सुस्तावासीका माग पूरा गर - Sajha Mobile
SAJHA MOBILE
सुस्तावासीका माग पूरा गर
Posts 1 · Viewed 4389 · Go to Last Post
huippa
· Snapshot 0
Like · Likedby · 0
सुस्तावासी फेरि काठमाडांै आएका छन् । नारायणी नदीले आफ्नो बहाव फेर्दा नदी पारि पर्न गएको नेपाली भूमि सुस्ता लामो समयदेखि भारतीय थिचोमिचोमा पर्दै आएको छ । कुनै बेला सिङ्गो एउटा गाउँ विकास समिति रहेको सुस्ता हाल एउटा वडाअन्तर्गतको सानो भूभागमा खुम्चिएको छ । नारायणी नदीमा पुल नबन्दा सुस्ताका जनता आफ्नो दैनिक आवश्यकता किनमेल गर्न भारतको चम्पारण जिल्लाको बजारमा जान बाध्य छन् । त्यसरी आफ्नो दैनिक आवश्यकताका उपभोग्य सामान खरीद गर्न भारतीय बजार जाँदा भारतीय सिमाना क्षेत्रमा तैनाथ भारतीय सिमाना सुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकमाथि दुव्र्यवहार गर्ने गरेका छन् । नेपाली महिलामाथि दुव्र्यवहार र युवामाथि हातपात सामान्य घटना हुने गरेको छ । खुला सिमानाको फाइदा उठाउँदै भारतका अपराधी सुस्तामा लुक्न आउने गरेका छन् । त्यसले नेपाली जनताको जीवन लगातार अनेकन कोणबाट असुरक्षित हुने गरेको छ । यस्तो प्रतिकूल परिस्थितिबीच सुस्ताका जनता नेपालप्रतिको मायाले नेपाली हुँ भनी गौरव गर्ने गरेका छन् ।
तर नेपाल सरकारले भने सुस्तावासीमाथि न्याय गर्न सकेको छैन । सिमाना क्षेत्रमा बस्नुका अनेकन चुनौती सामना गर्दै बसेका सुस्तावासी जनताले नेपाली नागरिकले पाउनुपर्ने आधारभूत अधिकारसमेत पाउन सकेका छैनन् । उनीहरूको बस्तीमा न बिजुलीबत्ती छ न बाटोघाटो नै राम्रो छ । न आफ्ना केटाकेटीलाई पढाउन राम्रो विद्यालय नै छ, न स्वास्थ्य चौकीमा आधारभूत सुविधाको नै बन्दोबस्त छ । सुस्तामा सिमाना रक्षाका लागि तैनाथ प्रहरी र सशस्त्र प्रहरीलाई भौतिक र प्राविधिक रुपमा साधनसम्पन्न बनाइएको छैन ।
सुस्तावासी पटक पटक काठमाडांैको सरकारलाई गुहार्न आउने गरेका छन् । आफ्ना दुःख बुझिदिन सिंहदरबारभित्रको सरकारसमक्ष याचना गर्ने गरेका छन् । तर चुनावको बेला अनेकन आश्वासनका पोका बोकेर मत माग्न सुस्ता पुग्ने शासक दलहरू अरु बेला सुस्तालाई आफ्नो देशको रुपमा पनि व्यवहार गरिरहेका छैनन् । २०७२ सालको चैतमा त्रिवेणीबाट सुस्ताको आवतजावत सरल बनाउन नारायणी नदीमा झोलुङ्गे पुल बनाउन शिलान्यास गरियो । तर शिलान्यास गरिएको सो पुलका ठेकेदार काम पूरा नगर्दै बेपत्ता भए । आज पनि सुस्तावासी नदीको उर्लंदो भेलबीच डुङ्गामा जोखिमपूर्ण दैनिक आवतजावत गर्न बाध्य छन् ।
सुस्तावासीका माग धेरै ठूला छैनन् । उनीहरूलाई आफ्नै सदरमुकाम आवतजावत गर्न नारायणी नदीमा पुल बनाइदेऊ, बाँच्नको लागि आधारभूत आवश्यकताको उचित बन्दोबस्त गर, आफूलाई पनि अरु नेपाली नागरिकसरह व्यवहार र सुरक्षाको बन्दोबस्त गर र देशको सिमाना जोगाइदेऊ भन्ने हो । सरकार आफैंले स्वाभाविकरुपमा गर्नुपर्ने यी काम नागरिकले पटक–पटक माग्दासमेत पूरा गर्न नसक्नु राज्यको लागि लज्जास्पद कुरा हो ।
सरकार सुस्तावासीका माग देशभक्त नेपाली जनताको प्रतिनिधि माग हो । यो माग पूरा गर्न सरकार असमर्थ हुने हो भने सरकार आफ्ना प्राथमिक जिम्मेवारीप्रति इमानदार नभएको प्रमाणित हुनेछ ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 67
· Posts 2 · Viewed 251
· Posts 1 · Viewed 154
· Posts 24 · Viewed 7432 · Likes 2
· Posts 26 · Viewed 2232 · Likes 5
· Posts 1 · Viewed 81
· Posts 1 · Viewed 99
· Posts 1 · Viewed 182
· Posts 2 · Viewed 283
· Posts 13 · Viewed 3447 · Likes 6



Your Banner Here
Travel Partners
Travel House Nepal