एउटा प्रस्न जसले आस्था राउत लाई जोगायो !! - Sajha Mobile
SAJHA MOBILE
एउटा प्रस्न जसले आस्था राउत लाई जोगायो !!
Posts 1 · Viewed 4543 · Go to Last Post
Samrat Singh Karki
· Snapshot 0
Like · Likedby · 0
महिला सहायक हवल्दार लाई गाली बेईजेति गरेको आरोपमा उनि नेपाल फर्किन साथ पक्रेर सार्बजनिक मुद्दा र cyber crime मुद्दा हाल्ने तयारीमा रहेको मेट्रो प्रहरी आचानक U -turn लिएर उनि प्रति लचिलो बनेको छ / आस्था राउतले गरेको आपराध भन्दा पनि बढीको सजाय दिने तयारीका साथ आगाडी बढेको प्रहरीको गतिमा आचानक ब्रेक लागेको छ / महिला प्रहरी लाई न्याय दिन भन्दा पनि आस्था राउत लाई पक्रेर तारिफ बटुल्न र चर्चा कमाउन मेट्रो प्रहरी प्रमुख लागेको देखिन्छ / अहिलेका मेट्रो प्रमुख ६ महिना पछि खाली हुने IGP का प्रमुख दाबेदार हुन् / प्रहरी प्रमुख बन्न लाई चर्चा कमाउनु पर्ने र काम देखाउनु पर्ने दबाबमा DIG हरु रहन्छन / अहिलेका प्रहरी प्रमुख ले पनि आफु DIG हुदा कुमार घईटे भन्ने पटके गुन्डा लाई encounter गरेर चर्चा बटुल्न सकेका थिए / उनले यो encounter नगरेको भए उनको ठाउँमा उनि भन्दा senior रमेश खरेल IGP हुने सम्भावना थियो / दरबारमार्ग लाई आखडा बनाएर सान्तिनो गुन्डा गर्दी गर्ने कुमार घईटे त्यो व्यक्ति हो जसले तत्कालिन समयमा पारस शाहको साथ् पाएर अहिलेका IGP ( तत्कालिन DSP ) माथि बियेर को बोत्तल प्रहर गरेका थिए / सक्रिय राजतन्त्र र पारसको साथ पाएर कुमार घईटे लाई केहि गर्न नसकेका उनले आफु काठमाडौँ को DIG भए पछि पहिलो काम नै कुमार को encounter गरेर बदला पुरा गरे /

के कारण ले आस्था बिरुद्ध नरम भयो प्रहरी ?
आस्थाको घमण्ड लाई खोरमा कोचेर ठण्डा पार्ने र तारिफ बोटुल्ने प्रहरीको प्रयासमा उनै पारस शाह फेरी तगारो बनेर आगाडी आएका छन् / हो, पारस शाहकै कारण आस्था राउत बच्ने भएकी छन्/ २०१९ अगष्टमा पारस शाह ले आफ्नो भान्जा लाई security check गर्न खोज्दा प्रहरीका असै लाई छातीमा प्रहर गरका थिए / आफ्नो दिएको जिम्बेवारी निभाउने प्रहरीलाई हिर्काएको video viral भए पछि पारस माथि कारबाही को दबाब बढे पनि प्रहरीले केहि गर्न सकेको छैन /
आस्था राउतका बुबा हरि राउतले छोरि लाई कारबाहि गर्नु भन्दा पहिले पारस शाह लाई कार्भई गर्न अनुरोध गरे पछि प्रहरी हचकिएको हो / प्रहरीलाई कुट्ने लाई कुनै कारबाही गर्न नसक्ने तर प्रहरीको बेवाहर प्रति आलोचना गर्ने लाई उसको कसुर भन्दा बढी सजाए दिएर चर्चा कमाउने प्रयाश विफल हुन लागेको छ /
आस्था राउतका समर्थक र कलाकारहरुले आस्था राउत लाई कारबाही गर तर त्यो भन्दा पहिले पारस शाह लाई समातेर देखाऊ भन्न थाले पछि प्रहरी समस्यामा परेको हो/ पारस शाह बिरुद्ध पनि उजुरी दर्ता छ तर उनलाई समात्ने हिम्मत मेट्रो प्रहरीमा छैन /
परश साह लाई नसमाती आस्था राउतलाई समात्यो भने मेट्रो प्रहरी नैतिक संकटमा पार्ने र मेट्रो प्रमुखको छेमतामा प्रस्न चिन्ह खडा हुने देखिन्छ जसले उनको आगामी प्रमोशनकोमा कठिनाई हुन सक्छ / परश शाह लाई समात्यो भने सन्की पारसले जे पनि गर्न सक्ने र राजतन्त्र बादीले फेरी बबण्डर खडा गर्ने संकेत छ /
येही कुरालाई मध्यनजर गरेर प्रहरीले मध्ये मार्ग आपनाएको छ / आस्था राउतलाई नपक्रिने तर उनका बुबा स्वयमले आस्था लाई मेट्रोमा बुझाउने / मेट्रोमा आस्थाले आफ्नो गल्तिको आत्मालोचना गर्ने र माफी माग्ने र अब एस्तो गल्ति नगर्ने / पक्राउ पार्ने डरले फरार रहेकी आस्था बीहिबार काठमाडौँ आएर आफुलाई surrender गर्ने
तयारीमा / 
Last edited: 22-Jan-20 10:15 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 32
· Posts 24 · Viewed 7347 · Likes 2
· Posts 26 · Viewed 1833 · Likes 5
· Posts 1 · Viewed 57
· Posts 1 · Viewed 65
· Posts 1 · Viewed 109
· Posts 1 · Viewed 104
· Posts 2 · Viewed 220
· Posts 13 · Viewed 3410 · Likes 6
· Posts 8 · Viewed 2553



Your Banner Here
Travel Partners
Travel House Nepal