आज भोलि पर्यटकलाई गाँजा र सहवासको सुविधा - Sajha Mobile
SAJHA MOBILE
आज भोलि पर्यटकलाई गाँजा र सहवासको सुविधा
Posts 1 · Viewed 1215 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0

काठमाडौं, १४ मंसिर । लैनचौर र ठमेलका निम्न मुल्यका गेस्ट हाउस तथा ‘पेइङ गेस्ट हाउस’मा आजभोली विदेशी जोडीको लामो वास हुने गरेको छ । बासमात्र होइन गाँजाको सप्लाई र लामो सहवासको व्यवस्था समेत हुने गरेको भेटिन थालेको छ ।

नेपालका विभिन्न ठाउँमा भ्रमण गराउने बाहनामा युवाहरूको फरक–फरक समूहले विदेशी पर्यकटकको ठूलो समूहलाई नेपालमा भित्राएर यस्तो सुविधा उपलव्ध गराउँदै आएका छन् । ठमेलका एक स्पेनिस गाइड भन्छन्,‘उनीहरू सहज ढंगले गाँजा खोज्छन् र सेक्सका लागि उपयुक्त ठाउँ पनि माग्छन् । खुलेरै उनीहरूको यो डिमान्ड पुरा गर्नुपर्छ ।’

१८ देखि २४ बर्ष ननाघेका विदेशी युवायुवतीको संख्या नेपालमा ह्वात्त बढ्नुको कारण पनि यहि हो । इन्टरनेटका विभिन्न माध्यमबाट नेपालीसँग उनीहरूको परिचय बन्ने र यस्तो सुविधाका लागि सस्तो खर्चमा नेपाल आउने गर्छन् । ‘हामीले दिन सक्ने सुविधा दिएर लिनसक्ने फाइदा लिने नै हो । उनीहरू खर्च गर्न रुचाउँछन् भने हामीले त्यसको सदुपयोग गरिदिएका हौैं’, एक युवाले भने,‘त्यसमा उनीहरूको खुशीअनुसारको व्यवस्था हुन्छ ।

नेपालमा बढिरहेको विदेशी यौन व्यावसायी पनि उनीहरूले खोज्ने गरेका छन् । खासगरी चिनियाँ र भारतीय मूलका यौन व्यावसायीको खोजी त्यस्ता समूहबाट हुने गरेको बताइन्छ । त्यस्तो व्यवस्था पनि विचौलिया बनेका गाइड वा साथीले गरिदिँदै आएका छन् ।

‘उनीहरू व्यक्तिगत सम्बन्धका आधारमा आएका कारणले कुनै ट्राभल एजेन्सीसँगको सहकार्य हुँदैन, हामी सस्ता गेस्ट हाउसमा राखेर सुविधा दिने प्रयास गर्छौं’, ति युवाले भने ।

गाँजा पिएपछि विदेशी युवा युवतीहरू सहवासका लागि मन पराउँछन् । त्यस्तो सुविधा दिलाएवापत नेपाली युवाले हजारौं डलर संकलन गर्दै आएका छन् ।

त्यसो त नेपाल प्रहरीले मुलुकका कतिपय ठाउँमा यस्तो समूहसहित विदेशी नागरिकलाई पक्राउ गरेको थियो । गएको १६ कात्तिकमा अर्घाखाँचीको बुङ्ची खोला किनारमा निजी जग्गामा टेन्ट हालेर बसेका अर्धनग्न, विदेशी नागरिक यौनजन्य कार्यकलापसहित गाँजा पिएको अवस्थामा प्रहरीले भेटेको थियो ।

अमेरिका, अस्ट्रेलिया, इजरायल, पोल्यान्ड र भारत लगायतका ४० देशका ७० जना जति ति विदेशी डक्टर, इन्जिनियर, कोही बैंकर्स पनि थिए । उनीहरूलाई त्यसरी सुविधा दिनेमा ललितपुरका सुशान्त पौडेल, कपिलवस्तुका मोतिराम गैरे, बाराका दीपेन्द्र सोनार र शालिकराम पोखरेल थिए ।

प्रहरीले विदेशीलाई आ–आफ्नो देश पठायो भने चार जना नेपालीलाई नियन्त्रणमा लिएर कारवाही गरेको थियो । उनीहरू धरौटीमा छुटेका थिए ।

ट्रान्स तथा रेभ पार्टी आयोजनामा समन्वय गर्ने वेबसाइट र सामाजिक सञ्जालमा फेला परेका तस्बिर र दृश्यले पछिल्लो समय विश्वका विभिन्न देशमा छरिएर रहेका यस्तो समूहका सदस्यमाझ नेपाल नयाँ गन्तव्य बनिरहेको छ ।

स्रोतका अनुसार यस्तो सुविधा दिने आयोजकले वेबसाइट, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको उपयोग गर्ने गरेको देखिएको छ ।

एक साताको डिजिटल खोजमा यस्ता दर्जनौंभन्दा बढी फेसबुक पेज फेला परे जसको लक्ष्य ट्रान्स पार्टीको प्रचारप्रसारमा प्रयोग भइरहेका थिए ।

साइबेन्टडटओआरजीमा रहेको विवरण अनुसार नेपालमा २०१८ मार्च २३ देखि २७ (२०७४ चैत ९ देखि १३) सम्म शक्ति पिक फेस्टिभलको नाममा ट्रान्स पार्टीका नाममा समूहगत रूपमा विदेशी बोलाइएको थियो । फ्रान्सकी लिजा टोरमन, युएइका केभिन बेनी, अस्ट्रेलियाकी नताशा, बैंगलोरका राहुल नेगीले लगायतका यसमा सहभागी भएको पुष्टि भयो ।

त्यसो त व्यक्तिगत सम्बन्धका आधारमा आएकी अमेरिकी नागरिक लिजा गाँजाकी पारखी थिइन् । उनी नेपालका एक युवासँग गाँजाको सुलभ उपयोगका लागि नै भ्रमणमा आइन्, १५ दिन बसेर फर्केकी छन् । ति बाहेक जर्मनका युवायुवती पनि गाँजाको उपयोग गर्नका लागि नेपाल आउने गरेका छन् । उनीहरूले नेपालका पार्टीमा मात्र होइन, पब र क्लवमा गएर नेपाली तथा विदेशी युवतीसँग सहबासका लागि पनि माग गर्छन् जसका लागि पैसा तिर्न तयार हुन्छन् ।

प्रहरीले आपराधिक कामबाहेक भ्रमणमा आएका यस्ता विदेशीमाथि त्यति धेरै निगरानी राखेको हुँदैन । खासगरी पर्यटक प्रहरीको जनशक्ति कम भएका कारणले पनि विदेशी नागरिकले नेपालमा कस्तो कार्यकलाप गरिरहेका छन् भन्ने हेक्का राख्न प्रशासनलाई मुस्किल भएको छ ।

https://www.dainiknepal.com/2018/11/363946.html

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12290 · Likes 1
· Posts 7 · Viewed 3688 · Likes 1
· Posts 1 · Viewed 1032
· Posts 1 · Viewed 986
· Posts 1 · Viewed 891
· Posts 1 · Viewed 989
· Posts 1 · Viewed 974
· Posts 21 · Viewed 9434 · Likes 1
· Posts 3 · Viewed 2395
· Posts 5 · Viewed 7563 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal