नेपालमा अनिष्ट हुन्छ रे ! - Sajha Mobile
SAJHA MOBILE
नेपालमा अनिष्ट हुन्छ रे !
Posts 2 · Viewed 2717 · Likes 2 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 1
मलाइ बिश्वास लाग्ने त होइन .. तर बर्षौंदेखि पत्रिकाहरुमा पढ्दै आएको , सुन्दै आएको कुरो .. के रहेछ भनेर चर्चा गर्न मन लाग्यो ! 
Take it with a grain of salt though. 
भिडियो को स्क्रिप्ट तल छ :

https://youtu.be/RxKUnwx3Prw

दिन दिनै देशमा भ्रष्टचार सम्बन्धि खवर आइरहँदा दोलखा भीमेश्वर मन्दिरमा पसिना आएको खवर पनि आएको छ ।

पुरातन बिश्वास अनुसर भीमेश्वरमा पसिना आउनुलाइ अनिष्ट हुने संकेतका रुपमा बुझिन्छ । यसरि पसिना आएको खवर फैलिएपछि सो मन्दिरमा बिहानदेखि नै भक्तजनहरुको घुइँचो लागेको खवर छ । मानिसहरु अनिष्ट नहोस् भनी कामना गर्न मन्दिर गइरहेका छन भने त्यहाँ एकोहोरो दमाहासमेत बजाइएको छ ।

प्रचनल अनुसार भीमेश्वरमा पसिना आएपछि राष्ट्र प्रमुखले क्षमापूजा गर्ने चलन रहेको छ । यसअघि २०७४ सालको असोजमा यसरि नै भीमेश्वरमा पसिना आएको थियो । त्यस बेला भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएपछि संकट टरोस् भन्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पूजासामग्रीसहित मन्दिरमा क्षमा पूजा गरिएको थियो । भीमेश्वरलाई पसिना आएपछि सो पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा पठाउने प्रचलन रहेको छ। क्षमापूजामा लघुरुद्री गरे पछि बलिपूजा गरिन्छ । यस पुजामा सरकारका तर्फबाट दुइ र स्थानीयवासीको तर्फबाट दुईवटा बोका बलि दिएर बलिपूजा गरिन्छ ।

पसिना आएको इतिहास

त्यहाँका स्थानियहरुका अनुसार मन्दिरमा पसिना आएको ६ महिना भित्रै अनिष्टका घटना हुने गरेका छन:

२०७१ सालको माघ १, २ र १५ गते भीमेश्वरलाई पसिना आएको थियो । पसिना आएको ६ महिना नबित्दै २०७२ सालमा बिनासकारि भूकम्प आएको थियो ।

२०६१ साल फागुनमा भीमसेनलाई पसिना आउँदा देशमा जनआन्दोलन भएएको थियो । अनि, २०६३ सालमा पनि भीमसेनलाई पसिना आएको थियो । त्यस बेला देशमा गणतन्त्र र लोकतान्त्रिक व्यवस्था स्थापना भएको थियो ।

त्यसैगरी २०५७ साल माघ १ र १५ गते भीमसेनलाई पसिना आएको थियो । पसिना आएको चार महिना नबित्दै दरवार हत्याकाण्ड भएको थियो ।

२०४५ साल चैतमा पसिना आउँदा देशमा ३० वर्षे पञ्चायती व्यवस्थाको अत्य भई देशमा बहुदलीय प्रजातन्त्र आएको थियो ।

त्यसैगरी २०३५ साल फागुनमा पसिना आउदा देशमा जनमत सङ्ग्रह भएको थियो ।

त्यस्तै २०२८ साल माघ महिनामा भीमसेनलाई पसिना आउँदा तत्कालीन राजा महेन्द्रको मृत्यु भएको थियो ।

२०१८ सालमा भीमसेनलाई पसिना आउदा देशमा ठूलो बाढी पहिरो आई ठूलो क्षति भएको थियो ।

२०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको थियो ।

त्यसैगरी २००७ सालमा भीमसेनलाई पसिना आउँदा १०४ वर्षे जहानिया राणा शासनको अन्त्य भएको थियो ।

१९९७ सालमा भीमसेनको शिलामा पसिना आउँदा चारजना शहिदहरुलाइ फाँसी दिइएको थियो ।

भीमसेनको शिलामा पहिलोपटक १९९० सालमा पसिना आएको बिश्वास गरिन्छ । त्यतिबेला देशमा ठूलो भूकम्प गई जनतामा जनधनको क्षति भएको थियो।

यसरि प्रत्येक दुखद घटनालाइ भिमसेनको पसिना संग जोडिएका छ । यस्तो कुरामा के तपाइ बिश्वास गर्नुहुन्छ । कमेन्ट गर्नुहोला धन्यवाद।
Last edited: 20-Feb-20 10:17 AM
logan
· Snapshot 209
Like · Liked by · 1
कुखुराको भालेले फुल पारेर ओथ्रा बस्यो रे ?
बिस्वास कि अविस्वास गर्ने ?
कुनै पसुपंक्षीमा male female दुवै जनन्द्रिय हुन्छ रे आबस्यक परे नर नारीको काम गर्छ |
के भनाइ छ त साझाका बिसेष बिज्ञ को भनाई ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 65
· Posts 5 · Viewed 1095
· Posts 1 · Viewed 68
· Posts 65 · Viewed 12158 · Likes 12
· Posts 1 · Viewed 137
· Posts 1 · Viewed 148
· Posts 1 · Viewed 217
· Posts 1 · Viewed 226
· Posts 1 · Viewed 295
· Posts 1 · Viewed 292



Your Banner Here
Travel Partners
Travel House Nepal