हैट् .. कस्तो सन्जोग - इथोपियन जहाज दुर्घटनामा - Sajha Mobile
SAJHA MOBILE
हैट् .. कस्तो सन्जोग - इथोपियन जहाज दुर्घटनामा
Posts 1 · Viewed 2309 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
इथोपियन एयरलाइन्सका भाग्यमानि र अभागी दुइ नेपालि यात्रु

१४९ जना यात्रु अनि ८ जना चालकदलका सदस्य, कोहि पनि बाँचेनन - इथोपियन एयरलाइन्सको बिमान दुर्घटनामा । ति मेद्धे एक नेपालि युवति पनि थिइन। अनि त्यहाँ नपरेका एक अर्का नेपालि युवक थिए जो नेपालमा नै शकुशल रहेका छन। आज म तिनै अभागि युवति एकता अधिकारि र भाग्यमानि युवक जितेन्द्र जीसी को चर्चा गर्दैछु ।

ढिलासुस्तिले हामिलाइ कति रिस् उठ्छ । अझ टिकटमा ढिला सुस्ति भएर फ्लाइट नै छुट्यो भने झन कति रिस उठ्छ । ट्र्याभल कन्सल्टेन्ट सुमन दहाल पोखरेलले यस्तै ढिका सुस्ति गरेको कारणले जितेन्द्र जिसि इथोपिया जान पाएका थिएनन - त्यसरि जान नपाउँदा उनको जिवन रक्षा भएको छ । यदि ढिला सुस्ति नहएको भए उनि पनि त्यहि क्र्यासभएको बिमानको एक यात्रु हुने थिए - निधन हुनेको सुचिमा उनको नाम पनि थपिने थियो। दुइ नेपालिको निधन हुने थियो । अर्को एउटा परिवारको बिचल्लि हुने थियो।

इथोपियाका राजधानी अदिस अबाबाबाट केन्याको नौरोवीतर्फ जाँदै गरेको इथोपियन एयरलाइन्सको विमान उडान भरेको केही मिनेटमै दुर्घटनामा पर्दा त्यसमा सवार सबै १ सय ५७ जनाको निधन भयो ।

जिसीले फेसबुकमा लेखेका छन - "उक्त कार्यक्रमका लागि प्राप्त टिकटका अनुसार आफू उक्त बिमानमा हुनुपर्ने हुनुपर्ने थियो" उनले - "इथियोपियन एअरलाइन्स भन्छ : विमान दुर्घटनामा एक नेपाली पनि परे" शिर्षकको समाचारको लिंक शेयर गरेर त्यो "एक नेपालि" आँफै भएको हो कि भन्ने सोचेको बुझिन्छ । तर, त्यो एक नेपालि उनि नभएर अर्कै एक नेपालि चेलि रहेको खुलेको छ ।

सो दुर्घटनामा परेर ज्यान गुमाउने नेपालि चेलि हुन एकता अधिकारि । - बिगत ३ बर्ष देखि WEF मा कार्यरत एकताले बेलायत बाट एमबिए गरेकि थिइन । Anglia Ruskin University UK. सन २०१३ को अक्टोबर ११ मा भरत रोकाले शेयर गरेको यो भिडियोमा एकता को अन्जिला रक्सिन युनिभर्सिटिको ग्र्याजुएसन सरमनि देखिएको छ ।

कलिकै उमेरमा ज्यान् गुमाउने एकता अनि सो दुर्घटनमा ज्यान गुमाउने सबै १५७ जना को आत्माको चिर शान्तिको कामना छ ।

भिडियो
https://www.youtube.com/watch?v=dMXKkeu_-ng
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12268 · Likes 1
· Posts 7 · Viewed 3683 · Likes 1
· Posts 1 · Viewed 1029
· Posts 1 · Viewed 984
· Posts 1 · Viewed 886
· Posts 1 · Viewed 987
· Posts 1 · Viewed 973
· Posts 21 · Viewed 9428 · Likes 1
· Posts 3 · Viewed 2393
· Posts 5 · Viewed 7548 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal