सुख्खा बनाएको बेला एकै  चोटि तिते झरिमा छ्यास च्यास्ती चाउ उम्रिएर एक आपसमा हो हल्ला, उछिन पाछिन, हल्ला खल्ला , रिस राग, द्वेश आबेश के चै छैन |  मनुस्य हुन, जनवरकै अर्को रुप हो तेसैले यिनी हरु खान पिन र यौनाचर बाहेक अरु कुरा त्यो हो EGO पुरा गर्न के के गर्दैनन ? लाग्छ द्वैध मानसिकताले भरिएकाको जमात मात्रै साझामा झुन्डीन्छन ( म पनि तेसमध्हे एक हुँ ला ), सन्स्कार बिर्स्छ्न नयाँ सन्स्कार देखाउन्छन | यो जात्रै जात्राले भरिएको साझामा एक पात्रको भूमिका पुरा गर्दैछौ | साझामा  हल्ला बडेको बेला भैरब अर्यालको कुरा पढे पछी छोगडालाई "छ्गेडा" सुन्न पुगे पछी एक लाइन कोर्न पुगेको हुँ |

Last edited: 11-May-20 09:34 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 185
· Posts 1 · Viewed 97
· Posts 24 · Viewed 7369 · Likes 2
· Posts 26 · Viewed 1942 · Likes 5
· Posts 1 · Viewed 63
· Posts 1 · Viewed 74
· Posts 1 · Viewed 134
· Posts 2 · Viewed 235
· Posts 13 · Viewed 3423 · Likes 6
· Posts 8 · Viewed 2567



Your Banner Here
Travel Partners
Travel House Nepal