झूल... - Sajha Mobile
SAJHA MOBILE
झूल...
Posts 1 · Viewed 10631 · Likes 2 · Go to Last Post
jhaukiri
· Snapshot 0
Like · Likedby · 2
झूलको कथा लेखुम
एउटा झूलको कथा !

एउटा कोठामा, एउटा खाट त्यो खाट माथिको हरियो झूल,
रातो माटोले पोतेको भित्ता, त्यो अगाडिको "अब्स्ट्राक्ट आर्ट्" जस्तो
माथि देखी तलसम्म चार कुना तानिएको बिन्दास , विदुशक बनी प्रश्न कुरिराखेको...
हरेक प्वाल आँफैमा एउटा केन्द्रबिन्दु, आँफैमा एउटा ब्रम्हान्ण
के देखिन्छ, के छोपिन्छ, कस्ले हेर्छ ?
मेरो झूल ....

भित्र पसेर हेर्दा , "बंकर"जस्तो
बाहिरको नदेखिने, बाहिका नचिनिने ,
भ्रान्ती ल्याउने , सुरक्षाको प्रत्यभुती हुँदा-हुँदै
निसास्से जस्तो, थिच्न आउने........
प्वालहरु भन्दा ठुला भड्खालहरु
जस्ले तान्ने , गाँठो बनाउँदा बनाउँदै
कालो छुद्रले ग्रह निले जस्तो
निन्ल खोज्ने,
आदिम मानब बस्तीमा हमला
गर्न आउने "डायनासोरस" जस्ता आदम्खोरहरु
रगतका भोका, पखेटाले उचालिएर, उड्ने भएकाहरुलाई छेक्न नसक्ने ,
मेरो झूल ....

अचम्म! म झूलसँग जीवनको कुरा गर्दछु
बहिरबाट त्यो ब्रम्हान्ड देख्छु,
भित्र कालो छुद्रले मलाई तान्छ
तर म उस्को बिचारको धारमा आकर्सित छु
उस्को लचक्ताले मलाई लोभ्यउँछ,
कती परदर्शी छ, उ
कती मनपर्छ मलाई ......
के'था, उस्लाई
म मनपर्छ कि पर्दैन ??

Last edited: 01-Nov-18 07:53 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12256 · Likes 1
· Posts 7 · Viewed 3679 · Likes 1
· Posts 1 · Viewed 1028
· Posts 1 · Viewed 982
· Posts 1 · Viewed 886
· Posts 1 · Viewed 986
· Posts 1 · Viewed 972
· Posts 21 · Viewed 9424 · Likes 1
· Posts 3 · Viewed 2391
· Posts 5 · Viewed 7543 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal