मन्त्रिले मु.. भन्दै 74 करोड कमिसनको सेटिंग ... - Sajha Mobile
SAJHA MOBILE
मन्त्रिले मु.. भन्दै 74 करोड कमिसनको सेटिंग ...
Posts 10 · Viewed 8193 · Likes 2 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
छाडा बोल्दै ७४ करोड कमिसनको सेटिङ (भिडियोको स्क्रिप्ट तल छ)

https://www.youtube.com/watch?v=-wwb7pVQxvc


प्रधानमन्त्रि केपि ओलिले तारिफ गरे लगत्तै सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले कमिसन खान सेटिंग गर्दै गरेको अडियो सार्वजनिक भएको छ । हाम्रो कुरा अनलाइनले सार्वजनिक गरेको अडियोमा सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गर्दै गरेको सुनिन्छ।

प्रधानमन्त्री ओलीले तारिफ गरेका यिनै बास्कोटा भ्रष्टाचारमा मुछिएको अडियो सार्वजनिक हुँदा बारंबार आफू भ्रष्टाचार गर्दिन र अरुलाइ गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रिको प्रतिक्रिया के हुन्छ त्यो भने हेर्न बाँकि नै छ ।
प्रधानमन्त्रिले पछिलोओ पटक यस्तो भनेको पनि धेरै समय भएको छैन ।

अनि, बोलिमा शालिनता, सम्मानको कुरा गर्ने प्रधानमन्त्रिका प्रिय मन्त्रिले बास्कोटाले उक्त अडियोमा कर्मचारीलाई छाडा शब्द बोल्दै गालिगरिरहेको समेत सुनिन्छ । यसरि बोल्नुले सत्ताधारि पार्टिको आचारशंहिताको पनि उलंघन गर्छ ।

हाम्रोकुरा अनलाइनले लेखे अनुसार यो वार्तालाप मन्त्री बास्कोटा र एक स्वीस कम्पनीको नेपाली एजेन्ट बिच भएको हो। जसमा उनिहरुले आफूले पाउने कमिसनका लागि सेटीङ गरिरहेको सुनिन्छ। स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मा ले नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव दिएका छन। यसरि आउने कमिसन ७० देखि ७५ करोड हुने त त्यसको ७० प्रतिशत कमिसन मन्त्रीले पाउने उनको भनाइ छ।

मन्त्री बाँस्कोटा र विजय प्रकाश मिश्र शर्मा बिचको वार्तालापको अडियोमा भएको सम्बाद जस्ताको तस्तै:


-विजय प्रकाश मिश्र शर्माः यो १२ गते १२ बजेपछि स्वीस एम्वेसी आउँछ। स्वीस एम्वेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन
-मन्त्री गोकुल बास्कोटाः ह...
-विजय प्रकाश मिश्र शर्माः सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ। तपाइहरुको -कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ।
-मन्त्री गोकुल बास्कोटाः ठीक छ।
-विजय प्रकाश मिश्र शर्माः त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्‍यो।
-मन्त्री गोकुल बास्कोटाः मिलाइदिन्छु।
-विजय प्रकाश मिश्र शर्माः त्यसका लागि हामी आउट अफ ट्याक जानेकी -तपाइले भने अनुसार नै गर्ने लु भन्नुस।
-मन्त्री गोकुल बास्कोटाः अब। क्यापासिटीको कुरा।
-विजय प्रकाश मिश्र शर्माः कुरा चाहि मैले राखेको छु उनीहरुलाई।
-मन्त्री गोकुल बास्कोटाः उनीहरुलाई नर्मलमा ५० भन्ने?
-विजय प्रकाश मिश्र शर्माः त्यसमा नर्मलमा
-मन्त्री गोकुल बास्कोटाः उनीहरुले कति निकाल्छन?
-विजय प्रकाश मिश्र शर्माः यस्को टोटलको पर्सेन्ट निकाल्ने हो।
-मन्त्री गोकुल बास्कोटाः टोटल कति निस्कन्छ त्यो हेरौं।
-विजय प्रकाश मिश्र शर्माः केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी।
-मन्त्री गोकुल बास्कोटाः सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कयो भने कति हुन्छ?
-विजय प्रकाश मिश्र शर्माः ७० जति आउलाकी! आउट अफ ट्याक नजादा ७० जति आउलाकी।
-मन्त्री गोकुल बास्कोटाः तपाइलाई के गर्छन? छुट्टै गर्छन?
-विजय प्रकाश मिश्र शर्माः टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत -तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।
-मन्त्री गोकुल बास्कोटाः त्यो भनेको कति हुन्छ?
-विजय प्रकाश मिश्र शर्माः ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। -हामीले पनि त अलि अलि राख्नुपर्‍यो नी। आउट अफ ट्याक गइयो भने...
-मन्त्री गोकुल बास्कोटाः अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनी?
-विजय प्रकाश मिश्र शर्माः त्यो कुरा तपाई गर्नुस।
-मन्त्री गोकुल बास्कोटाः एउटा के नगर्नुस भने यी मु...कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने -यिनले हेप्छन। त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस। कुरा बुझ्नुभो..
-विजय प्रकाश मिश्र शर्माः त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।
-मन्त्री गोकुल बास्कोटाः त्यो मु..ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस।
AnandNepal
· Snapshot 269
Like · Liked by · 0
राष्ट्रपतिको कार खरिद
अनि हेलिकप्टर खरिदको मुद्धा फेरि निकाल्नु पर्ने

त्यसबेलाको भिडियो रिपोर्ट - अनि उनले कसरि हाकाहाकि झुठो बोल्छन भन्ने उदाहरण :
https://youtu.be/eGsehFLAeds


यो अर्को भिडियोको स्क्रिप्ट हो 

गोकुल बाँस्कोटा: विवादास्पद अडिओ सार्वजनिक भएपछि सञ्चारमन्त्रीले राजीनामा प्रधानमन्त्रिलाइ सामसुम पार्ने प्रयास गरेको आरोप
-- बिवादै बिवाद - पार्टि भित्रै बाट बारंबार राजिनामा माग:

- एमसीसी सम्झौतासम्बन्धी एक प्रश्नमा ‘अमेरिका सर्वशक्तिशाली हो। उसले जसरी इरानी जर्नेल सुलेमानीलाई इराकमा हत्या ग¥यो, त्यसैगरी अन्यत्र पनि गर्नसक्छ’ भनेपछि सो अभिव्यक्तिको विरोध गर्दै सत्तारुढ दलकै सांसद सुदन किरातीले बास्कोटाको राजीनामा माग गरेका थिए। उनले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रियतासँग जोडिएको विषयमा अत्यन्त गैरजिम्मेवार अभिव्यक्ति दिएको भनेका थिए।

- तेस्तै, केही महिनापहिले गुठी विधेयकविरुद्ध काठमाडौंवासीले आन्दोलन चर्काएका बेला बाँस्कोटाले सो विधेयकको विरोधमा उत्रिनेलाई सामन्तीको भनेका थिए । उनको भन्याइले पार्टि भित्रै बिरोध भएको थियो -  काठमाडौं ७ बाट निर्वाचित नेकपाकै सांसद रामवीर मानन्धरले ‘गुठियारलाई सामन्ती भन्ने बाँस्कोटाले क्षमायचाचनासहित राजीनामा दिनुपर्ने’ भनेर माग गरेका थिए। तर पछि बह्ने मानन्धरलाइ सहरी विकास मन्त्रालयको राज्यमन्त्री भएकै बेलामा प्रधानमन्त्रि केपि ओलीले बाँस्कोटालाई त्यही मन्त्रालयको मन्त्री बनाइ दिए । यसरि राजिनामा माग गर्ने मानन्धर बाँस्कोटाकै राज्यमन्त्री भएर काम गर्नुप-यो।
- स्सार्वजनिकरुपमा बाँस्कोटा बिरुद्ध हुने आलोचनाले र पार्टि भित्रका नेता र सांसद को जति बिरोध भए पनि प्रधानमन्त्री ओली कानमा तेल हालेर बस्थे। उल्टो बास्कोटाको प्रशंशा गरिरहन्थे - यसको पछिल्लो उदाहरण यहि हप्ता सोमबार बाँस्कोटाको गृहजिल्लामा प्रधानमन्त्रीले गरेको उनको प्रशंसा पनि हो। त्यहाँ ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई देख्नासाथ विरोधीहरु चुप लाग्ने बताएका थिए।  ‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा अर्काेतिर अरू सबैजस्तो भएको छ,’ भन्ने ओलिको तुलोको एक साइड एकहप्ता भित्रै हलुको भएको छ।  


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिएको जानकारि दिंदै ट्विटरमा लेखेका छन् "मेरो बारेमा प्रश्न उठेकोले ... नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँछु।"भनेर 

विपक्षी नेपाली कांग्रेस तथा अन्य दलले मन्त्री बाँस्कोटालाई भ्रष्टाचारसम्बन्धी गम्भीर आरोप लागेको भन्दै छानबिनको माग गर्दै बिहीवार संसद्‌को बैठक अवरोध गरेपछि सदन पुन: सञ्चालन गर्ने प्रयास स्वरुप सभामुख अग्निप्रसाद सापकोटाले बाँस्कोटाले राजीना गरिसकेको अनौपचारिक जानकारी दिएका थिए। 

विजयप्रकाश मिश्र ले बिबिसि नेपालिसंग कुरा गर्दै उनले रकर्ड गरेको सो अडियो टेप अहिले रिलिज भएको भए पनि सो बार्तालाप भने डेढ वर्षअघि नै भएको थियो । स्विस कम्पनीका नेपालस्थित प्रतिनिधि भनिका मिश्रले संग बाँस्कोटाले प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा घुस मागेको सो अडियोमा सुनिन्छ। 

नेपालमा सेक्युरिटी प्रिन्टिङ प्रेस नभएको हुनाले पासपोर्ट, स्मार्ट लाइसेन्स, जग्गाधनी प्रमाणपुर्जा, अन्तःशुल्क स्टिकर, सिमकार्ड, रिचार्ज कार्ड, ब्याङ्कका नोट सम्म बिदेशमा छपाइ गर्नु पर्ने भएपछि सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गरेर त्यस्ता छपाइ नेपालमै गर्ने तयारि गरेको थियो । यसो गर्दा स्वदेशमा नै सुरक्षित रुपमा मुद्रण गर्न सकिने भएकोले खरिद प्रक्रिया अघि बढाइएको थियो। 

दुइ महिना अघि नयाँपत्रिकाले लिकेको अन्तरवार्तामा बास्कोटाले आँफुमा कुनै लोभ लालच नह्बएको बताएका थिए। 

अझै पनि गोकुल बास्कोटा निर्दोश छन भन्ने मानिस नभएका होइनन । हुन त बिष्णू पौडेल र महरा निर्दोश भएका उदाहरण नभएका होइनन । 

यस बारेमा तपाइको बिचार कमेन्टमा लेख्नुहोला । धन्यावाद । 
Last edited: 21-Feb-20 11:46 AM
AnandNepal
· Snapshot 472
Like · Liked by · 0
अनौठो कुरो -- उनको सम्पति छानविन चाँहि गर्न मिल्दैन रे .. 
https://www.youtube.com/watch?v=gEB6_YB5BHA


https://youtu.be/scxyLVerVl8


(This is NOT skript -- but a new report in Nayapatrika Daily)
https://www.nayapatrikadaily.com/news-details/36861/2020-02-22

बाँस्कोटाको हातमा थिए एक खर्बका सात प्रोजेक्ट

नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, भइसकेका ठेक्का रद्द गरेर पनि निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले स्वार्थअनुसार अघि बढाए
१. प्राविधिक कमिटीको सुझाबविपरीत २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया
२. करोडौँ कमिसन आउने गरी २३ अर्बमा सेक्युरिटी प्रेस किन्ने योजना
३. फोर–जी सेवा विस्तार गर्न १९ अर्बको ठेक्का
४. देशभर अप्टिकल फाइबर बिच्छ्याउने योजना, १० अर्बको भइसकेको ठेक्कामा हस्तक्षेप

५. मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, दररेट घटाउन लगाएर ५ अर्बको ठेक्का
६. सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना, डेढ अर्बको कार्यक्रमको लागत साढे तीन अर्ब पुर्‍याइयो
७. हरेक वडा, स्वास्थ्य संस्था र सामुदायिक स्कुलमा इन्टरनेट सात अर्बको चालू कार्यक्रम
सेक्युरिटी प्रेस खरिदमा कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयमातहतका अरू ठूला प्रोजेक्टमा पनि चासो राखेका थिए । नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, कतिपय भइसकेका ठेक्कासमेत रद्द गरेर पनि उनले स्वार्थअनुसार अघि बढाए ।
खासगरी उनले सेक्युरिटी प्रेस खरिद गर्ने, देशभर टेलिकमको फोरजी सेवा पुर्‍याउने, स्याटलाइट राख्ने, सामुदायिक विद्यालयहरूमा कम्प्युटर ल्याब स्थापना गर्ने, अप्टिकल फाइबर बिच्छ्याउने, आधिकारिक बिक्रेताभन्दा बाहिरबाट भित्र्याइएका मोबाइल नचल्ने बनाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम खरिदलगायतका योजनामा गम्भीर चासो देखाएका थिए ।
यी कार्यक्रमको पारदर्शितामा प्रश्न उठाउने प्रशस्त आधार देखिएका छन् । कार्यक्रम निर्माण, ठेक्काको स्पेसिफिकेसन, मूल्यांकनलगायत हरेक चरणमा सार्वजनिक खरिद प्रक्रियालाई उल्लंघन गरेको देखिन्छ । बाँस्कोटाले चासोसाथ अघि बढाएको एक हजार सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने ठेक्कामा आफूले रुचाएको कम्पनीले मात्र ठेक्का पाउन सक्ने गरी ‘स्पेसिफिकेसन’ तयार गर्न लगाएका थिए । त्यति मात्र होइन, एक अर्ब ५० करोडको आयोजनाको लागत तीन अर्ब ५० करोड पुर्‍याए ।
दूरसञ्चार प्राधिकरणले आफ्नै स्याटलाइट स्थापनाका लागि माग गरेको आशय–पत्र मूल्यांकन समितिले अध्ययन गरिरहेको थियो । त्यही समयमा बाँस्कोटा मन्त्रीका रूपमा सञ्चार मन्त्रालयमा आए । प्राधिकरणले अघि बढाएको काम स्थगित गरेर जिटुजी प्रणालीमार्फत सरकारले सीधै खरिद गर्ने भनेर नयाँ प्रक्रिया अगाडि बढाए । उनले त्यसका लागि २८ अर्बको प्रोजेक्ट तयार गरे ।
बाँस्कोटा मन्त्री हुनुअघि नै देशभर फोरजी सेवा विस्तार गर्न नेपाल टेलिकमले चीनको हुवावे कम्पनीलाई १९ अर्बमा ठेक्का लगाएको थियो । तर, त्यसमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाल्यो । बाँस्कोटा मन्त्रालयमा आइसकेपछि महँगो दररेटमा ठेक्का दिएको भन्दै टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरे । लगत्तै अख्तियारले पनि छानबिन रोकेर ठेक्काको फाइल मन्त्रालयमा पठायो । तर, बाँस्कोटाले ठेक्का प्रक्रिया नयाँ शिराबाट सुरु गरेनन्, पुरानै दररेटमा हुवावेलाई नै जिम्मा लगाए । जब कि यही प्रकृतिको काम एनसेलले हुवावे कम्पनीबाटै ६ अर्बमा गराइरहेको छ ।
तत्कालीन सञ्चारमन्त्री शेरधन राईले देशभर इन्टरनेट सेवा पुर्‍याउने योजना अघि सारे । बाँस्कोटा मन्त्रालयको नेतृत्वमा आउनुअघि त्यसका लागि अप्टिकल फाइबर बिच्छ्याउन १० अर्बका तीन ठेक्का लागिसकेका थिए । त्यसमध्ये पहिलो खण्डको प्रदेश नं. १, २ र बागमतीको चार अर्ब ८८ करोडको ठेक्का नेपाल टेलिकमले पाएको थियो । तर, सम्झौताअनुसार काम अघि बढाएको थिएन । बाँस्कोटाले त्यसको फाइदा उठाउँदै टेलिकम मातहत नै रहने गरी आफूअनुकूलको चिनियाँ कन्स्ट्रक्सन कम्पनीलाई अप्टिकल फाइबर बिछ्याउने काम दिलाए । त्यस्तै, दोस्रो खण्डको गण्डकी प्रदेश र प्रदेश ५ को तथा तेस्रो खण्डअन्तर्गत कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिछ्याउने झन्डै पाँच अर्बको ठेक्का पनि मन्त्रिपरिषद्बाट खारेज गराएका थिए ।

अख्तियारले भन्यो– उजुरी नपरे पनि बाँस्कोटामाथि अनुसन्धान गर्न सकिन्छ
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा एजेन्टसँग कमिसनको मोलमोलाइ गरेका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि अनुसन्धान गर्न कुनै उजुरी कुर्नु नपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले सार्वजनिक भएको अडियो नै अनुसन्धानका लागि पर्याप्त प्रमाण भएको नयाँ पत्रिकासँग बताए ।
‘अख्तियारमा उजुरीका धेरै स्रोत हुन्छन्, सञ्चारमाध्यममा आएका विषयलाई पनि उजुरीका रूपमा लिएर छानबिन अघि बढाउन सकिन्छ,’ प्रवक्ता कोइरालाले भने । तर, अख्तियारले अहिलेसम्म अनुसन्धान भने सुरु गरेको छैन । आइतबार कार्यालय खुलेपछि थप भन्न सक्ने कोइरालाको भनाइ छ । ‘अनुसन्धान सुरु हुने विषयमा म अहिले थप केही बोल्दिनँ,’ उनले भने, ‘आइतबार आयोग खुल्छ, त्यसपछि थप कुरा गर्न सकिन्छ ।’
स्विस कम्पनी केबिए नोटासिसका एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड कमिसनका लागि मोलमोलाइ भएको अडियो रेकर्ड सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । बाँस्कोटाले थप कमिसनका लागि एक अर्ब लागत बढाउनसमेत एजेन्ट मिश्रलाई सुझाएका थिए । प्रमुख प्रतिपक्षी कांग्रेसले बाँस्कोटाको मन्त्रीबाट राजीनामा मात्रै नभई छानबिन हुनुपर्ने माग संसद्बाटै गरिसकेको छ ।
सम्पत्ति शुद्धीकरण विभागले भने सार्वजनिक भएको अडियो रेकर्डकै आधारमा बाँस्कोटाको सम्पत्ति छानबिन गर्न नसकिने जनाएको छ । विभागका महानिर्देशक रूपनारायण भट्टराईले अहिलेसम्म सार्वजनिक भएका विषयका आधारमा सम्पत्ति छानबिन गर्न नसकिने बताएका हुन् । ‘उनको सम्पत्ति छानबिन गर्न कि भ्रष्टाचार प्रमाणित भएको हुनुपर्छ, कि कमिसनबाट प्राप्त पैसा अपराधमा प्रयोग भएको हुनुपर्छ,’ भट्टराईले भने, ‘तर, अपराध भइसकेको देखिँदैन । यही अवस्थामा सम्पत्ति शुद्धीकरण आकर्षित हुँदैन ।’
Last edited: 22-Feb-20 12:30 AM
AnandNepal
· Snapshot 674
Like · Liked by · 0
सामसुङ को आइफोन बोक्ने .. संचार मन्त्रि थिए !!
(यो भिडियो स्क्रिप्ट नलेखि बनाएको भएर स्क्रिप्ट छैन .. )

https://youtu.be/7sbHEJUSWBA
AnandNepal
· Snapshot 851
Like · Liked by · 0
भो अब :

ओलिले उजुरि गर्नेलाइ भ्रष्ट भन्दै, बास्कोटाको आरोप पुष्टि भएको छैन भनेका छन।

प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसन डिल गर्दै गरेको अडियो सार्वजनिक भएका पुर्व मन्त्रि गोकुल बाँस्कोटको प्रतिरक्षा गर्दै - सो अडियो उनकै भएको कुनै प्रमाण छैन भनेका छन । यसरि बास्कोटाको प्रतिरक्षा गरिरहनु आबश्यक नै नभएको समयमा प्रतिरक्षा गर्नुले शंकाको सुइ प्रधानमन्त्रि तिर पनि सोझिएको जानकारहरु बिश्वास गर्छन।

ओलिले ‘म धन कमाउन हिँडेको होइन, देश बनाउन हिँड्या हो। पैसा कमाउने भए व्यापार गर्थेँ,’ भन्ने ओलिले सरकार प्रचारमुखी भएको आरोप को पनि खण्डन गरे - उनले भने , ‘यत्रो सफलता, उपलब्धि प्रचार नगर्ने पनि हुन्छ र!’

https://www.youtube.com/watch?v=z3xhygcKbj4

काठमाडौंमा सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले सम्म उक्त अडियो बाँस्कोटाकै भएको भनेर प्रमाणित नभएको बताएका छन। उनले - ‘आरोप भएको पुष्टि छैन्,’ उनले भने, ‘काम नलाग्ने पत्रु उजुरीको के काम। त्यो भ्रष्ट उजुरी हो।’
AnandNepal
· Snapshot 917
Like · Liked by · 0
हेप्नि?

https://youtu.be/JTT3FuTWths

मुद्दा पुरै पढन मन भए यहाँ छ - https://drive.google.com/open?id=1SRoR8UKFo0DOjuSu5H0Uc2XleZrk1uAo
AnandNepal
· Snapshot 1227
Like · Liked by · 0
लौ .. बिप्लबले बदला लिएछन .. (स्क्रिप्ट चाँहि अर्को अपडेट भिडियो को - भिडियो तयार हुँदै छ)

https://youtu.be/BQ7xO0O2EDM

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको तला थप्दै गरेको घरमा एक शक्तिशाली बम विस्फोट गराएकोमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिम्मा लिएको खवर छ । घटनास्थलमा नै भेटिएको उक्त पार्टीको नाममा रहेको एक पर्चामा बाँस्कोटालाई कारबाही गर्नु पर्ने कारण भन्दै १० बुँदा उल्लेख गरिएको छ । ति बुँदाहरुमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूसमा मोलमोलाई गरेको, २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेको लगायतका आरोप लगाइएका छन ।

विप्लव समूह माथि सरकारले प्रतिबन्ध लगाएको एक वर्ष पूरा हुँदा सम्म सो समुहसंग आबद्ध रहेको आशंकामा १५ सय भन्दा बढि पक्राउ परिसकेका छन्।

सरकारले २०७५ साल फागुन २८ गते विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाउन निर्णय गरेको थियो। यो निर्णय गर्नुको मुख्य कारण त्यसको दुइ हप्ता अघि अर्थात २०७५ फागुन ११ गते ललितपुरको नख्खुस्थित एनसेल टावर नजिकै गरिएको विस्फोट थियो। त्यस घटनामा बाटोमा हिँडिरहेका एक जनाको ज्यान समेत गएको हुनाले सो पार्टिको गतिविधि सर्वसाधारणको जिउधनको सुर्रक्षामा खतरा रहेको निष्कर्ष निकाल्दै सरकारले प्रतिबन्ध लगाएको हो।

तर सरकारले विप्लवका धेरै नेता कार्यकर्तालाई पक्राउ गरेपनि ध्वंसात्मक गतिविधीहरु पनि निरंतर चलिरहेको छ।

गत जेठमा राजधानीमा विस्फोटन गराउने तयारी गरिरहेका बेला विस्फोट भएर ६ जनाको ज्यान समेत गएको थियो। तेस्तै ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकाल अनि वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्षको घरमा भएका विस्फोट मा पनि सोहि समुहको संलग्नता थियो ।

सो समुहका नेता कार्यकर्ता पक्राउ परे पनि विप्लव समूहका महासचिव नेत्र विक्रम चन्लाइ भने प्रहरीले पक्राउगर्न सकेको छैन । अनि पार्टिका धेरै केन्द्रीयस्तरका नेताहरु भने अहिले जेलमा नै छन्।

यसरि पक्राउ परेकामा र जेलमा रहेका केहि केन्द्रीय सदस्यहरुमा प्रज्वल भनिने माइला लामा, हितमान भनिने नविन विक, आदर्श भनिने चुणामणी ओली, प्रज्वलन, विजय भनिने बसन्त श्रेष्ठ, भृकुटी भनिने धिरेन्द्र उपाध्याय, सुदर्शन भनिने हेमन्तप्रकाश ओली, सिलु भनिने उमा भुजेल, विरजंग भनिने चन्द्रबहादुर चन्द अनि रणविर भनिने भरत बम पनि जेलमा रहेका छन्।

सो समुहका केहि नेता कार्यकर्ता प्रहरी कारबाहीमा मारिएका पनि छन्। यसरि मारिनेमा सर्लाहीका कुमार पौडेल र भोजपुरका नीरकुमार राई छन।
AnandNepal
· Snapshot 1349
Like · Liked by · 0
@Nas यि पनि उहि ड्याङ्का मुला त होलान .... जसले जे गरे पनि अहिलेका कुनै पनि नेताले देश उँभो लगाउन सक्लान भन्ने आशा चैं छैन। ..

अपडेट भिडियो - बम पड्काउनुका १० ओटा कारण यस्ता रे
(भिडियोमा पढेको छु अनि त्यसको तल टाइप पनि गरेको छु) :

https://youtu.be/Va6rQeZIlnE

१‍. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले।
२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।
३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।
५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हिनामिना गरेकाले ।
६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।
AnandNepal
· Snapshot 1497
Like · Liked by · 0
interesting video @nas bro.. कुलमान तहकै कार्य त नहोला तर भौतिक पूर्वाधार मन्त्रि नेम्बाङ्गले पनि राम्रै काम गरेको जस्तो लाग्यो।

आशावादि हुने ठाउँ छ जे होस् ;)
AnandNepal
· Snapshot 1525
Like · Liked by · 0
बिरोध गर्ने त भै हाल्छन :

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12061 · Likes 1
· Posts 7 · Viewed 3515 · Likes 1
· Posts 1 · Viewed 959
· Posts 1 · Viewed 919
· Posts 1 · Viewed 830
· Posts 1 · Viewed 911
· Posts 1 · Viewed 902
· Posts 21 · Viewed 9091 · Likes 1
· Posts 3 · Viewed 2286
· Posts 5 · Viewed 7382 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal