San Franciscoमा २७ बर्षिया नेपाली युवतीले आत्महत्या गरेको दुखद समाचार - Sajha Mobile
SAJHA MOBILE
San Franciscoमा २७ बर्षिया नेपाली युवतीले आत्महत्या गरेको दुखद समाचार
Posts 1 · Viewed 2592 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0

 बद्री गौतम /शिव नेपाल –

 सानफ्रानसिस्को ।

  नेपालीहरूको घनावस्ति रहेको सानफ्रानसिस्को बे एरियामा आत्महत्याको अर्को दुखद खबर थपिएको छ । २७ वर्षीय नेपाली युवतीले अगस्ट २१ तारिख बुधवार आफ्नै कोठामा आत्महत्या गरेकी छन् । सानफ्रानसिस्को डाउनटाउनमा रहेको घटनास्थलमा पुगेका उत्तम कार्की र विश्व भट्टका अनुसार आफ्नै कोठाको पंख्खामा झुण्डिएर उनले आत्महत्या गरेकी हुन् । बुधवार दिउसो नै प्रहरी घटनास्थलमा आएर मुचुल्का उठाई पोष्टमार्टमका लागि शव अस्पतालमा लगेको छ ।

२७ वर्षीय सुनिता लिम्बुले आत्महत्या गर्नु अगाडि सुसाइड नोट पनि लेखेकी छन् । सुसाइड नोट प्रहरीले अनुसन्धानका लागि राखेको छ । सुसाइड नोटमा के लेखिएको छ भन्ने बारे घटनास्थलमा पुगेका नेपाली समाजका अगुवाहरूलाई थाहा भए पनि पत्रकारलाई बताउन चाहेनन् ।

परिबार स्रोतका अनुसार सुनिता लिम्बु आत्महत्या गर्नु केही बेर अगाडिसम्म घरमा रहेका परिवारका सदस्यहरूसँग राम्रैसँग कुराकानी गरिरहेकी थिइन । बुवा, आमा र परिवारका अरू सदस्यसँगै उनी सानफ्रानसिस्को डाउनटाउन नजिकै वस्तै आएकी थिइन । सबै जना घरबाट बाहिर निस्किएको केही बेरमा नै उनले आत्महत्या गरेकी हुन् । आत्महत्याको कारण सुसाइड नोटमा लेखिएको भए पनि अनुसन्धान नसकिएसम्म खुलासा नगर्न आफन्त र प्रहरीले अनुरोध गरेका छन् । उनका श्रीमान् बेलायतमा वस्तै आएका छन् । उनको एउटा बच्चा पनि छ । सुनिता सानफ्रानसिस्को मै एक जना नेपालीको रेष्टुरन्टमा काम गर्दै आएकी थिइन ।

अमेरिकामा नेपालीहरूको आत्महत्याको दर बढ्दो छ । दुई वर्ष यता सानफ्रानसिस्को बे एरियामा मात्र ५ जना नेपाली युवा युवतीले आत्महत्या गरिसकेका छन् । न्यान्सका पूर्व अध्यक्ष उत्तम कार्की आत्महत्याको बढ्दो घटनाले सानफ्रानसिस्को बे एरियामा वस्तै आएका नेपालीहरू त्रसित र आक्रान्त भएको बताउँछन् । सानफ्रानसिस्कोमा मात्र होइन अमेरिकाका अरू सहरमा पनि नेपालीहरूको आत्महत्याको दर बढ्दो छ । दुई वर्षको अवधिमा अमेरिका भित्र आत्महत्या गर्ने नेपालीको सङ्ख्या ३० नाघिसकेको छ । आत्महत्याको सम्बन्धमा सबै समुदाय माथि गरिएका अध्ययनहरूले अमेरिकामा यो समस्या भयावह बन्दै गएको देखाएको छ ।

दैनिक १२९ जनाले गर्छन आत्महत्या 

अमेरिकन फाउण्डेसन फर सुसाईड प्रिभेन्सनले गरेको खोज अनुसन्धान अनुसार सुनिता लिम्बुले जस्तै अमेरिकामा बर्षमा झण्डै ५० हजारले आत्महत्या गर्ने गरेको देखिएको छ ।

फाउण्डेसनले सन २०१८ मा गरेको एक सर्भे अनुसार सन २०१७ मा अमेरिकामा ४७ हजार एक सय ७३ जना अमेरिकीहरुको मृत्यु आत्महत्याबाट भएको पाइएको छ । सन २०१७ मै १४ लाख अमेरिकीहरुले आत्महत्याको प्रयास गरेको रिपोर्ट सार्वजनिक भएको थियो ।

अर्बौ रकम आत्महत्याकै कारण खर्च

फाउण्डेसनको रिपोर्ट अनुसार आत्महत्या तथा यस्तो दुर्घटनाबाट राज्यलाईपनि निकै ठुलो नोक्सानी हुने गरेको देखिएको छ । जब कुनै व्यक्तिले आत्महत्या गर्छ भने त्यसको छानविन गर्नु पर्यो । यदि कोही आत्महत्याको प्रयास गर्यो तर बच्यो भने उसको उपचार त गर्नै पर्यो । यसमा अमेरिकामा ६९ बिलियन डलर खर्च हुने गरेको तथ्यांकले देखाउंछ ।

मृत्युको दशौं कारण आत्महत्या, दैनिक १२९ जना मारिन्छन

अमेरिकामा मास सुटिङबाट मात्रै झण्डै ४० हजार भन्दा मानिसको बर्षेनी मृत्यु हुने गरेको छ । मृत्युका अन्य कारणहरुपनि छन । तर अमेरिकामा मृत्युको दशौं कारण हो आत्महत्या । यदि कुनै व्यक्तिले आफुले आफैलाई मार्ने कार्यपनि मृत्यु हुनुको टप टेन कारणभित्र पर्छ भने यसलाई भयावह नै मान्नु पर्छ । अमेरिकन फाउण्डेसन फर सुसाइड प्रिभेन्सनको अनुसन्धानले यहि कुरालाई देखाउंछ । यो तथ्यांक यति डरलाग्दो छ कि यसलाई दैनिक औषतमा निकाल्ने हो भने दिनमा एक सय २९ जनाले आत्महत्या गर्दछन ।

आत्महत्या गर्नेमा बयस्क र बृद्धहरु धेरै

फाउण्डेसनको तथ्यांकले सन २०१७ मा आत्महत्या गर्नेमा धेरै स्वेत नागरिहरु रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । आत्महत्या गर्नेहरुमा वयस्क उमेरका धेरै भएको देखिएको छ । अझ भन्दा ४५ देखि ५४ बर्ष उमेरका व्यक्तिहरुले धेरै आत्महत्या गरेको देखिन्छ ।

अनुसन्धान अनुसार आत्महत्या गर्ने २० दशमलव दुई प्रतिशत व्यक्तिहरु सोही उमेर समुहका छन । त्यसपछि धेरै आत्महत्या गर्नेहरु ८५ बर्ष भन्दा माथीका उमेरका छन । त्यस्ता व्यक्तिहरुको प्रतिशत २० दशमलव एक रहेको छ । वयस्क र बृद्धहरुभन्दा युवाहरुमा आत्महत्याको दर कम देखिन्छ । १४ दशमलव ४६ प्रतिशत आत्महत्या १५ देखि २४ बर्ष उमेर समुहका व्यक्तिले गरेको अनुसन्धानले देखाएको छ । जुन अन्यको तुलनामा कम हो ।

आत्महत्या गर्नेमा स्वेत अमेरिकन धेरै

सन २०१७ को पतिवेदन अनुसार आत्महत्या गर्नेहरुमा स्वेत नागरिकको संख्या धेरै छ । रिपोर्टका अनुसार आत्महत्या गर्नेमा १५ दशमलव ८५ प्रतिशत स्वेत नागरिक छन । त्यसपछि अलास्का नेटिभ र अमेरिकन इण्डियनहरु धेरै रहेका छन । उनीहरुको प्रतिशत १३ दशमलव ४२ रहेको छ । अफ्रिकन अमेरिकन एसियनहरुको आत्महत्याको दर कम रहेको छ । फाउण्डेसनका अनुसार ६ दशमलव ६१ प्रतिशत अफ्रिकन अमेरिकन र ६ दशमलव ५९ प्रतिशत एसियन अमेरिकन रहेको अनुसन्धानमा देखिएको छ ।

५० प्रतिशत भन्दा धेरै आत्महत्या आफैले गोली हानेर

रिसर्चले अधिकांश आत्महत्या आफैले आफुलाई बन्दुक हानेर गरेको देखिएको छ । आत्महत्या गर्ने ५० दशमलव ५७ प्रतिशतले आफुले आफैलाई गोली हानेका छन । त्यस्तै झुण्डिएर २७ दशमलव ७२ प्रतिशतले आत्महत्या गरेका छन भने विष खानेहरु १३ दशमलव ८९ प्रतिशत छन ।

आत्महत्या प्रयासको सम्बन्धमा

अमेरिकामा लाखौंले आत्महत्याको प्रयास गर्ने गरेको पाइन्छ । तर स्पष्ट तथ्यांक भने बाहिर आउन सकेको छैन । अस्पतालमा उपचारको लागि आउनेहरुको रेकर्डको आधारमा अमेरिकामा १४ लाख जतिले आत्महत्याको प्रयास गरेको अनुमान गरिएको छ ।

आत्महत्याको प्रयास गर्नेहरु १८ बर्षभन्दा कम उमेर समुहका व्यत्तिहरु अधिकांश रहेको देखिन्छ । त्यस्तै स्कुले विद्यार्थीहरुमा आत्महत्या प्रयास धेरै पाइएको छ । विशेषगरी कक्षा नौ र दशमा पढ्दै गरेका किशोर किशोरीहरुले धेरै आत्महत्याको प्रयास गरेको पाइन्छ ।

लागु औषध, चरम निराशा तथा मानसिक रोगका कारणपन युवा उमेरका मानिसहरुले आत्महत्या रोज्ने गरेको पाइन्छ । त्यस्तै वयस्कहरुले आफ्नो घर व्यवहार तथा पारिवारिक विखण्डनका कारण वितृष्णा बढेर आत्महत्या गरेको अनुमान लगाइन्छ ।

बृद्धहरुले भने जिवनदेखि नै निराशा तथा आफु अरुलाई भार बन्न नपरोस भन्ने सोचाइका कारण आत्महत्यालाई अंगालेको विष्लेषण गरिएको छ । संसारको सबैभन्दा वैभवशाली र शक्तिशाली मुलक अमेरिका, जहां संसारभरीबाट मानिसहरु आउन चाहन्छन । तर जिवनमा सोचे जस्तो नभएपछि मानिस निराशामा जान्छ र चरम निराशाले मानिसलाई आत्महत्यातर्फ धकेल्दछ ।

http://www.durbinnepal.com/archives/45893

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 233
· Posts 1 · Viewed 140
· Posts 24 · Viewed 7417 · Likes 2
· Posts 26 · Viewed 2135 · Likes 5
· Posts 1 · Viewed 77
· Posts 1 · Viewed 95
· Posts 1 · Viewed 166
· Posts 2 · Viewed 268
· Posts 13 · Viewed 3436 · Likes 6
· Posts 8 · Viewed 2586



Your Banner Here
Travel Partners
Travel House Nepal