परी तामाङ र फूल्चोकी मिडियाका सञ्चालक पक्राउ - Sajha Mobile
SAJHA MOBILE
परी तामाङ र फूल्चोकी मिडियाका सञ्चालक पक्राउ
Posts 1 · Viewed 3495 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
फूल्चोकी मिडियाका सञ्चालक र विवादास्पद मोडल परी तामाङ पक्राउ

५ चैत, काठमाडौं । विवादास्पद मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएको आरोपमा उनी पक्राउ परेकी हुन् ।

महानगरीय प्रहरी परिसर, टेकुले उनीसहित फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरेको हो ।

परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गर्दै साइबार अपराध कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।

सर्वसाधारणबाट व्यापक जनगुनासो आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बोगटीको भनाइ छ ।
- Onlinekhabar

https://www.youtube.com/watch?v=cmZu_EGqEXk
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 59
· Posts 5 · Viewed 1074
· Posts 1 · Viewed 64
· Posts 65 · Viewed 12125 · Likes 12
· Posts 1 · Viewed 134
· Posts 1 · Viewed 146
· Posts 1 · Viewed 213
· Posts 1 · Viewed 225
· Posts 1 · Viewed 292
· Posts 1 · Viewed 288



Your Banner Here
Travel Partners
Travel House Nepal