कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन - Sajha Mobile
SAJHA MOBILE
कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन
Posts 2 · Viewed 4085 · Go to Last Post
Lothar
· Snapshot 0
Like · Likedby · 0

सुख र दुःख आउँछ जान्छ । त्यसैले भन्छन नि कुनै पनि मानिस कहिल्यै पनि सुखी वा दुखी भईराख्दैन । यसै प्रसंगलाई लिएर महाभारतमा पनि विदुरले भनेका छन्, यदी कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ ।

श्लोक यसप्रकार छ : अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च, वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् ।। अर्थ : धन, निरोगी शरीर, सुन्दर पत्नी, मीठो बोल्ने, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्या यी ६ कुराले मानिसलाई सुख दिन्छ ।

१. धन

सुखी जीवनको लागि धन सम्पत्ति हुनु आवश्यक छ । बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । परिवारको पालन पोषण गर्नको लागि धनसम्पत्ति हुनु आवश्यक छ । आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरी छ ।

धन बिना कुनै रोगको उपचार सम्भव छैन । वृद्धावस्थामा पनि धनको ठूलो साहारा चाहिन्छ । यसर्थ मानसम्मान, शिक्षादीक्षा, परिवारको पालनपोषण, र रोगलाग्दा उपचारको लागि धनको अति आवश्यक हुन्छ ।

२. निरोगी शरीर

जीवनमा सदैव सुखी रहनको लागि शरीर स्वस्थ हुनु जरुरी छ । यदी शरीरमा कुनै रोग छ भने तपाई राम्रो सँग कुनै पनि काम गर्न सक्नु हुन्न । यस्तो अवस्थामा तपाईं जीवनका हरेक कुराबाट बञ्चित हुनुहुन्छ । यदी तपाईंमा साना साना रोगहरु छन् भने पनि तपाईं कुनै काम राम्ररी गर्न सक्नु हुन्न । श्रम नगरी खान पाईंदैन । श्रम गर्नका लागि शरीर स्वस्थ्य हुनु प¥यो । स्वस्थ्य शरीर नै एकप्रकारले सुखी जीवन हो इश्वरको बरदान हो ।

३. सुन्दर पत्नी

महाभारतमा महात्मा विदुरले भनेका छन्, सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो । कारण घरमा सुन्दर पत्नी हुनाले तपाईंको ध्यान बाहिर भड्किदैन । घरमा श्रीमतीसँग हुने व्यवहारबाट तनाब मुक्त भएपछि तपाइको बाहिरीयासँग सम्बन्ध रहँदैन र अनेकौ समस्याबाट बच्न सक्नु हुन्छ । समयमा घरमा आइन्छ । आपसी छलफल र सद्व्यवहारबाट नै घर परिवार संचालन हुन सक्छ ।

४. मीठो बोल्ने पत्नी

सुन्दर त्यस पछि पनि मीठो बोल्ने श्रीमती पाउनु भनेको सुनमा सुगन्ध हो । त्यो पनि अर्को सुख हो । जसले नम्रता पूर्वक कुरा गरेर परिवारका हर सदस्यलाई सुख राख्न सक्छिन् । यदी नमीठो बोल्ने श्रीमती घरमा छन भने दिनहू घरमा विवाद भई रहन्छ र घरको वातावरण अशान्त हुन्छ । यसप्रकार कर्कशा श्रीमती हुनेको घरमा न परिवारले सुख पाउँछ न इष्टमित्र आउँछन् न छर छिमेकि । न उनीहरुको सहयोग प्राप्त हुन्छ ।

पूजा गर्नु अघि यि नियम पालना गरे शुभ फल प्राप्त हुन्छ

यदि तपाई हरेक दिन घर या मन्दिरमा पूजा या प्रार्थना गर्नुहुन्छ भने तपाईले केही नियम पनि पालना गर्नुपर्ने हुन्छ । नियम भए धर्म हुन्छ र धर्म भए जीवन हुन्छ । अतः नियमानुसार नै कुनै पनि कार्य गरेमा उचित हुन्छ । त्यसोभए पूजाभन्दा पहिला हामीले गर्नुपर्ने कार्य के हो जो जरुरी हुन्छ ? पूजा भन्दा पहिले गर्नुपर्ने कार्यबारे उल्लेख गरिएको छ ।

सौच

सौच अर्थात सुचिता, शुद्धता, शुद्धि, विशुद्धता, पवित्रता तथा निर्मलता । सौचको अर्थ शरीर र मनलाई बाहरी तथा आन्तरिक रुपमा पवित्र पार्नु हो । सौचको अर्थ राम्ररी मल–मूत्र त्याग गर्नु पनि हो ।

सौच दुई प्रकारको हुन्छ, बाह्य र आभ्यन्तर । बाह्यको अर्थ बाहिरी शुद्धि हो भने आभ्यन्तरको अर्थ आन्तरिक अर्थात् मन वचन र कर्मको शुद्धि हो । जब व्यक्ति शरीर, मन, वचन र कर्मले शुद्ध रहन्छ तबमात्रै उसलाई स्वास्थ्य तथा सकारात्मक ऊर्जा र ईश्वरको आशीर्वाद मिल्छ ।

स्नान

शारीरिक शुद्धता पनि दुई प्रकारको हुन्छ, पहिलोमा शरीरलाई बाहिरबाट सुद्ध गरिन्छ । यसमा माटो, उबटन, त्रिफला, नीम आदि लगायर निर्मल जलले स्नान गर्दा त्वचा एवम् शारीरिक अंग शुद्ध हुन्छन् ।

दोस्रो, शरीरका आन्तरिक अंगलाई शुद्ध गर्नका लागि योगमा कैयौं उपाय उल्लेख गरिएको छन् । जस्तै शंख प्रक्षालन, नेती, नौलि, धौती, कुंजल, गजकरणी, गणेश क्रिया, अंग संचालन आदि ।

उपरोक्त करिकाबाट स्नान गर्न सकिने अवस्था छैन भने सामान्य तरिकाले स्नान गर्ने बेला तपाईले आफ्ना सबै १० छिद्रलाई राम्रोसँग सफा गर्नु पर्नेहुन्छ । १० छिद्रमा आँखा र कानका २ दुई छिद्र, कानका २ छिद्र, मुख, नाभि (नाइटो) र गुप्ताङ्ग लिाएर कूल १० छिद्र हुन्छन् ।

धोती

तपाईले सन्ध्यावन्दन, पूजा या आरती गर्ने बेला शरीरमा एउटै कपडा लगानुहोस् । त्यो हो सिलाइ नगरिएको शुद्ध सेतो कपडा । किनकी प्राचिन कालदेखि चलेको नियम यही हो । हिन्दु धर्ममा कुनै पनि प्रकारको पूजा–अर्चनाको बेला श्रद्धालुलाई धोती लगाउन अनिवार्य गरिएको छ। प्राचीनकालमा धोती नलगाएर गरिने पूजा–अर्चनालाई पुर्ण मानिदैनथियो ।

धोती प्राय सूती कपडाबाट बनेको हुन्छ । जो हावादार र सुविधाजनक पनि हुन्छ । धोतीका कारण शरीरका रोमछिद्रमार्फत हामीलाई शुद्ध प्रायवायु मिल्छ । यसलाई पहिरिए पछि सात्विक र निर्मल भाव उत्पन्न हुन्छ ।

शुद्धि र आचमन

मन्दिरमा प्रवेश गर्नु अगाडि पुनः एकपटक शुद्धि गरिन्छ । शौचादिबाट निवृत्ति भएपछि पूजा, प्रार्थना गर्नुपूर्व आचमन गरिन्छ। मन्दिरमा गएर पनि सबैभन्दा पहिले आचमन गरिन्छ । सन्ध्यावन्दन के बेला आचमन, प्राणायामादि गरेर गायत्री मन्त्रले निराकार ईश्वरको प्रार्थना गरिन्छ । त्यसैले पूजा गर्नु पहिले शुद्धि र आचमन गर्नु जरुरी हुन्छ ।

हिन्दु धर्मशास्त्र अनुसार भाेजन लिनु अगि नुहाएर मात्रै लिनु पर्छ, यस्ताे छ कारण

हिन्दू धर्मशास्त्रमा स्नान नगरिकन भोजन गर्न नहुने लेखिएकाे छ । शास्त्रमा लेखिएको कुरा,“अस्नायी समलं भुंक्ते अर्थात् ननुहाई भोजन गर्ने मानिसले मल खाए बराबर हुन्छ ।´´आजकल पश्चिंमेलि अनुकरण गरेर मानिसहरू यी कुरालाई ध्यान दिन छाेडिरहेका छन् तर यसका पछाडि वैज्ञानिक कारण पनि विद्यमान रहेका छन् ।

नुहाउँदा शरीरको मल(फाेहाेर) सफा हुन्छ र मञ्जन गर्दा दाँतको फोहर पनि निस्कन्छ अनि नुहाएपनि शरीर ताजा हुन्छ र फुर्तिलो हुन्छ , भोक जाग्छ र खाना मजाले पच्छ ।

नुहाएपछि हाम्रो शरीरमा पाचनरस उत्तेजित हुने गर्छ जसले भोजन(खाना) पचाउन मद्दत गर्छ जबकि नुहाउनु पहिले खाना खाँदा शरीरले भोजन पचाउन अतिरिक्त मेहनत गर्नुपर्ने हुन्छ । नुहाउनुअघि झोल पदार्थ मात्र लिएको राम्रो किनकि तरल पदार्थ सजिलै पच्छन् तर ठोस भोजन चाहिँ नुहाएपछि नै लिनु उत्तम हुन्छ ।

जानी राख्नुहोस यसरी सुत्दा रिसाउँछिन धनकी देबी लक्ष्मी, गरिब बनाउने यी बानी

हरेक व्यक्ति धन कमाउन चाहन्छ र त्यसका लागि दिनरात मेहनत गरिरहेको हुन्छ । तर, धेरै मानिस सफल हुन सक्दैनन् । उनीहरुको गुनासो हुन्छ, यतिधेरै मेहनत गर्दा पनि मनले चाहेको सफलता हासिल गर्न सकिएन ।

यसको कारण तपाईंका केही बानी पनि हुनसक्छन् । सुन्दा सामान्य लाग्ने बानी पनि धनकी देवी लक्ष्मीको लागि अनुचित लाग्न सक्छन् र तपाईंले गरिबी झेल्नुपर्छ ।

यहाँ हिन्दू धर्मपरम्पराका अनुसार यस्ता पाँच खराब बानीको बारेमा छलफल गरिँदैछ जसलाई त्याग्न सक्दा गरिबीले तपाईंलाई त्याग्नेछ र तपाईंले पसिनाको सही फल पाउन सक्नुहुन्छ ।

१. सूर्य उदाएपछि उठ्ने र सूर्य अस्ताउने बेला सुत्ने यी दुवै काम धनकी देवी लक्ष्मीको लागि अप्रिय हुन्छ । यस्तो बानी भएका मानिसप्रति देवी देवताको क्रिया हुँदैन ।

२. कयौंपटक हाम्रो कपडा फाट्छ र मैलो भए पनि हामी त्यसलाई लगाइरहन्छौं । जसले मैलो र फोहोर अनि फाटेको कपडा लगाउँछ र घरमा फोहोर राख्छ, यस्तो व्यक्तिलाई धनको देवी लक्ष्मीले कृपा गर्दिनन् ।

३. बिहान र बेलुकाको समय दैवी शक्तिको लागि खास महत्वपूर्ण मानिन्छ । उक्त समयमा घर, पसल वा अफिसको मन्दिर र भान्छामा अँधेरो राख्नु अशुभ मानिन्छ । यसर्थ, हरेक दिन बिहान र साँझ कम्तिमा पनि एउटा बत्ती बाल्नुपर्छ ।

४. जो व्यक्ति साधु–सन्त वा घरको ठूलो मानिसको अपमान गर्दछ, उनीमाथि देवी लक्ष्मी रिसाउँछिन् । यस्ता मानिसहरुले लाख कोसिस गर्दा पनि धन लाभ गर्न सक्दैनन् र चाहेको सफलता हासिल गर्न सक्दैनन् ।

५. शास्त्रका अनुसार बिनाकारण वा ज्यादा रिसाउने बानी पनि देवी लक्ष्मीलाई क्रोधित बनाउने तरिका हो । जुन घरमा झगडाको माहौल बनिराख्छ, त्यहाँ लक्ष्मीले बास गर्दिनन् । यसकारण बिनाकारण रिसाउने बानी हटाउनु पर्दछ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

Related image

https://www.mygyanbigyan.com/archives/26818?fbclid=IwAR3HhKrjfKzV1d0vRKy37_X3ls-Fyafj5IoIM5EPcxTsKrdtfaGlBwFH2ls

logan
· Snapshot 551
Like · Liked by · 0
तपाइले पालना गर्नु भएको छ कि खालि अरुको लागि टासी दिनु भएको हो | पालना गर्नु भएको भए के के प्राप्ति भए सो को अनुभब टासी दिनु भए साझा बासि र साझा कुरुवा लाइ पालना गर्ने / नगर्ने बारेमा थप सहयोग पुग्थ्यो |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 11 · Viewed 2073 · Likes 6
· Posts 18 · Viewed 1599 · Likes 1
· Posts 1 · Viewed 113
· Posts 1 · Viewed 106
· Posts 1 · Viewed 205
· Posts 1 · Viewed 173
· Posts 2 · Viewed 483
· Posts 6 · Viewed 856
· Posts 1 · Viewed 208
· Posts 1 · Viewed 202



Your Banner Here
Travel Partners
Travel House Nepal